न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

फेशन अवार्ड नेपाल र पोखरा फेशन विक हुने
पोखरा, २९ जेठ । पोखरामा फेशन अवार्ड नेपाल हुने भएको छ । विश्वका विकसित देशहरुमा हुने यस्तो फेशन अवार्ड नेपालमा भने पहिलो पटक हुन लागेको हो । ट्रेनर नेपालको आयोजना तथा इभेण्ट्स फर यु डिजाइनर्स क्लबको सहकार्यमा कार्यक्रम हुनेछ । असार २८, २९ र ३० गते हुने कार्यक्रमको तयारी शुरु भएको छ । कार्यक्रम पोखरा...
तरुण दलद्वारा सरकारको आलोचना
पोखरा, २८ जेठ । नेपाल तरुण दल कास्कीले मनोमानी रुपमा काम गरेको भन्दै सरकारको आलोचना गरेको छ । तरुण दल कास्कीले कास्कीका सवै तहका तरुण दल इकाइसँग सोमबार गरेको सामुहिक बैठकले सरकारको आलोचना गरेको हो । पोखरामा बन्न लागेको क्षेत्रीय अन्र्तराष्ट्रिय विमानस्थ बन्न नदिन सरकारले षडयन्त्र गरेको र पटक÷पटक पेट्रोलियम पदार्थको मूल्य बृद्वि गरेकोभन्दै सरकारको...
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी आन्दोलनमा
पोखरा, २८ जेठ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी आइतबारदेखी आन्दोलनमा उत्रेका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान कर्मचारी युनियनको आव्हानमा अस्पताल सुधार तथा आफ्ना पेशागत माग सहित कर्मचारीहरु आन्दोलित भएका हुन् । आन्दोलन स्वरुप आइतबार कर्मचारीहरुले हातमा कालोपट्टि बाँधेर काम गरेका छन् । सोमबार र मङ्गलबार पनि हातमा कालोपट्टि बाँधेर काम गर्ने र बुधबार,...
आदिवासी जनजाति संघ चार नम्बर प्रदेशको अध्यक्षमा जितबहादुर
पोखरा, २७ जेठ । नेपाल आदिवासी जनजाति संघ चार नम्बर प्रदेशको पोखरामा आइतबार सम्पन्न प्रथम भेलाले कास्कीका जितबहादुर गुरुङको अध्यक्षतामा प्रदेश समिति गठन गरेको छ । समितिको सदस्यहरुमा धु्रव घले (कास्की), गौमति थापा मगर (कास्की), खेम गुरुङ (कास्की), नेमबहादुर राना (स्याङ्जा), लिलबहादुर राना (स्याङ्जा), इन्द्रबहादुर आले (तनहुँ), गमप्रसाद तमु (लमजुङ), कृष्ण गुरुङ (पर्वत), युवराज अर्मजा...
पोखरा – २ मा वडा भेला
पोखरा, २६ जेठ । पोखरा लेखनाथ महानगरपालिका वडा नं २ को शनिवार वडा भेला भएको छ । भेलामा वडाको तर्फबाट आर्थिक वर्ष ०७४÷०७५ को प्रगति प्रस्तुत गरिएको थियो भने आर्थिक वर्ष ०७५÷०७६ को योजनाका बारेमा छलफल भएको थियो। कार्यक्रममा वडाध्यक्ष रामेश्वर मल्लले आर्थिक वर्ष ०७४÷०७५ मा वडामा भएका विकास निर्माण सम्वन्धी गतिविधि बारे जानकारी गराएका...
काँहुखोला तीन अञ्चुरे टोलको अध्यक्षमा बराल
पोखरा, २७ जेठ । काँहुखोला तीन अञ्चुरे टोल विकास संस्था पोखरा – १३ को शनिवार सम्पन्न पाँचौ अधिवेशन तथा नवौं साधारणसभाले बलबहादुर बरालको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्ष विष्णुदेवी अधिकारी, सचिवमा बसन्तराज बराल, सहसचिवमा पुरुषोत्तम सापकोटा, कोषाध्यक्षमा कमल खनाल छन्। समितिको सदस्यमा लक्षिन गुरुङ, चन्द्रकुमारी गुरुङ, निरा नेपाली, पिनकुमारी गुरुङ...
मेलानको वार्षिकोत्सवमा रक्तदान, अधिक रक्तदाता महिला
पोखरा, २७ जेठ । मेडिकल ल्यावोरेटरी एशोसियशन अफ नेपाल (मेलान)को १३ औ स्थापना दिवसको अवसरमा पोखरामा शनिवार रक्तदान गरिएको छ । मेलान चार नम्बर प्रदेशले पोखराको महेन्द्रपुलमा आयोजना गरेको कार्यक्रममा ६८ जनाले रक्तदान गरेका थिए । कार्यक्रममा रक्तदान गर्नेमा महिलाको संख्यामा अधिक रहेको थियो । रक्तदान शुभारम्भ गर्दै सामाजिक विकास मन्त्री नरदेवी पुनले सामाजिक कार्यबाट...
कास्की काँग्रेसद्वारा मुख्यमन्त्रीलाई ज्ञापनपत्र पेश
पोखरा, २५ जेठ । नेपाली काँग्रेस कास्कीले शुक्रबार चार नम्बर प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई ज्ञापनपत्र बुझाएको छ । सरकारले पोखरामा क्षेत्रीय अन्र्तराष्ट्रिय विमानस्थल बन्न नदिन षडयन्त्र गरेकोभन्दै त्यसतर्फ ध्यानाकर्षण गराउन कास्की काँग्रेसले ज्ञापनपत्र बुझाएको जिल्ला सदस्य नवीन सिग्देलले जानकारी दिए । कास्की काँग्रेसका सभापति कृष्ण केसीको नेतृत्वमा गएको टोलीले ज्ञापनपत्र बुझाएको थियो । ज्ञापनपत्र बुझाउन...
महिला तथा बाल उत्थान मञ्चको तालिम
पोखरा, २५ जेठ । पोखरा लेखनाथ महानगरपालिका वडा नं १३ स्थित महिला तथा बाल उत्थान मञ्चले आयोजना गरेकोे सितारा भर्ने (बुटिक) तालिम सम्पन्न भएको छ । पोखरा लेखनाथ महानगरपालिका वडा नं १३ को सहयोगमा आयोजित तालिममा ३५ जना महिला सहभागी थिए । महिलाहरुलाई आत्मनिर्भर बनाउने उदेश्यले तालिम आयोजना गरिएको हो । तालिम समापनमा वडा नं...
सरकारले पोखरामा विमानस्थल बन्न नदिने षडयन्त्र गरेकोभन्दै कास्की काँग्रेसको आपत्ति
पोखरा, २४ जेठ । नेपाली काँग्रेस कास्कीले सरकारले पोखरामा क्षेत्रीय अन्र्तराष्ट्रिय विमानस्थल बन्न नदिन षडयन्त्र गरेकोभन्दै गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । विमानस्थल निर्माण कार्य १५ प्रतिशतभन्दा बढी सम्पन्न भइसकेको अवस्थामा विज्ञ समितिको प्रतिवेदनले विमानस्थल उडानका लागि योग्य नरहेको भन्नु पोखरामा विमानस्थल बन्न नदिने षडयन्त्र भएकोभन्दै खेद प्रकट गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक...
विमलालाई पश्चिमाञ्चलको सम्मान
पोखरा, जेठ २३ । वर्षको उत्कृष्ट महिला खेलकुद अवार्ड जितेकी विमला नेपालीलाई गैह्रापाटनको पश्चिमाञ्चल माविले बुधबार सम्मान गरेको छ । पश्चिमाञ्चलबाट १२ कक्षाको परीक्षा दिएकी नेपालीले खेल क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै विद्यालयले सम्मान गरेको हो । नेपालीले अघिल्लो साता खेलकुद पत्रकार मञ्च कास्कीले स्थापना गरेको स्पोर्टस अवार्डको तेश्रो संस्करणको उत्कृष्ट महिलातर्फको विधाको उपाधि हात...
पोखरा – १३ मा सचेतनामूलक ¥याली
पोखरा, २३ जेठ । विश्व वातावरण दिवसको अवसरमा पोखरा लेखनाथ महानगरपालिका वडा नं १३ स्थित महिला तथा बाल कल्याण कुञ्जले मङ्गलबार सचेतनामूलक ¥याली गरेको छ । पोखरा – १३ गोलचौताराबाट शुरु भएको याली गौडाकोमुख, बाझापाटनहुदै काँहुखोला पुगेको थियो । ¥यालीमा सरसफाईमा पुगोस् ध्यान, यहि हो हाम्रो अभियान, फोहोरलाई मोहरमा बदलौं, गाडी आउँछ दैलोमा फोहोर राखौं...