न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

नेपाली विमानका लागि युरोपेली आकाश खुलेन
युरोपेली सङघ (इयू) ले नेपालका विमानसेवामाथिको प्रतिबन्धलाई निरन्तरता दिएको छ । इयुले बुधबार नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणलाई त्यससम्बन्धी पत्र पठाउँदै आफ्नो आकाश खुला नगरिएको जनाएको हो । नियामक र सेवा प्रदायक निकाय बेग्लाबेग्लै हुनुपर्ने भन्दै इयुले नेपाली वायुसेवामाथि दशवर्षदेखि प्रतिबन्ध लगाउँदै आएको छ । इयूको प्राविधिक टोलीले हालै गरेको स्थलगत अध्ययन प्रतिवेदनबारे जानकारी दिन...
निराशा बढ्यो भनेर सङ्घीय व्यवस्था माथि दोष थोपार्नु हुँदैन : नेता निधि
टिकाराम सुनार, चन्दन ठाकुर / रासस हिजोआज धेरैले भन्छन्, “संसारमा सबैभन्दा उन्नत भनिएको सङ्घीय व्यवस्थाले समेत परिणाम दिने गरी काम गर्न नसक्दा जताततै निराशा बढ्यो । त्यही निराशाले युवाशक्तिलाई देश छाडेर परदेश रोज्न बाध्य पार्यो र अस्थिरता बढाउँदैछ ।” तर नेपालको संसदीय राजनीतिमा एक परिपक्व र अनुभवी नेता विमलेन्द्र निधि भने, ‘निराशा बढ्यो भनेर शिशु...
हेटौँडामा एसियाली बुद्धिचाल प्रतियोगिता हुँदै
हेटौँडामा भोलिदेखि ‘हेटौँडा कप एसियाली खुल्ला रेटिङ बुद्धिचाल प्रतियोगिता २०८०’ को आयोजना हुने भएको छ । पत्रकार सम्मेलनमा प्रतियोगितामा नेपालसहित भारत, बङ्गलादेश र श्रीलङ्काका गरी एक सय २० जना खेलाडीको सहभागिता रहने सङ्घका अध्यक्ष मनोज श्रेष्ठले जानकारी दिएका छन । अहिलेसम्म एक सय एक जना खेलाडीले नाम दर्ता गराइसकेको समेत उनले जानकारी दिए । प्रतियोगिताका विजेताले...
सुनको मूल्य अहिले सम्मकै उच्च
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै स्थानीय बजारमा पनि त्यसको प्रभाव परेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १७ हजार सात सय र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १७ हजार एक सय ५० कायम भएको छ । सोमबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १७ हजार चार सय...
वेश्यावृत्तिमा लगाउने स्पा सेन्टर सञ्चालक पक्राउ
रोजगारीको प्रलोभन देखाई वेश्यावृत्तिमा लगाएको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका–९ रातोपुलस्थित नुवाकोट ब्यूटी पार्लर एण्ड स्पा सेन्टरका सञ्चालक सङ्खुवासभा चिचिला गाउँपालिका–१ घर भएका ४३ वर्षीय दिनेश पौडेललाई प्रहरीले पक्राउ गरेको हो । साथै सेन्टरबाट दुई नाबालिका र एक युवतीलाई प्रहरीले उद्दार गरेको छ । स्पा सेन्टरमा काम गर्ने युवतीहरूलाई जबरजस्ती...
अढाई अर्बको चिया र सवा अर्बको अलैँची निर्यात
कोशी प्रदेशको विशेष नगदेबाली चिया, अलैँची, अदुवा र अम्रिसो निर्यात वृद्धि भएको छ । पूर्वी नाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८०/८१ को त्रैमासिक अवधिमा दुई अर्ब ५९ करोड ८६ लाख मूल्य बराबरको चार हजार तीन सय ३१ मेट्रिक टन जैविक चिया भारत निर्यात भएको काँकडभिट्टा प्लान्ट क्वारेन्टिन कार्यालयले जनाएको छ । झापा, इलाम, पाँचथर, धनकुटालगायत...
आरके समुहद्धारा एनआरएनएको पुनः निर्वाचन गर्न माग
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को राजेन्द्रकुमार (आरके) शर्मा समूहले अनलाइन प्रणालीमार्फत गत महिना सम्पन्न निर्वाचनमा योजनाबद्धरूपमा धाँधली भएको आरोप लगाउँदै पुनः निर्वाचनको माग गरेको छ । एनआरएनए आरके समूहद्वारा आयोजित पत्रकार सम्मेलनमा निर्वाचन प्रक्रियाअन्तर्गत प्रतिनिधि छनोटदेखि मतदान र नजिता सार्वजनिक हुँदासम्म योजनाबद्धरूपमा धाँधली भएकाले पुनः निर्वाचनको माग गरिएको छ । सङ्घका अध्यक्षको प्रत्यासी आरके शर्माले...
पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न अध्ययन समिति
पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न अध्ययन समिति गठन गरिएको छ । गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ मा प्रस्तुत नीति तथा कार्यक्रम कार्यान्वयन गर्न गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. कृष्णचन्द्र देवकोटाको संयोजकत्वमा अध्ययन समिति गठन गरेको हो । समितिका सदस्यमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव, पोखरा महानगरपालिका शहरी योजना आयोगका...
देउवाद्वारा तीन भ्रातृ संस्थाको अध्यक्ष मनोनित
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको रिक्त तीन भ्रातृ संस्थामा नयाँ अध्यक्ष मनोनीत गरेका छन । सभापति देउवाले पार्टीको केन्द्रीय कार्यसमितिको बैठकको निर्णयअनुसार नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ४२ (१) (च) बमोजिम म्याद समाप्त भई स्वतः विघटन भएका पार्टी आबद्ध तीन भ्रातृ संस्थामा अध्यक्ष नियुक्त गरेका हुन । सभापति देउवाले...
अब काठमाडौँमा सुर्तीजन्य पदार्थ बिक्री गर्न नपाइने
काठमाडौँ महानगरपालिकाले यही मङ्सिर २७ गतेदेखि आफ्नो ३२ वटै वडामा सुर्तीजन्य पदार्थको बिक्रीमा पूर्ण निषेध गर्ने भएको छ । कामपा स्वास्थ्य विभागका अनुसार २७ गतेदखि प्लाष्टिकमा प्याक गरिएका सुर्तीजन्य पदार्थको बिक्री, भण्डारण तथा प्रयोगलाई पूर्ण निषेध गर्ने तयारी गरिएको हो । कामपा स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलका अनुसार (चुरोट, बिँडी, तमाखु, सुल्फा, कक्कड, प्लाष्टिकमा प्याक...
छिट्टै प्रहरी समायोजन गर्छौं : प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहालले सङ्घीय सरकारले प्रहरी समायोजन प्रक्रियालाई अविलम्ब टुङ्ग्याइने प्रतिबद्धता व्यक्त गरेका छन । प्रधानमन्त्री निवास बालुवाटारमा सातै प्रदेशका गृह तथा आन्तरिक मामिला मन्त्रीसँगको सामूहिक भेटमा उनले आन्तरिकरुपमा प्रहरी समायोजनको प्रक्रिया अघि बढिसकेको जानकारी दिएका छन । भेटमा सहभागी बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले जानकारी दिए । “छिटोभन्दा छिटो प्रहरी समायोजनलाई...