न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

सांसद शर्मा पक्राउ परे लगत्तै, कांग्रेस सभापति देउवा बालुवाटार
काठमाडौं कांग्रेस सांसद सुनिल शर्मा पक्राउ परे लगत्तै सभापति शेरबहादुर देउवा बालुवाटार पुगेका छन् । धुम्बाराहीस्थित निवासमा कांग्रेस नेताहरूसँग आन्तरिक छलफल गरेपछि कांग्रेस सभापति देउवा प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्न बालुवाटार पुगेको बुझिन्छ । सभापति देउवा र प्रधानमन्त्री दाहालका बीचको आन्तरिक छलफलमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको कार्यशैलीको आलोचना भएको बताइन्छ । बैठकपछि ​कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले...
नेपाल टेलिकमको उच्च गतिको इन्टरनेट सेवा शुभारम्भ
काठमाडौं नेपाल टेलिकमले उच्च गतिको इन्टरनेट सेवा शुभारम्भ गरेको छ । प्रविधिक भाषामा यसलाई एक गिगवाइट पर सेकेन्ड जिबीपीएस अर्थात १००० मेगावाइट पर सेकेन्ड एमबिपीएस सम्म उच्च गति भएको फाइभर टु होम एफटिटिएच इन्टरनेट सेवा भनिन्छ । यसअघि कम्पनीले १०० एमबिपीएससम्म उच्च गति भएको एफटिटीएच सेवा उपलब्ध गराइरहेकामा अब एकैपटक यति धेरै क्षमता भएको इन्टरनेट...
महामन्त्री थापा र नेता शेखर बीच भेटवार्ता
काठमाडौं नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र नेता शेखर कोइरालाबीच भेटवार्ता भएको छ । पछिल्लो राजनीतिक घटना क्रम र पार्टीमा उठेका सबालहरुका बिषयमा छलफल भएको जानकार दिइएको छ । यति बेला यि दुई नेता भेटिएको तस्विर सामाजिक संजालमा भाईरल भईरहेको छ । दुवै नेताहरुका बीच नक्सालस्थित एक होटलमा भेटघाट भएको बताइन्छ । श्रोतका अनुसार दुवै...
ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट लिए सन्यास
राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्‍न्यास लिने घोषणा गरेका छन् । पत्रकार सम्मेलन गरी मल्लले सन्‍न्यास लिएको घोषणा गरेका छन् । अबदेखी “अन्तर्राष्ट्रिय क्रिकेटको यात्रालाई यहीँ बिश्राम लिएको जानकारी गराउँदछु, मल्लले पत्रकार सम्मेलनमा भने । मल्लले लगातार १८ वर्ष सम्म नेपालको प्रतिनिधित्व गर्न पाउँदा गर्व महसूस भएको र देशका लागि केही गर्ने...
नेपाल बिद्युत प्राधिकरणले साधारणका लागि शेयर जारी गर्दै
काठमाण्डौं नेपाल बिद्युत प्राधिकरणले निकट भविष्यमै साधारणले किन्न पाउने गरी शेयर बिक्री गर्ने भएको छ । प्राधिकरण ऐन, २०४१ बमोजिम प्राधिकरणको शेयर सर्वसाधारणमा जारी गर्ने प्रक्रिया अगाडि बढाइएको जानकारी दिईएको छ । प्राधिकरणको क्रेडिट रेटिङ गराउँदा एए प्लस प्राप्त छ । यो भनेको संस्थाले आर्थिकरूपमा सबल रहेको स्पष्ट पारेको छ । उपयुक्त स्थानमा उपयुक्त व्यक्ति...
आँखा पाक्ने रोगका कारण मानिसहरु ग्रसित
काठमाण्डौं अहिले देशैभरी आँखा पाक्ने रोगका कारण मानिसहरु ग्रसित छन् । यसैबीच उपचारका क्रममा १० जनाको नमूना परीक्षण गर्दा ‘इन्टेरो भाइरस’ संक्रमण पुष्टि भएको छ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट १० जना आँखा पाक्ने रोगको लक्षण भएका व्यक्तिबाट नमूना सङ्कलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएकोमा यस्तो संक्रमण देखिएको हो । नमूना परीक्षण गर्दा आठ जनाको...
कांग्रेसका सांसद शर्मा पक्राउ बारे सीआईबीले संसदलाई औपचारिक पत्र लेख्यो
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले नेपाली कांग्रेसका सांसद शुनिलकुमार शर्मालाई नक्कली शैक्षिक प्रमाणपत्रका बिषयमा छानविन गर्न पक्राउ गरिएको बारे संसदलाई औपचारिक पत्र पठाएको छ । सीआईबीप्रमुख किरण बज्राचार्यले बिहीबार सभामुख घिमिरेलाई पत्र पठाएर सांसद शर्मा पक्राउबारे जानकारी दिएकी छन् । सांसद पक्राउ गर्दा सभामुखलाई जानकारी दिनुपर्ने संवैधानिक व्यवस्था छ। सीआईबीको पत्रमा भनिएको छ, फौजदारी...
संसद गतिरोधबारे राष्ट्रपतिको चासो प्रधानमन्त्रीसँग
काठमाडौं राष्ट्रपति रामचन्द्र पौडेलले संसद गतिरोधबारे प्रधानमन्त्री पुष्पकमल दाहालसँग छलफल गरेका छन् । लामो समयदेखी नेकपा एमालले संसद संचालन गर्न नदिएको बारे चासो व्यक्त गर्दै राष्ट्रपति पौडेलले प्रधानमन्त्री दाहालसँग छलफल गरेका हुन् । प्रमुख प्रतिपक्षी दल एमालेले सुन प्रकणमा निष्पक्ष छानविनको माग राख्दै लगातार संसद अवरुद्ध गरिरहेको छ । उनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई संसद गतिरोध...
माओवादीले ‘जनतासँग रूपान्तरण अभियान’ चलाउने
काठमाण्डौं नेकपा माओवादीले देशैभरी विशेष अभियान चलाउने भएको छ । नेकपा माओवादीको केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको हो । केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले अभियानका क्रममा देशभित्रका प्रत्येक घर परिवारलाई भेट्न र कुनै पनि घर नछाड्न केन्द्रीय सदस्यलाई निर्देशन समेत दिएका छन् । यस अभियानमा सात प्रदेशका सात...
एमालेको अवरोधपछि प्रतिनिधि सभा बैठक स्थगित
काठमाण्डौं नेकपा एमालेले सुन तस्करी प्रकरणको छानविनको माग गर्दै लगातार संसद अवरोध  गरिरहेको छ । बुधबार प्रतिनिधि सभाको बैठक शुरू हुने बित्तिकै एमाले सांसदहरुले विरोध जनाएका हुन्। एमालेले १ सय किलो सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गर्दै संसदमा बिरोध जनाउँदै आएको छ । सभामुख देवराज घिमिरले प्रतिनिधि सभाको बैठक...
वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाउने श्रमिक परिवारलाई १० लाख क्षतिपूर्ती
काठमाण्डौं नेपाल सरकारले रोजगारीका क्रममा बिदेशमा ज्यान गुमाउने श्रमिक परिवारलाई १० लाख रुपैयाँ दिने भएको छ। श्रम, रोजगार तथा सुरक्षा मन्त्रालयले पत्रकार सम्मेलन यस्तो जानकारी दिएको हो । वैदेशिक रोजगार व्यवस्थापनका विषयमा जानकारी दिँदै मन्त्रालयका सहसचिव राजीव पोखरेलले वैदेशिक रोजगारलाई व्यवस्थित बनाउने विषयमा कार्यपत्र प्रस्तुत गर्दै -‘वैदेशिक रोजगार बोर्ड मार्फत श्रमिकले पाउने सेवासुविधामा वृद्धि भएको...
कैलालीका ९ सय घर डुबानमा, कुनै पनि निकायको राहत तथा सहयोग पुगेन
धनगढी । अविरल वर्षाका कारण कैलालीका विभिन्न पालिकाहरुमा नौ सयभन्दा बढी घर डुबानमा परेका छन् । तीमध्ये भजनी नगरपालिकाका अधिकांश परिवार बढी प्रभावित छन् । भजनी नगरपालिकाका नगरप्रमुख केवल चौधरीले भजनीका विभिन्न वडामा बसोवास भएका ९ सय परिवार बाढीबाट पूर्ण रुपमा प्रभावित भएको जानकारी दिएका छन् । नगरप्रमुख चौधरीका अनुसार अत्यधिक प्रभावित वडा नम्बर ३...