न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

पदमबहादुरले साढे चौध केजीको काउली फलाएपछि सवै दंग
म्याग्दी, २५ माघ । म्याग्दीको रघुगंगा गाउँपालिका–२, भगवतीका एक कृषकले एउटै बोटमा साढे चौध किलोग्राम तौल भएको काउली फलाएका छन् । साबिक भगवती–७, घट्टका पदमबहादुर कार्कीले चौध किलो ५०० ग्राम तौल भएको काउली फलाएका हुन् । कार्कीले उत्पादन गरेको काउली मंगलबार तौलीँदा उक्त तौल भएको पाइएको स्थानीयवासी दलबहादुर कार्कीले बताए । कार्कीले व्यावसायिक तरकारी खेती...
राष्ट्रियसभा सदस्यमा निर्वाचित भएपछि नेता पाण्डेलाई बधाइ दिनेको घुइचो
पोखरा, २५ फागुन। नेपाली काँग्रेसका केन्द्रीय सदस्य सुरेन्द्र पाण्डे राष्ट्रियसभा सदस्यमा निर्वाचित भएपछि उनलाई बधाई दिनेको घुईचो लागेको छ। हिजो पोखरामा भएको निर्वाचनमा प्रदेश नम्बर ४ बाट पाण्डे राष्ट्रियसभा सदस्य निर्वाचित भएका थिए। पोखरामा हिजो साँझदेखि आज मध्यान्हसम्म उनलाई बधाइ दिनेका घुइचो लागेको थियो। निर्वाचनका लागि केहि दिन अघिदेखि पोखरामा रहेका नेता पाण्डे आज गृह...
सम्पदा संरक्षणका लागि पुरातत्व विभागको चासो
पोखरा, २५ माघ। संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय पुरातत्व विभागले पोखरामा सम्पदा संरक्षण सम्वन्धि जनचेतनामूलक अभिमुखीकरण गर्ने भएको छ। बिहीबारदेखि शुरु हुने अभिमुखीकरणमा २० जना सहभागि रहने प्रमुख पुरातत्व अधिकृत सन्दिप खनालले जानकारी दिए। प्रदेश नम्बर ४ लाई लक्षित गरी आयोजना गर्न लागिएको अभिमुखीकरणमा जिल्ला प्रशासन कार्यालय र नगरपालिकाका अधिकृतस्तरका कर्मचारी, सम्पदा संरक्षणमा काम...
प्रदेश नम्बर ४ मा काँग्रेसकोतर्फबाट को÷ को विजयी भए त ?
पोखरा, २४ माघ । राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तर्गत प्रदेश नं ४ को अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।  यस प्रदेशबाट नेपाली काँग्रेसका तीन जना निर्वाचित भएका छन्। महिला तर्फबाट नेपाली काँग्रेसकी विन्दादेवी आले(राना), खुल्लाबाट नेपाली काँग्रेसका सुरेन्द्रराज पाण्डे विजयी भएका छन्। अपाङ्ग समूह तर्फबाट नेपाली काँग्रेसका प्रकाश पन्थ यस अघि नै निर्विरोध भैसकेका...
लनर्स एकेडेमीमा त्रिदिवसीय खेलकुद
पोखरा, २४ माघ। पोखरा लेखनाथ महानगरपालिका वडा नं ७ स्थित पोखरा लनर्स एकेडेमीमा त्रिदिवसीय खेलकुद प्रतियोगिता शुरु भएको छ। विद्यार्थीहरुको शारिरीक विकासँग आपसी सद्भाव बढाउने उदेश्यले प्रतियोगिता आयोजना गरिएको हो। शुक्रबारसम्म चल्ने प्रतियोगितामा नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीहरुले सहभागिता जनाउने छन्। प्रतियोगितामा बेलुन फुटाइ, मिठाइ दौड, रस्साकसी, कवड्डी, दौड, फुटबल लगायका खेलहरु संचालन गरिने विद्यालयका...
सहमतिपछि विद्यार्थीको आन्दोलन रोकियो, नेवि संघले शवयात्रा गर्दै
पोखरा, २४ माघ। पोखरामा विद्यार्थीहरुले शुरु गरेको आन्दोलन सहमतिपछि रोकिएको छ। संयुक्त विद्यार्थी संघर्ष समिति, पोखरा नगर बस व्यवसाय समिति र प्रशासनबीच भएको वार्ता सहमतिमा पुगेपछि आन्दोलन रोकिएको नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य भानु ढकालले जानकारी दिए। सहमतिपछि बिहानदेखि रोकिएको पोखरा नगर बस सेवा पनि सूचारु भएको छ। वार्तामा दोषी चालकमाथि हदैसम्मको कारवाही गर्ने, परिवारलाई...
नागरिक समाजका प्रतिनिधि फेरि महानगरपालिकामा किन गए त ?
पोखरा, २४माघ। नागरिक समाज पोखराले पोखरा लेखनाथ महानगरपालिकाको ध्यानाकर्षण गराएको छ। पोखराका सार्वजनीक चासोका विषयप्रति नागरिक समाजले ध्यानाकर्षण गराएको हो। समाजका संयोजक रामबहादुर पौडलको नेतृत्व गएको टोलिले पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसिलाई ६ बुँदे ध्यानाकर्षणपत्र बुझाएको थियो। ६ बँुदामध्य पहिलो बुँदामा यसअघि असार २७ गते विभिन्न विषय समेटेर बुझाइएको २३ बुँदे ध्यानाकर्षणपत्रको कार्यन्वयनमा समेत...
बिहानैदेखि आन्दोलन चर्कियो, आज यस्तो हुदैछ …….
पोखरा, २४ माघ। नगर बसको ठक्करबाट नेवि संघका नेता बोधराज ढकालको मृत्यू भएको घटनापछि विद्यार्थीले शुरु गरेको आन्दोलन आज पनि जारी छ। विद्यार्थीहरुले बिहानैदेखि पोखराका मुख्य चोक र क्याम्पस केन्द्रीत भएर प्रदर्शन गरिरहेका छन्। विद्यार्थीहरुले आज बिहानैदेखि पोखरामा नगर बस संचालन हुन दिएका छैनन्। मृतकलाई क्षतिपूर्ति दिने विषयमा बस व्यवसायी गैरजिम्मेबार भएर प्रस्तुत भएकोभन्दै विद्यार्थीहरु...
आन्दोलन चर्काउँदै विद्यार्थी, पोखरामा बुधबार नगर बस चल्न नदिने
पोखरा, २३ माघ। नगर बसको ठक्करबाट विद्यार्थी बोधराज ढकालको मृत्यू भएको घटनालाई लिएर सात विद्यार्थी संगठनले आन्दोलन चर्काउने भएका छन्। मृतकलाई क्षतिपूर्ति दिने विषयमा बस व्यवसायी गैरजिम्मेबार भएर प्रस्तुत भएकोभन्दै संघर्षको कार्यक्रम सार्वजनीक गरेका छन्। आज साँझ बसेको विद्यार्थी संगठनको बैठकले बुधबार पोखरामा नगर बस संचालन हुन नदिने निर्णय गरेको बैठकमा सहभागि नेवि संघका केन्द्रीय...
समाजसेवी दाहालको स्मृतिमा छात्रवृत्ति वितरण
पोखरा, २३ माघ। समाजसेवी स्व. टिकाराम दाहालको १०४ औं जन्मजयन्तीको अवसरमा परिवारले गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेका छन्। अन्नपूर्ण गाउँपालिका वडा नं २ ढिकुरपोखरी स्थित माछापूच्छ«े माविमा कक्षा १० मा अध्ययनरत विद्यार्थी सन्तोष भण्डारीलाई नगद १० हजार रुपैया छात्रवृत्ति स्वरुप प्रदान गरिएको हो। दाहालको स्मृतिमा गतवर्ष उनका जेठा छोरा डा. गिरधारी दाहालले विद्यालयमा...
नेवि संघद्वारा जिप्रकामा धर्ना,आज दिनभर जसो यस्तो भयो पोखरामा
पोखरा, २३ माघ। नेपाल विद्यार्थी संघका विद्यार्थीहरुले अहिले जिल्ला प्रहरी कार्यालय कास्कीमा धर्ना दिएका छन्। दोषीमाथि कारवाही र क्षतिपूर्तिको मागगर्दै विद्यार्थीहरुले धर्ना दिएका हुन्। प्रहरीले आफ्ना साथीहरुलाई धरपकड गरेकोभन्दै विद्यार्थीले त्यसको विरोधगर्दै नाराबाजी समेत गरेका छन्। अब जिल्ला प्रहरी कार्यालय कास्की केन्द्रीत भएका छौं विद्यार्थी नेता समित केसीले भने – ‘प्रहरी प्रशासनलाई संयमित हुन आग्रह...
एकै व्यक्तिबाट १६ करोड दान
पोखरा, २२ माघ। पोखरा-१८, सराङ्कोटमा निर्माण गर्न लागिएको धार्मिक पर्यटन गुरुयोजनाको लागि सोमबारदेखि श्रीमद्भागवत् विराट ज्ञान महायज्ञ शुरु भएको छ । सराङ्कोट धार्मिक एवं पर्यटन क्षेत्र विकास समितिको आयोजनामा शुरु महायज्ञको पहिलो दिनमै बौद्ध अध्ययन केन्द्र महाकरुणा आवासीय विद्यालयका संस्थापक समाजसेवी ङवाङ कुङ्गा विष्टले १६ करोड १० लाख सहयोग गर्ने घोषणा गरेका छन्। विष्टले गुरुयोजनाअन्तर्गत निर्माण...