न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

कसरी वित्छ प्रथम राष्ट्रपतिको दैनिकी ?
अमृत सुवेदी १९ पुस, पोखरा । गणतन्त्र नेपालको प्रथम राष्ट्रपति बन्ने सौभाग्य पाएका डा. रामवरण यादवलाई न यहाँसम्म आउन गरेका दुःखको सुस्केरा काढेर बस्नु छ, न राजनीतिक जीवनका उकाली ओराली सम्झेर आलापित हुनु छ ।असजिलो गरी बितेका बाल्यकाल, दुःख र संघर्षले डाक्टरी पढ्दाको समय र राजनीतिमा हाम फाल्दाको बखतले नोस्टाल्जिक त बनाउँछ । तर, त्यही...
जब चिया उम्लियो…हेर्दा हेर्दै..
श्रीभद्र पौडेल हेमजा, १८ पुस । माछापुच्छे गाउँपालिका–६, रिभान, आनन्दठाँटीकी धनलक्ष्मी गुरुङ सोमबार बिहान साढे ६ बजेतिर उठिन् । जाडोको मौसम घरबाट केही पर विद्यालयमा पढाउन जानुपर्ने भएपछि उनले बिहानीको नियमित काम जस्तै, ग्यास चुलोमा पानी उमालिन्, दाल पकाइन् र चिया पनि बसालिन् । त्यस बेलासम्म ७ बजेर २० मिनेट गइसकेको थियो । १–२ मिनेटमै...
सिलवालको सांसद् पद के होला ? सबैको चासो
पोखरा, १९ पुस । नेपाल प्रहरीका पूर्वडीआईजी तथा एमालेबाट निर्वाचित सांसद् नवराज सिलवालविरुद्ध पक्राउ पूर्जी जारी गरिएपछि उनीसँग जोडेर विभिन्न खाले टिकाटिप्पणी र उनीमाथि के होला भन्ने बहस शुरु हुन थालेको छ। उनलाई पक्राउ गर्न प्रहरीले पूर्जी जारी गरिएपछि यतिबेला यो विषयले निकै चर्चा पाएको छ। उनीमाथिको कारबाही प्रक्रिया र सांसद् पद रहने या नरहने...
कांग्रेसले वाम गठबन्धनलाई भन्योः गैरसंवैधानिक काम गर्न निर्वाचन आयोगलाई दबाब नदेऊ
सत्तारुढ नेपाली कांग्रेसले गैरसंवैधानिक काम गर्न निर्वाचन आयोगलाई दबाब नदिन वाम गठबन्धनलाई आग्रह गरेको छ । मंगलबार बसेको कांग्रेस शीर्ष नेताहरुको बैठकले राष्ट्रियसभा गठनपछि मात्र प्रतिनिधिसभाले पूर्णता पाउने ठहर गरेको छ । ‘हामीले प्रधानमन्त्री एवं पार्टी सभापतिलाई राष्ट्रिय दलका शीर्ष नेताहरुसँग परामर्श गर्नुस् र राष्ट्रियसभा निर्वाचन अविलम्ब तोक्नुस् भनेका छौं’ कांग्रेस नेता बालकृष्ण खाँडले अनलाइनखबरसग...
पाहार ट्रष्टको पुस्तकालय समन्वयात्मक कार्यक्रम
पोखरा, १८ पुस । पाहार ट्रष्ट नेपालले पोखरामा शुक्रबार पुस्तकालय समन्वयात्मक कार्यक्रम गरेको छ। कार्यक्रममा पाहार ट्रष्टको सहयोगमा कास्की र स्याङजाका २० विद्यालयमा संचालित पुस्तकालयसँग सम्वन्धीत ६० शिक्षक÷शिक्षिकाको सहभागिता थियो। संस्थाले प्रदेश नं ४ का पाँच जिल्ला कास्की, लमजुङ, तनहुँ, बाग्लुङ र स्याङजाका ३६ विद्यालयमा पुस्तकालय संचालन गरेको पुस्तकालय विकास अधिकृत बालकाशी गुरुङले जानकारी दिईन्।...
नयाँ वर्ष मनाउने अचम्मको तरीका, पढ्दा सवै दंग
नयाँ वर्ष आ-आफ्नो समय तथा संस्कार अनुसार पूरै विश्वभर एक उत्सव तथा पर्वको रुपमा मनाइन्छ । विश्वका देशहरुले आ आफ्नो तिथिमिति तथा परम्परा अनुसार नयाँ पर्वलाई उत्सवको रुपमा मनाउँछन् । नयाँ वर्ष मनाउने केही संस्कार निकै अनौठा छन् । इटालीमा एउटा भनाई निकै प्रचलित छ, ‘आउट विथ दी गोल्ड’ अर्थात् बाहिर फ्याँक्नुभन्दा राम्रो केही छैन...
आज रातिदेखि फेरि बन्द हुदै मुग्लिन – नारायणगढ सडक
पोखरा, १८ पुस। दैनिक सैयौ सवारीसाधन अवागमन हुने मुग्लिन – नारायणगढ सडकखण्ड फेरि बन्द हुने भएको छ। सडक निर्माण कार्यलाई तिव्र पार्नका लागि सडक बन्द गर्न लागिएको हो। आज पुस १८ गतेदेखि १५ दिनसम्म राति १० बजेदेखि बिहान चार बजेसम्म सडक बन्द हुनेछ। पुस १२ गते जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टसहित...
खाना पकाउने ग्याँसबाट घरमा आगलागी
पोखरा, १८ पुस। खाना पकाउने ग्याँसका कारण दैनिक जसो हाम्रो समाजमा अप्रिय घटना भैरहेका छन्। फेरि त्यस्तै घटना कास्कीमा पनि दोहोरिएको छ। कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ५ आनन्द बजार रिभान स्थित पार्वती गुरुङको घरमा खाना पकाउने ग्याँसका कारण आगलागी भएको छ। आगलागीका कारण करिब ३० लाखको क्षती भएको बताइएको छ। खाना पकाउने क्रममा ग्याँस...
बढेको बढै छ मूल्य,अब यति तिर्नु पर्ने भो
पोखरा, १८ पुस । सोमबार रातिदेखि लागु हुने गरी सरकारले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । झण्डै एक महिनाका बीचमा सरकारले तेस्रो पटक मूल्य बृद्वि गरेको हो। निगमले स्वचालित मूल्य प्रणाली अनुसार मूल्य समायोजन गरेको जनाएको छ । निगमले पेट्रोल, डिजेल, मट्टितेल, खाना पकाउने ग्यास र हवाइ इन्धनको मूल्य बढाएको हो। अब पेट्रोल प्रतिलिटर...
आतंकवाद र गोलाबारी नरोकिएसम्म पाकिस्तानसँग क्रिकेट नखेल्ने भारतको घोषणा
नयाँ दिल्ली – भारतले सीमापार आतंकवाद र गोलाबारी नरोकिएसम्म पाकिस्तानसँग क्रिकेट नखेल्ने घोषणा गरेको छ। सोमबार संसदीय प्यानलको बैठकमा भारतीय विदेशमन्त्री सुष्मा स्वराजले भारतविरुद्ध आतंक फैलाउने र सैनिकमाथिको फायरिंग बन्द नगरेसम्म दुई देशबीच क्रिकेट सिरिजको कुनै सम्भावना नभएको जानकारी दिइन्। उनले भारत–पाकिस्तानबाहेक अन्य देशमा पनि भारतले नखेल्ने स्पष्ट पारिन्। ‘जबसम्म पाकिस्तान आतंकवादीको सफाया र सीमापार...
सन् २०१७ मा के-के भयो संसारभर ?
–जीवन भण्डारी सन् २०१७ पनि अघिल्ला वर्षहरुझैँ धेरै उतार चढावका साथ विदा भयो । अमेरिकामा नयाँ राष्ट्रपतिका रुपमा डोनाल्ड ट्रम्पले पद बहाली गरेसँगै सुरु भएको विश्व राजनीतिको चर्चामा यसवर्ष पनि अमेरिका नै रह्यो । यसवर्ष सबैभन्दा धेरै राष्ट्रपति ट्रम्प नै विवादमा आउनुभयो । उहाँले माफी माग्ने देखि चेतावनी दिनेसम्मका घटना भए र तिनले विश्वमा चर्चा...
मध्यरातमा धम्क्याएर बलात्कार ,तीन पक्राउ
आरपी सुवेदी १७ पुस, नेपालगञ्ज । नयाँ वर्ष मनाउन साथीसँग होटलमा पुगेकी एक युवती बलात्कृत भएकी छन् । यो विवादमा सीता एयर नेपालगञ्जका स्टेशन म्यानेजर मनोज गिरी भारती पनि मुछिएका छन् । सुर्खेत घर भएका मनोज लामो समयदेखि सुर्खेतरोडस्थित होटल सिग्नेटमा बस्दै आएका थिए । उनले बेलाबेला एयरलाइन्सका कर्मचारीलाई पनि होटलमा राख्ने गरेका थिए ।...