न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

१९ जिल्लालाई नमूना बनाउने टेलिकमको घोषणा
नेपाल टेलिकमले भूकम्प प्रभावित जाजरकोट र रुकुमपश्चिमसहित १९ जिल्लालाई नमूना दूरसञ्चार युक्त जिल्ला बनाउने घोषणा गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको निर्देशनमा नेपाल टेलिकमले चालु आर्थिक वर्षको कार्यक्रममा नमूना जिल्ला कार्यक्रम तय गरेको थियो । जसअनुसार शुक्रबार टेलिकमले नमूना सेवा दिने जिल्लाको सूची सार्वजनिक गरेको हो । प्रदेश राजधानी रहेका जिल्ला सहित...
नेपालीको दोस्रो ठूलो चाड तिहार (यम पञ्चक) आजदेखि
प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार शनिवारदेखि सुरु हुँदैछ । कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले शनिबार बेलुकी यमदीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यमपञ्चकको पहिलो दिन काग तिहार परेको समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले जानकारी दिएका छन । बेलुकी त्रयोदशी तिथि परेका...
पोखरामा देउसी भैलोको महोत्सव
पोखरा टेलिभिजन एण्ड मिडिया प्रालिले दैउसी भैलोको मौलिकता जोगाउने उद्देश्यका साथ यही कात्तिक २५ गते पोखरामा प्रथम देउसी भैलो महोत्सव २०८० गर्ने भएको छ । महोत्सवबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा टेलिभिजनका प्रबन्ध निर्देशक माधव पनेरुले पछिल्ला वर्षमा तिहारको समयमा खेलिने देउसी भैलो आधुुनिकताका नाममा मौलिकता विहीन बनिरहेकाले त्यसको जगेर्नाका लागि महोत्सव गर्न लागिएको जानकारी...
भूकम्प पीडितले अझै पाएनन् त्रिपाल
जाजरकोट, २२ कात्तिक स् गत शुक्रबार राति भूकम्प जाँदा निन्द्रामा रहेकी नलगाड नगरपालिका–३ का रमिता थापा हतारहतार दुई छोरा, छोरी च्यापेर घरबाहिर निस्किनुभयो । उहाँ निस्कनेक्रमा खुट्टामा चोट लागेर सामान्य घाइते पनि हुनुभयो । उहाँ अहिले सदरमुकाम खलङ्गाको नयाँ बस्तीस्थित सडकको किनारमा त्रिपाल टाँगेर रात बिताउँदै आउनुभएको छ । उहाँलाई अहिले जुन समयमा पनि भूकम्प...
स्रोत नखुलेको २६ लाखसहित दुई जना पक्राउ
काठमाडौं महानगरपालिका–२४ इन्द्रचोकबाट स्रोत नखुलेको नगद २६ लाख ५७ हजारसहित दुई जनालाई मङ्गलबार दिउँसो प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा बर्दिया गेरूवा गाउँपालिका–२ घर भई हाल काठमाडौं जडिबुटी बस्ने २८ वर्षीय पुष्प सोडारी र काठमाडौँ महानगरपालिका–१० बिजुलीबजार बस्ने ३९ वर्षीय अभिषेक अग्रवाल रहेका छन् । प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले सोडारीलाई रकमसहित...
उच्च अदालतको आदेश : पोखराको लेकसाइड २४ घण्टा खोल्न दिनु
उच्च अदालत पोखराले पोखराको पर्यटकीय क्षेत्र लेकसाइडलाई २४ घण्टानै खुला गर्न दिन अल्पकालीन आदेश दिएको छ । उच्चका कायममुकायम मुख्य न्यायाधीश राजनप्रसाद भट्टराईको एकल इजलासले लेकसाइडमा भएका व्यापार व्यवसाय निरन्तर खोल्न दिन जिल्ला प्रशासन कार्यालय कास्कीलाई अन्तरिम आदेश दिएको हो । यसअघि व्यापार, व्यवसाय सञ्चालनमा रोक नलगाउन मागसहित स्थानीय देवीकुमारी बरालले अदालतमा निवेदन दिएकी थिइन...
एमालेको समृद्धिका लागि सङ्कल्प यात्रा
सामाजिक सद्भाव र एकतालाई बलियो बनाउने उद्देश्यले नेकपा एमालेले मङ्सिर १४ गतेदेखि बैतडीको झुलाघाटबाट मध्यपहाडी लोकमार्ग केन्द्रित ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ गर्ने भएको छ । एमाले सचिवालय बैठकले राष्ट्रिय एकताको सवल आधार निर्माण गर्ने उद्देश्यले १५ दिने अभियान आयोजना गर्ने निर्णय भएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिएका छन। अभियान बैतडीको झुलजवाघाटबाट मध्यपहाडी लोकमार्ग केन्द्रित...