न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

ड्युटीमा रहेका प्रहरीलाई घुस दिन खोेजेपछि ……………………
पोखरा, २३ फागुन । ड्युटीमा रहेका प्रहरीलाई घुस दिन खोजेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। प्रहरीले पोखरा लेखनाथ महानगरपालिका वडा नं १७ विरौटा घर भएका २६ वर्षिय अनिल थापालाई पक्राउ गरेको छ। थापाले मङ्गलबार राति पोखरा लेखनाथ महानगरपालिका वडा नं ९ पृथ्वीचोकमा सुरक्षा चेकजाँचमा रहेका प्रहरीलाई एक हजार रुपैया घुस दिन खोजेको जिल्ला...
गुरुङ दम्पतीद्वारा बृद्वाश्रमलाई सहयोग
पोखरा, २३ फागुन । पोखरा लेखनाथ महानगरपालिका वडा नं १२ शितलादेवीका गुरुङ दम्पतीले बुधबार पोखरा लेखनाथ महानगरपालिका वडा नं १७ सितापाइलास्थित पोखरा बृद्वाश्रमलाई सहयोग गरेका छन् । ८४ वर्षिय समाजसेवी तुलबहादुर गुरुङ र उनकी श्रीमती मुवा गुरुङले बृद्वाश्रमलाई २६ हजार तीन सय आर्थिक सहयोग गरेका हुन् । उनीहरुले बृद्वाश्रममा रहेका ६२ जना बृद्वाबृद्वालाई बुधबार बिहानको...
नेका क्षेत्र नं. ३ कास्कीले कार्यकर्ता भेला गर्ने
पोखरा, २३ फागुन। नेपाली काँग्रेस क्षेत्र नं. ३ कास्कीले प्रदेश स्तरीय कार्यकर्ता भेला गर्ने भएको छ। नेपाली काँग्रेस क्षेत्र नंंं. ३ कास्कीको बुधवार बसेको वैठकले सो निर्णय गरेको हो। जसअन्तर्गत क्षेत्र नं. ३ प्रदेश ‘क’ को चैत २ गते हेमजामा र प्रदेश ‘ख’ को चैत ३ गते ढिकुरपोखरीमा प्रदेश स्तरीय कार्यकर्ता भेला आयोजना गरिने क्षेत्रीय...
महिलाको कुस्ती प्रतियोगिता हुने
पोखरा, २२ फागुन । नेपाल कुस्ती संघले पोखरामा प्रथम महिला राष्ट्रिय कुस्ती प्रतियोगिता गर्ने भएको छ। संघले पोखरामा पत्रकार सम्मेलन गरी आउँदो बैशाख २१ र २२ गते प्रतियोगिता गर्न लागेको जनाएको छ । प्रतियोगिताको मुख्य उदेश्य कुस्ती खेललाई संस्कारका रुपमा विकास गर्नु र व्यवसायीकतातर्फ उन्मुख गराउनु हो । प्रतियोगितामा विभागीय टिम, विभिन्न २० जिल्लाका ७०...
विद्यार्थीले बनाए मिष्टर स्क्यान
पोखरा, २३ फागुन । पोखरा इन्जिनियरिङ्ग कलेज पोखरा – ८ फिर्केका चार जना विद्यार्थीले मिष्टर स्क्यान (एन्ड्रोइड एप) को विकास गरेका छन्। सो कलेजका विद्यार्थीहरु बाबुराम नेपाली, कृष्ण श्रेष्ठ, सुदीप भण्डारी र सूर्य पौडेलले त्यस्तो एपको विकास गरेका हुन्। एक वर्षको सामुहिक प्रयासपछि उनीहरुले सो एप विकास गर्न सफल भएका छन्। कुनै पनि संस्थाको परिचयपत्र...
उल्लूको भव्य रुपमा अन्तिम संस्कार
के तपार्इं ले कहिल्यै उल्लू चराको श्राद्ध भएको सुन्नुभएको छ ? उल्लूको अन्तिम संस्कारका बारेमा पनि सुन्नुभएको छैन होला । तर भारतको बिहारमा हालै उल्लूको विधि विधानसहित अन्तिम संस्कार तथा श्राद्ध भएको छ । बिहारको सुपौल जिल्लास्थित कर्णपूर गाउँमा हालै एउटा मृतक उल्लूको भव्य रुपमा अन्तिम संस्कार गरियो । त्यस अवसरमा भव्य ब्रम्हाभोज गरी प्रसाद...
सफलताका साथ सकियो वीरेठाँटीको फागुपूर्णिमा मेला
हेमजा, २२ फागुन । ‘स्वास्थ्यका लागि खेलकुद , राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ गत बिहीबारदेखि कास्कीको अन्नपूर्ण गाउँपालिका–८, वीरेठाँटीमा आयोजित फागुपूर्णिमा मेला सकिएको छ । मेला करिव २० हजार दर्शकले अवलोकन गरेका छन् । मेलाको मुख्य आकर्षणको रुपमा वडा स्तरीय पुरुष भलिबल, महिला भलिबल प्रतियोेगिता, तारा खेल, क्यानोनिङ, कराँते तथा तेक्वान्डोे प्रर्दशनी र...
अध्यक्षमा गुरुङ
पोखरा, २१ फागुन । कान्तिपुर पब्लिकेसन्स कर्मचारी युनियन क्षेत्रीय समिति पोखराकोे चौथो भेलाले खड्गबहादुर गुरुङ्गको अध्यक्षतामा आगामी २ वर्षका लागि ७ सदस्य नयां कार्य समिति सर्वसम्मत चयन गरेको छ । समितिको उपाध्यक्षमा बिरबहादुर कुंवर, सचिवमा रामु गिरी र कोषाध्यक्षमा टंक लामिछाने चयन भएका छन् । त्यस्तै सल्लाहकारहरुमा विश्वराज अधिकारी, बामदेव गौतम र श्याम प्रसाद उपाध्याय...
काँग्रेस संसदीय दलको नेतामा देउवा
पोखरा, २१ फागुन । नेपाली कांग्रेस संसदीय दलको नेतामा ४४ मत प्राप्त गरी पार्टी सभापति शेरबहादुर देउवा निर्वा्चित भएका छन् । पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई २५ मतान्तरले पराजित गर्दै उनी निर्वाचित भएका हुन्। देउवाले ४४ मत पाए भने सिंहले १९ मत पाएका छन् । अब उनी प्रमुख विपक्षी दलको नेता बन्नेछन् । प्रतिनिधिसभामा कांग्रेसका ६३ सांसद...
बैंकहरुमा ब्याज आतंक, कहिलेसम्म हो यस्तो ?
पोखरा, २० फागुन । बैंक तथा वित्तिय संस्थाहरुले आफुखुसी ब्याजदर बढाएकोभन्दै पोखराका व्यवसायीहरुले बिरोध गरेका छन्। उनीहरुले ब्याजदर बढ्दा उत्पादनमूलक क्षेत्र तहस नहस भएको ठहर समेत गरेका छन् । उनीहरुले ब्याजदर घटाउँदै बैंक तथा वित्तिय संस्थाहरुलाई नाफामुखी भन्दा पनि उत्पादनमूलक क्षेत्रमा लगानीको लागि आग्रह गरेका छन् । उनीहरुले बढाइएको ब्याजदरलाई ‘ब्याज आतंक’ भनि टिप्पणी गरे...
काँग्रेस नेता धनराज गुरुङ खादा र माला किन लगाउदैनन् ? कारण यस्तो छ, सवैले पढ्नै पर्ने
पोखरा, २१ फागुन । जुनसुकैै पार्टीका नेताहरु माला र खादाले पुरिन रहर गर्छन् । आफुले पाएको सम्मानमा मख्ख पर्छन, गर्व गर्छन् । त्यस्तै नेताहरुको बाहुल्यता भएको हाम्रो देशमा नेपाली काँग्रेसका एक नेता छन् , जसले २०७२ सालको महाभुकम्पसँगै नेपालले भोगेको क्षति अनि जनताले पाएको दुःखपछि माला र खादा नलगाउने उद्घोष गरे। त्यतिमात्रै होइन नेपाली जनताले...
गाउँ÷गाउँमा मानव बेचबिखन बिरुद्ध जुझारु अभियानकर्मी उत्पादन गरिने
गणेश श्रेष्ठ पोखरा २०, फागुन । उद्धार, रोकथाम र पुर्नस्थापनाको माध्यमबाट मानव बेचबिखन बिरुद्धमा काम गदै आईरहेको थ्रि एन्जल्स नेपालले आयोजना गरेको सहजकर्ताहरुको लागि क्षमता अभिवृद्धि तालिम पोखरामा आइतबारदेखि सुरु भएको छ । तालिम उद्घाटन गदै संस्थाका संस्थापक अध्यक्ष डा.राजेन्द्र गौतमले मानव बेचबिखन जस्तो सामाजिक अपराध संभ्य समाजको कलंक भएको भन्दै त्यसका बिरुद्ध सबै एक...