शरद ऋतु। खुलेको मौषम। आँखैमा टाँस्सिन आइपुग्ने अन्नपूर्ण र कुमारी माछापुच्छ्रे। फेवातालको कञ्चल पानी। अनि त्यही पानीमा देखिने अन्नपूर्ण र माछापुच्छ्रेको छायाँ। र, प्रविधिले हातहातै थमाइदिएको क्यामेरासहितको मोवाइल फोन। तपाईँ फेवातालतिर हुनुहुन्छ भने कानमा ठोक्किन आइपुग्छ– खिचिक्क, खिचिक्क, खिचिक्क ! मोवाइल मात्र हैन,ठूला क्यामेराको ‘सटरस्पिड’ दबाउनेहरुको पनि कमी हुँदैन यहाँ। पोखराका तन्नेरी फोटो पत्रकार कृष्णमणि...