न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

६ दिनदेखि सम्पर्क विहिन भएपछि परिवार चिन्तामा
पोखरा, ११ वैशाख । पोखरा- १४ भेडीफारामकी बालकुमारी गिरी (सीता) ६ दिनदेखि परिवारबाट सम्पर्क विहिन छिन् । दिन बित्दै जाँदा समेत उनको पत्तो नलागेपछि परिवार चिन्तामा डुबेका छन् । ४८ वर्षीया गिरी गत वैशाख ६ गते विहीबार दिउँसो घर नजिकै गलेश्वरचोकबाट महेन्द्रपुल जाने भन्दै गाडी चढेको परिवारले जनाएको छ । त्यसपछि उनी फर्किनन् । श्रीमान्...
एकपछि अर्काे दुर्घटना
गण्डक न्युज पोखरा, ११ वैशाख । सवारी चालक अनुमति पत्र नभएको युवकले एक पछि अर्को सवारी ठक्कर दिँदा आफू समेत घाईते हुन पुगेका छन् । महेन्द्रपुलबाट पृथ्वीचोक तर्फ गईरहेको ग४प ७४२५ नम्बरको स्कुटरका चालक रोशन श्रेष्ठले अगाडि गुडिरहेको ट्याक्सीलाई पछाडिबाट ठक्कर दिएका थिए । ट्याक्सी चालकले रोक्न खोज्दा खोज्दै झनै स्पीड बढाएर भागेका रोशनले रोजिना...
ध्वनी प्रदूषण गरेर संचालन गरिएका डिस्को, डान्स र दोहोरीमाथि कार्वाही : एसपी सिंह
पोखरा, १० वैशाख ः कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) अशोक सिंहले पोखराको पर्यटन क्षेत्रलाई सुरक्षित र मर्यादित बनाउन व्यवसायीसँग सहकार्य गरेर अगाडि बढ्न तयार रहेको बताए । पश्चिमाञ्चल होटल संघ पोखराले सोमबार लेकसाइडमा आयोजना गरेको सुरक्षा सम्बन्धी छलफलमा एसपी सिंहले पर्यटक र अन्य सुरक्षाका लागि पोखराका सबै होटलले सीसी टीभी क्यामेरा राख्नुपर्ने सुझाव राखे...
फेसबुक लाइभ रिपोर्टिङ गरिरहेका पत्रकारमाथि गोली प्रहार गरी हत्या
निकारागुवा, १० वैशाख । निकारागुवामा सरकारविरुद्ध हुँदै आएको प्रदर्शनको फेसबुकमा लाइभ रिपोर्टिङ गरिरहेका एक पत्रकारको हत्या भएको छ । स्थानीय पत्रकार तथा एल मेरिदिआनो कार्यक्रमका निर्देशक एन्जेल गहोनाको हत्या भएको हो । दक्षिणी क्यारेबियाली तटमा रहेको ब्लुफिल्ड्स शहरमा हत्या हुनुअघि उनी फेसबुकमा प्रत्यक्ष (लाइभ) रिपोर्टिङ गरिरहेका थिए । सामाजिक संजालमा उनले हत्या हुनुअघि तयार पारेको...
डाबाको रक्तदान
पोखरा, ९ वैशाख । नयाँ बर्ष – २०७५ को अवसरमा डु एगेन्सट ब्याड एक्सन (डाबा) क्लब पोखराले आइतबार रक्तदान कार्यक्रम गरेको छ । नेपाल रेडक्रस सोसाईटी पोखराको सहकार्यमा पोखरा बिरौटामा आयोजित कार्यक्रममा २२ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक स्वस्तिक सुवेदीले जानकारी दिए । कार्यक्रमका प्रमुख अतिथि क्षेत्रीय रक्त सञ्चार केन्द्र पोखराका बरिष्ठ प्राविधिक अधिकृत अर्जुन...
भिरबाट लडेर कार्कीको मृत्यु
पोखरा, ९ वैशाख । भिरबाट लडेर एक युवकको मृत्यु भएको छ । तनहुँको शुक्ला गण्डकी नगरपालिका वडा नं ३ बस्ने ३० वर्षिय नरेश कार्कीको मृत्यु भएको हो । कार्की मान्द्रेढुङ्गाको जंगलको भिरबाट तीन सय मिटर तल खसेको प्रहरीको भनाइ छ । उनी वैशाख ७ गतेदेखि हराइरहेका थिए । घटनाका बारेमा आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको...
पुरुषको हत्यापछि बलात्कार गर्दै रगत पिउने महिला !
यो घटना सुन्दा सबैलाई अचम्म लाग्न् सक्छ । सबै सुने अनुसार अहिलेसम्म हत्या र बलात्कारका मामिलामा प्राय पुरुषहरु नै अगाडि आउने गर्छन । तर केही महिलाहरु यति निर्दयी हुदा रैछन् की यो घटनाबाट थाहा हुन्छ ।जुन कुरा सुरुमा हरकोहीलाई विश्वासै लाग्दैन । कहिल्यै तपाई सोच्न सक्नुहुन्छ एक महिलाले पुरुषको हत्या पश्चात लाशलाई बलात्कार गर्ने र...
महिला तथा बाल कल्याण कुञ्जको फोहोरमैला व्यवस्थापन तालिम
पोखरा, ९ बैशाख । महिला तथा बाल कल्याण कुञ्ज पोखरा – १३ ले  वातावरण तथा फोहोरमैला व्यवस्थापन सम्वन्धि एक दिने तालिम गरेको छ । संस्थाका सदस्यहरुलाई वातावरणको महत्व बारे जानकारी दिई फोहोरमैला व्यवस्थापनमा प्रेरित गर्ने उदेश्यले तालिम गरिएको हो । तालिममा ५० जना सहभागि थिए । तालिममा वातावरणविद् अभयकान्त सिग्देलले सहजिकरण गरेका थिए । तालिम...
शुभकामना कपको उपाधि स्याड्डजा वालिड्ड युनाईटेडलाई
पोखरा, ७ वैशाख। हेमजा युनाईटेड पोखरा लेखनाथ – २५ हेमजाद्धारा आयोजित शुभकामना कप नकआउट फुटबल प्रतियोगिता–२०७५ को उपाधि स्याड्डजा वालिड्ड युनाईटेडले हात पारेको छ। शनिवार भएको फाइनल खेलमा अमरसिंह व्वाईज क्लबलाई ३–१ ले पराजित गर्दै स्याड्डजा वालिड्ड युनाईटेडले शुभकामना कपको उपाधि चुमेको हो । विजेतासँगै स्याड्डजा वालिड्डले नगद दुई लाख २२ हजार २ सय २२,...
स्व. अधिकारीको शोकसभा
पोखरा, ८ वैशाख । पोखरा लेखनाथ महानगरपालिका वडा नं ६ का नेपाली काँग्रेसका क्रियाशील सदस्य स्व. प्यामकुमारी अधिकारीको निधन भएको १३ औं दिनको पुण्य तिथिमा शनिवार शोकसभा गरिएको छ । शोकसभामा काँग्रेसका नेता तथा कार्यकर्ता, परिवारजन, आफन्त र शुभेच्छुकहरुको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि काँग्रेस नेतृ सरस्वती गुरुङले अग्रज नेता तथा कार्यकर्ताले...
नेवि संघ कास्कीले नेतृत्व पायो, सभापतिमा थापा
पोखरा, ८ वैशाख । नेपाली काँग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघ कास्कीमा लामो समयदेखि नेतृत्व विवाद र नेतृत्व रिक्त थियो । करिब ९ बर्षको विवाद र डेढबर्षको नेतृत्व रिक्तता अन्त्य भएको छ । शुक्रबार नेवि संघ केन्द्रले नयाँ सभापति नियुक्त गरेपछि नेविसंघ कास्कीको लामो समयको अवरोध सकिएको हो । नेविसंघ अध्यक्ष नैनसिंह महरले विकास थापालाई...
‘काँग्रेसको नीति तथा सिद्वान्त हार्दैन’
पोखरा, ८ वैशाख । नेपाली काँग्रेस पोखरा लेखनाथ महानगरपालिका वडा नं १५ इकाइ समितिले शनिवार शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । कार्यक्रममा कास्की काँग्रेसका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्ने नेताहरुले निर्वाचनपछिको निराशा अन्त्यगर्दै जोश, जाँगर र उत्साहका साथ अघि बढ्नु पर्नेमा जोड दिएका थिए । उनीहरुले काँग्रेसको नीति तथा सिद्वान्त कहिले...