न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

हलगोरु पाल्ने किसानलाई अनुदान
बढ्दो युवा शक्तिको पलायनसँगै ग्रामीण क्षेत्रमा गोरु पाल्ने प्रचलन हराउँदै गएको छ । पछिल्लो समय गाउँ–गाउँमा मिनिटिलरको प्रयोग बढ्दै गएको अवस्था पनि छ । छोटो समयमै धेरै काम गर्न सकिने, पालनपोषण गर्ने झन्झट पनि नहुने र सरकारी निकायले पनि अनुदानमा मिनिटिलर उपलव्ध गराउन थालेकाले गोरु पाल्ने प्रचलन हराउँदै गएको हो । स्थानीय जलजला गाउँपालिकाले भने...
एमाले नेता भट्टराई सवार गाडीमा ढुङ्गा प्रहार
नेकपा एमालेका नेता योगेशकुमार भट्टराई चढेको सवारी साधनमा ढुङ्गा प्रहार भएको छ । एमाले ताप्लेजुङद्वारा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सकेर फर्किने क्रममा फुङलिङको तोक्मे बजार नजिकै भट्टराई सवार गाडीमा ढुङ्गा प्रहार भएको हो । ढुङ्गा प्रहारबाट गाडीको अगाडिको सिसामा क्षति भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । ढुङ्गा प्रहार पहिचान पक्षधरबाट भएको...
विमानस्थल विस्तार गर्न एक सय ८३ रोपनी जग्गा अधिग्रहण
जुम्ला सदरमुकाम खलङ्गा बजारमा रहेको जुम्ला विमानस्थलको धावनमार्ग विस्तार तथा नयाँ टर्मिनल भवन बनाउनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले एक सय ८३.८० रोपनी जग्गा अधिग्रहण गर्ने प्रक्रिया अघि बढाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गत जुम्ला नागरिक उड्डयन कार्यालयले जग्गा प्राप्तिसम्बन्धी प्रारम्भिक चरणको सार्वजनिक सूचना प्रकाशित गरी सरोकारवालालाई जानकारी गराएको जुम्ला विमानस्थल कार्यालयका प्रमुख सन्तोष...
मधेसका ४३ प्रतिशत किसान परिवारलाई खाना अपुग
अन्नभण्डारका रुपमा रहेको मधेस प्रदेशमा कृषिकर्म गर्नेमध्ये ४३ प्रतिशत परिवारलाई आफ्नो उत्पादनले वर्षभरि खान नपुग्ने गरेको पाइएको छ । राष्ट्रिय कृषि गणना–२०७८ अनुसार मधेसमा सात लाख ३८ हजार तीन सय ४० कृषक परिवारमध्ये ४३ प्रतिशत परिवारलाई आफ्नै उत्पादनले वर्षभरि खान नपुग्ने गरेको पाइएको हो । नेपालको कूल जनसङ्ख्यामध्ये ६१ लख १४ हजार छ सय जनसङ्ख्या...
साताको शेयर बजार : आठ अङ्कको सुधार
तिहार र छठपछि खुलेको शेयर बजारमा पहिलो साताको कारोबार अवस्था हेर्दा सुधारको सङ्केत देखिएको छ । यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आठ दशमलव ११ अङ्कले बढेर एक हजार आठ सय ६० दशमलव २० को बिन्दुमा कायम छ । यो साताको पहिलो कारोबार सोमबार भएको थियो । एक हजार आठ सय ५२ दशमलव ०९...
एक अर्ब लगानी थप्दै मनकामना केबलकार, एक वर्षमा रिसोर्ट तयार हुने
गोरखास्थित मनकामना मन्दिर पुग्ने यात्रुलाई लक्षित गर्दै सुरु भएको मनकामना केबलकार प्रालिले २५ वर्ष पूरा गरेको छ । यस अवसरमा कम्पनीका सञ्चालक राजेशबाबु श्रेष्ठले केबलकारको स्तरोन्नति र रिसोर्ट निर्माणका लागि एक अर्ब लगानी थप गर्न लागिएको जानकारी दिएका छन । उनका अनुसार स्तरोन्नतिका लागि ४५ करोड र रिसोर्ट निर्माणका लागि ५५ करोड लगानी हुनेछ ।...
गणतन्त्र उत्तम व्यवस्था हो : महामन्त्री थापा
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गणतन्त्रका विषयमा उठिरहेको प्रश्न मुलुकमा गणतन्त्र भएकै कारणले सम्भव भएको धारणा व्यक्त गरेका छन । नेपाली कांग्रेस गुल्मीको दोस्रो जिल्ला सम्मेलनको पहिलो दिन बृहत् आमसभामा महामन्त्री थापाले राजतन्त्रको समयमा आफूले राजतन्त्रका विरुद्ध प्रश्न उठाएकै कारण पक्राउ परेको बताए । उनले कारागारमा कांग्रेस नेता प्रदीप पौडेललाई भेट्न जाँदा प्रहरीले आफूलाई समातेको...
महतोपछि माछापुच्छ्रे बैंक अध्यक्षमा केसी
रोशन केसी माछापुच्छ्रे बैंकको सञ्चालक समिति अध्यक्ष बनेका छन्। बिहीबार बसेको सञ्चालक समितिको ४ सय ९१औं बैठकले पोखरा–७, मुस्ताङ चोक निवासी केसीलाई अध्यक्ष बनाएको हो। सोही बैठकले बैंकको संस्थापक सेयरधनीका तर्फबाट डा. उपेन्द्र महतोले अध्यक्ष र सञ्चालक पदबाट दिएको राजीनामा स्वीकृत गरेको छ। बैंकले नेप्सेलाई लेखेको पत्रमा महतो बैंकमा संलग्न नरहेको बताएको छ। महतोको राजीनामाको...
प्रसाईंलाई नजरबन्दमा राखेको भन्दै सर्वोच्चमा रिट दर्ता
मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई गैरकानुनीरूपमा नजरबन्दमा राखेको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता भएको छ। वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी परिसर भक्तपुरले प्रसाईंलाई गैरकानुनी रूपमा नदरबन्दमा राखेको भन्दै रिट दर्ता गरेका हुन्। भण्डारीले जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी परिसर भक्तपुरविरुद्ध बन्दीप्रत्यक्षीकरणको रिट दर्ता गरेको सर्वोच्च अदालतका सूचना अधिकारी...
पुरानै लयमा फर्कियो मुस्ताङ : असी हजार पर्यटकले गरे भ्रमण
पछिल्लो एक महिनाको अवधिमा करिब ८० हजार पर्यटकले मुस्ताङ भ्रमण गरेका छन् । दसैँतिहार पर्व बिदाको अवसर पारेर गत कात्तिकमा मुस्ताङ घुम्ने आन्तरिक पर्यटकको सङ्ख्या उल्लेख्य रह्यो । जिल्ला प्रहरी कार्यालय मुस्ताङको तथ्याङ्कानुसार कात्तिकमा ७३ हजार आठ सय ७९ स्वदेशी र पाँच हजार पाँच सय चारजना विदेशी पर्यटकले भ्रमण गरेका हुन् । घाँसा प्रहरी चौकीले...
एसियाली विकास बैंकसँग १३ अर्ब ३३ करोड बराबरको ऋण सम्झौता
सार्वजनिक वित्त व्यवस्थापन र सेवा प्रवाह सुदृढीकरण कार्यक्रम कार्यान्वयनका लागि नेपाल सरकार र एसियाली विकास बैंक (एडिबी) बीच १३ अर्ब ३३ करोड (अमेरिकी डलर १० करोड) बराबर सहुलियतपूर्ण ऋण सम्झौता भएको छ । अर्थमन्त्रालयमा आयोजित कार्यक्रमा अर्थसचिव कृष्णहरि पुष्कर र एसियाली विकास बैंकको नेपालका लागि देशीय निर्देशक अर्नौड काओसिसबीच सम्झौतापत्रमा हस्ताक्षर भयो । “सार्वजनिक वित्त...