न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

नेपाल कृषि श्रमिक संघ कास्कीको चोथौ अधिवेशन, अध्यक्षमा पौडेल
पोखरा, ३० फागुन । नेपाल कृषि श्रमिक संघ कास्कीको चोथौ अधिवेशनले विष्णुप्रसाद पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा जीवनाथ सुवेदी, सचिवमा निर्मल पौडेल, सहसचिवमा राजेन्द्र विक्रम शाही, कोषाध्यक्षमा बसन्त पौडेल छन् । समितिको सदस्यहरुमा पुष्पराज भट्टराई, विष्णु आचार्य, रेशमलाल पौडेल छन् । अधिवेशन नेपाल ट्रेड युनियन काँग्रेस कास्कीका सचिव केशवराज भट्टराईले...
पर्वतमा रिमोट बम डिस्पोज
पोखरा, २९ फागुन । पर्वतमा मंङ्गलबार रिमोट बम फेला परेको छ । पर्वतको कुश्मा नगरपालिकामा फेला परेको बमलाई नेपाली सेनाको टोलीले डिस्पोज गराएको छ । कुश्मा नगरपालिका – १ सहस्त्रधारा बस्ने कृष्ण मल्लको घर अगाडी पार्किङ गरिराखेको बा.१६.च २५२६ नम्बरको गाडी मुनि प्रेसरकुकुरलाई रातो प्लाष्टिकले बेरेर खतरा लेखिएको छ भन्ने सूचनाका आधारमा प्रहरी पुगेको थियो।...
पकेटमारी गर्ने दुई जना पक्राउ
पोखरा, २९ फागुन । पकेटमारी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले बाग्लुङको बरेङ गाउँपालिका वडा नं ६ घर भएका ३४ वर्षिय हर्कबहादुर थापा र तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं ६ थपर्क घर भएका ३० वर्षिय सुरज गुरुङलाई पक्राउ गरेको हो । उनीहरुले धादिङबाट पोखरातर्फ जादै गरेको ग.१.ख ४६६८ नम्बरको यात्रुवाहक बसमा सवार...
युद्धमा होमिएका सेनालाई खाना सप्लाई गर्ने काम गरें
हिजोआज त सबैतिर वैदेशिक रोजगारका बारेमा सुन्न पाइन्छ । तर म जाने बेलामा सूचना दिने पनि कोही थिएनन् । काठमाडौंमा एक सहकारीमा काम गर्थें । त्यहाँको कमाइले खासै नपुग्ने । सबैजनाको सल्लाहमा विदेश जाने निधो भयो । देश छानेँ  कुवेत । भिजिट भिसामा जाने भइयो । काम राम्रो छ यो काममा काम गर्ने भिसा यतैबाट लगाउन...
गुल्मि काँग्रेसले ‘गाउँ जाऔं, गाउँमै रमाऔ’ अभियान शुरु गर्दै
पोखरा, २९ फागुन। निर्वाचनपछि नेपाली काँग्रेसलाई शशक्त बनाउन नयाँ ढंगबाट अघि बढाउनुपर्ने आवाज चौतर्फी उठिरहेको बेला नेपाली कांग्रेस गुल्मीले एउटा नयाँ अभियान शुरु गर्ने तयारी गरेको छ । नेपाली कांग्रेसको संगठन कमजोर हुँदै गएको महशुस गरी नयाँ ढंगबाट पार्टीलाई रक्त सञ्चार दिन अभियान संचालन गर्न लागेको हो। सो अभियान पार्टीले जिल्लाका ९३ वटा वडामा पु¥याउने...
विमान दुर्घटना बारे
विमान दुर्घटनामा परी २२ नेपाली सहित ४९ जनाको मृत्यु भएको छ। यो घटना बारेमा विभिन्न पत्रपत्रिकामा छापिएका समाचारका अंश यहाँ प्रस्तुत गरिएको छ। कान्तिपूरका लागि सुरज कुँवरले लेखेको समाचार अनुसार, यो एयरलाइन्ससँग दुर्घटनामा परेकोसहित ७ वटा विमान थिए । यही विमान करिब दुई वर्षअघि बंगलादेशकै सहिदपुर विमानस्थलमा चिप्लिएको थियो । १ सय १३ जनाको ज्यान जाने गरी...
कास्की सेवा समाज स्पेनको दोस्रो अधिवेशन ,अध्यक्षमा ढुंगाना
बार्सिलोना/ कास्की सेवा समाज स्पेनको पहिलो अधिवेशनले केदारनाथ ढुंगानाको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्बसम्मत चयन गरेको छ। कास्की जिल्ला स्थायी घर भई स्पेनमा बसोबास गर्दै आएका नेपालीहरुले गठन गरेको समाजले ढुंगानाको अध्यक्षतामा नयाँ समिति चयन गरेको हो।  कार्यसमितिको उपाध्यक्षहरुमा कुमार गुरुङ्,वल बहादुर कार्की,महासचिव गोविन्द तिमिल्सिना, सचिवमा सुरेश भण्डारी र कोषाध्यक्षमा एकराज भण्डारी चयन भएका छन्।...
विमान दुर्घटना बारे घाइते र प्रत्यक्षदर्शी यसो भन्छन्
पोखरा, २८ फागुन। त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलको धावनमार्गमा भएको विमान दुर्घटनामा परी ठुलो मानवीय क्षति भएको घटनाले सवैलाई दुखित् बनाएको छ । यो समाचार तयार पार्दा  घटनामा अहिलेसम्म ४९ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । यो घटनाको सत्यतथ्य खोजी विज्ञ सहितको टोलीले गर्ने छ। तर घटनालाई लिएर विभिन्न टिकाटिप्पणी शुरु भएको छ भने घटनाका बारेमा...
नेवि संघले ग¥यो पिएन क्याम्पसको सरसफाई
पोखरा, २८ फागुन । नेपाल विद्यार्थी संघ पृथ्वीनारायण क्याम्पस मूल इकाइ समितिले सोमबार क्याम्पस सरसफाई गरेको छ । नेवि संघका विद्यार्थी सहित काँग्रेसका नेताले सरसफाईमा सहभागिता जनाएका थिए । कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेस स्याङ्जा जिल्ला सभापति कमलप्रसाद पंगेनीले नेपाल विद्यार्थी संघले स्थापनादेखि हालसम्म शैक्षिक, राजनैतिक र सामाजिक सुधारका गतिविधिहरुमा सक्रिय सहभागिता जनाउदै आएको बताए...
नेपालमै ऐतिहासिक कार्यको रुपमा पोखरामा सय जना विशिष्ट व्यक्तिको रथारोहणसहित नागरिक अभिनन्दन
पोखरा, २६ फागुन  । नेपालमै ऐतिहासिक कार्यको रुपमा पोखरामा सय जना विशिष्ट व्यक्तिको रथारोहणसहित नागरिक अभिनन्दन तथा सम्मान गरिएको छ । ‘हाम्रो गौरव राष्ट्रिय सान, सय वर्षमा सय जना सम्मान’ नाराका लायन्स अन्तर्राष्ट्रिय स्थापनाको सय वर्षको अवसरमा आयोजित विशेष कार्यक्रमबीच शनिबार विभिन्न क्षेत्रमा विशेष योगदान पुर्‍याउने उनीहरुलाई रथारोहणसहित सम्मान गरिएको हो। सभागृहदेखि शुरु रथारोहण न्यूरोड, महेन्द्रपुल, नयाँबजार...
मधुमेह शिविर
पोखरा, २७ फागुन । पोखरा लेखनाथ महानगरपालिका–२८ ओख्लेमा शनिबार आयोजित निशुल्क शिविरमा १ सय ४९ जनाले निशुल्क मधुमेह परीक्षण गराएका छन् । परीक्षण गर्दा करिब १० प्रतिशत (१५ जना) मा मधुमेह देखिएको थियो । नेपाल विकास समाजले वल्र्ड डाइबिटिज फाउन्डेसनको सहयोगमा आयोजना गरेको शिविरमा ४५ पुरुष र १ सय ५ जना महिलाले परीक्षण गराएका थिए...
प्रोफेसनल एजुकेशन फेयर सोमबार
पोखरा, २६ फागुन । प्रोफेसनल एजुकेशन कन्सल्टेन्सीको आयोजनामा पोखरामा ‘अष्ट्रेलियन एजुकेशन फेयर’ हुने भएको छ । फागुन २८ गते सोमबार होटल पोखरा ग्राण्डमा फेयर आयोजना गरिएको शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । फेयरमा अष्ट्रेलियाका १५ वटा युनिभर्सिटी तथा कलेजका प्रतिनिधि सहभागी हुने प्रोफेसनल एजुकेशन कन्सल्टेन्सी पोखराका प्रवन्ध निर्देशक किशोर परियारले जानकारी दिए । ‘उच्च...