न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

इटहरी गोल्डकप : त्रिभुवन आर्मी फाइनलमा
इटहरीमा जारी १४ औँ इटहरी गोल्डकपको सेमीफाइनमा साबिक विजेता सगरमाथा क्लबलाई हराउँदै त्रिभुवन आर्मी क्लब फाइनलमा प्रवेश गरेको छ । राष्ट्रिय जागृति क्लबद्वारा आयोजित प्रतियोगिताअन्तर्गत बुधबार राति भएको खेलमा निर्धारित समयमा दुवै समूहले गोल गर्न नसकेपछि पेनाल्टि सु्टआउटका आधारमा नेपाल आर्मीको त्रिभुवन आर्मी २–१ गोल अन्तरले विजयी भएको हो । पेनाल्टि सुटमा आर्मीका लागि फत्तेमान...
केही महिनामै जनताले परिवर्तनको महसुस गर्नेछन्  : मन्त्री गिरी
कानुन न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले अबको केही महिनामै नेपाली जनताले मुलुक परिवर्तन भएको महसुस गर्ने बताएका छन ।  पर्वतको लुंखुदेउरालीमा आयोजित कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री गिरीले अघिल्लो गठबन्धन भत्किएर पुनःगठित सरकार मुलुकका तमाम समस्या समाधानका लागि बनेको बताए । उनले अर्थतन्त्रलाई लयमा फर्काउनेदेखि लिएर मुलुकमा सुशासन कायम गराउन सरकारलाई मुख्य...
कर्मचारीलाई प्रधानमन्त्रीले भने, नियत सफा राखेर काम गर्नुस्
प्रधानमन्त्री पुष्पकमल दाहालले देश र जनतालाई केन्द्रमा राखेर इमान्दारीपूर्वक काम गर्न राष्ट्रसेवक कर्मचारीलाई निर्देशन दिएका छन । प्रधानमन्त्री दाहालले नियत सफा राखेर काम गर्ने कुनै पनि राष्ट्रसेवक कर्मचारीमाथि समस्या पर्न नदिने समेत प्रतिबद्धता व्यक्त गरेका छन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको सचिवहरूको नियमित बैठकमा प्रधानमन्त्रीले कर्मचारीलाई कुनै पनि समस्या आए त्यसको जिम्मेवारी आफूले लिने...
पर्यटकीय राजधानी पोखरामा विदेशी पर्यटकले मनाए होली
देशको पर्यटकीय राजधानी सहर पोखरामा विदेशी पर्यटक होलीमा रमाएका छन् । पर्यटकीय गन्तव्य लेकसाइडका सडकमा पर्यटक एकापसमा रङ्ग दलेर होली पर्व मनाएका हुन् । रेष्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेवान) पोखराले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले फेवाताल किनारमा होली महोत्सव आयोजना गरेको थियो । महोत्सवमा पर्यटक बाजागाजासहित नाचगान र विभिन्न रङ्गहरु अनुहारमा दलेर...
खेल क्षेत्रमा राजनीतिकरण बन्द गरौँ : खेलकुदमन्त्री श्रेष्ठ
युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले खेल क्षेत्रमा राजनीतिकरण बन्द हुनुपर्ने बताएका छन । सहकार्यबाट खेलकुद विकास सम्भव रहेकाले सबैसँग सहकार्य गरेर अघि बढ्ने उनले स्पष्ट पारे । पोखरा रङ्गशालाको निरीक्षणपछि सञ्चारकर्मीहरुसँगको भेटघाटमा उनले राजनीतिक नियुक्ति लिएर जनैमा साँचो हाले जसरी बसेर खेलाडी र खेल क्षेत्रलाई बन्धक बनाउने राजनीति अब बन्द गर्नुपर्ने जिकिर गरेका हुन ।...
नेपालले जलवायु परिवर्तनको असर सहनु परिरहेको छ : सभामुख घिमिरे
सभामुख देवराज घिमिरेले विश्वव्यापी उष्णता बढाउन बढी योगदान गर्ने मुलुकले यसको प्रभाव बढी भोग्ने मुलुकप्रति गरेका प्रतिबद्धता कार्यान्वयन गर्न ध्यानाकर्षण गराएका छन ।  स्विजरल्यान्डको जेनेभामा आयोजित अन्तर व्यवस्थापिका सङ्घ (आइपियु) को एक सय ४८ औँ महासभालाई सम्बोधन गदै उनले जलवायु परिवर्तनको गम्भीर खतराबाट प्रभावित सबै राष्ट्रहरूले अन्तरराष्ट्रिय मञ्चहरूमा एउटै स्वर उठाउन आह्वानसमेत गरेका छन ।...
बेगनास तालमा राष्ट्रिय ड्रागन बोट रेस प्रतियोगिता सुुरु
पर्यटन राजधानी पोखराको बेगनास तालमा प्रथम राष्ट्रिय बेगनास ड्रागन बोट रेस प्रतियोगिता सुरु भएको छ । पोखरा महानगरपालिका–३१ स्थित तालमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय र पोखरा महानगरपालिकाको आयोजना एवं नेपाल ड्रागन बोट सङ्घ गण्डकी प्रदेश र होटल तथा रेस्टुरेन्ट एसोसिएसन लेखनाथको सहआयोजनामा प्रथम राष्ट्रिय बेगनास ड्रागन बोट रेस आयोजना गरिएको हो । देशका...
होली पर्वले सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछ : राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले फागुपूर्णिमा (होलीपर्व)ले आपसी सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्याउनेमा विश्वास व्यक्त गरेका छन । होलीपर्वका अवसरमा राष्ट्रपति पौडेलले सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै रङहरूको पर्व होलीले आपसी मेलमिलाप र सद्भावको सन्देश दिने उल्लेख गरेका हुन । पौडेलले यस पर्वले आपसी रिस, राग परित्याग गरी प्रेम र आत्मीयताद्वारा सामाजिक...
पौडेलको ‘जून ओर्लेको रात’ लोकार्पण
युवाकवि सञ्जीव पौडेलको कवितासङ्ग्रह ‘जून ओर्लेको रात’ लोकार्पण गरिएको छ । नेपाली लेखक सङ्घ गण्डकी प्रदेशद्वारा आयोजित दौँतरी कार्यक्रमको तेस्रो शृङ्खलाअन्तर्गत पोखरामा आयोजित समारोहमा वरिष्ठ साहित्यकार सरूभक्त, नेपाली लेखक सङ्घका केन्द्रीय अध्यक्ष कवि तीर्थ श्रेष्ठ, लोक गायिका हरिदेवी कोइराला, सञ्जीवका पिता लक्ष्मण पौडेलले संयुक्तरूपमा कृतिको लोकार्पण गरेका हुन । सङ्घले दौँतरी कार्यक्रम अन्तर्गत साहित्यिक एवं...
सुनकोशी मरिण डाइभर्सन : १२ किलोमिटर सुरुङ खनियो, ब्रेक थ्रुको तयारी
तराई मधेसमा १२ महिना नै सिँचाइ सुविधा पुर्‍याउने लक्ष्यका साथ शुरु गरिएको सुनकोशी मरिण डाइभर्सन आयोजनाको सुरुङ निर्माण प्रक्रियामा उल्लेख्य प्रगति भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले नियमितरुपमा चासो दिएपछि आयोजनामा उल्लेख्य प्रगति देखिएको छ । कुनै भौगोलिक जटिलता उत्पन्न नभएको खण्डमा आगामी डेढ महिनाभित्र सुरुङ निर्माण सम्पन्न हुने सम्वद्ध आयोजनाले जनाएको छ । सुनकोशी...
गण्डकीको बाह्र सय हेक्टरमा डढेलो
गण्डकी प्रदेशभित्र यस वर्षको हिउँदमा करिब एक हजार दुई सय १५ हेक्टर वन क्षेत्रमा डढेलो लागेको छ । प्रदेशका ११ जिल्लामध्ये १० जिल्लाका एक सय ४७ स्थानका वनजङ्गलमा डढेलो लागेको प्रदेश वन निर्देशनालयले जनाएको छ । “मुस्ताङबाहेक प्रदेशका सबै जिल्लामा डढेलोका घटना भएका छन् । सबैभन्दा बढी कास्कीमा तीन सय ८२ हेक्टरमा डढेलो लागेको छ”,...