न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

प्रेस काउन्सिल विधेयक नियन्त्रणमुखी भएको दावी
सामाजिक सञ्जाल र डिजिटल मिडियालाई नियमन जरुरी भए पनि सरकारले प्रस्ताव गरेको प्रेस काउन्सिल विधेयक नियन्त्रणमुखी भएको वक्ताहरुको दावी छ । काठमाण्डौंमा आयोजित ‘मिडियासम्बन्धी कानुन र डिजिटल सञ्चारमाध्यमको भूमिका’ विषयक अन्तर्क्रियाका वक्ताहरुले सरकारले काउन्सिलमार्फत मिडिया नियन्त्रण गर्न खोजेको औल्याएका छन । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रस्तावित मिडिया काउन्सिल विधेयक प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता नियन्त्रणमुखी भएको...
नेप्से परिसूचक १८ दशमलव ७६ अङ्कले घट्यो
नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा १८ दशमलव ७६ अङ्कको गिरावट देखिएको छ । नेप्से परिसूचक शून्य दशमलव ८९ प्रतिशतले घटेर दुई हजार ७६ दशमलव ४९ को बिन्दुमा कायम भएको हो । परिसूचक सँगै कारोबार रकम पनि खुम्चिएको छ । मंगलबार तीन सय १८ कम्पनीका ९५ लाख ४४ हजार सात सय ३४ कित्ता शेयर ५८ हजार...
शिक्षामा दलीय राजनीति रोक्ने निर्णयबाट पछि हट्दिनँस् : मन्त्री श्रेष्ठ
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले शिक्षा क्षेत्रलाई दलीय राजनीतिमुक्त बनाउने निर्णयबाट पछि नहट्ने बताएकी छन । मन्त्रालयको जिम्मेवारी सम्हालेको सय दिनमा प्राप्त उपलब्धि सार्वजनिक गर्न सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले दलीय हस्तक्षेपले गुणस्तरीय शिक्षामा नकारात्मक प्रभाव पार्ने भएकाले आफूले गरेको निर्णय र प्रतिबद्धताबाट पछि नहट्ने स्पष्ट पारेकी छन । उनले विश्वविद्यालयमा नियुक्ति गर्दा...
प्रतिनिधिसभा बैठक
बजेटबारे सांसदको चर्को असन्तुष्टि
सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ल्याएको बजेटमाथि संसद्मा चर्को विरोध भएको छ । प्रतिनिधि सभाको बैठकमा सांसदहरुले वार्षिक विकास कार्यक्रम च्यात्ने, फिर्ता गर्ने, मौनधारण गर्नेलगायत शैलीमा बजेटमाथि असन्तुष्टि जनाए । बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत गृह, परराष्ट्र, भौतिक पूर्वाधार तथा यातायात, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयका...
राष्ट्रपति पौडेलद्वारा पूर्वी बर्लिन क्षेत्रको अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले जर्मनी भ्रमणका क्रममा मङ्गबार पूर्वी बर्लिन क्षेत्रको अवलोकन भ्रमण गरेका छन । राष्ट्रपति पौडेलले बर्लिनस्थित नेपाली राजदूतावासको निरीक्षण पनि गरेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । त्यसक्रममा राजदूतलगायतका दूतावासका कर्मचारीले नेपालमा जर्मनी लगानी भित्र्याउनका लागि पहल गर्नुपर्ने आवश्यकता औँल्याएका थिए । भ्रमण दलमा प्रथम महिला सविता पौडेल, परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका...
पञ्चकोटको विश्वशान्ति कलश निर्माणमा जुट्यो सात करोड
बागलुङको पञ्चकोटमा निर्माणधीन एक सय ५१ फिट अग्लो विश्व शान्ति कलश निर्माणका लागि सात करोड बढी रकम सङ्कलन भएको छ । पञ्चकोटको अनन्तश्री बह्माण्डीय महायज्ञमा सङ्कलन भएको रकममध्ये सात करोड ९२ लाख रकम बचत भएको हो । पछिल्लो समय चर्चित धार्मिक पर्यटकीयस्थलको रुपमा रहेको बागलुङ नगरपालिका–६ सर्वसिद्धिधाम पञ्चकोटले जल सम्पदा र शालग्राम संरक्षण गर्दै पञ्चकोटमा...
आज देशभर बकर इद मनाइँदै
मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) देशभरका मस्जिदमा मनाइँदै छ । इदुल फित्रअर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदानप्रदान गर्ने चलन छ । यस अवसरमा दरबारमार्गस्थित नेपाली...
संसदीय छानबिन विशेष समितिले कार्यविधि बनायो
सहकारीको रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिले कार्यविधि बनाएको छ । समितिको बैठकले सर्वसम्मतरुपमा कार्यविधि पारित गरेको समिति सदस्य लेखनाथ दाहालले राससलाई जानकारी दिएका छन । “समितिका सदस्यहरुबीच प्रस्तावित कार्यविधिमा छलफल भई सर्वसम्मतिले पारित भएको छ । सोही आधारमा अनुसन्धान अघि बढ्नेछ”, उनले भने । समिति सदस्य शिशिर खनालका अनुसार पहिलो...
दुर्लभ चराको बासस्थान बन्यो रेसुङ्गा र मदाने
नेपालमा पाइने आठ सय ९२ प्रजातिका चरामध्ये गुल्मीमा विभिन्न प्रजातिका ३५ प्रतिशत चरा फेला परेका छन् । पक्षी संरक्षण सङ्घ गुल्मीका परियोजना अधिकृत भरत पन्थीले गुल्मीको रेसुङ्गा र मदाने संरक्षित वन क्षेत्रमा ३५ प्रतिशत चरा फेला परेको जानकारी दिएका छन । उनका अनुसार यहाँका वनक्षेत्रमा विश्वमा दुर्लभ मानिनेमध्ये छ प्रजातिका चरा पाइन्छ । नेपालमा पाइने...
‘पढ्दै कमाउँदै’ कार्यक्रम
मल बनाउँदै खेती गर्छन् विद्यार्थी
बागलुङको काठेखोला गाउँपालिका–४ स्थित धारा माध्यमिक विद्यालयका विद्यार्थीले विद्यालयमै प्राङ्गारिक मल उत्पादन गरी फलफूल तथा तरकारी खेती गर्दै आएका छन् । विद्यालयका विद्यार्थीले सुरुमा घरबाट गोबर मल लिएर विद्यालयमा फलफूल तथा तरकारी खेती थालेका थिए । ‘पढ्दै कमाउँदै’ कार्यक्रम लागु भएपछि प्राङ्गारिक मल समेत विद्यालयमै बनाउन थालेका हुन् । प्राङ्गारिक मल खरिद गर्नसमेत महँगो पर्ने...
राष्ट्रपति पौडेल र स्वीट्जरल्याण्डका राष्ट्रपति एमहर्डबीच भेटवार्ता
राष्ट्रपति रामचन्द्र पौडेल र स्वीट्जरल्याण्डका राष्ट्रपति भियोला एमहर्डबीच स्वीट्जरल्याण्डको बर्नमा भेटवार्ता भएको छ । स्वीट्जरल्याण्डको जेनेभामा भएको ११२ औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनको उच्चस्तरीय सत्रमा आयोजना गरिएको ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’ को उद्घाटन सत्रमा मुख्य वक्ताका रुपमा सहभागी हुन त्यहाँ पुगेका राष्ट्रपति पौडेल र स्वीट्जरल्याण्डका राष्ट्रपति एमहर्डबीच भेटवार्ता भएको हो । त्यसअवसरमा राष्ट्रपति पौडेलले लोकतान्त्रिक...
अब वैदेशिक रोजगारीसम्बन्धी मागपत्रको प्रमाणीकरण अनलाइनबाटै
सरकारले वैदेशिक रोजगारसम्बन्धी मागपत्रको प्रमाणीकरण अनलाइनबाटै गर्न थालेको छ । कन्सुलर सेवा विभागमा आयोजित कार्यक्रममा उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले क्लिक गरेर सेवाको शुभारम्भ गरेका छन । पहिलो चरणमा युनाइटेड अरब इमिरेट्स (यूएई)को आबुधावीमा नेपाली राजदूतावासबाट सेवा सुरु गरिएको र अन्य देशमा पनि क्रमशः सञ्चालन गरिने मन्त्री श्रेष्ठले जनकारी दिएका छन । उनले साउदी अरेबियाको...