न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

पोखरा – २ मा वडा भेला
पोखरा, २६ जेठ । पोखरा लेखनाथ महानगरपालिका वडा नं २ को शनिवार वडा भेला भएको छ । भेलामा वडाको तर्फबाट आर्थिक वर्ष ०७४÷०७५ को प्रगति प्रस्तुत गरिएको थियो भने आर्थिक वर्ष ०७५÷०७६ को योजनाका बारेमा छलफल भएको थियो। कार्यक्रममा वडाध्यक्ष रामेश्वर मल्लले आर्थिक वर्ष ०७४÷०७५ मा वडामा भएका विकास निर्माण सम्वन्धी गतिविधि बारे जानकारी गराएका...
काँहुखोला तीन अञ्चुरे टोलको अध्यक्षमा बराल
पोखरा, २७ जेठ । काँहुखोला तीन अञ्चुरे टोल विकास संस्था पोखरा – १३ को शनिवार सम्पन्न पाँचौ अधिवेशन तथा नवौं साधारणसभाले बलबहादुर बरालको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्ष विष्णुदेवी अधिकारी, सचिवमा बसन्तराज बराल, सहसचिवमा पुरुषोत्तम सापकोटा, कोषाध्यक्षमा कमल खनाल छन्। समितिको सदस्यमा लक्षिन गुरुङ, चन्द्रकुमारी गुरुङ, निरा नेपाली, पिनकुमारी गुरुङ...
मेलानको वार्षिकोत्सवमा रक्तदान, अधिक रक्तदाता महिला
पोखरा, २७ जेठ । मेडिकल ल्यावोरेटरी एशोसियशन अफ नेपाल (मेलान)को १३ औ स्थापना दिवसको अवसरमा पोखरामा शनिवार रक्तदान गरिएको छ । मेलान चार नम्बर प्रदेशले पोखराको महेन्द्रपुलमा आयोजना गरेको कार्यक्रममा ६८ जनाले रक्तदान गरेका थिए । कार्यक्रममा रक्तदान गर्नेमा महिलाको संख्यामा अधिक रहेको थियो । रक्तदान शुभारम्भ गर्दै सामाजिक विकास मन्त्री नरदेवी पुनले सामाजिक कार्यबाट...
कास्की काँग्रेसद्वारा मुख्यमन्त्रीलाई ज्ञापनपत्र पेश
पोखरा, २५ जेठ । नेपाली काँग्रेस कास्कीले शुक्रबार चार नम्बर प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई ज्ञापनपत्र बुझाएको छ । सरकारले पोखरामा क्षेत्रीय अन्र्तराष्ट्रिय विमानस्थल बन्न नदिन षडयन्त्र गरेकोभन्दै त्यसतर्फ ध्यानाकर्षण गराउन कास्की काँग्रेसले ज्ञापनपत्र बुझाएको जिल्ला सदस्य नवीन सिग्देलले जानकारी दिए । कास्की काँग्रेसका सभापति कृष्ण केसीको नेतृत्वमा गएको टोलीले ज्ञापनपत्र बुझाएको थियो । ज्ञापनपत्र बुझाउन...
महिला तथा बाल उत्थान मञ्चको तालिम
पोखरा, २५ जेठ । पोखरा लेखनाथ महानगरपालिका वडा नं १३ स्थित महिला तथा बाल उत्थान मञ्चले आयोजना गरेकोे सितारा भर्ने (बुटिक) तालिम सम्पन्न भएको छ । पोखरा लेखनाथ महानगरपालिका वडा नं १३ को सहयोगमा आयोजित तालिममा ३५ जना महिला सहभागी थिए । महिलाहरुलाई आत्मनिर्भर बनाउने उदेश्यले तालिम आयोजना गरिएको हो । तालिम समापनमा वडा नं...
सरकारले पोखरामा विमानस्थल बन्न नदिने षडयन्त्र गरेकोभन्दै कास्की काँग्रेसको आपत्ति
पोखरा, २४ जेठ । नेपाली काँग्रेस कास्कीले सरकारले पोखरामा क्षेत्रीय अन्र्तराष्ट्रिय विमानस्थल बन्न नदिन षडयन्त्र गरेकोभन्दै गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । विमानस्थल निर्माण कार्य १५ प्रतिशतभन्दा बढी सम्पन्न भइसकेको अवस्थामा विज्ञ समितिको प्रतिवेदनले विमानस्थल उडानका लागि योग्य नरहेको भन्नु पोखरामा विमानस्थल बन्न नदिने षडयन्त्र भएकोभन्दै खेद प्रकट गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक...
विमलालाई पश्चिमाञ्चलको सम्मान
पोखरा, जेठ २३ । वर्षको उत्कृष्ट महिला खेलकुद अवार्ड जितेकी विमला नेपालीलाई गैह्रापाटनको पश्चिमाञ्चल माविले बुधबार सम्मान गरेको छ । पश्चिमाञ्चलबाट १२ कक्षाको परीक्षा दिएकी नेपालीले खेल क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै विद्यालयले सम्मान गरेको हो । नेपालीले अघिल्लो साता खेलकुद पत्रकार मञ्च कास्कीले स्थापना गरेको स्पोर्टस अवार्डको तेश्रो संस्करणको उत्कृष्ट महिलातर्फको विधाको उपाधि हात...
पोखरा – १३ मा सचेतनामूलक ¥याली
पोखरा, २३ जेठ । विश्व वातावरण दिवसको अवसरमा पोखरा लेखनाथ महानगरपालिका वडा नं १३ स्थित महिला तथा बाल कल्याण कुञ्जले मङ्गलबार सचेतनामूलक ¥याली गरेको छ । पोखरा – १३ गोलचौताराबाट शुरु भएको याली गौडाकोमुख, बाझापाटनहुदै काँहुखोला पुगेको थियो । ¥यालीमा सरसफाईमा पुगोस् ध्यान, यहि हो हाम्रो अभियान, फोहोरलाई मोहरमा बदलौं, गाडी आउँछ दैलोमा फोहोर राखौं...
रात्रीकालिन चेकिङमा कास्की प्रहरी प्रमुख
गिता राना मगर पोखरा, २२ जेठ । कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओम बहादुर रानाले रातको समयमा हुने प्रहरी चेकिङलाई चुस्त दुस्त बनाउनका लागी आफै फिल्डमा उत्रिएका छन् । सोमबार रातको समयमा राना आफै सवारी चेकिङ भएका स्थानमा पुगी प्रहरी जवान संगै स्वयं आफै सवारी चेकजांचमा सहभागी भए । सवारी चेकजांच संगै रानाले सवारी चालकहरु...
यस्तो हुदैछ नेल्टाको स्थापना दिवस
संस्थाको परिचयः नेपाल  पशु स्वास्थ्य सेवा प्राविधिक संघ ( NELTA ) २०७१ साल वैशाख २९ गते स्थापना भएको हो । जिल्ला पशु सेवा कार्यालय गोर्खाका पशु स्वास्थ्य प्राविधिक एंव वरिष्ठ महिला सदस्य सरुणा पोखरेलको अध्यक्षतामा भएको लोकतान्त्रिक पशु स्वास्थ्य सेवा प्राविधिकहरुको प्रारम्भिक भेलावाट नेपाली काँग्रेसका श्रम विभाग प्रमुख एंव संविधान सभा सदस्य माननीय वद्रि पाण्डे...
पोखरामा मिष्टर एण्ड मिस एसइई नेपाल – २०१८ सिजन फोर
पोखरा, २१ जेठ । गस्पेल मल्टिमिडिया प्रा.लिले पोखरामा मिष्टर एण्ड मिस एसइई नेपाल – २०१८ सिजन फोर गरेको छ । सो सौन्दर्य प्रतियोगितामा मिष्टरतर्फको उपाधी सनफ्लावर बोर्डीङ स्कुलका सचिन अधिकारी र मिसतर्फको उपाधी कास्की मोडनाइज्डकी बिन्ति गुरुङले जितेकी छन् । उपाधी बिजेताहरुले ताज, ट्रफि सहित नगद २५ हजार रुपैया पाएका छन्। मिष्टरतर्फ फष्ट रनर अप...
पार्टीलार्इ पुरानै ठाउँमा पुर्‍याउँछु : देउवा
पोखरा, १७ जेठ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलार्इ पुरानै ठाउँमा नपुर्‍याई आफूले पद नछाड्ने बताएका छन् । सभापति देउवाले सबैभन्दा ठूलो पार्टी काँग्रेसलाई फेरि विशाल बनाएर मात्रै आफूले विश्राम लिने बताए । नेपाली काँग्रेस कास्कीको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले समानुपातिक नतिजाबाट पार्टीसानो नभएको प्रमाणित भएको भन्दै घात अन्तर्घातका साथै बाम एकताले समेत असर परेको बताए ।...