न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

फेसबुक चलाए कारवाही
पोखरा, १० चैत । फेसबुकप्रतिको आकर्षण बढिरहेको छ । धेरैका लागि फेसबुक जीवनको एक महत्वपूर्ण अंश नै बनिसकेको कुरालाई नकार्न सकिने अवस्था छैन । फेसबुक प्रयोगकर्ता २४ सै घण्टा जस्तो फेसबुक प्रयोग गरिरहेका हुन्छन् । व्यत्तिगत जीवनका लागि फेसबुक आवश्यक भएपनि कार्यालय समयमा यसको प्रयोगले काममा बाधा पु¥याएको निष्कर्ष सहित जाजरकोटको भेरी नगरपालिकाले कार्यालयले कर्मचारीलाई...
काँगेस समीक्षामा जुट्योे, यस्तो हुदैछ बैठकमा
काठमाडौँ, ९ चैत । नेपाली काँग्रेस निर्वाचनपछिको समीक्षामा जुटेको छ । शुक्रबारदेखि शुरु भएको केन्द्रीय कार्यसमितिको बैठकमा निर्वाचनपछिको परिस्थितिका बारेमा समीक्षा गर्न शुरु भएको छ । बैठकमा गत मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न उक्त निर्वाचनमा काँग्रेसले प्राप्त गरेको अनपेक्षित परिणामका बारेमा समीक्षा गरिनेछ । यसअघि गत माघ ४ र ५ गते बसेको...
समुदायस्तरीय क्यान्सर सचेतना
पोखरा, ९ चैत । पोखरा लेखनाथ महानगरपालिका वडा ९ को आयोजना तथा नेपाल अर्बुद रोग निवारण संस्था कास्कीको सहआयोजनामा शुक्रबार समुदायस्तरीय क्यान्सर सचेतना कार्यक्रम गरिएको छ । प्रमुख अतिथि प्रदेश ४ का सांसद बिन्दुकुमार थापाले यसप्रकारको कार्यक्रमले स्वास्थ्यबारे सचेत रहन मद्दत मिल्ने बताए । वडाका १ सय ६० जना महिलाको सहभागिता रहेकोे कार्यक्रममा नेपाल अर्बुद...
जनसरोकार मञ्च कास्की, सिद्वार्थ क्लब र बाल तथा महिला शशक्तिकरण समाजको छलफल
पोखरा, ९ चैत । जनसरोकार मञ्च कास्की, सिद्वार्थ क्लब र बाल तथा महिला शशक्तिकरण समाज नेपाल कास्कीबीच शुक्रबार छलफल भएको छ । कार्यक्रममा सिद्वार्थ क्लब र बाल तथा महिला शशक्तिकरण समाज नेपाल कास्कीको साझेदारीमा जनसरोकार मञ्च कास्कीले संचालन गरेका कार्यक्रमको समीक्षा गरिएको थियो । कार्यक्रममा सिद्वार्थ क्लब र बाल तथा महिला शशक्तिकरण नेपालले जनसरोकार मञ्चले...
विप्लव नेकपा निकटको जनपरिषद्को आठ बुँदे माग, पढौं के के छन्
पोखरा, ९ चैत । विप्लव नेतृत्वको नेकपा निकट जिल्ला जनपरिषद् कास्कीले विभिन्न आठ बुँदे माग अघि सारेको छ । समाजमा बढ्दै गइरहेको विकृति, विसंगति, भ्रष्टाचार, ठगी नियन्त्रणका लागि राज्यको ध्यानाकर्षण गराउदै परिषद्ले ती माग अघि सारेको जनाएको छ । जिल्ला जनपरिषद् कास्कीका प्रमुख रामकाजी गुरुङद्वारा हस्ताक्षरित विज्ञप्तिमा माध्यामिक शिक्षा पूर्णत निशुल्क गर्न, सार्वजनीक जमिन संरक्षण...
एसइई परीक्षा शुरु, केन्द्राध्यक्ष र निरीक्षक निष्कासित
भक्तपुर, ८ चैत । माध्यमिक शिक्षा परीक्षा (एसइई) आजबाट शुरु भएको छ । पहिलो दिन अग्रेजी विषयको परीक्षा भएको र परीक्षा शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । परीक्षाका लागि देशभरमा एक हजार ९५६ परीक्षा केन्द्र निर्धारण गरिएको छ ।  उक्त केन्द्रमा त्यति नै संख्यामा केन्द्राध्यक्ष, दुई हजार ४५० सहायक केन्द्राध्यक्ष, २० हजार ३४० निरीक्षक, १०...
कास्की काँग्रेसका पुराना नेता थापाको निधन
पोखरा, ८ चैत । नेपाली काँग्रेस कास्कीका पुराना नेता पोखरा लेखनाथ महानगरपालिका वडा नं १८ निवासी रामबहादुर थापाको निधन भएको छ । नेपाली काँग्रेसका पूर्वमहाधिवेशन प्रतिनिधि, नेपाली काँग्रेस कास्कीका पूर्व जिल्ला सदस्य थापाको ७० वर्षको उमेरमा बुधबार निधन भएको हो। हृदयघात भएका थापाको पोखराको फिस्टेल हस्पिटलमा उपचारका क्रममा निधन भएको थियो । उनका एक श्रीमती,...
बयली आधारभूत विद्यालयलाई आर्थिक सहयोग
पोखरा, ८ चैत । पोखरा लेखनाथ महानगरपालिका वडा नं २१ बयली स्थित बयली आधारभुत विद्यालयलाई विभिन्न व्यत्तिहरुले आर्थिक सहयोग गरेका छन्। विद्यालयलाई जापानिज नागरिक टेकी सु मिवाकोले एक लाख १५ हजार आर्थिक सहयोग गरेका छन्। एक लाख रुपैया अक्षयकोषका लागि र १५ हजार रुपैया प्रशासनीक खर्चका लागि सहयोग गरेका हुन्। अक्षयकोषबाट प्राप्त ब्याजबाट प्रत्यक वर्ष...
इपिएसका लागि आवेदन खुल्ला, युवा÷युवतीको भिड
पोखरा, ८ चैत । रोजगारी गर्न कोरिया जाने नेपालीलाई भाषा परीक्षा (इपिएस)का लागि बिहीबारदेखि आवेदन खुला गरिएको छ । इपिएस परीक्षामा सामेल हुन चाहनेले चैत १८ गतेसम्म आवेदन दिइ सक्नु पर्ने छ। भाषा परीक्षाका लागि १८ वर्ष पुरा भइ ३९ वर्ष ननाघेको नेपाली नागरिकले आवेदन दिन सक्नेछन्। भाषा परीक्षाको आवेदन अनलाइनमार्फत् भर्ने व्यवस्था छ ।...
नेपालमा प्लाष्टिकबाट पेट्रोलियम पदार्थ उत्पादन
झापा, ८ चैत । नेपालमा नै पेट्रोलियम पदार्थको उत्पादन गर्न शुरु भएको छ । झापाको कनकाई नगरपालिकास्थित सुरुङ्गामा पेट्रोलियन पदार्थको उत्पादन गरिएको हो । प्लाष्टिकबाट पेट्रोलियम पदार्थ उत्पादन गरिएको बताइएको छ । पाइरोलाइसिस नामक यन्त्रको सहयोगबाट प्लाष्टिकबाट पेट्रोलियम पदार्थ उत्पादन गर्न सकिएको हो । जापानी संस्थासँग हातेमालो गरेर नेपालमा सो प्रविधि भित्र्याइएको छ । यो...
गिरिजा सवै नेपालीका अभिभावक ः अध्यक्ष दाहाल
काठमाडौंँ ७ चैत । जननायक गिरिजाप्रसाद कोइरालाको आठौं पुण्यतिथिमा बुधबार देशभर नै विविध कार्यक्रम गरिएको छ । बेग्लैबेग्लै कार्यक्रमहरुमा उनले आफ्नो जीवनकालमा लोकतान्त्रिक व्यवस्थाका लागि निर्वाह गरेको भुमिकाको चर्चा र प्रशंसा गरिएको थियो । यसैक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गिरिजाप्रसाद कोइराला सबै नेपालीको अभिभावक भएकाले सम्मान गर्नुपर्ने बताए । गिरिजाप्रसाद कोइराला काँग्रेस पार्टीको...
सिग्देल परिवारमा शोक
पोखरा, ७ चैत । पोखरा लेखनाथ महानगरपालिका वडा नं १३ स्थित सिग्देल परिवारमा शोक परेको छ । पृथ्वीधर सिग्देल समाजकी सदस्य मनोहरा सिग्देलको ७४ वर्षका उमेरमा निधन भएको हो। झण्डै एक वर्ष अघि देखि क्यान्सरबाट प्रभावित उनको फिष्टेल अस्पतालमा उपचारका क्रममा बुधबार निधन भएको हो । उनका तीन छोरा र चार छोरी छन्। छोरातर्फ ८...