न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

पोखरामा बम बिष्फोट, पत्रकार पाण्डे र प्रहरी घाइते
पोखरा, ८ फागुन । पोखरामा केहिबेर अघि बम बिफोष्ट भएको छ। पोखरा लेखनाथ महानगरपालिकाको बिजयपूरमा बम बिष्फोट भएको हो। बिष्फोटमा परी पत्रकार घनश्याम पाण्डे र प्रहरी कुलबहादुर खत्री घाइते भएका छन्। घाइतेहरुलाई उपचारार्थ गण्डकी मेडिकल कलेज लगिएको छ। पाण्डेको दाहिनेपट्टि टाउँको र घाँटीमा चोट लागेको छ । बम डिस्पोज गर्न ढिलाई भएका कारण बिष्फोट भएको...
बन्दले रोक्यो प्रधानमन्त्री ओलीलाई
ओम हमाल पोखरा, ८ फागुन । नेपाल बन्दका कारण प्रधानमन्त्री केपी शर्मा ओली पोखरा आएनन् । प्रधानमन्त्री ओली लेखनाथमा रहेको पोखरा विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन आज पोखरा आउने कार्यक्रम रहेको थियो । प्रधानमन्त्री विश्वविद्यालयको कुलपति रहने कानूनी प्रावधान रहेको छ । पोखरामा नेपाल कम्युनिष्ट पार्टीले आयोजना गरेको नेपाल बन्द कार्यक्रमको प्रभाव व्यापक रहेको सूचना...
सरकारको दिनगन्ति शुरु भएको चेतावनीदिदै गरिएको नेपाल बन्दमा कहाँ के भैरहेको छ ? विप्लवको आक्रामक विज्ञप्ति सहित यो पढौं
पोखरा, ८ फागुन । सरकारको दिनगन्ति शुरु भएको चेतावनीदिदै विप्लव नेतृत्वको नेकपाले मङ्गलबार नेपाल बन्द आव्हान गरेको छ। पक्राउ गरिएका नेताहरुको रिहाइको मागगर्दै बन्द आव्हान गरेको हो। राष्ट्रिय युवा जनस्वयंमसेवक नेपालको तेस्रो महाधिवेशनको उद्घाटनमा सहभागिहुन जाने क्रममा फागुन ६ गते सो पार्टीका नेताहरुलाई प्रहरीले पक्राउ गरेको थियो। सो पार्टीले पक्राउको विरोध र रिहाईको मागगर्दै आएको...
क्यानडामाथि सनसनीपूर्ण जित निकाल्ने करणलाई सम्मान
पोखरा, ८ फागुन / आईसीसी विश्व क्रिकेट लिग डिभिजन २ प्रतियोगितामा क्यानडामाथि सनसनीपूर्ण जित निकाल्ने क्रममा खेलका नायक करण केसीलाई पोखरामा सम्मान गरिएको छ । पोखरा क्रिकेट क्लब (पिसिसी) ले सोमबार एक कार्यक्रमका बीच उनले नेपाललाई एक दिवसीय विश्वकप क्रिकेटको छनोट चरणमा पुग्न महत्वपूर्ण योगदान पु¥याएकोमा सम्मान गरेको हो । क्लबका अध्यक्ष निकेश श्रेष्ठ, उपाध्यक्ष...
एमाले – माओवादी एकता अन्तिम चरणमा
पोखरा, ७ फागुन । नेकपा एमाले र एनेकपा माओवादी केन्द्रबीच हुने भनिएको पार्टी एकता अन्तिम चरणमा पुगेको छ। प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डबीच पार्टी एकता गर्ने सहमति जुटेको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठक आज साँझ ७ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने...
सकियो म्याराथन, मुख्यमन्त्री र मेयरको दौंड हेरौं (बिजेता सबैको नामाबलिसहित)
पोखरा, ७ फागुन । १२ औं सफल पोखरा अन्तर्राष्ट्रिय पोखरा म्याराथनमा विभागिय धावकहरुको बर्चश्व रहेको छ । पोखरामा सोमबार सम्पन्न १२ औं पोखरा म्याराथनको उपाधी नेपाल प्रहरीका भुमिराज राईले हासिल गरेका छन् । उनले ४२.१९५ किलोमिटरको दुरी २ घन्टा ३६ मिनेट ४२.२ सेकेण्डमा पुरा गरेका थिए । जित संगै उनले नगद ७० हजार प्राप्त समेत...
हात्तीले घर भत्काए
भीमदत्तनगर- कञ्चनपुरको शुक्लाफाँटा निकुञ्ज परिसरमा अस्थायी टहरा बनाएर आश्रय लिँदै आएका निकुञ्ज शिविरमा आइतबार राति जंगली हात्तीले २१ वटा घर भत्काएको छ। राति आएको हात्तीको बथानले शुक्लाफाँटाको तारापुर क्षेत्रमा शुक्लाफाँटा विस्थापितका घर भत्काएको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ । हात्तीले घरमा क्षति पुर्याएपछि आज बिहान यहाँस्थित शुक्लाफाँटा नगरपालिकाका नगरप्रमुख दिलबहादुर ऐर नेतृत्वको टोलीले स्थलगत...
आज प्रजातन्त्र दिवस
पोखरा, ७ फागुन । १०४ बर्षीय जहानियाँ राणा शासन अन्त्य भई देशमा प्रजातन्त्र स्थापना भएको दिन आज विविध कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाइँदै छ । आज देशभर नै विभिन्न संघसंस्थाले ¥याली, अन्र्तक्रिया, गोष्ठी, रक्तदान, दिपावली लगायतका कार्यक्रम तय गरेका छन्। १०४ बर्षसम्म मुलुकमा अन्याय र अत्याचार गरेर नेपाली जनतामाथि शासन गर्ने राणा शासनको अन्त्य भै...
वाइवाइ मिसेस कल्चर बनिन् ज्ञानु तामाङ
पोखरा, ७ फागुन । दोस्रो वाईवाई मिसेस कल्चर नेपाल–२०७४ को उपाधी लामाचौर पोखराकी ज्ञान तामाङले हात पारेकी छन् । उनले मस्ट कन्फिडेन्ट र मस्ट पपुलरको टाइटल समेत हात पारेकी हुन् । विजेता ज्ञानु तामाङले चाँदीको क्राउन सँगै भिजि अटो मोवाइल्सको स्कुटर समेत प्राप्त गरिन् । पुष्पाञ्जली फेसन एण्ड एभेण्ट प्रालिद्वारा आयोजित कार्यक्रममा फस्ट रनर अफ...
पत्रकार प्रकाशचन्द्र सापकोटालाई ‘आदर्श समाज’ बाट बिदाई
पोखरा, ६ फागुन । आदर्श समाज दैनिकका सहायक सम्पादक प्रकाशचन्द्र सापकोटा पत्रिकाबाट बिदाइ भएका छन् । निरन्तर १३ वर्षसम्म पत्रिकाका विभिन्न पदमा रही कार्यरत हेमजा निवासी सापकोटा पछिल्लो समय सहायक सम्पादक पदमा कार्यरत थिए । न्यूरोडस्थित पत्रिकाको कार्यालयमा आइतबार भएको उनको बिदाइ समारोहमा सहकर्मी साथीहरुले मायाको चिनोसहित खादा लगाएर बिदाइ गरेका हुन् । एउटै सञ्चारमाध्यममा उनको...
काँग्रेस पोखरा लेखनाथ महानगरपालिकाको बैठक
पोखरा, ६ फागुन । नेपाली काँग्रेस पोखरा लेखनाथ महानगरपालिका कार्यसमितिको बैठक आइतबार बसेको छ। बैठकले विभिन्न चार वटा निर्णय गरेको सचिव रामजी कोइरालाले जानकारी दिए। बैठकले पार्टीका गतिविधिलाई छिटो, छरितो र प्रभावकारी बनाउन समितिका सभापति बजिरमान श्रेष्ठको अध्यक्षतामा १२ सदस्यीय कार्यसम्पादन समिति गठन गरेको छ। कार्यसम्पादन समितिमा साविकको पोखरा र लेखनाथको तर्फबाट पदाधिकारी सहभागि गराइएको...
रविन्द्र मिश्रको चेतावनी – ‘यस्तै पारा हो भने ठूला दल सकिन्छन्, हामी हस्तक्षेप गर्छाै’
पोखरा, ६ फागुन। विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रले अहिलेकै पारामा अघि बढे ठूला दल सकिने चेतावनी दिएका छन्। सरकारको नेतृत्व बामगठबन्धनले गरोस् वा लोकतान्त्रिक गठबन्धनले त्यो हामीलाई चासो छैन् तर देश र जनताको नियति बदलिनुपर्छ उनले भने – ‘त्यसतर्फ ठूला दलले ध्यान दिएनन् भने अबको पाँच वर्षमा सकिने छन्।’ संवाद नेपालले पोखरामा आईतबार आयोजना...