न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

ल्होछार बिदा कटौती विरुद्ध तमु धिं नेपालले आन्दोलन गर्ने
पोखरा, २२ बैशाख । तमु जातिको नयाँ वर्ष ल्होछार बिदा कटौती विरुद्ध तमु धिं नेपाल आन्दोलित हुने भएको छ । संघर्ष गरी ल्होछारमा प्राप्त एक दिन सार्वजनिक बिदा पनि कटौती गरी तमु जातिको नयाँ वर्ष अथवा पर्वको अपमान गरेको भन्दै तमु धिं नेपालले बिदा कटौती विरुद्ध आन्दोलन गर्ने निर्णय गरेको हो। बिभेदमा पारिएको महसुस गरेका...
नेपाल लाइफको वार्षिकोत्सवमा रक्तदान
पोखरा, २२ वैशाख । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १८ औं वार्षिकोत्सवको अवसरमा पोखरा शाखा र पेशागत वीमा अभिकर्ता संघ पोखराको संयुक्त आयोजनामा खुल्ला रक्तदान गरिएको छ । कार्यक्रममा ८२ जनाले रक्तदान गरेका थिए । कार्यक्रम उद्घाटन गर्दै रक्त संचार केन्द्र क्षेत्रीय कार्यालय पोखराका प्रमुख ध्रुव लामिछानेले रक्तदान कार्यक्रम गरेर संस्थाले सामाजिक उत्तरदायित्व वहन गरेको...
सेदीमा जापानिज रेष्टुरेण्ट काशिवा संचालन
पोखरा, २१ वैशाख । पोखरा महानगरपालिका वडा नं १८ स्थित सेदीमा जापानिज रेष्टुरेण्ट संचालनमा ल्याइएको छ । पोखरा लेखनाथ महानगरपालिका वडा नं १० निवासी प्रवेश कुमार राजभण्डारीले काशिवा नामको जापानिज रेष्टुरेण्ट संचालनमा ल्याएका हुन् । रेष्टुरेण्टका लागि उनले एक करोड पचास लाख लगानी गरेका छन् । २७ वर्षसम्म जापानमा रहेर त्यहाँको परिकारलाई बुझेका राजभण्डारीले पोखरामा...
करेन्ट लागेर मृत्यु
पोखरा, २० वैशाख । करेन्ट लागेर बिहीबार स्याङ्जामा एक जनाको मृत्यु भएको छ । स्याङ्जाको हरिनाश गाउँपालिका – १ खैरिकोट बस्ने ६५ वर्षिय टुकबहादुर गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ । दाउरा काट्ने क्रममा भुईमा लत्रेको विद्युतको तार छोएपछि उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेपछि उनको घटनास्थलमा नै मृत्यु भएको हो । घटनाका बारेमा...
प्रारम्भिक शिक्षा सम्बन्धि पुस्तक वितरण
पोखरा, २० वैशाख ः नेपाल सरकार शिक्षा मन्त्रालय पाठ्यक्रम विकास केन्द्रद्वारा संचालित राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम (इजीआरपी) अन्तर्गत कास्की जिल्लाका सामुदायिक विद्यालयहरुमा निशुल्क पुस्तक वितरण कार्यक्रम बिहीबारबाट सुरु भएको छ । अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी संस्था (युएसएआईडी) को आर्थिक तथा प्राविधिक सहयोगमा यो कार्यक्रम संचालन गरिएको हो । कार्यक्रम अन्तर्गत पोखराको अमरसिंह नमुना माध्यमिक...
दुवै छोरा अपाङ्गता, लायन्स आदर्श चौतारीको सहयोग
पोखरा, १९ वैशाख। लायन्स क्लब अफ पोखरा आदर्श चौतारीले अपाङ्गता भएका एकै घरका दुई जनालाई आर्थिक सहयोग गरेको छ। क्लबले पोखरा लेखनाथ महानगरपालिका वडा १३ आर्वास्थित डिहीका एकैघरका अपाङ्गता दाजुभाइ ३१ वर्षीय क्षेत्रबहादुर नेपाली र २६ वर्षीय शिवकुमार नेपालीलाई सहयोग गरेको हो। क्लबका रिजन चेयरपर्सन बालाकृष्ण शर्मा, एक्सटेन्सन चेयरपर्सन कमल बस्नेत, चार्टर्ड प्रेसिडेण्ट बासु कोइराला...
आंशिक शिक्षकलाई प्रजातन्त्रवादी प्राध्यापक सङ्घको साथ
पोखरा, १९ वैशाख । प्रजातन्त्रवादी प्राध्यापक सङ्घ पृथ्वीनारायण क्याम्पस इकाइ समितिले आंशिक शिक्षकहरुले शुरु गरेको आन्दोलनप्रति ऐक्यवद्वता जनाएको छ । आंशिक शिक्षकलाई करारमा लैजाने निर्णयबाट वर्तमान सरकार पछि हटेकोभन्दै शिक्षकहरु आइतबारदेखि आन्दोलनमा उत्रेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले आंशिक शिक्षकलाई करारमा लैजाने निर्णय गरेपनि वर्तमान सरकार कार्यन्वयन गर्नबाट पछि हटेको विरोधमा शिक्षकहरु आन्दोलित भएका...
‘एमाले र माओवादीबीचको गठबन्धन कम्युनिष्ट नामको अवसरवादी गठबन्धन’
पोखरा, १९ वैशाख । नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापाले एमाले र माओवादीबीचको गठबन्धन कम्युनिष्ट नामको अवसरवादी गठबन्धन भएको बताएका छन् । नेपाली काँग्रेस बुटवल उपमहानगर समितिले बुधबार बुटवलमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले एमाले र माओवादीसँग कम्युनिष्ट चरित्र नै नभएको उल्लेख गरे । पूर्वमन्त्री समेत रहेका नेता थापाले अधिनायकवादी सोच बेलैमा नत्यागे ओली सरकारका...
चालकलाई पाँच मिनेट प्रशिक्षण
पोखरा, १९ वैशाख। ट्राफिक सप्ताह कार्यक्रम अन्तर्गत पोखरा लेखनाथ–१ जांैवारीमा चालकलाई पाँच मिनेट प्रशिक्षण दिइएको छ। सवारी दुर्घटना न्यूनिकरण गर्न सचेतनामुलक कार्यक्रम सहित एक हप्तासम्म ट्राफिक सप्ताह कार्यक्रमको शुभारम्भसँगै जौंवारीमा चालकलाई प्रशिक्षण दिएको ट्राफिक पोष्ट वगरका प्रमुख प्रहरी नायव निरीक्षक राजेन्द्र कार्कीले जानकारी दिए। सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा वगरका पदाधिकारी तथा सदस्य,...
धर्नामा सामाजिक परिचालक
– रञ्जन अधिकारी पोखरा, १६ वैशाख । पोखरा लेखनाथ महानगरपालिका कार्यालयको गेट बन्द छ । मान्छे मात्र आउजाउ गर्न मिल्ने सानो गेट भने खुलै छ । गेटमै कालो ब्यानर टाँसिएको छ, जसमा लेखिएको छ ‘२०७४ चैत १२ को मन्त्रिपरिषदले गरेको निर्णय कार्यान्वयन गरियोस् ।’ आइतबार मध्यान्ह महानगरपालिका गेटमा एक हुल महिला यही ब्यानर अघि चर्को...
– रञ्जन अधिकारी पोखरा, १६ वैशाख । पोखरा लेखनाथ महानगरपालिका कार्यालयको गेट बन्द छ । मान्छे मात्र आउजाउ गर्न मिल्ने सानो गेट भने खुलै छ ।  गेटमै कालो ब्यानर टाँसिएको छ, जसमा लेखिएको छ ‘२०७४ चैत १२ को मन्त्रिपरिषदले गरेको निर्णय कार्यान्वयन गरियोस् ।’ आइतबार मध्यान्ह महानगरपालिका गेटमा एक हुल महिला यही ब्यानर अघि चर्को नाराबाजी गर्दै थिए । धितालकी हिरादेवी...
युवा टोल सुधार समिति कुँडहरको रक्तदान
पोखरा, १५ वैशाख । नयाँ वर्ष – २०७५ को अवसरमा पोखरा लेखनाथ महानगरपालिका वडा नं १३ स्थित युवा टोल सुधार समिति कुँडहरले शनिवार रक्तदान गरेको छ । ‘समाज विकासमा युवाको भुमिका’ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा ६२ जनाले रक्तदान गरेका थिए । वडा प्रहरी कार्यालय रामबजारका प्रहरी निरीक्षक दिपकबहादुर केसीले पहिलो रक्तदातालाई ब्लड ब्याग...