न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

पोखराका जेष्ठ नागरिक १०४ वर्षिय गुरुङको निधन
पोखरा, १२ चैत । पोखराका जेष्ठ नागरिक योरो गुरुङको एक सय ४ वर्षको उमेरमा निधन भएको छ । पोखरा लेखनाथ महानगरपालिका वडा नं १२ माटेपानी निवासी गुरुङको सोमबार निधन भएको हो । पोखराको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको थियो । उनको पार्थिव शरिर मङ्गलबार मादी – १ सिक्लेसको प्लिच्कुमा अन्त्येष्टी गरिने छ ।...
पोखरा – २ मा पोते तथा क्रिष्टलका गरगहना बनाउने तालिम
पोखरा, १२ चैत । पोखरा लेखनाथ महानगरपालिका वडा नं २ कार्यालयले आयोजना गरेको एक हप्ते पोते तथा क्रिष्टलका गरगहना बनाउने तालिम सोमबार सकिएको छ। वडास्तरीय सामाजिक विकासको आर्थिक सहयोगमा आयोजित तालिममा २३ जना महिला सहभागि थिए । महिलाहरुलाई आत्मनिर्भर बनाउनका लागि सो तालिम आयोजना गरिएको हो । तालिम समापनमा सहभागिलाई प्रमाणपत्र वितरणगर्दै पोखरा लेखनाथ महानगरपालिका...
नागबेली टोल विकास संस्थाको अध्यक्षमा गिरीको निरन्तरता
पोखरा, १२ चैत । पोखरा लेखनाथ महानगरपालिका वडा नं ८ स्थित नागबेली टोल विकास संस्थाको छैटो साधारणसभा तथा तेस्रो अधिवेशनले पुन शारदा गिरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा गिता पौडेल, सचिवमा खेमराज गिरी, कोषाध्यक्षमा करुणा श्रेष्ठ, सहसचिवमा ई.आनन्द सापकोटा छन्। सदस्यमा अनिल गुरुङ, लइनबहादुर गुरुङ, जमुना पौडेल, बुद्विलाल श्रेष्ठ, अल्पना श्रेष्ठ,...
सवै जिल्लामा चैत्र १४ गते ट्रेड युनियन काँग्रेसको अधिवेशन
पोखरा, १२ चैत ।नेपाल ट्रेड युनियन काँग्रेसको जिल्ला अधिवेशन देशभर चैत १४ मा हुने भएको छ । नेपाली काँग्रेस पार्टीका शुभेच्छुक संस्था मजदुरहरुको संगठन नेपाल ट्रेड युनियन काँग्रेसले जिल्लामा आवद्ध प्रतिष्ठानको सहभागितामा अधिवेशनको तयारी गरेको हो । नेपाल ट्रेड युनियन काँग्रेस कास्कीले चैत १४ गते बुधबार होटल दीप सागर सिटी पाटी प्यालेस न्युरोडमा छैटौं जिल्ला...
उपभोत्ता ठग्र्ने दुई हजार बढी कारवाहीमा
काठमाडौँ, ११ चैत । अनियमित नापतौल तथा नाप्ने तौलने यन्त्र प्रयोग गरी उपभोत्ता ठग्ने गरेको पाइएको छ । यसरी ठगी गर्ने दुई हजार एक सय ३६ व्यापारीलाई नेपाल गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालयल कारवाही गरेको छ । कार्यालयले चालू आर्थिक वर्षको आठ महिनामा अनियमित रूपमा नापतौल गर्दै आएका व्यापारीलाई कारवाही गरेको कार्यालयका प्रमुख शशिभूषण यादवले...
नेपाल ज्योतिष परिषद् प्रदेश नम्बर ४ को अध्यक्षमा कोइराला
पोखरा, ११ चैत । नेपाल ज्योतिष परिषद् प्रदेश नम्बर ४ को प्रथम अधिवेशनले रामप्रसाद कोइरालाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। समितिको बरिष्ठ उपाध्यक्षमा दुर्गादत्त शर्मा आचार्य, उपाध्यक्षमा मोहराज ढकाल, टेकनारायण शर्मा, शान्ति श्रेष्ठ, भिमनाथ कुइकेल, महासचिवमा ज्यो.कमल पौडेल शास्त्री , उपमहासचिवमा देवीप्रसाद रेग्मी, नारायणप्रसाद पौडेल, कृष्णकान्त काफ्ले, सचिवमा विजय दोरङ्गा, कोषाध्यक्षमा तोयनाथ आचार्य,सहकोषाध्यक्षमा गोविन्द...
भिषण आगलागी, नियन्त्रणको प्रयास
पोखरा, ११ चैत । कास्कीको अन्नपूर्ण गाउँपालिका सेराचौरस्थित सौरेनीमा भिषण आगलागी भएको छ । भीरमा रहेको जङ्गलमा आगलागी भएको हो । नियन्त्रणका लागि स्थानीयबासिन्दा र प्रहरी जुटेका छन्। आगलागीका कारण नजिकैको बस्ती समेत जोखिममा परेको स्थानीयको भनाइ छ। आगलागीको कारण खुलेको छैन । त्यसस्थानमा वर्षेनी आगलागीको समस्या भैरहेको बताइएको छ। फोटोहरु ः यादवराज अधिकारीको फेसबुकबाट
बाग्लुङको निसिखोलामा बृहत्त स्वास्थ्य शिविर
पोखरा, ११ चैत । बाग्लुङको निसिखोला गाउँपालिका वडा नं २ देवीस्थानमा बृहत्त स्वास्थ शिविर गरिएको छ । कर्म फ्लाइट फाउण्डेशन नेपाल र नेपाल – इजको सहयोगमा दुई दिनसम्म गरिएको सो शिविरबाट ६ सय ५२ जना लाभान्वित भएका छन् । शिविर उद्घाटनगर्दै निसिखोला गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेलले आफ्नो गाउँमा स्वास्थ्य शिविर गरिदिएको खुशी व्यक्त गरे ।...
चकलेटको मुल्य १० लाख, कस्तो होला त्यो चकलेट ?
संसारमा महँगो चिजवस्तु किन्न चाहनेका लागि पैसा खर्च गर्ने ठाउँको अभाव छैन । दुनियाँमा एउटा यस्तो चकलेट उत्पादन भएको छ जसको मूल्य झण्डै १० लाख रुपैयाँ पर्दछ । पोर्चुगलको ओबिडोसमा भएको चकलेट मेलामा दुनियाँकै सबैभन्दा महँगो चकलेट हालै प्रदर्शन गरिएको छ । उक्त चकलेटको मूल्य ७७ सय २८ युरो अर्थात् झण्डै १० लाख रुपैयाँ तोकिएको...
मन्त्री लालबाबु पण्डितको नियत ठिक छैन – कुँवर
पोखरा, १० चैत । नेपाल ट्रेड युनियन काँग्रेसका बरिष्ठ उपाध्यक्ष रामजी कुँवरले सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको नियत ठिक नभएको टिप्पणी गरेका छन् । ट्रेड युनियनलाई कारवाही गर्छु भन्ने मन्त्री पण्डितको भनाइतर्फ संकेत गर्दै उनले त्यस्तो टिप्पणी गरेका हुन् । ट्रेड युनियनलाई व्यवस्थित गर्छु भन्नुपथ्र्याै नेपाली काँग्रेसका पूर्व आमन्त्रित केन्द्रीय सदस्य समेत रहेका नेता कुँवरले...
नेपाल यातायात मजदुर संघ प्रदेश ४ को अध्यक्षमा पन्त
पोखरा, १० चैत । नेपाल यातायात मजदुर संघ प्रदेश नं ४ को प्रथम अधिवेशनले किरणबाबु पन्तको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । अधिवेशनले उपाध्यक्षमा दिलबहादुर पराजुली, महिला उपाध्यक्षमा देवी कार्की, सचिवमा अर्जुन खनाल, सहसचिवमा ऐनबहादुर ऐर(सागर), कोषाध्यक्षमा ओमबहादुर श्रीषलाई चयन गरेको छ । समितिको सदस्यमा डिल्लिराम कोइराला, कृष्णबहादुर क्षेत्री (जीवन), गोविन्द पौडेल छन्। संघका...
फेन्सी तथा रेडिमेड व्यवसायी संघको रक्तदान
पोखरा, १० चैत । फेन्सी तथा रेडिमेड व्यवसायी संघ पोखराले शनिवार खुल्ला रक्तदान कार्यक्रम गरेको छ । ‘रक्तदान जीवनदान, जीवनदान महादान’ भन्ने मूल नाराका साथ पोखराको महेन्द्रपुलमा आयोजित कार्यक्रममा ५५ जनाले रक्तदान गरेका छन् । पोखरा उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष रविन्सन प्रजुले संघका सल्लाहाकार रामकुमार श्रेष्ठलाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रम उद्घाटन गरेका थिए...