न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

वडा प्रहरी कार्यालय वगरमा प्रहरी परिचालन कक्ष
पोखरा, १७ जेठ । वडा प्रहरी कार्यालय वगर हाता भित्र प्रहरी परिचालन कक्ष निर्माण गरिएको छ । वडा प्रहरी कार्यालय वगर निर्माण तथा मर्मत संभार समितिले कार्यालय भित्र प्रहरी परिचालन कक्ष निर्माण सँगै महिला व्यारेकको मर्मत संभार गरेको हो । प्रहरी परिचालन कक्ष र महिला व्यारेकको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक अजय केसीले...
उत्कृष्ट महिला उद्यमीबाट सौन्दर्यकर्मी गुरुङ्ग सम्मानित
पोखरा, १६ जेठ । सरकारले पोखराकी वरिष्ठ सौन्दर्य व्यवसायी चिनु गुरुङलाई उत्कृष्ट महिला उद्यमीबाट सम्मान गरेको छ । महिला उद्यमशीतलामा योगदान पु¥याएको भन्दै उहाँलाई गण्डकी प्रदेशबाट सम्मान गरिएको हो । उहाँलाई नगद रु १ लाख रुपैयाँसहित सम्मान पत्र प्रदान गरिएको छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले पाचौँ राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा राष्ट्रपति...
पोखराका गाईभैंसीमा लम्पी स्किन रोगको समस्या
पोखरा, १६ जेठ । पोखरा महानगरपालिका भित्र पालिएका गाईभैंसीहरुमा लम्पी स्किन रोगको समस्या देखिएको छ । वैशाख १० गतदेखि विशेष गरी गाई प्रजातिमा यो रोगको समस्या देखिएको पोखरा महानगरपालिका पशु सेवा शाखाका प्रमुख नवराज अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार सो रोगका कारण हालसम्म पोखरामा ४२ वटा पशुको मृत्यु भएको छ । त्यस्तै सात सय...
निष्टाको गण्डकी अध्यक्षमा दवाडी
पोखरा, १६ जेठ । नेपाल लोकतान्त्रिक संस्थागत तथा निजी विद्यालय शिक्षक संघ(निष्टा)को गण्डकी प्रदेश अध्यक्षमा पोखराका गुरुदत्त शर्मा दवाडी मनोनित हुनुभएको छ । निष्टाका केन्द्रीय अध्यक्ष भोलानाथ चालिसेले उहाँलाई मनोनित गर्नुभएको हो । मनोनयन पत्रमा उहाँलाई संघको विधान २०७९ बमोजिम तदर्थ समिति निर्माण र सदस्यता विस्तार गरी तोकिएको समयमा जिल्ला अधिवेशन सम्पन्न गर्न भनिएको छ...
आगामी वर्षका लागि १७ खर्ब, ५१ अर्बको बजेट
पोखरा, १५ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड बजेट ल्याएको छ । सरकारको तर्फबाट सोमबार अर्थमन्त्री डा. प्रकाशशरण महतले सो बजेट पेश गर्नुभएको हो । चालुतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड, पुँजीगततर्फ ३ खर्ब २ अर्ब ७ करोड र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ७ अर्ब...
 यूएसए, इजिप्ट र पाकिस्तान बने ‘बेस्ट डेलिगेट’
पोखरा, १५ जेठ । तीन दिनसम्म भएको पोखरा एमयूएन सकिएको छ । युथ थिंकर्स सोसाइटी पोखराको आयोजनामा शुक्रबारदेखि भएको संयूक्त राष्ट्रसंघको नमुना महासभामा तीन जना बेस्ट डेलिगेटबाट सम्मानित हुनुभएको छ । देशभरका १४ जिल्लाबाट प्रतिनिधि गरेका युवा मध्य ३ जनाले बेस्ट डेलिगेट बन्न सफल भएको वाइटिएस पोखराका अध्यक्ष रिजन ढुंगानाले बताउनुभयो । उहाँका अनुसार सहभागी...
नेपाल प्रेस युनियन कास्कीको पदस्थापन
पोखरा, १४ जेठ । नेपाल प्रेस युनियन कास्कीको १० औं जिल्ला अधिवेशनबाट नवनिर्वाचित पदाधिकारी एवं सदस्यको आइतबार पदस्थापन गरिएको छ । नवनिर्वाचित कार्यसमितिलाई गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री मन्त्री दिपेन्द्रबहादुर थापाले प्रमाणपत्र वितरण गर्नुभयो । निर्वाचन समितिका संयोजक राजबहादुर गुरुङले पद तथा गोपनियताको शपथ ग्रहण गराउनु भएको थियो । जेठ ७ गते...
जरोटुप्पोमा विनोद गौचनको ६९ औं जन्मजयन्ती
पोखरा, १३ जेठ । जरोटुप्पो संरक्षण साहित्य समाज नेपालले कवि तथा गीतकार विनोद गौचनको ६९ औं जन्मजयन्ती विविध कार्यक्रमका साथ मनाएको छ । कार्यक्रमका वक्ताले कविता गाउँका प्रणेता, तगारोमा रुमाल राखी…, जति माया लाएपनि…, ढुङ्गेसाँघुको मेलामा…, पोखरामा फूल फुल्दैनन्… लगायतका चर्चित गीतकार तथा कवि व्यक्तित्वका विविध अध्याय र आयामबारे आफ्ना धारणा राखेर गौचनको योगदान स्मरण...
पत्रकार महासंघ कास्कीमा एआईको प्रयोग विषयक कार्यशाला
पोखरा, १२ जेठ । नेपाल पत्रकार महासंघ कास्कीले पत्रकारितामा आर्टिफिसियल ईन्टेलीजेन्स (एआई) को प्रयोग विषयक कार्यशाला गरेको छ । शुक्रबार पोखरामा भएको कार्यक्रममा ६० जना पत्रकारहरुको सहभागिता थियो । मर्कन्टाइल र डाटा रिर्सच काउन्सिल फर स्टुडेन्ट –डीआरसीएफएस) र प्रिक्सा टेक्नोलोजीको सहयोगमा उक्त कार्यक्रम गरिएको हो । कार्यशालामा एआई लाई पत्रकारितामा कसरी प्रयोग गर्न सकिन्छ, के...
पोखरामा राष्ट्र संघको नमुना महासभा हुने
पोखरा, १२ जेठ । पोखरामा संयुक्त राष्ट्र संघको नमुना महासभा शुक्रवारदेखि सुरु हुँदैछ । तीन दिनसम्म चल्ने महासभामा १५ जिल्लाका एक सय २० जना सहभागी हुने उल्लेख छ । युथ थिंकर्स सोसाइटी (वाइटिएस)ले कार्यक्रम गर्न लागेको हो । संस्थाका अध्यक्ष रिजन ढुंगानाले महासभामा पोखराका मेयर प्रमुख अतिथि र अमेरिकन दूतावासबाट एक जना प्रतिनिधि सहभागी हुनुहुनेछ...
लागू औषधसहित तीन जना पक्राउ
पोखरा, ११ जेठ । पोखरामा प्रहरीले लागू औषधसहित तीन जनालाई पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय रामबजार कास्की र लागू औषध नियन्त्रण व्यूरो पोखराबाट खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो । स्याङ्जा भिरकोट – ३ स्थायी घर भई हाल जिल्ला कास्की पोखरा – १० बुद्धचोक बस्ने ३२ वर्षीय अनिल खत्री, स्याङ्जा वालिङ –८...
रेडियो हेमजा एघारौं वर्षमा
हेमजा, ११ जेठ । हेमजा सञ्चार सहकारी संस्थाद्वारा सञ्चालित सामुदायिक रेडियो, रेडियो हेमजा ८८.५ मेगाहर्ज एघारौं वर्षमा प्रवेश गरेको छ । रेडियोले १० बर्ष अगाडि आजकै दिनदेखि आफ्नो प्रशारण सेवा शुरु गरेको थियो । बि.स २०६९ असार १७ गते सूचना तथा सञ्चार मन्त्रालयबाट १ सय वाट प्रशारण क्षमताको इजाजत पत्र प्राप्त वि.स २०७० जेठ ११...