न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

इपिएल त्रिकेट प्रतियोगिता हुँदै
टिभिएस एभरेष्ट प्रिमियर लिग इपिएल क्रिकेट प्रतियोगिता आज सुरु हुँदैछ । त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदान किर्तिपुरमा हुने उद्घाटन खेलमा आज काठमाडौं किंग्स् ईलेभेन र ललितपुर पेट्रियट्स बीच प्रतिस्पर्धा हुनेछ । विहान ११ बजे पछि सुरु हुने खेलमा काठमाडौं सोमपाल कामी र ललितपुर ज्ञानेन्द्र मल्लको कप्तानीमा मैदान उत्रने छन् । डबल राउण्ड रोबिन लिगका आधारमा...
सबै करोडपति भएको गाउँ
दक्षिण एशियाका गाउँ आमरुपमा कच्ची घर, कच्ची सडक र पछौटेपनको रुपमा चिनिन्छन् । तर भारतको गुजरात प्रदेशमा दर्जनौं यस्ता गाउँ छन् जसलाई ‘करोडपतिहरुको गाउँ’ भनिन्छ । कच्छ इलाकाको बल्दिया गाउँलाई गुजरातको सबैभन्दा धनी गाउँ भनिन्छ । चौडा सडक, ठूला र सुन्दर घर यस गाउँको समृद्धिको परिचय दिन्छ । यहाँको सुन्दरता र समृद्धिले कुनै युरोपेली गाउँमा...
काँग्रेसका पुराना नेताको सुझाव: पार्टीलाई नयाँ ढंगबाट अघि लैजाउँ
अर्जुन ओली नेपालगन्ज- प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन नतिजाले कार्यकर्तामा निराशा छाईरहेका बेला बाँके  काँग्रेसका पुराना तथा अग्रज नेताले पार्टीको सुदृढीकरण गरी नयाँ ढंगबाट अगाडी बढाउनुपर्ने सुझाव दिएका छन्। यसका लागी पार्टीको केन्द्रिय नेतृत्वले स्पष्ट दृष्टिकोण बनाउनुपर्ने उनीहरुको भनाई छ।   बाँकेमा प्रतिनिधि सभाको ३ वटै क्षेत्रमा पराजय र प्रदेश सभाको ६ मध्ये एक...
९४ लाख ९८ हजार २ सय ७१ मत गणना, कुन दललाई कति हेर्नुस्
प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन समानुपातिकतर्फ ७५ जिल्लाको मत गणना सकिएको निर्वाचन आयोगले जनाएको छ । शनिबार आयोगले विज्ञप्ति निकालेर गत मंसिर १० र २१ गते पहिलो र दोस्रो चरणमा भएको प्रतितिनिधसभा र प्रदेशसभा निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत सुनसरी र सर्लाहीका केही निर्वाचनमा गणना जारी रहेको जानकारी दिएको छ । आयोगका अनुसार शनिबार साँझसम्म ९४...
स्मार्टफोनमा यस्तो नगरेकै बेस
स्मार्टफोन हाम्रो जीवनको अभिन्न अंग भइसकेको छ । हामीले स्मार्टफोन प्रयोगबारे केही त्यस्ता बानी विकास गरेका छौँ, जसको खास अर्थ छैन । र, त्यसले केही फाइदा पनि गर्दैन । १) ब्याकग्राउन्ड एपहरू बन्द गर्ने ब्याकग्राउन्डमा चलिरहेका एपहरू बन्द गर्न सुरु गर्ने व्यक्तिले सार्वजनिक रूपमै लाज मान्नुपर्ने हो, किनभने यसको कुनै अर्थ छैन । कम्प्युटर वा...
चराचुरुङ्गीले आत्महत्या गर्ने गाउँ
छिमेकी मुलुक भारतमा एउटा यस्तो गाउँ छ जुन विश्वभरका चरा वैज्ञानिकहरुका लागि समेत रहस्यको केन्द्र बनेको छ । किनकि त्यो गाउँमा बर्सेनि ठूलो संख्यामा चराहरु आत्महत्या गर्न जान्छन् । भारतको असाम राज्यको उत्तरी काछारा पहाडी क्षेत्रस्थित जतिंगा गाउँ चराले आत्महत्या गर्ने गाउँको रुपमा परिचित छ । यो एक सुन्दर उपत्यका हो र रंगीचंगी बगैंचाहरुका लागि...
साहित्यकार थापा र नवप्रतिभा ज्ञवाली पुरस्कृत
पोखरा, २९ मंसिर। १५ औ स्थापना दिवसको अवसरमा गीताञ्जली साहित्य परिवार पोखरा लेखनाथ महानगरपालिका वडा नं १० ले दुई जना स्रष्टालाई पुरस्कृत गरेको छ। पोखरामा आयोजित कार्यक्रममा गीताञ्जली साहित्य रत्न पुरस्कारबाट सहित्यकार रुद्रबहादुर थापा र तुलसी मुवा अहिल्या बाल साहित्य पुरस्कारबाट नवप्रतिभा सिर्जन ज्ञवालीलाई पुरस्कृत गरिएको हो। गीताञ्जली सहित्य रत्न पुरस्कारको राशी नगद पाँच हजार...
महिलाको जीवन बरबाद त भयो नै, आफन्तको २१ लाखसमेत डुब्यो
काठमाडौं- सामान्य चिनजान भएको युवकमाथि विश्वास गर्दा संखुवासभाकी एक महिलाको जीवन बरबाद त भयो नै, आफन्तको २१ लाखसमेत डुब्यो । कारण थियो अमेरिकी नागरिकलाई जीवनसाथी बनाउने लोभ । फेसबुकमा चिनजान भएका ती युवकले आफू ‘अमेरिकी आर्मी’ भनेर नक्कली परिचय दिएका थिए । च्याटमा कुराकानी हुने क्रम बढ्दै जाँदा उनीहरूको सम्बन्ध विवाहमा परिणत भयो । अमेरिकी...
ईपीएल खेल्न पोखरा राईनोजमा तीन पाकिस्तानी खेलाडी
रञ्जन अधिकारी पोखरा, २९ मंसिर / आगामी पुस ३ (१८ डिसेम्बर) देखि काठमाडौं किर्तीपुरस्थित अन्तराष्ट्रिय क्रिकेट मैदानमा शुरु हुने एभरेष्ट प्रिमीयर लिग (ईपीएल) मा सहभागी टोली पोखरा राइनोजमा तीन पाकिस्तानी खेलाडी अनुबन्ध भएका छन् । प्रतियोगितामा सहभागिताका लागि तयारी गरिरहेको पोखराको क्लबमा तीन विदेशी खेलाडी सहभागी गराउनैपर्ने नियमानुसार पाकिस्तानका खेलाडीहरु हालै अनुबन्धित भएका हुन् । इसरार उल्लाह,...
रिडमोर मावि स्तरीय हाजिरी जवाफ प्रतियोगिता हुने
पोखरा, २८ मंसिर । सामाजिक अध्ययन मञ्च कास्कीको आयोजना तथा रिडमोर पव्लिकेशनको आर्थिक सहयोगमा माध्यामिक विद्यालय स्तरीय दोस्रो हाजिरी जवाफ प्रतियोगिता हुने भएको छ । आगामी पुस आठ र नौ गते पोखराको मदरल्याण्ड मा.वि मासवारमा प्रतियोगिता हुने मञ्च कास्कीका अध्यक्ष टेकनाथ पौडेलले जानकारी दिए । मञ्चले विद्यार्थीहरुलाई सामाजिक विषयप्रति रुचि अभिबृद्धि गराउने उद्देश्यले खुल्ला जिल्ला...
पोखरामा दोस्रो कोरियन फिल्म फेष्टिभल
पोखरा २८ मंसिर। पर्यटकीय शहर पोखरामा दोस्रो कोरियन फिल्म फेष्टिभल गरिएको छ। फेष्टिभलमा दुई वटा कोरियन फिल्म प्रदर्शन गरिएको थियो । दक्षिण कोरियामा विकास कसरी भयो र कोरियाका मानिसको जीवनस्तर कसरी अगाडी वढ्छ भन्ने सन्देश प्रवाह गर्ने फिल्महरु प्रदर्शन गरिएको नेपाल कोरिया मैत्री संघका अध्यक्ष मदन केसीले जानकारी दिए । त्यसअवसरमा नेपालका लागी कोरियन राजदुत...
पोखरामा राजा बस्ने हिमागृह मुख्यमन्त्रीको आवास
कृष्णमणि बराल, केशवशरण लामिछाने , पोखरा २८ मंसिर । पूर्वराजपरिवारका सदस्यले प्रयोग गर्दै आएको दरबार हिमागृहलाई प्रदेश नं ४ का मुख्यमन्त्रीको आवास बनाइने भएको छ । पूर्वराजपरिवार सदस्यहरू यहाँ आउँदा फेवाताल किनारका रत्न मन्दिर र हिमागृहमा बस्थे । त्यसैमध्येको एक हिमागृहलाई मुख्यमन्त्रीको आवास बनाउन पश्चिमाञ्चल क्षेत्रीय प्रशासन कार्यालयले सरकारलाई प्रस्ताव गरेको हो । राजसंस्थाको अन्त्यपछि...