न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

प्रदेश प्रमुख कुँवर र सांसदलाई बारको सम्मान
पोखरा, ११ फागुन । पोखरा उच्च अदालत बार एशोसिएसन र कास्की जिल्ला बार एशोसिएसनले संयुक्त रुपमा प्रदेश ४ का प्रमुख बाबुराम कुँवर सहित सांसद बिन्दुकुमार थापा र राजीव पहारीलाई स्वागत तथा सम्मान गरेको छ । पोखरा उच्च अदालत बार एशोसिएसनको सभाहलमा भएको कार्यक्रममा उच्च बारका अध्यक्ष दयाराम गौतम र जिल्ला बारका अध्यक्ष सोम श्रेष्ठले उनीहरुलाई...
‘सुनका गहनामा फलाम मिसाएको छैन’
पोखरा, ११ फागुन। सुनचाँदी व्यवसायी संघ कास्कीले राज्यले सुनचाँदी व्यवसायसम्बन्धी स्पष्ट ऐन÷ कानून तथा निर्देशिका बनाएरमात्र सुनचाँदी पसलमा बजार अनुगमन गर्न सरकारसँग माग गरेको छ। ऐन÷कानूनको अभावमा गरिने अनुगमनले व्यवसायीलाई आतंकित वनाएको संघले जनाएको छ। सुनको शुद्धता मापन गर्ने मेसिन प्रमाणिकरणको अभाव र राज्यको प्राविधिक कमीले गर्दा आफूहरु मारमा पर्ने गरेको गुनासो सुन व्यवसायीले गर्दै...
कास्कीकोटमा निःशुल्क क्यान्सर शिविर
पोखरा, १० फागुन । पोखरा लेखनाथ महानगरपालिका वडा नं २४ कास्कीकोटमा बिहीबार निःशुल्क क्यान्सर रोग सम्वन्धी शिविर गरिएको छ। पोखरा लेखनाथ महानगरपालिका वडा नं २४ ले आयोजना गरेको सो शिविरलाई नेपाल अर्बुद रोग निवारण संस्था कास्की र पोखरा क्यान्सर केयर सेण्टरले प्राविधिक सहयोग गरेका थिए। शिविरमा प्याप टेष्ट गर्नुको साथै क्यान्सर रोग सम्वन्धी सचेतनामूलक कार्यक्रम...
सिरहामा पटक÷पटक बिस्फोटका घटना, सुरक्षा घेरा नजिक दिउँसै बम बिस्फोटपछि लहानबासि त्रसित
सिरहा, १० फागुन। सिरहास्थित लहानमा आज दिउँसै बम बिस्फोट भएपछि लहानबासि त्रसित भएका छन्। लहान नगरपालिकाको शहीद चोकको ब्यस्त बजारमा रहेको शुभलाभ स्टोर अगाडी बोरामा बेरेर राखेको प्रेसर कुकर बम बिस्फोट भएको हो। बिस्फोटमा परी स्टोरका प्रबन्धक अनिल अग्रवाल घाइते भएका छन्। बमको छर्रा उनको घाँटीको पछाडीपट्टी लागेको छ। बिस्फोटबाट स्टोर्समा समेत क्षति पुगेको छ।...
सवैलाई रुवाएर गइन् नेवि संघ नेतृ बन्दना पौडेल
पोखरा, १० माघ । सवारी दुर्घटनामा परी मृत्यु भएकी नेपाल विद्यार्थी संघकी नेतृ बन्दना पौडेलको बिहीबार अन्त्येष्टि गरिएको छ। पोखराको रामघाटमा उनको अन्त्येष्टि गरिएको नेवि संघका केन्द्रीय सदस्य भानु ढकालले जानकारी दिए। यसअघि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट रामघाटसम्म शवयात्रा गरिएको थियो। शवयात्रामा नेपाली काँग्रेस तथा नेवि संघका नेता÷कार्यकर्ता, आफन्त र शुभेच्छुक सहभागि थिए। नेपाली काँग्रेस...
पादेको विषयमा विमानभित्रै झडप, त्यसपछि ……
सामान्य विषयमा झडप हुँदा डच एयरलाइन्सको विमान आकस्मिकरुपमा अवतरण गर्नेपरेको छ । दुबईबाट एम्सटर्डमका लागि उडेको डच एयरलाइनको जहाज हालै अष्ट्रियाको भियनामा आकस्मिक अवतरण गर्नुको कारण भने निकै रोचक छ । मध्य आकाशमा जहाज उडिरहेको बेला एकजना यात्रुले पादेको विषयमा विवाद हुँदा जहाजभित्र झडप भएपछि पाइलटले भियनामा आकस्मिक अवतरण गराउनु परेको हो । जहाजका एकजना...
चालकलाई कारवाही र परिवारलाई उचित क्षतिपूर्ति दिने सहमति, बिहीबार शवयात्रा गरिदै
पोखरा, ९ फागुन । सवारी दुर्घटनामा परी मृत्यु भएकी नेपाल विद्यार्थी संघकी नेतृ बन्दना पौडेलको घटनामा संलग्न चालकलाई हदैसम्म कारवाही गर्ने र परिवारलाई उचित क्षतिपूर्ति दिने सहमति भएको छ। नेपाल विद्यार्थी संघ, पीडित परिवार, नारायणी यातायात व्यवसायी संघ र प्रशासनवीच बुधबार भएको वार्तामा त्यस्तो सहमति भएको हो। सहमतिपछि आन्दोलन स्थगित भएको छ नेपाली संघको तर्फबाट...
राष्ट्रपतिलाई संविधान उपहार, काँग्रेस भातृसंस्थाले किन दिए संविधान उपहार ?
पोखरा, ९ फागुन । नेपाली काँग्रेसका भातृसंस्थाले  राष्ट्रपति विद्यादेवी भण्डारीलाई नेपालको संविधान – २०७२ उपहार दिएका छन्। नेपाल विद्यार्थी संघ र नेपाल तरुण दल लगायतले संविधानको मर्म विपरित काम गरेकोमा व्यङ्यगर्दै राष्ट्रपतिलाई संविधान उपहार दिएका हुन्। राष्ट्रपति विद्यादेवि भण्डारीले राष्ट्रियसभा सदस्य मनोनयनमा असंवैधानिक कदम चालेको काँग्रेसको ठहर छ।संविधानको संरक्षक मानिने राष्ट्रपतिलाई संविधान राम्ररी अध्ययन गर्न...
बिस्फोट गराउने विप्लव कार्यकर्ता पक्राउ
पोखरा, ९ फागुन। नेपाल बन्दका क्रममा मंगलबार पोखरामा बम बिष्फोट गराउने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ गरिएका तीन जना नै नेकपा माओवादी विप्लव समूहका कार्यकर्ता हुन्। पक्राउ गरिएकोमा विप्लव समूहका जनसरकार प्रमुख ५८ वर्षिय जगन भन्ने नन्दप्रसाद तिवारी, अखिल नेपाल क्रान्तिकारी किसान संघका कास्की अध्यक्ष पुष्प कार्की र अखिल नेपाल क्रान्तिकारी निर्माण मजदुर...
सम्मान ग्रहणपछि क्रिकेटर करणले भने – ‘क्रिकेट मार्फत नेपाललाई विश्वमा चिनाउछु।’
पोखरा, ९ फागुन । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सफल खेलाडी करण केसिलाई पोखरामा बुधबार सम्मान गरिएको छ। नेपाललाई डिभिजन टु बाट विश्वकप छनोटमा पार्न महत्वपुर्ण योगदान पु¥याएका उनलाई पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले सम्मान गरेको हो। पोखरा रंगशालामा बुधबार आयोजित कार्यक्रममा प्रदेश नम्बर ४ का उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रामशरण बस्नेतले नगद एक लाखसहित...
नेवि संघ नेतृ पौडेलको सवारी दुर्घटनामा मृत्युपछि विद्यार्थी आन्दोलित
पोखरा, ९ माघ । नेपाल विद्यार्थी संघकी नेतृ बन्दना पौडेलको सवारी दुर्घटनामा मृत्यु भएपछि दोषीमाथि कारवाही र दुर्घटना बारे छानबिन गर्न मागगर्दै पोखरामा विद्यार्थीहरुले आन्दोलन गरेका छन्। विद्यार्थीहरुले आज बिहान उनी अध्ययनरत पोखरा सिमलचौरस्थित जनप्रिय उच्च मावि अघि प्रदर्शन गरेका छन्। पौडेल कक्षा १२ मा अध्ययनरत छात्रा थिईन्। आज पीडित पक्ष र प्रशासनवीच वार्ता हुने...
यसपटक उम्कन सकेनन् मनोज पुन, यसरी मारिए
पोखरा, ९ फागुन । गुन्डा नाइके मनोजबहादुर बुढामगर उर्फ मनोज पुन  र उनका सहयोगी प्रहरी इन्काउन्टरमा मारिएका छन् । रुपन्देहीको देवदह–४, भवानीपुरमा आपराधिक गतिविधि गरिरहेको भन्ने सूचनाका आधारमा पुगेको प्रहरी टोलीमाथि एक्कासी आक्रमण भएपछि जवाफी कार्वाहीमा चलाएको गोली लागेर पुन र सहयोगीे सोम आलेको मृत्यु भएको हो । उनीहरु नेपाल आएको सीआईबी र नेपाल प्रहरीको...