न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

पोखरामा रगत कमी भएपछि आकस्मिक रक्तदान
पोखरा, १० वैशाख । पोखरामा रगतको कमी भएपछि बिहीबार आकस्मिक रक्तदान गरिएको छ । विभिन्न तीन वटा संस्थाले पोखराको बेग्लैबेग्लै स्थानमा आयोजना गरेको रक्तदानबाट एक सय ८३ युनिट रगत संकलन भएको छ । पोखराको रक्त संचार केन्द्रमा रगतको कमी भएपछि आकस्मिक रक्तदानका लागि आव्हान गरिएको हो केन्द्रका प्राविधिक महेन्द्र केसीले भने – ‘एक÷दुई दिन रक्तदान...
बर्लिन कार्निभलमा नेपालकोे सहभागिता
बर्लिन , १० जेठ । २२ औ कार्निभल जर्मनको राजधानी बर्लिनमा सम्पन्न भएको छ । विश्वका करिब ४० देशबाट फरक फरक समूहले आ–आफ्नो देशको नृत्य सहित कला संस्कृति प्रस्तुत गरेका थिए । हरेक वर्ष आयोजना हुने यस्तो कार्यक्रममा नेपालले भने यो सहित छैटौ पटक सहभागिता जनाईसकेको छ । नेपाली राजदुतावास बर्लिन, नेपाल टुरिजम बोर्ड र...
स्वास्थ्यकर्मी संघ कास्कीको अध्यक्षमा तिवारीको निरन्तरता
पोखरा, ८ जेठ । नेपाल स्वास्थ्यकर्मी संघ कास्कीको सातौं अधिवेशनले पुनःउदयकान्त तिवारीको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा गोपालचन्द्र बराल, राजबहादुर भण्डारी, सचिवमा सन्तोष पौडेल र कोषाध्यक्षमा नवीन खड्का छन् । यसअघि अधिवेशन उद्घाटन गर्दै नेपाल ट्रेड युनियन काँग्रेसका बरिष्ठ उपाध्यक्ष रामजी कुँवरले अधिकार प्राप्तिका लागि एकजुट हुनुपर्नेमा जोड...
सरकार मुस्लिम विरोधी भएकोभन्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र
पोखरा, ८ जेठ । नेपाल मुस्लिम संघ कास्कीले जिल्ला प्रशासन कार्यालय कास्की मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ । संघले विभिन्न ६ बुँदे माग सहितको ज्ञापनपत्र जिल्ला प्रशासन कार्यालय कास्की मार्फत प्रधानमन्त्रीलाई पठाएको हो । नेपाल मुस्लिम संघ कास्कीका अध्यक्ष हारुन खान पैठानले कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीलाई ज्ञापनपत्र बुझाएका थिए । ज्ञापनपत्रमा मुस्लिम समुदायका...
जनप्रिय टोलमा उद्घोषण तालिम सम्पन्न
पोखरा, ८ जेठ । पोखरा लेखनाथ महानगरपालिका वडा नं १० स्थित जनप्रिय आमा समूहले आयोजना गरेको पाँच दिने उद्घोषण तथा व्यक्तित्व विकास तालिम सम्पन्न भएको छ । सामाजिक अभियन्ता निर्मला कार्की भण्डारीले सहजीकरण गरेको तालिममा ६० जना सहभागी थिए । समापनमा बोल्दै प्रमुख अतिथि पोखरा लेखनाथ महानगरपालिका वडा नं १० की वडा सदस्य निशा मल्ल...
विद्यार्थी नेता थापाद्वारा विद्यार्थीलाई सहयोग
पोखरा, ७ जेठ । नेपाल विद्यार्थी संघ कास्कीका नेता सौगात थापाले आर्थिक अभावमा रहेका दुई विद्यार्थीलाई सोमबार सहयोग गरेका छन् । नेपाली काँग्रेस कास्कीका सदस्य नवीन सिग्देलको पहल तथा नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य भानु ढकालको समन्वयमा उनले विद्यार्थीलाई सहयोग गरेका हुन् । उनले पोखरा लेखनाथ महानगरपालिका वडा नं १३ स्थित भद्रकाली उच्च माविमा कक्षा...
फोहोर मैला व्यवस्थापन तालिम सम्पन्न
पोखरा, ७ जेठ । पोखरा लेखनाथ महानगरपालिका वडा नं १० स्थित रामघाट आमा समूहले आयोजना गरेको फोहोर मैला व्यवस्थापन तथा कम्पोष्ट मल बनाउने तालिम  सम्पन्न भएको छ । हेरालो प्रतिष्ठानका रोशबहादुर गुरुङ र झम गुरुङले सहजीकरण गरेको तालिममा ७० जना सहभागी थिए । तालिम समापनमा कार्यक्रमका प्रमुख अतिथि पोखरा लेखनाथ महानगरपालिका वडा नं १० का...
‘युवालाई अघि सारे पार्टी शशक्त बन्छ’
पोखरा, ५ जेठ । नेपाली काँग्रेसले युवाहरुलाई प्राथमिकता दिएर अघि बढ्नु पर्नेमा पोखरामा शनिवार आयोजित कार्यक्रममा जोड दिइएको छ । अव पार्टीमा अघिल्लो पुस्तालाई सम्मान गर्ने हो, युवालाई प्राथमिकताका साथ जिम्मेवारी दिनुपर्छ वत्ताहरुले भने – ‘युवालाई अघि सार्न सके पार्टी शशक्त बन्ने छ ।’ नेपाल तरुण दल कास्कीले पोखरामा शनिवार आयोजना गरेको जनताको साथमा तरुण...
एसपीको पहिलो नजर ट्याक्सीमा
विजय नेपाल पोखरा, २ जेठ । कास्कीमा सरुवा भइ आउने नयाँ प्रहरी प्रमुख चर्चामा आउन नयाँ-नयाँ अपरेसन थालनी गर्छन् भन्ने आममानिसको धारणा छ । यस्तै भयो, जिल्ला प्रहरी प्रमुखको पद सम्हालेको २ दिनमै प्रहरी उपरीक्षक -एसपी) ओमबहादुर रानाको कार्यशैली पनि । उनको नजरमा परे-मिटरमा नगुड्ने ट्याक्सी । महानगरीय प्रहरी कार्यालय, काठमाडौंबाट सरुवा भई आएका रानाले...
नाटक ‘बितेका कुरा’ मञ्चन हुँदै
पोखरा, २ जेठ । गैह्रापाटनमा रहेको पोखरा थिएटरको गन्र्धव नाटकघरमा जेठ ३ गते बिहिबारबाट नाटक ‘बितेका कुरा’ मञ्चन हुँदैछ । पोखरा थिएटरको दोस्रो प्रस्तुतीको रुपमा यो नाटक मञ्चन हुन लागेको हो । पोखरा थिएटरको पहिलो प्रस्तुतीमा नाटक सिरुमारानी मञ्चन भएको थियो । पहिलो नाटकमा जस्तै दर्शकको माया पाउने थिएटरको अपेक्षा छ । नाटकमा पुराना रंगकर्मी...
पैसाको राजनीतिले पार्टीलाइ धराशयी बनायो – वरिष्ठ नेता
कालिकोट, १ जेठ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पैसाको राजनीतिले पार्टीलाई धराशयी बनाउँदै लगेको बताएका छन् । पैसा प्रवृत्तिबाट मुक्त गरेर संघर्ष, त्याग, सिद्धान्त र योगदानका आधारमा काँग्रेस जस्तो लोकतान्त्रिक पार्टीलाई नयाँ जीवन र उर्जा दिनुपर्ने उनको भनाइ छ । उनले युवा पुस्ता र आधुनिक समयको जनताको चाहना अनुसारका कार्यक्रम र नीति पार्टीले...
पोखरामा दुई ठाउँमा बम
पोखरा, ३० वैशाख । नेत्र विक्रम चन्द विप्लवको नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टीले नेपाल बन्दमा गरेको बम आक्रमण र आगजनीले जनजीवन प्रभावित भएको छ। ठाउँठाउँमा बम आक्रमण र आगजनी गरेपछि स्थानियहरुमा त्रसित भएका छन्।  पोखराको दुई ठाउँमा बम फेला परेको छ । आइतवार विहान पोखरा लेखनाथ महानगरपालिका २९ सैनिक वस्तीमा समेत नेकपाका कार्यकर्ताहरुले बम राखेका...