न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

चिनियाँ व्यवसायीहरूलाई नेपालमा लगानी बढाउन प्रधानमन्त्री दाहालको आग्रह
साताव्यापी चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालमा लगानी गर्नका लागि त्यहाँका ब्यापारीहरुसँग आग्रह गरेका छन् । नेपाल-चाइना बिजनेस समिटलाई सम्बोधन गर्दै, प्रधानमन्त्री दाहालले लगानी गर्न उपयुक्त मुलुक भएको भन्दै चिनियाँ व्यवसायीहरूलाई नेपालमा लगानी बढाउन आग्रह गरेका हुन्। प्रधानमन्त्री दाहालले जलविद्युत, कृषि, पर्यटन र यातायात क्षेत्रमा लगानी गर्न नेपालमा अपार संभावना भएको बताउँदै उनले...
नेपालको समृद्धिमा चीन सँधै साथमा छ-राष्ट्रपति सी
चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालको समृद्धिमा चीन सँधै साथमा रहेको बताएका छन् । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालसँगको भेटमा राष्ट्रपति सीले नेपालको सम्वन्धलाई आफ्नो मुलुकले ठूलो महत्वका साथ हेरेको र समृद्धिका लागि साथमा रहेका बताएका हुन् । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल र राष्ट्रपति सीका बीच द्विपक्षीय सम्बन्ध र विकासको रणनीतिका बारेमा...
यो नेपाली शिर उचाली संसारमा लम्किन्छ
विश्वकै वित्तिय राजधानी न्यूयोर्कमा फहराइयो नेपालको चन्द्र र सुर्य अंकित झण्डा
विश्वकै वित्तिय राजधानी मानिने न्युयोर्क सिटीमा चन्द्र र सुर्य अंकित झण्डा फहराइएको छ । विश्वको ब्यापारिक केन्द्र न्यूयोर्कस्थित वाल स्ट्रीटको नजिक बलिङ ग्रिन पार्कमा नेपाली झण्डा फहराइएको हो । न्यूयोर्क सहरका मेयर एरिक आडम्सले नेपाल तथा, नेपाली समुदायको सम्मानमा नेपालको चन्द्र र सुर्य अंकित झण्डा फहराएका हुन् । कार्यक्रम न्यूयोर्क सहरका मेयरको कार्यालय, बलिंग ग्रिन...
७८ औं महासभा बैठक
राष्ट्रसंघमा प्रधानमन्त्री दाहालको सम्बोधन
७८ औं महासभा बैठकलाई सम्बोधन गर्न अमेरिका आएका प्रधानमन्त्री पुष्पकमल दाहालले उच्च स्तरीय छलफल (हाइलेबल मिटिङ)लाई सम्बोधन गरेका छन् । सम्बोधनका क्रममा प्रधानमन्त्री दाहालले राष्ट्रसंघले दिएको बिषय भित्र केन्द्रित रहेर नेपालको धारणा अन्तर्राष्ट्रिय फोरममा राखेका हुन् । प्रधानमन्त्री दाहालले जलवायु परिर्वतन र दिगो बिकास लक्ष्यमा केन्द्रित रहेर धारणा राखेका छन् । उनले विश्वभर विश्वव्यापी विश्वासको...
एनआरएनएको निर्वाचन कार्यतालिका सार्वजनिक, सेप्टेम्वर २९ तारिख अन्तिम नामावली प्रकाशित गरिने
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को आगामी अक्टोवर १७ देखी २० तारिख सम्म हुने निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ । दुईबर्षे कार्यकालका लागि हुने निर्वाचनमा अध्यक्ष सहितका ७४ जना उम्मेदवारहरु बिभिन्न पदमा सहभागिता जनाउन पाउने छन् । संघको बिधान अनुसार अध्यक्षमा १ जना, उपाध्यक्षमा ६, महिला उपाध्यक्षमा १, महासचिवमा १, उपमहासचिवमा २, सचिवमा ६, महिला...
गीतसंगीत
भ्रष्टाचारबिरुद्ध डि–मर्चाले ल्यायो ‘भ्रष्टाचारीलाई किरा परोस्’ गीत (भिडियो सहित)
पोखराको चर्चित डि–मर्चा व्याण्डले भ्रष्टाचार विरोधी गीत बजारमा ल्याएको छ । डि–मर्चाले ‘भ्रष्टाचारीलाई किरा परोस्’ बोलको गीत ल्याएको हो । हालसालै मात्र रेकर्ड भएको सो गीतको भिडियो डि–मर्चाले बुधबार यूट्यूवमार्फत सार्वजनिक गरेको छ । डि–मर्चाको यो गीतको भोकलमा भाष्करध्वज श्रेष्ठ, बेस गिटारमा बिरेन्द्र पुन, लिड गिटारमा रोहित रञ्जित र ड्रममा कुशल गुरुङ रहेका छन् ।...
पोखरामा भएको यती एयरलाइन्सको जहाज दुर्घटना प्रतिवेदन सरकारलाई बुझाईयो
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिकै आठ महिनाअघि भएको यति एयरलायन्सको जहाज दुर्घटनाबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले बिहीबार प्रतिवेदन बुझाएको छ । आयोगका सदस्यसचिव बुद्धिसागर लामिछानेका अनुसार, २०७९ माघ १ गते काठमाडौंबाट पोखराका लागि उडेको विमान दुर्घटनाबारे विस्तृत जाँचबुझ गरी बनाइएको अन्तिम प्रतिवेदनको मस्यौदा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई बुझाइएको छ । लामिछानेले जहाज...
सर्लाही सदरमुकाम मलंगवामा अनिश्चितकालीन कर्फ्यू जारी
जिल्ला प्रशासन कार्यालय सर्लाहीले सदरमुकाम मलंगवामा अनिश्चितकालीन कर्फ्यू जारी गरेको छ । गणेशको मूर्ति सेलाउन जाने क्रममा दुई समुदायबीच झडप भएपछि स्थिति नियन्त्रणमा लिन बिहिवार राती १० बजेदेखी लागु हुनेगरी अनिश्चितकालीन कर्फयु जारी गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिएका छन् । साँझ भएको झडपमा आधा दर्जन घाइते भएका छन् । स्थिति नियन्त्रणमा लिन...
गीतसंगीत
संचारकर्मी चापागाईंको शब्दमा ‘परदेशी २’ सार्वजनिक [भिडियोसहित]
संचारकर्मी सतीश चापागाईंको शब्द रहेको ‘परदेशी २’ को नयाँ गीत सार्वजनिक गरिएको छ। नारायण रायमाझी निर्देशित फिल्म ‘परदेशी २’ को नयाँ गीत संचारकर्मी चापागाईंको शब्द रहेको भिडियो बुधबार म्युजिक नेपाल युट्युब च्यानल मार्फत फिल्ममा समावेश ‘हिजो काम आज काम, काम विदेशमा’ बोलको गीत सार्वजनिक गरिएको हो। भिडियोमा फिल्मका कलाकार प्रकाश सपूत, दीलिप रायमाझी, रमा थपलिया...
शिक्षक आन्दोलित
शिक्षा विधेयक २०८०, खारेजीको माग
काठमाडौं महानगरपालिका भित्रका सामुदायिक विद्यालय प्रधानाध्यापकहरूले शिक्षा विधेयक खारेजीको माग गर्दै आन्दोलनमा ऐक्यवद्धता जनाएका छन् । काठमाण्डौं महानगरभित्रका प्रधानाध्यापकहरूले बुधबार संयुक्त विज्ञप्ति मार्फत शिक्षा विधेयकको बिरोध गर्दै आन्दोलनमा साथ दिने तर विद्यार्थीलाई पुग्ने शैक्षिक क्षतिको परिपूर्ति गर्ने प्रतिवद्धता जनाएका छन् । विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० को खारेजीका लागि...
७८ औं महासभा बैठक
राष्ट्रसंघमा नेपालको सहभागिता परम्परागत शैलीमै सिमित
नेपालले सन् १९५५ डिसेम्बर १४ मा संयुक्त राष्ट्रसंघको सदस्यता पाएको हो । सन् १९४९ मा सदस्यताका लागि आवेदन दिएको भएपनि तत्कालिन सोभियत संघका कारण नेपालले सदस्यता पाउन ६ बर्ष कुर्नु परेको थियो । सदस्यता प्राप्त गरेपछि तत्कालिन मेजर पदमबहादुर खत्रीले नेपालको प्रतिनित्व गर्दै महासभा बैठकमा पहिलो पटक सहभागिता जनाएका थिए । नेपालले कहिले प्रधानमन्त्री त...
संयुक्त राष्ट्रसंघको ७८औं महासभा
दिगो बिकास लक्ष्य हासिल गर्न कठिन छ-प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहालले दिगो बिकास लक्ष्य हाँसिल गर्न कठिन रहेको बताएका छन् । प्रधानमन्त्री दाहालले सन् २०३० भित्र लक्ष्य पुरा गर्न पूर्वाधार, खानेपानी र सरसफाइ, खाद्य सुरक्षा, स्वास्थ्य तथा शिक्षा क्षेत्रमा लगानीको अभावका कारण लक्ष्य हासिल गर्न कठिन रहेको बताएका हुन् । संयुक्त राष्ट्रसंघको ७८औं महासभा अन्तर्गत दिगो विकास लक्ष्यहरू (एसडीजी) लाई सम्बोधन गर्दै प्रधानमन्त्री...