न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

सुत्केरीको मृत्युपछि जिएमसी तनावग्रस्त, आफन्त आन्दोलित, प्रहरीले पारे तितरवितर
रञ्जन अधिकारी पोखरा, १८ कार्तिक / सुत्केरीको ज्यान गएपछि आक्रोशित आफन्तले अस्पताल अगाडि प्रदर्शन गरेका छन् । शुक्रबारदेखि नै आन्दोलित उनीहरु शनिबार मध्यान्ह नयाँबजार सडक नै बन्द गरी टायर बालेर अस्पताल, प्रशासन र प्रहरी विरुद्ध नाराबाजीमा उत्रिए । शल्यक्रिया मार्फत छोरो जन्माएकी स्याङ्जा अर्जुनचौपारी १ की गीता अर्याललाई शुक्रबार बिहान ५ बजे अस्पतालले मृत घोषणा...
लापरबाहीको शिकार बनेका बस्ताकोटीको निधन, गुडिरहेको बाईकमा करेण्टको तार यसरी खसेको थियो (भिडियो)
रञ्जन अधिकारी पोखरा, १७ कार्तिक / सडक माथि टांगिएको करेन्टको तार एक्कासी गुडिरहेको बाईक माथि खस्दा पोखरा लेखनाथ २० भलाम विष्णु बस्ताकोटी गम्भीर घाइते भए । गत साउन २६ गते पोखरा ११ रानीपौवामा भएको दुःखद दुर्घटना थियो । विद्युत प्राधिकरण लगायत सरोकारवाला निकायको गम्भिर लापरबाहीको शिकार उनी बने । बस्ताकोटीलाई दुई दिनपछि मणिपालमा उपचार सम्भव...
काँग्रेस र माओवादीका टिकट नपाएका कोहि बागी, कोहि अनुपस्थित । एमालेका भने सबैजसो देखिए
रञ्जन अधिकारी पोखरा, १६ कार्तिक / पार्टीबाट टिकट पाउनेहरु हर्षोल्लाषका साथ विहीबार उम्मेदवारी दर्ता गर्दा टिकट पाउन नसकेकाहरु भने कोहि बागी उठे त कोहि सहभागी नै भएनन् । नेकपा एमालेका तर्फबाट जिल्लाबाटै बढारिएकाहरु पनि खुशीसाथ सहभागी भएको देखिन्थ्यो । श्रीनाथ बराल, सीता गिरी ओली दर्ता स्थल नै पुगे । तुलबहादुर गुरुङ पार्टी कार्यालयमा देखिन्थ्यो । काँग्रेसबाट भने...
रविन्द्रले राजकाजीलाई भने– ‘दुई पटक नाम दर्ता गर्दा दस्तखत गरेको कलम हो, ल है …’
रञ्जन अधिकारी पोखरा, १६ कार्तिक / ‘दुई पटक नाम दर्ता गर्दा दस्तखत गरेको कलम हो । ल है’ उम्मेदवारी दर्ता गर्ने क्रममा माओवादी केन्द्रका राजकाजी गुरुङ करणले कलम समात्नासाथ एमाले नेता रविन्द्र अधिकारीले फ्याट्टै भनिहाले । करणले दस्तखत गर्न लागेको त्यो कालो मसीको पाइलट पेन रवीन्द्र अधिकारीको थियो । सहकारी डिभिजन तथा प्रशिक्षण कार्यालयको प्रांगणमा कास्की क्षेत्र...
रातारात पोखरा घुम्न आएका दुई युवक बाईक दुर्घटनामा, पैदलयात्री सहित तीनको मृत्यु
दमौली, कात्तिक १६ । पृथ्वी राजमार्गको डुम्रे–मुग्लिन सडकखन्डमा पर्ने आबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटमा बुधबार राति मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिएर पल्टिँदा तीनजनाको मृत्यु भएको छ । काठमाडौंबाट पोखरा आउँदै गरेको वा३८प ५९७५ नम्बरको मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुवैजना र एक पैदल यात्रुको मृत्यु भएको हो । मृत्यु हुनेमा मोटरसाइकलका चालक भक्तपुर कैलाशपुर बस्ने २०...
अब पृथ्वीचोकमा बस चढ्न र झर्न नपाईने, सिधै पोखरा बसपार्क
पोखरा १६ कार्तिक । पृथ्वीचोकको मुख्य सडकवाटै यात्रु चढाउने र झार्ने गरिएकोमा विहीवारदेखी भने पृथ्वीचोक वसपार्कवाट मात्रै बसहरु छुट्ने भएका छन् ।बसपार्क नहुँदा यातायात व्यवसायीले मुख्य सडकमै वस पार्किङ्ग गर्दै आएका थिए । चार दशक भन्दा अघि बसपार्क वनाउनकै लागि जग्गा अधिग्रहण गरिएपनि राजनीतिक खिचातानीले वसपार्क नवन्दा यातायात व्यवसायीले मुख्य सडकवाटै वस छुटाउने गरेका थिए...
बागी उठ्दै पालिखेले भनेः ‘काँग्रेसमा २० वर्षदेखि छु, २ वर्ष अघि काँग्रेस भएर पैसाले टिकट किने’ (भिडियो सहित)
पोखरा, १६ कार्तिक / नेपाली कांग्रेसका नेता नरेशशंकर पालिखेले कास्की क्षेत्र नम्बर २ ‘ख’ मा स्वतन्त्र उम्मेदवारी दिएका छन् । पार्टीले यसपटक पनि टिकट नदिएपछि आधिकारिक उम्मेद्वार भन्दा अघि नै उनले उम्मेदवारी दर्ता गरे । उक्त क्षेत्रमा कांग्रेसले व्यवसायी विन्दु थापालाई टिकट दिएको छ । नेताहरूमा स्वच्छाचारिता बढेको र पैसाका भरमा थापाले टिकट पाएको पालिखेको...
कास्कीमा प्रतिनिधिसभाको लागि ३७ र प्रदेशमा ७६ जनाको उम्मेदवारी (सम्पूर्ण नामावली सहित)
पोखरा, १६ कार्तिक । मंसिर २१ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको विहीवार भएको मनोनयनमा कास्कीमा विभिन्न राजनीतिकदल तथा स्वतन्त्र गरि १ सय १३ जना उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । प्रतिनिधिसभाको ३ निर्वाचन क्षेत्र र प्रदेश सभा तर्फ ६ क्षेत्र रहेकोमा प्रतिनिधि सभामा ३७ र प्रदेश सभामा ७६ को उम्मेदवारी परेको...
पोखरा सभागृह मर्मत महानगर आफैले गर्ने
पोखरा, १६ कार्तिक / पोखरा महानगरपालिकाको बुधबार बसेको नवौँ कार्यपालिका बैठकले पोखरा सभागृह महानगर आफैले मर्मत गर्ने निर्णय गरेको छ । बैठकले पोखरमा सभागृह मर्मत सम्भार ठेकेदारमार्फत नभई आफैले गर्न अदालतले दिएको निर्देशन अनुसार वडा नम्बर ८ का वडाध्यक्ष रुद्र बरालको अध्यक्षतामा अध्ययन समिति गठन गरेको छ । समितिमा वडा नम्बर १७ का वडाध्यक्ष तीर्थराज अधिकारी,...
रिले अनशन : ‘पृथ्वीचोकमा शालिक राख्नै परेमा पृथ्वीनारायण शाहको राख’
पोखरा, १६ कार्तिक / पृथ्वीनारायण शाहको शालिक पुनस्र्थापना संघर्ष समितिको आयोजनामा बुधबारदेखि रिले अनशन सुरु भएको छ । पृथ्वीचोकमा लखन थापाको शालिक स्थापना गरिएकोमा त्यसो नगर्न भन्दै महानगर कार्यालयको गेटै नजिक बिहान ९ नै बजेदेखि अनशन सुरु गरेका हुन् । पृथ्वीनारायण शाहको शालिक पुनस्र्थापना संघर्ष समितिका प्रतिनिधि, विश्व हिन्दू महासंघ कास्की, स्थानीय आमा समूहका प्रतिनिधि तथा...
कास्कीमा को सँग को भिड्ने ? काँग्रेस र एमाले-माओवादी उम्मेदवार हेर्नुस् …
प्रकाश ढकाल पोखरा, कार्तिक १६ । जिल्लाबाट सिफारिस भएको झण्डै १ महिनापछि दलहरुले कास्कीका लागि आफ्ना उम्मेदवार छनौट गरेका छन् । वाम गठबन्धनले केही उम्मेदवार पछिल्यै छानेको भएपनि अन्तिम टुंगो बुधबार मात्रै लगाएको हो भने काँग्रेसले सबै उम्मेदवारको छनौट बुधबार सक्यो । माओबादी र एमालेबीच चुनावी तालमेल भएपछि सोही अनुसार कास्कीमा क्षेत्र वाँडफाँड गरेर दलगत रुपमा उम्मेदवार...
पोखरा रंगशालाको फुटबल ग्राउण्ड बनाउन भारत, मेलसिया, रसिया र चीनको चासो
पोखरा, १५ कात्तिक/खेलकुद परिषदले पोखराको फुटबल मैदानसहित प्यारापिट तथा एथलेटिक्स ट्रयाक बनाउने ग्लोबल टेण्डर आह्वान गरेको छ । केहि दिन आगडी सार्वजनिक सूचना निकालेसंगै चार देशले पोखरा रंगशालाको फुटबल मैदानसहित रुफटपयुक्त प्यारापिट निमार्णको चासो देखाएका हुन् । फुटबल मैदान र प्यारापिट “ग्याल्भनाईज्ड स्टील मोडुलर सिष्टम”को बनाइने छ । त्यसको लागि भारत, मेलसिया, रसिया र चीनले...