न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

तेस्रो हेमजा हिले महोत्सव २०८० हुने
हेमजा, १८ वैशाख । पोखरा २५ हेमजा स्थित देवीस्थान सेवा समाजको आयोजनामा तेस्रो हेमजा हिले महोत्सव २०८० हुने भएको छ । आगामी असार १५ गते ‘कृषिमा कृषकलाई प्रोत्साहन, बिष्णुपादुका मन्दिर हेमजाको शान’ भन्ने मूल नाराका साथ महोत्सव आयोजना हुने भएको हो । महोत्सव देवीस्थान टोल पोखरा २५ हेमजामा हुने छ । सोमबार हेमजामा बसेको भेलाले...
कालिका बहुमुखीमा उद्यमशिल साझेदारी कार्यक्रम शुरु
पोखरा, १८ वैशाख । कालिका बहुमुखी क्याम्पस काजिपोखरीमा उद्यमशील साझेदारी कार्यक्रम शुरु भएको छ । त्रिभुवन विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. देवराज अधिकारीले कार्यक्रम शुभारम्भ गर्नुभयो । उहाँले शिक्षासगै विद्यार्थीहरुमा उद्यमी कसरी बन्न सकिन्छ भन्ने सोचको पनि विकास हुनुपर्नेमा जोड दिनुभयो । उहाँले कालिका क्यम्पसले आगाडी सारेको यो परियोजनालाई विश्वविद्यालयले सहयोग गर्ने प्रतिवद्वता व्यक्त गर्नुभयो...
‘खेलकुद र ध्यान’ विषयक कार्यशाला
पोखरा, १८ वैशाख । पोखरामा आइतबार खेलकुद र ध्यान विषयक एक कार्यशाला भएको छ । ‘श्री चिनमोई ओननेस होम पिस रन’ नेपालको आयोजना, नेपाल भूतपूर्व खेलाडी मञ्चको समन्वय तथा पोखरा उद्योग वाणिज्य संघको सहकार्यमा भएको हो । कार्यक्रममा मास्टर श्री चिनमोइका पथ प्रदर्शक तथा ३१०० माइलका धावक प्रदिप होगाकरले खेलकुदमा ध्यान महत्वपूर्ण रहने बताउनुभयो ।...
नेपाल व्युटिसियन संघको केन्द्रीय उपाध्यक्षमा रानाभाट
पोखरा, १७ वैशाख । नेपाल व्युटिसियन संघको चौथो राष्ट्रिय महाधिवेशनबाछ पोखराकी शर्मिला रानाभाट केन्द्रीय उपाध्यक्ष पदमा निर्वाचित हुनुभएको छ । केन्द्रीय उपाध्यक्ष नै प्रदेशको अध्यक्ष रहने प्रवधान अनुसार उहाँले गण्डकी प्रदेशको पनि अध्यक्ष रहनु हुनेछ । रानाभाट नेपाल व्युटिसियन संघ कास्कीको निवर्तमान अध्यक्ष हुनुहुन्छ । उहाँ विगत १५ वर्षदेखि व्युटिसियन व्यवसायमा संलग्न हुनुहुन्छ । उहाँले...
नेपाल ट्रेड युनियन कांग्रेस कास्कीको जिल्ला अधिवेशन वैशाख १८ गते
पोखरा, १६ वैशाख । वैशाख १८ गते पोखरामा हुने नेपाल ट्रेड युनियन कांग्रेस कास्कीको सातौं जिल्ला अधिवेशनको तयारी पूरा भएको छ । शनिबार पत्रकार सम्मेलन गर्दै जिल्ला भरका सात हजार बढि श्रमिक आवद्ध रहेको एटियुसीको जिल्ला अधिवेशन अन्तर्राट्रिय श्रमिक दिवसको दिन वैशाख १८ गते सोमबार हुने जिल्ला अध्यक्ष विजयराज भण्डारीले जानकारी दिनुभयो । नेपाली कांग्रेसका...
जय शिव भोलाको म्यूजिक भिडियो सार्वजनिक
पोखरा, १६ वैशाख । भजन सङ्ग्रह जय शिव भोलाको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । म्यूजिक भिडियोमा दिग्ददर्शक वाचन शिरोमणि पण्डित दीपक सापकोटाको लय, शब्द रहेको छ । भजनमा स्वयम सापकोटासहित वरिष्ठ भजन गायक श्रीराम अधिकारी र वरिष्ठ गायिका मनमाया वाइवाको स्वर रहेको छ । भिडियो धार्मिक व्यत्तित्व केश बहादुर वि.क (लोहनी) ले निर्माण र...
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पाण्डे नियुक्त
पोखरा, १४ वैशाख । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त हुनुभएको छ । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले बिहीबार उहाँलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो । प्रदेश प्रमुखले नेपालको संविधान १६८(२) बमोजिम बहुमतको सरकारको गठनका लागि आज दिउँसो ४ बजेसम्मको समयसिमा दिनुभएको थियो । बहुमतको सरकार गठनका लागि नेपाली काँग्रेसहितका दलले दावी पेश गरेका थिए ।...
सात जना श्रष्टालाई सम्मान अर्पण गरिने
पोखरा, १३ वैशाख । गण्डकी प्रदेशका विभिन्न क्षेत्रमा स्थापित बनिसकेका ७ जना श्रष्टालाई सम्मान गरिने भएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानले दोस्रो वार्षिकोत्सवको अवसरमा उहाँहरुलाई सम्मान गर्न लागको हो । यसरी सम्मानित हुनेहरुमा गण्डकी प्रज्ञा संस्कृति सम्मानबाट कास्कीका श्रष्टा तीर्थ श्रेष्ठ, गण्डकी प्रज्ञा साहित्य सम्मानबाट पर्वतका श्रष्टा शान्तिनारायण श्रेष्ठ, गण्डकी प्रज्ञा संगीत सम्मानबाट स्याङजाका श्रष्टा...
कौशी खेती गर्न प्रोत्साहीत गरिने – मर्सानी
पोखरा, ११ वैशाख । पोखरामा महानगरपालिका वडा नं ९ स्तरीय कृषि संजालले निःशुल्क मल, बिउ तथा बिरुवा वितरण गरेको छ । संजालद्धारा आयोजित कार्यक्रममा संस्थासँग आवद्ध झन्डै २ सय किसानहरुलाई सो मल, बिउ तथा बिरुवा वितरण गरिएको हो । सो कार्यक्रममा बोल्दै वडा नं ९ का अध्यक्ष दिपेन्द्र मर्सानीले शहरी क्षेत्रमा बढ्दो जनघनत्व भएपनि तरकारी...
छाला, यौन तथा कुष्ठ रोग विशेषज्ञ समाजको अध्यक्षमा न्यौपाने
पोखरा, १० वैशाख । छाला, यौन तथा कुष्ठ रोग विशेषज्ञ समाजको १७ औ वार्षिक सम्मेलन तथा साधारण सभाले प्रा. डा. सरास्वती न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा डा. मनिषा सिंह, सचिवमा डा. निरज पराजुली, कोषाध्यक्षमा डा. रमेश शर्मा, संयुक्त सचिवमा डा. मोहन भुषाल र सदस्यहरुमा डा. सुवाष बराल, डा. सूचना मरहट्टा,...
परिवर्तन हुने भयो गण्डकी प्रदेश सरकार
पोखरा, ९ वैशाख । गण्डकी प्रदेश सरकार परिवर्तन हुनेभएको छ । मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिन असफल भएपछि सरकार फेरिने भएको हो । मुख्यमन्त्री अधिकारीले प्रदेश सभा बैठकमा शनिवार विश्वासको मत पाउँ भनि गरेको प्रस्तावमा बहुमत प्राप्त गर्न सक्नु भएन । उहाँको पक्षमा २४ र विपक्षमा ३५ मत खसेको छ । गण्डकी प्रदेश प्रमुख...
उपनिर्वाचनको दिन यी सडक बन्द हुने
पोखरा, ९ वैशाख । वैशाख १० गते हुने उपनिर्वाचनलाई लक्षित गरी विभिन्न स्थानका सडक बन्द गरिने भएको छ । आज बसेको जिल्ला सुरक्षा समिति तनहुँको बैठकले पृथ्वी राजमाग सहित अन्य केही सडक बन्द गर्ने निर्णय गरेको हो । १० गते आइतबार पृथ्वी राजमार्गमा पर्ने तनहुँ जिल्लाको क्षेत्र नं १ मा हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचन...