न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

यी हुन् कास्कीमा सहिद घोषणा गरिएकाहरु(फोटो सहित), प्रजातन्त्रका लागि योगदान गरेका उनीहरुलाई छानिछानि मारिएको थियो
पोखरा, १२ माघ। सरकारले द्वन्द्वकालमा तत्कालिन विद्रोही समुहवाट कास्कीमा मारिएका ८ जनालाई सहिद घोषणा गरेको छ । साथै २०१८ सालमा मारिएका हरिप्रसाद गुरुङलाई समेत गरि कास्कीका ९ जनालाई सहिद घोषणा गरेको हो । बिहीबार साँझ बसेको मन्त्रीपरिषद्को बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री यज्ञ बहादुर थापाको प्रस्तावमा उनीहरुलाई सहिद घोषणा गरिएको हो। कास्की जिल्ला...
द्वन्द्वकालको बाँदरमुढे घटनाका मृतकलाई सहिद घोषणा गर्ने तयारी
पोखरा, ११ माघ। माओवादी द्वन्द्वकालमा भएका दुःखद् घटनामध्य दर्दनाक घटनाको रुपमा लिइन्छ चितवनको बाँदरमुढे घटना। घटना भएको १२ वर्षभन्दा बढी समय भयो तर त्यसले दिएको पीडा ताजै जस्तो लाग्छ। सो घटनामा झण्डै एक सय ५० यात्रु बोकेको यात्रुबाहक बसलाई विद्युतिय धरापमा पारिएको थियो। २०६२ साल जेठ २३ गते यात्रुले खचाखच भरिएको बसलाई लक्षित गरी माओवादीले...
ढुक्क हुनहोस्, सिमा मिच्न दिन्न – प्रधानमन्त्री
पोखरा, ११ माघ। भारतीय पक्षले नेपालको सिमा मिचेको भन्ने समाचार आइरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवाले कसैलाई पनि नेपालको सिमाना मिच्न नदिने बताएका छन्। उनले कुनै पनि बहानामा कसैलाई नेपालको एक ईन्च भूभाग पनि मिच्न नदिने स्पष्ट पारे। मिचिएको भनिएको पर्साको विभिन्न क्षेत्रको स्थलगत अध्ययनपछि विद्यार्थीहरुले बुझाएको प्रतिवेदन बुझ्दै प्रधानमन्त्रीले त्यस्तो बताएका हुन्। अनेरास्ववियुकी अध्यक्ष नविना...
एनसिसि कोरिया स्थापना गर्दाको क्षण पोखरामा यसरी सम्झियो
निकुञ्ज तिवारी पोखरा, ११ माघ। २५ वर्ष अगाडि नेपालीका लागि नेपाली भन्दै दक्षिण कोरियामा स्थापना गरिएको नेपाली सम्पर्क समिति (एनसिसि)  स्थापना गर्दाको क्षण पोखरामा सम्झिएको छ । नेपाली सम्पर्क समिति (एनसिसि) कोरियाको सबैभन्दा पुरानो संस्था हो । स्थापनाकालीन २२ सदस्यमध्य ५ जना पोखरेली रहेका र उनीहरुको उपस्थितिमा पोखरामा एक कार्यक्रम गरी सुरुका दिनमा कोरियामा राजदुतावास...
राईजिड्ड पोखरा क्रिकेट एकेडेमीलाई क्रिकेट सामाग्री हस्तान्तरण
पोखरा, ११ माघ । पोखरामा रहेको राईजिड्ड पोखरा क्रिकेट एकेडेमीलाई क्रिकेट सामाग्री प्रदान गरिएको छ। पुष्पतारा केडिया सेवा संस्थाद्धारा आयोजित कार्यक्रममा वृज सिमेन्ट इण्डष्ट्रिजद्धारा प्रायोजन गरिएको क्रिकेट सामाग्री प्रदान गरिएको हो। राष्ट्रिय क्रिकेट टिमका खेलाडी शरद भेषवाकरले क्रिकेट सामाग्री हस्तान्तरण गरेका थिए। भेषवाकर वृज सुपर प्रिमियम ओपिसी सिमेन्टको ब्राण्ड एम्बेसडरको रुपमा बिगत एक बर्षदेखि आवद्ध...
अब ६५ वर्षमै बृद्व भत्ता, अरु निर्णय यस्ता छन्
पोखरा, १० माघ। सरकारले भूकम्प पीडितलाई दिँदै आएको अनुदान रकम बढाउने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार साँझ बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो। सरकारले यसअघि भूकम्प पीडितलाई तीन लाख दिदै आएको अनुदान रकममा एक लाख थप गरी दिने निर्णय गरेको हो। घर निर्माणका लागि अनुदान थप गरेको बताइएको छ।त्यस्तै, बाढी पीडितलाई दिदै...
नामजस्तै काम ‘सहारा’
 –सरस्वती गुरुङ आफ्नो जन्मसँगै हरेक मानिस र स्थापनासँगै हरेक संघसंस्था एउटा लक्ष्य बोकेर अगाडि बढ्ने गर्दछन् । अगाडि बढ्दै जाँदा चुनौतीका पहाडसँग ठोकिन्छन्, असफलताका अँध्यारा गल्ली देखा पर्दछन् तब हतास भएर आफ्नो बाटो मोडेर यात्रालाई अर्कैतिर फर्काउने बानी धेरैको हुन्छ । लक्ष्य लामै भए पनि धेरै गौंडाबाट छुट्टिरहेका हुन्छन् । सपना देख्नेको कमी यहाँ छँदै...
भाग्यमानी सन्दिप, जसले चालिस रुपैयाको टिकटमा १८ लाखको कार जिते
पोखरा, १० माघ / पर्वतको कुस्मा नगरपालिकाका सन्दीप पौडेल माघ ४ गते उपचारको लागि पोखरा आए । वडा प्रहरी कार्यालय बैदाममा कार्यरत सई नारायणप्रसाद पौडेलका छोरा हुन् उनी । पौडेलले छोरालाई साँढुभाइ पोषण अधिकारीकहाँ पठाए । आल्मुनियम व्यवसायी पोषणले नै छोरा सन्दीपलाई कुष्माबाट पोखरा ल्याएका थिए । पोषणले माघ ४ गते आफैले टिकट काटेर सन्दीपलाई...
वीपी शालिकमा माल्यार्पण र नेपाली काँग्रेस जिन्दाबाद भन्दै उम्मेदवारी दर्ता
पोखरा, १० माघ । नेपाल काँग्रेसले प्रदेश नम्बर ४ बाट राष्ट्रिय सभाको निर्वाचनको लागि उम्मेदवारी दर्ता गरेको छ। यसप्रदेशबाट काँग्रेसले खुल्लातर्फ सुरेन्द्र पाण्डे, महिलातर्फ बृन्दादेवी राना मगर, अपाङ्गतातर्फ प्रकाश पन्त र दलिततर्फ जीतबहादुर नेपालीको उम्मेदवारी दर्ता गराएको हो। उम्मेदवारी दर्ता पूर्व पोखरा चिप्लेढुङस्थित नेपाली काँग्रेस कास्कीको कार्यालयमा नेता तथा कार्यकर्ता भेला भएर उम्मेदवारलाई शुभकामना दिएका...
हिमपातका कारण मनाङको जनजीवन कष्टकर
मनाङ –  मंगलबार अपरान्ह २ बजेदेखि हावाहुरीसहित परेको हिमपातले यहाँको जनजीवन कष्टकर बनाएको छ। मनाङको नासोङ गाउँपालिका, दानाक्युदेखि माथिल्लो मनाङको नेस्याङ गाउँपालिका तथा नार्पु गाउँपालिकामा पूरै हिमपात भएको छ। हिमपातबाट टेलिफोन टावरहरु अवरुद्ध हुँदा सम्पर्कविहीन भएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिए। हिजो बेलुकी मात्र जिल्ला भित्रिएका तथा चामेबाट माथिल्लो मनाङ गएका १० जना...
पर्वतिय दौडमा प्युठानका दाजु भाईको बर्चश्व
पोखरा, १० माघ। कास्की पोखरा लेखनाथ महानगरपालिका वडा नं १६ स्थित अर्मलामा आयोजित पर्वतिय दौडमा प्युठानका दाजु भाई प्रथम र तृतिय भएका छन् भने नेपाली सेनाले दोश्रो स्थान हासिल गरेको छ । १० किलोमिटर उक्त दौडमा प्युठानका दामोदर बुढामगरले ४४ मिनेट २१ः०२ सेकेण्डमानै दुरी पार गर्दै नगद १५ हजार प्राप्त गरे । पोखराको बाटुलेचौर बाट...
अगुवा कृषकलाई बाख्रापालन तालिम
पोखरा, १० माघ। पोखरा लेखनाथ महानगरपालिका पशु सेवा शाखा कास्कीले महानगरपालिका स्तरीय तीन दिने व्यवसायिक बाख्रापालन तालिम गरेको छ। बाख्रापालनमा संलग्न अगुवा कृषकहरुलाई सिप र ज्ञान दिने उदेश्यले आयोजित तालिममा ३२ जना सहभागि थिए। तालिममा पशु विकाश अधिकृत शहदेव पौडेल, ठगेन्द्रप्रसाद अर्याल, डा. राकेश प्रजापति, डा पुरुषोत्तम त्रिपाठी , मिरा ढकाल अर्याल, डा. गणेश केसी,...