न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्को स्थापना दिवस
पोखरा, १२ फागुन। प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् को ३० औ स्थापना दिवस पोखरामा पनि मनाइएको छ। त्यसअवसरमा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् र यसका आंगिक संस्थाहरुमा विविध कार्यक्रम गरिएको थियो। पोखरा प्राविधिक शिक्षालयले सरसफाई र रक्तदान कार्यक्रम ग¥यो। रक्तदानमा कार्यक्रममा २८ जनाले रक्तदान गरेका थिए। पोखरा प्राविधिक शिक्षालयका प्रमुख जीवन भण्डारी आफैले...
नवौं शुक्ला साहित्य राष्ट्रिय पुरस्कार बन्धुलाई
पोखरा, १२ फागुन । नवौं शुक्ला साहित्य राष्ट्रिय पुरस्कारबाट भाषाविज्ञ प्रा.डा चुडामणि बन्धुलाई सम्मान गरिने भएको छ। पुरस्कार संचालनगर्दै आइरहेको शुक्ला साहित्य प्रतिष्ठानले पोखरामा शनिवार पत्रकार सम्मेलन गरी सो जानकारी दिएको हो। चैत ३ गते शनिवार कार्यक्रम गरी उनलाई सो पुरस्कार प्रदान गरिने छ। पुरस्कारको राशी नगद २० हजार एक सय एक रुपैया सहित सम्मान...
काँग्रेस महामन्त्री पोखरा आउँदै
पोखरा, १२ फागुन । नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइराला आइतबार पोखरा आउने भएका छन् । नेपाल शिक्षक संघ प्रदेश नम्बर ४ को अधिवेशन उद्घाटनका लागि महामन्त्री पोखरा आउन लागेका हुन् । उनी आइतबार दिउँसो पोखरा आउने कार्यक्रम छ । उद्घाटनपछि आइतबार पोखरामा नै रहने र सोमबार राजधानी फर्कने छन् ।
सात वटै प्रदेशमा आइतबार नेपाल शिक्षक संघको अधिवेशन हुदै
पोखरा, १२ फागुन । नेपाल शिक्षक संघको प्रदेशस्तरीय अधिवेशन देशभर आइतबार हुदैछ । सात वटा प्रदेशमा दुई दिनसम्म चल्ने अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ । अधिवेशनले २७ सदस्यीय प्रदेश समिति चयन गर्ने छ । निर्वाचित समितिले चार र अध्यक्षले आफ्नो अधिकार प्रयोग गरी एक सदस्य मनोनित गर्ने व्यवस्था छ । प्रदेश नम्बर ४ को...
खबरदार ¤ बाम गठबन्धन सरकार, काँग्रेसले बनाउछ छाँया सरकार
काठमाडौं, १२ फागुन । नेपाली काँग्रेसले छायाँ सरकार बनाउने भएको छ । सरकारले गर्ने कामको निगरानी र खवरदारीका लागि काँग्रेसले छायाँ सरकार बनाउन लागेको हो । त्यसका लागि आवश्यक तयारी समेत शुरु भएको छ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको शनिबार बसेको प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यहरुको संयुक्त बैठकले छाँया सरकारको अवधारणा अघि सारेको हो ।...
बिहे नगर्नाको कारण बारे सलमानले यसो भने, सवै दंग
सलमान खानको सन्दर्भमा गरिने एउटा प्रश्न हो, ‘किन यत्तिका उमेरसम्म पनि बिहे नगरेको ?’ उनले यसको उत्तर पटक-पटक दिइसकेका छन् । यद्यपी उनीसँग यो स्पष्टिकरण भने लिने क्रम रोकिदैन । बलिउड सुन्दरीसँग लभ-रोमान्स गर्न भ्याउने सलमानलाई बिहे गर्ने फुर्सद नमिलेको हो ? उनले बेफुसदिलो भएको कुरा कतै भनेका छैनन् । बरु हालै उनले यसो भनिदिए,...
लोकसेवाको परीक्षा दिएका कति जना पास भए ?
काठमाडौं , १२ फागुन। लोकसेवा आयोगले शाखा अधिकृत प्रारम्भिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगका अनुसार गत माघ २७ गते लिइएको परीक्षामा २१ हजार २२१ जना सहभागी भएका थिए । सहभागिमध्य ४ हजार ७२ जना प्रारम्भिक परीक्षामा पास भएका छन् । प्रारम्भिक परीक्षामा पास भएकाहरुले मात्र शाखा अधिकृतको अर्को चरणको परीक्षामा भाग लिन पाउँछन्...
पहिलो वार्षिकोत्सवमा स्ववियु जनप्रियले विविध कार्यक्रम गर्ने
पोखरा, १२ फागुन। पहिलो वार्षिकोत्सवको अवसरमा स्वतन्त्र विद्यार्थी युनियन जनप्रिय क्याम्पसले चार दिनसम्म विविध कार्यक्रम गर्ने भएको छ। स्ववियुले शनिवार पत्रकार सम्मेलन गरी फागुन १५ देखि १८ गतेसम्म गर्ने कार्यक्रम सार्वजनीक गरेको छ। स्ववियुले फागुन १५ गते मङ्गलबार रत्नचोकदेखि एयरपोर्टसम्म सरसफाई गर्ने , १६ गते बुधबार रक्तदान गर्ने , १७ गते बिहीबार बालआश्रम तथा बृद्वाश्रमलाई...
वीरेठाँटीमा फाल्गुण पूर्णिमा मेला हुने
पोखरा, ११ फागुन। विरेठाँटी युवा परिवार अन्नपूर्ण गाउँपालिका–८ कास्कीको आयोजनामा फाल्गुण पूर्णिमा मेला–२०७४ हुने भएको छ। स्थानीय वीरेठाँटी माविको प्राङ्गणमा हुने मेला फागुन १७ देखि २१ गते सम्म चल्ने छ। खेलकुदको पहुँचबाट बन्चित युवाहरुलाई विभिन्न खेलकुदमा संलग्न गराउँदै अन्तरनिहीत क्षमता प्रस्फुटन गराउनुको साथै साँस्कृतिक संरक्षण र प्रवद्र्धनमा युवाहरुको ध्यान केन्द्रीत गराउन मेला अयोजना गरिएको वीरेठाँटी...
नक्कली प्रहरी बनेर लुट्ने पक्राउ
चितवन, ११फागुन । आफूलाई सादा पोशाकको प्रहरी हुँ भन्दै लुटेर हिँड्ने दुईजनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार पक्राउ पर्नेमा भरतपुर महानगरपालिका वडा नं १२ बस्ने १७ वर्षीय आशिष मगर र भरतपुर महानगरपालिका वडा नं ११ बस्ने २० वर्षीय सुजन गुरुङ रहेका छन् ।...
कास्की काँग्रेसका पाँच निर्णय, पढौं
पोखरा, ११ फागुन । नेपाली काँग्रेस कास्कीको  बैठक शुक्रबार बसेको छ । बैठकले विभिन्न विषयमा पाँच वटा निर्णय गरेको जिल्ला सदस्य नवीन सिग्देलले जानकारी दिए । बैठकले फागुन मसान्तभित्र कास्कीका ६ वटै प्रदेशमा प्रदेशस्तरीय भेला गर्न क्षेत्रीय समितिलाई निर्देशन दिएको छ । फागुन महिनाभित्र नै भातृ तथा शुभेच्छुक संघ संस्थाको संयुक्त बैठक गर्ने निर्णय गरेको...
थ्रि एन्जल्स नेपाललाई एनजिओ लिडरसीप अवार्ड
पोखरा, ११ फागुन । नेपालबाट वर्षेनी तेश्रो मुलुकमा हुने मानव बेचविखन रोकथामका लागि काम गर्दै आएको संस्था थ्रि एन्जल्स नेपालले अन्र्तराष्ट्रिय अवार्ड पाएको छ । वल्र्ड सिएसआरडेको अवसरमा भारतको मुम्बईमा फेब्रुअरी १८ मा आयोजित विशेष कार्यक्रममा संस्थाले एनजिओ लिडरसीप अवार्ड प्राप्त गरेको हो । सामाजिक क्षेत्रमा कार्यरत विश्वभरका एक सय १० वटा संस्थाहरु मध्ये थ्रि...