न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

बामगठबन्धन फुटाउनुपर्छ – कोइराला
पोखरा, १६ पुस। नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले काँग्रेस सफल हुनका लागि बामगठवन्धन फुटाउनुपर्ने बताएका छन्। गठबन्धनलाइ फुटाउनु नै काँग्रेसको रणनीति हुनेछ उनले भने – ‘बामगठबन्धनबाट पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई छुटाउन साथीहरुले मलाई कुराकानी गर्नुस् भनेका छन्।’ उनले पार्टीका साथीहरुको भावना अनुसार नै आफुले दाहाललाई राजधानीमा भेट्ने जानकारी दिए। राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा...
महामन्त्री कोइराला पोखरामा
पोखरा, १६ पुस । नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइराला पोखरामा रहेका छन्। ल्होछारको अवसरमा हिजो शनिवार स्याङजामा आयोजित कार्यक्रममा सहभागि भई उनी पोखरा फर्केका हुन्। महामन्त्री कोइरालाले आज राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा नेपाली काँग्रेस कास्कीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ। सम्बोधनपछि उनी आज दिउँसो राजधानी फर्कने छन्। कार्यक्रममा सहभागिताका लागि कास्की काँग्रेसले...
प्रजातन्त्रवादी हुँ, जनताको निर्णय शिरोधार्य छ – प्रधानमन्त्री
पोखरा, १५ पुस। प्रधानमन्त्री शेरबहादुर देउवाले आफु प्रजातन्त्रवादी भएकाले जनताको निर्णय शिरोधार्य भएको बताएका छन्। म कांग्रेस हुँ, प्रजातन्त्रवादी हुँ, जनताको निर्णयलाई शिरोधार्य गर्छु, त्यो नै मेरा कर्तव्य हो उनले भने – ‘प्रजातन्त्रवादीले जे गर्नुपर्छ मैले जानेको छु, बुझेको छु, कसैले सिकाउनु पर्दैन।’ तमु ल्होसारको अवसरमा शनिबार राजधानीको टुँडिखेलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले चुनाव गराएकोमा...
विराटनगरले उचाल्यो इपिएल उपाधी
 काठमाडौं । भैरहवा ग्लाडिएटर्समाथि एक रनको रोमाञ्चक जित हात पार्दै विराटनगर वारियर्सले एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको उपाधि जितेको छ। यो प्रतियोगितामा पारस खड्काको टिम विराटनगरसँग शरद भेषावकरको भैरहवाको तेस्रो हार हो । भैरहवा समूह चरण र पहिलो क्वालिफायरमा हारेको थियो । १५० रनको लक्ष्य पछ्याएको भैरहवाले सुरुवात निकै राम्रो थियो । आठौं ओभरमा अंशुमान...
इपिएल फाइनलमा दर्शक खचाखच
काठमाडौँ – एभरेष्ट प्रिमियर लिग(इपिएल)को फाइनल खेल हेर्न किर्तिपुरस्थित त्रिवि मैदानमा दर्शकको घुइचो लागेको छ। विराटनर वारियर्स र भैरहवा ग्लाडियट्रर्सको खेल हेर्न  देशभरबाट धेरै मानिसहरूको उपस्थिति रहेको छ । खेलको पहिलो इनिङ सकिँदा विराटनगरले भैरहवालाई १५० रनको चुनौति दिएको छ। टस जितेर पहिले ब्याटिङमा उत्रेको विराटनगरले ७ विकेटको क्षतिमा १४९ रनको योगफल तयार पार्‍यो। अहिले...
सफल बन्न मन छ किन छैन ? छ भने यसो गरौं
यस्तो छ सफलताको सूत्र, जसले पुर्याउछ तपाईलाई लक्ष्यमा । जीवन बाँच्नका लागि रोटी, कपडा र घर आवश्यक हुन्छ तर एउटा अर्को कुरा पनि जरूरी हुन्छ। के होला त्यो ? सफलता नै त्यो आवश्यक चीज हो जसले जीवनलाई पूर्णता दिन्छ । तपाईं सफल भएर नै आफ्नो फरक लक्ष्य बनाउन सक्नुहुन्छ । संसारमा दुईथरी मानिस छन् : सफल...
८५ वर्षमा विवाह
पोखरा, १५ पुस। अन्नपूर्ण गाउँपालिका– ३, काँडे, जगताका ८५ वर्षे बृद्घ मनबहादुर गुरुङले विवाह गरेका छन । उनले आफ्नो स्वास्थ्य र सुरक्षाका लागि भन्दै विवाह गरेको बताए। गुरुङले सोही गाउँपालिकाकै वडा नं. ११ घान्द्रुक, तल्लोगाउँ निवासी ६५ वर्षे मनकुमारी गुरुङसँग विवाह गरेका हुन । यस अघिकी श्रीमतीको केही वर्ष अगाडि मृत्यु भएपछि स्वास्थ्य र सुरक्षाका...
काँग्रेसबाट कास्कीमा खड्का प्रदेशसभा सांसद, अरु को को परे पढ्नुस्
पोखरा, १५ पुस। नेपाली काँग्रेसले प्रदेशसभाको लागि समानुपातिक तर्फ कास्कीबाट कुमार खड्कालाई सांसद बनाएको छ। प्रदेश नं ४ बाट समानुपातिकतर्फ खड्का सहित नौ जनाले सांसद बन्ने मौका पाएका छन्। उनी काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य पनि हुन्।खड्का पूर्वमन्त्री पनि हुन्। उनी पोखरा लेखनाथ महानगरपालिका वडा नं १६ का बासिन्दा हुन्। काँग्रेसले उनी सहित ७२ जाना सांसद...
चुनावी समीक्षा गर्न छिट्टै बैठक : प्रधानमन्त्री
पुस १४, २०७४ – नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावी समीक्षा गर्न छिट्टै केन्द्रीय समिति बैठक बोलाउने बताउनुभएको छ । प्रदेशसभातर्फ समानुपातिक सदस्यको नाम टुङगो लगाउन आज बसेको केन्द्रीय कार्यसम्पादन समित बैठकलाई सम्बोधन गर्दै उहाँले प्रतिनिधि र प्रदेशसभा निर्वाचनबारे छिटै बैठक बोलाएर गम्भीर छलफल गर्ने आश्वासन दिनुभएको थियो । बैठकमा नेताहरुले निर्वाचनमा पार्टीले...
‘ब्ल्याक मनी’बाट लोकतन्त्रलाई खतरा : नेता चौधरी
रितेश त्रिपाठी वीरगन्ज – नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री सुरेन्द्र प्रसाद चौधरीले लोकतन्त्रलाई अबको खतरा भनेको ‘ब्ल्याक मनी’ (अबैध पुँजी)बाट भएको टिप्पणी गरेका छन् । काँग्रेसका पूर्व केन्द्रीय सदस्य, पूर्व पर्सा जिल्ला सभापति समेत रहेका उनी जिल्लाबाट ३ पटक सांसद बनिसकेका छन्। यसपालीको निर्वाचनमा निर्माण व्यवसायी हरिनारायण रौनियारबाट पराजित भएपछि कुनै पनि प्रतिक्रिया नदिएका चौधरीले...
अनौठो शिशुको जन्म, शिशुको चार हात, दुई टाउँको
पोखरा, १३ पुस। धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक महिलाले अनौठो शिशु जन्माएकी छन्। इनरुवा नगरपालिका ८ की सोनम मण्डलले अनौठो शिशु जन्माएकी हुन्। शिशुको पेट र छाती टाँसिएको छ। चार हात, दुइ टाउँको, दुइ खुट्टा र एउटै यौनाङ छ।  उनी मंगलबार स्त्री रोग तथा प्रतिष्ठानको प्रसुती विभागमा भर्ना भएकी थिईन। प्रसुती गराउँन असहज...
श्रृंखलाबद्ध आत्मघाती बम विस्फोट, कम्तीमा ४१ जनाको मृत्यु
काबुल– अफगानिस्तानमा बिहीबार भएको श्रृंखलाबद्ध आत्मघाती बम विस्फोटमा परी कम्तीमा ४१ जनाको मृत्यु भएको छ भने ८४ जना घाइते भएका छन्। अफगानिस्तानको गृह मन्त्रालयका प्रवक्ता नशरत रहिमी अनुसार राजधानी काबुल नजिकै रहेको सांस्कृतिक क्षेत्रलाई लक्षित गरी गराइएको विस्फोटपछि पनि लगातार २ विस्फोट भएका थिए । श्रृखंलाबद्ध विस्फोटका कारण घाइतेलाई समयमै उद्दार गर्न नसकिएको रहिमले बताए।...