न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

२०२४ का डिभी विजेतालाई अक्टोबरदेखि भिसा
अमेरिका डिभी २०२४ का विजेताहरुले अक्टोबरदेखि भिसा पाउने भएका छन् । अमेरिकी बिदेश मन्त्रालका अनुसार १३ सय सम्म केस नम्बर हुने विजेता नेपालीहरुले अक्टोबरमा भिसा पाउन योग्य हुने छन् । अमेरिकी विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले जारी गरेको भिसा बुलेटिन अनुशार डिभी २०२४ को पहिलो महिना नेपालीहरुलाई १३०० केस नम्बरको सिमाबन्दी छ । इरान,...
हवाईका दुई टापुहरू र जङ्गलमा लागेको डढेलोका कारण कम्तिमा छ जनाको मृत्यु
अमेरिका हवाईका दुई टापुहरू र जङ्गलमा लागेको डढेलोका कारण कम्तिमा छ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। विद्युत् र पहुँचयोग्य सडक नभएका क्षेत्रमा फसेका स्थानीय तथा पर्यटकको खोजी तथा उद्धार कार्य जारी छ । अधिकारीहरूले बुधबार एक आपतकालीन घोषणामा हस्ताक्षर गरेका छन् भने पर्यटकहरूलाई माउको यात्रा गर्न निरुत्साहित गरेका छन् । आगलागीपछि सबैभन्दा प्रभावित माउ...
२ इन्च ठूलो आँखा भएको चरा
एजेन्सी अस्ट्रिच यस्तो चरा हो जुन उड्न सक्दैन। यो चरा प्रजातिमा जीवित रहेकामध्ये सबैभन्दा ठूलो हो। यसले अन्य जीवित चरा प्रजातिका तुलनामा सबैभन्दा ठूलो अन्डा दिन्छ। तपाईं हामीलाई सायदै थाहा होला, यो चराको आँखा उसको दिमागभन्दा ठूलो हुन्छ। यसको आँखा लगभग २ इन्चसम्मको हुन्छ। यो चरा ९ फिट अग्लो तथा १ सय ५० किलोग्रामसम्मको हुन्छ। यसको...
दक्षिण एसियाका तीन चौथाइ बालबालिका अत्यधिक गर्मीको सामना गर्दै
नयाँ दिल्ली संयुक्त राष्ट्रसङ्घले जलवायु परिवर्तनको प्रभाव बढ्दै जाँदा दक्षिण एसियाका तीन चौथाइ बालबालिकाले खतरनाक उच्च तापक्रमको सामना गर्नु परिरहेको चेतावनी दिएको छ। संयुक्त राष्ट्र सङ्घीय बालबालिकासम्बन्धी निकाय ९यूनिसेफ०का अनुसार दक्षिण एसियामा करिब ४६ करोड बालबालिका अत्यधिक गर्मीको मारमा परेका छन्। युनिसेफका दक्षिण एसिया क्षेत्रीय निर्देशक सञ्जय विजसेकेराले भने, -‘विश्व नै जलवायु परिवर्तनको नकारात्मक प्रभावबाट...
हेलिकोप्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु
बीबीसी अमेरिकाको क्यालिफोर्नियामा हेलिकोप्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। आगो निभाउने अभियानका क्रममा उक्त हेलिकोप्टर दुर्घटना भएको बीबीसीले जनाएको छ। समाचारअनुसार सो अभियानका क्रममा दुई हेलिकोप्टर ठोक्किएको थियो । तीमध्ये एउटा दुर्घटनामा परेको र अर्को सुरक्षित अवतरण गरेको थियो। दुर्घटनामा हेलिकोप्टरमा सवार तीन जनाकै मृत्यु भएको अधिकारीहरूले जनाएका छन् । राष्ट्रिय यातायात सुरक्षा...
रबिना थापा च्याँखे थाप्न आएको हो भन्ने आरोप निराधार
अमेरिका गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को विश्व भेलाको मिति तय भईसको छ । एनआरएनएको विश्व सम्मेलन आगामी अक्टोवर १७ देखी २० तारिख सम्म काठमाण्डौंमा हुँदैछ । यसले नयाँ नेतृत्व समेत प्रदान गर्नेछ । अहिले अध्यक्ष लगायत पदाधिकारीहरुमा आकाक्षीं उम्मेदवारले आफ्नो उम्मेदवारी घोषणा गरिरहेको परिपेक्ष छ । संस्थाभित्र रहेका थुप्रै विवादका कारण अहिले यो संस्थाको...
सामाजिक संजालमा चर्चा बालेन शाहको
अहिले फेसबुक, इष्टाग्राम, टुईटर लगायतका सामाजिक संजालको केन्द्रमा छन्, बालेन्द्र शाह । उनले पछिल्लो क्रममा पोष्ट गरेको ग्रेटर नेपालको फोटो होस या उनले प्रतिकृया जनाउने बिषय हुन ति सबै आम मान्छेको ध्यान खिच्ने खालका छन् । यसो त बालेन्द्र शाह काठमाण्डौं महानगरको प्रमुख भएकाले र काठमाण्डौं देशको राजधानी भएकाले पनि सबैको ध्यान खिच्नुलाई असामान्य मान्न...
युक्रेनी प्रतिआक्रमणलाई रोक्न रूसमा थप सैनिक भर्ती
मस्को मस्कोको सुरक्षा परिषद्का उपाध्यक्ष दिमित्री मेदभेदेवले यस वर्षको सुरुदेखि नै रूसले दुई लाख ३० हजारभन्दा बढी थप सैनिक भर्ती गरेको बताएका छन् । “रूसले जारी युक्रेनी प्रतिआक्रमणलाई रोक्न र द्वन्द्वको समयमा कब्जा गरेको क्षेत्रहरू कब्जा गरिरहन चाहन्छ त्यसैले मस्कोले यस वर्ष जनवरी १ देखि अगष्ट ३ सम्म आक्रामक शैलीमा सैन्य भर्ती अभियान सञ्चालन गरेको...
ललिता निवास जग्गा हिनामिना प्रकरणमा नेपाल प्रहरीको अनुसन्धान तिव्र
काठमाडौँ । ललिता निवासको जग्गा हिनामिना प्रकरणमा नेपाल प्रहरीले गहनरुपमा अनुसन्धान अघि बढाएको छ । सर्वोच्च अदालतले समेत तल्लो तहका व्यक्तिहरु मात्रै अनुसन्धानका दायरामा आएकाले निर्णयकर्ता र त्यसको पालनामा प्रत्यक्ष संलग्नहरुलाई समेत अनुसन्धानको दायरामा ल्याउन आदेश दिएकै बेला चार पूर्वमन्त्रीहरुविरुद्ध समेत पक्राउ पुर्जी लिएर अनुसन्धानलाई थप तीव्रता दिएको हो । उक्त जग्गा प्रकरणमा प्रहरीको केन्द्रीय...
अनुसन्धानलाई निष्कर्षमा पुर्‍याएर दोषीलाई कारबाही गरि छाड्छौं : गृहमन्त्री श्रेष्ठ
रासस । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी प्रकरणको अनुसन्धानलाई निष्कर्षमा पुर्‍याएर दोषीलाई कुनै पनि हालतमा कारबाही गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रतिनिधिसभाको बैठकमा सांसदले उठाएको जिज्ञासाको जवाफ दिँदै सरकारले यस घटनाको निष्पक्ष अनुसन्धान गर्न सम्पूर्ण ध्यान केन्द्रित गर्ने बताए । उनले भने, “सरकार अनुसन्धानमा केन्द्रित हुन्छ, सबैले सकारात्मक वातावरण बनाऔँ, कसैलाई छुट...
एनआरएनए विश्व सम्मेलन अक्टोबर १७ देखी २० सम्म काठमाण्डौंमा हुने
अमेरिका गैरआवासीय नेपाली संघको विश्व सम्मेलन आउँदो अक्टोबर १७ तारिख देखी २० तारिख सम्म काठमाण्डौंमा हुने भएको छ । गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद् आईसीसीको आइतवार सम्पन्न बैठकले यस्तो निर्णय गरेको हो । यस सम्मेलनले आईसीसीको नयाँ नेतृत्व समेत चयन गर्नेछ । हालै अध्यक्ष, महासचिव, उपाध्यक्ष लगायतका पदाधिकारीका केही आकांक्षीहरुले उम्मेदवारी समेत घोषणा गरिसकेका...
नेपालको स्थायी नियोग प्रमुखमा थापा नियुक्त
अमेरिका संयुक्त राष्ट्रसंघका लागि न्यूयोर्कस्थित नेपालको स्थायी नियोग प्रमुखमा लोकबहादुर थापा नियुक्त भएका छन् । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले परराष्ट्र मन्त्रालयका सहसचिव थापालाई सोमबार नियोग प्रमुख तथा राजदूतमा नियुक्त गरेका हुन् । बेल्जियमका लागि नेपाली राजदूत भईसकेका थापा परराष्ट्र मन्त्रालयमा उत्तर पूर्वी एशिया महाशाखा हेर्दै आएका थिए । थापा ३४ बर्षदेखी परराष्ट्र सेवामा कार्यरत...