न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

टिकटक प्रतिबन्धबारे लिखित जवाफ माग
सर्वोच्च अदालतले टिकटकमाथि प्रतिबन्ध लगाउनुको कारणबारे सरकारसँग लिखित जवाफ माग गरेको छ । न्यायाधीश विनोद शर्माको एकल इजलासले प्रारम्भिक सुनुवाइ गर्दै दश दिनभित्र लिखित जवाफ माग गर्दै कारण देखाउन आदेश गरेको हो । सर्वोच्च अदालतका सहप्रवक्ता गोविन्द घिमिरेका अनुसार विवादमा यही मङ्सिर १५ गतेभित्र लिखित जवाफमा गरेको छ भने यही मङ्सिर १९ गते सुनुवाइका लागि...
विश्वकप छनोट : नेपाल यमनसँग पराजित
फिफा विश्वकप छनोटअन्तर्गत दोस्रो चरणको आफ्नो दोस्रो खेलमा नेपाल यमनसँग पराजित भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा समूह ‘ए’ अन्तर्गत भएको खेलमा नेपाल यमनसँग ०–२ गोलअन्तरले पराजित भएको हो । यमनको जीतमा ओमर अब्दुल अल दाहीले र मोहम्मद अब्दुल्लाह अल दाहीले समान एक एक गोल गरे । ओमरले खेलको ७२औँ मिनेटमा गोल गर्दै यमनलाई पहिलो...
रसुवागढी नाकाबाट सुन तस्करी बढ्दै
पछिल्ला केही दिनयता रसुवागढी नाकाबाट सुन तस्करी बढीरहेको छ । सुन तस्करी गरेको आरोपमा थप तीन जना पक्राउ परेका छन् । केरुङबाट ल्याइएको १२ तोला सुनका औँठी रसुवागढी नाकामा तैनाथ नेपाल प्रहरी, सशस्त्र प्रहरी र भन्सार कर्मचारीसहितको गस्तीले पक्राउ गरेको हो । यसरी पक्राउ पर्नेमा रसुवा जिल्ला आमाछोदिङ्मो गापा–५ गोङगाङ बस्ने २९ वर्षका सुरेश तामाङ,...
शताब्दीको अन्त्यमा पृथ्वीको तापक्रम २.९ डिग्री पुग्नसक्ने चेतावनी
विश्वका विभिन्न मुलुकले हरितगृह ग्यास कटौतीगर्ने प्रतिबद्धताका बाबजुद् पृथ्वीलाई मुख्य सीमाभन्दा धेरै तापक्रम वृद्धिको मार्गमा डोराएको संयुक्त राष्ट्रसङ्घले सोमबार जनाएको छ । प्रतिवद्धतालाई इमान्दारीताका साथ कार्यान्वयनमा नलगेमा यो शताब्दीमा विनाशकारी २.९ डिग्री सेल्सियससम्म पुग्ने राष्ट्रसङ्घले चेतावनी दिएको छ । दुबईमा महत्वपूर्ण कोप–२८ जलवायु वार्ताको ठीक अघि संयुक्त राष्ट्र पर्यावरण कार्यक्रमको वार्षिक उत्सर्जन रिक्तता रिपोर्ट जारी...
विश्वकप छनोट : नेपाल र यमन भिड्दै
फिफा विश्वकप २०२६ दोस्रो चरण र एएफसी एशिया कप २०२७ को संयुक्त छनोटअन्तर्गत नेपालले भोलि यमनसँग प्रतिस्पर्धा गर्दैछ ।  त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुनेछ । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्र्बटो एनेसले यमनविरुद्धको खेलमा नेपालले जित निकाल्ने विश्वास व्यक्त गरे । उनले यसअघि संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको खेलले पनि नेपाली टोलीको मनोबल उच्च...
भूकम्पपीडितको अस्थायी आवास निर्माणका लागि एक अर्ब ४१ करोड निकासा
सरकारले भूकम्पपीडितका लागि अस्थायी आवास निर्माण गर्न पहिलो किस्ता बापतको एक अर्ब ४१ करोड निकासा गरेको छ । गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सरकारी निर्णयका आधारमा जाजरकोट, रुकुमपश्चिम, बझाङ बाजुरा र सल्ल्यान जिल्लाका लागि रकम निकासा गरिएको हो । त्यसमध्ये सबैभन्दा बढी जाजरकोट र रुकुमपश्चिमका लागि ५०/५० करोड निकासा...
‘टिकटक चलेको भए खबर गरौँ’
नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक प्रयोग र पहुँच भइरहेको पाइएमा सोको खबर गर्न आग्रह गरेको छ । नेपाल सरकारले सामाजिक सद्भावमा असर परेको भन्दै प्रतिबन्ध लगाएपछि दूरसञ्चारले उक्त निर्णय कार्यान्वयन गराएको हो । नेपालमा अझै पनि टिकटक प्रयोग भइरहेको हुनसक्ने भन्दै प्राधिकरणले त्यस्तो भेटिए खबर गर्न एक सार्वजनिक सूचना जारी गरेको हो । सरकारको निर्णय कार्यान्वयनका...
माइतीघरबाट बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा
जिल्ला प्रशासन कार्यालय काठमाडौँले पद्य्मोदय मोडबाट सिंहदरबार पश्चिम गेट, सर्वोच्च अदालत हुँदै माइतीघर मण्डलाको चारैतर्फ र माइतीघर मण्डलाबाट बबरमहल, बिजुलीबजार पुल हुँदै नयाँ बानेश्वर चोकसम्म निषेधित क्षेत्र घोषणा गरेको छ । कार्यालयले प्रेस विज्ञप्ति जारी गर्दै ४ गतेदेखि ३० दिनसम्मका लागि पाँच जनाभन्दा बढी व्यक्ति भेला भई जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनसन, सभा जस्ता आन्दोलन...
कांग्रेसले भूकम्पप्रभावित क्षेत्रमा इञ्जिनियरसहितको स्वयंसेवक टोली पठाउने
नेपाली कांग्रेसले भूकम्पपीडितलाई बस्ने अस्थायी टहरा तत्काल बनाउन इञ्जिनियरसहितको स्वयंसेवक टोली पठाउने भएको छ । कांग्रेस पदाधिकारीको बैठकले जाजरकोट र रुकुम पश्चिमका भूकम्पीडितलाई जाडोबाट थप प्रभावित हुन नदिन तत्काल अस्थायी टहरा बनाउनका लागि स्वयंसेवक टोली पठाउने निर्णय गरेको हो । कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा बसेको बैठकले वृद्धवृद्धा र सुत्केरी भएका परिवारका लागि प्राथमिकतामा राखेर...
दाङमा दाजुभाइ मृत फेला
दाङमा एकै घरका दाजुभाइ मृत फेला परेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार तुलसीपुर उपमहानगरपालिका–१६ डोक्रेना घर भइ तुलसीपुर उपमहानगरपालिका ६ गाइडहरमा कोठा भाडामा बस्दै आएका ३४ वर्षीय पूर्णबहादुर बस्नेत र भाइ ३० वर्षीय टेकबहादुर बस्नेत मृत फेला परेका हुन् । उनीहरु बस्ने घरमा घरबेटी बस्दैनथे । मृतक पूर्णबहादुर परिवारका साइला र टेकबहादुर कान्छा...