न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

राज्यविरुद्धको कसुर
विप्लव सहित पार्टी नेताहरुलाई ३५ दिनभित्र अदालतमा उपस्थित हुन आदेश
जिल्ला अदालत काठमाडौँले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) सहितका नेताहरुमाथि राज्यविरुद्धको कसुरमा ३५ दिनभित्र अदालतमा उपस्थित हुनु भनेको छ । अदालतमा राज्यविरुद्धको कसुरमा चार वर्षअघि दायर गरिएको मुद्दामा विप्लव सहित पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड), अखिल नेपाल किसान महासङ्घ क्रान्तिकारीका अध्यक्ष राजु कार्की, माइला लामाविरुद्ध पक्राउ पुर्जी जारी गर्दै अदालतमा उपस्थित हुन भनेको...
आलु खेती विस्तारका लागि तीन करोडको आयोजना सञ्चालन
म्याग्दीमा आलु खेतीको विस्तार र प्रवद्र्धनका लागि तीन करोड बजेटको आयोजना सञ्चालन भएको छ । गण्डकी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयले चालु आर्थिक वर्षमा आलु खेतीका लागि कृषि ज्ञान केन्द्र म्याग्दीमार्फत जिल्लामा उक्त आयोजना सञ्चालन गरेको हो । जिल्लामा आलु खेतीको सम्भावना भएको क्षेत्रमा आलु खेतीको विस्तार र कृषकले उत्पादन गरेको आलुलाई बजारीकरणमा सघाउन...
मध्यपहाडका जनताको सुझाव सङ्कलन गर्दै एमाले
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘मिसन–८४’ का लागि मध्यपहाडका जनताको सुझाव सङ्कलन गर्न हिँडेको प्रतिकृया दिएका छन् । एमालेले सञ्चालन गरेको ‘झुलाघाट–चिवाभञ्ज्याङ, समृद्धिका लागि सङ्कल्प यात्रा’ अभियानको क्रममा सुर्खेत वीरेन्द्रनगरमा आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मध्यपहाडी राजमार्गअन्तर्गत पर्ने ग्रामीण क्षेत्रका जनता सुझाव सङ्कलन गर्नुको साथै त्यहाँको विकासको अवस्थालाई राम्रोसँग नियालिएको बताएका छन ।...
‘सिकलसेल कुण्डली मिलाएरमात्र विवाह गर्नूस्’
सिकलसेल एनिमिया वंशानुगत रोग हो । नेपालमा विशेषगरी थारू समुदायमा यो रोग देखिएको छ । गोलो आकारको रक्तकोषहरु हँसिया आकारको हुँदा हात, खुट्टाको हड्डी, मेरुदण्ड तथा करङ धेरै दुख्ने गर्छ । यसै कारणले सिकलसेल पीडितलाई सधै सताउने गरेको पीडितको भनाइ छ । नियमित उपचार गरिरहे पनि सञ्चो नहुने भएकाले यो रोगको निवारण भनेको विवाह गर्दा...
चार महिनामा थपियो साढे ५७ अर्ब सार्वजनिक ऋण
चालु आर्थिक वर्ष २०८०र८१ को पहिलो चौमासिक अवधिमा ५७ अर्ब ७१ करोडभन्दा बढी सार्वजनिक ऋण थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार गत असार मसान्त सम्ममा २२ खर्ब ९९ अर्ब ३५ करोड २४ लाख बराबर रहेको सार्वजनिक ऋण कात्तिक मसान्तसम्म पुग्दा २३ खर्ब ५७ अर्ब छ करोड नाघेको हो । कार्यालयको गत कात्तिक मसान्तसम्मको...
कोप–२८ मा प्रधानमन्त्रीको सम्बोधन : नेपालमाथिको अन्याय रोकिनुपर्छ
प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वव्यापी उत्सर्जनमा नेपालको भूमिका शून्य प्रायः भए पनि जलवायु परिवर्तनको प्रत्यक्ष एवम् हानिकारक असर भोगिरहेको बताएका छन । संयुक्त अरब इमिरेट्स (युएई)मा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२८)को कन्फ्रेन्स अफ पार्टिजलाई सम्बोधन गर्दै प्रम दाहालले भने, “हामीमाथि भएको डरलाग्दो अन्यायका कारण हाम्रा नागरिक बाढी पहिरो, डढेलो, हिमनदी विस्फोट, खडेरीजस्ता जलवायुजन्य सङ्कटबाट नराम्ररी...
सक्कली प्रहरीको फन्दामा नक्कली प्रहरी
आफूलाई नेपाल प्रहरीको घुमुवा भन्दै व्यापारीसँग रकम उठाइरहेको अवस्थामा प्रहरीले वीरगञ्जबाट एक जनालाई पक्राउ गरेको छ । गैरकानुनी गतिविधि गरेको अभियोगमा बाराको आदर्शकोतवाल गाउँपालिका–८ लक्ष्मीटोल निवासी ५५ वर्षीय गोविन्द महतो कोइरीलाई पक्राउ गरिएको हो । ‘मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरबाट बारा, पर्सा र रौतहट जिल्लामा घुमुवा प्रहरीको जिम्मेवारीमा रहेको’ बताउँदै निजले वीरगञ्ज महानगरपालिका–२३ हरपतगञ्जस्थित व्यापारीहरुसँग...
गण्डकी प्रदेशमा उत्पादित सुन्तला विराटनगरमा
पोखरा–५ पस्र्याङ निवासी सुन्तला व्यापारी राजेश कार्कीले कुनै वर्ष एकै दिनमै ११ गाडी सुन्तला बिक्रीका लागि विराटनगर पठाउँथे । तर पछिल्ला वर्ष सोही परिमाणमा सुन्तला मधेसतिर पठाउन सकेका छैनन् । ‘पकेट’ क्षेत्र मानिने स्याङ्जा, म्याग्दी, बागलुङ, लमजुङ, तनहँु, पर्वतलगायत जिल्लामा उत्पादित सुन्तला बिक्री गर्ने मुख्य केन्द्र पोखरा बजार हो । पोखराबजारमा ल्याइएका सुन्तला लिएर यहाँका...
लुम्बिनीबाट कांग्रेस नेताहरुको सामुहिक संकल्प : पार्टी सबल बनाउँछौं
‘पार्टीलाई बलियो बनाउने अभियानमा लागौँ’ : देउवा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेता तथा कार्यकर्ताबीच एकता कायम गर्ने र मनोमालिन्य घटाउन सकेमा मात्र पार्टी बलियो हुने बताएका छन । नेपाली कांग्रेस लुम्बिनी प्रदेश समितिको प्रथम सम्मेलनको बुटवलमा उद्घाटन गर्दै सभापति देउवाले प्रदेश सम्मेलन पार्टी बलियो बनाउने अभियान भएको बताए । “कांग्रेसको प्रदेश सम्मेलनले पार्टीलाई...
नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा पूँजी परिचालन गर्न संयुक्त अरब इमिरेट्सका लगानीकर्ताहरुलाई आग्रह गरेका छन । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन कोप–२८ मा सहभागी हुने सिलसिलामा बिहीबार अवुधाबी पुग्नुभएका प्रधानमन्त्रीले सोही दिन साँझ नेपाल–दुबइ व्यापार मञ्चलाई सम्बोधन गर्दै नेपालमा पूँजी प्रवाह गरी त्यसको प्रतिफल उठाउन आह्वान गरेका हुन । दुबइ उद्योग वाणिज्य सङ्घसँगको सहकार्यमा...
भूकम्प प्रभावित पत्रकारका लागि हिमालय खबरको सहयोग
जाजरकोट र रुकुमपश्चिममा कात्तिक १७ गते राति गएको भूकम्पका कारण प्रत्यक्ष प्रभावित सञ्चारकर्मीका लागि अमेरिकाबाट प्रकाशित हुने हिमालय खबर मिडिया इन्कले आर्थिक सहयोग प्रदान गरेको छ । हिमालय खबरले स्थलगत अध्ययनपश्चात हिमालय खबर मिडिया इन्कमार्फत सङ्कलित एक लाख ३३ हजार नौ सय ७३ बराबरको चेक नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेललाई सल्लाहकार सम्पादक तारा बराल...