न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

बिग एफएममा ७ वर्षपछि स्टेशन म्यानेजर, युवा पत्रकार रञ्जन अधिकारी निुयक्त
पोखरा, ९ असार  । पश्चिमाञ्चलकै नम्बर वान एफएम बिग एफएम १०१.२ को स्टेशन म्यानेजरमा युवा पत्रकार रञ्जन अधिकारी नियुक्त भएका छन् । पोखरा ब्रोडकास्टिङ मिडिया प्रालि.ले सात बर्षदेखि रिक्त रहेको सो पदमा अधिकारीलाई नियुक्त गरेको हो । स्टेशन म्यानेजरको जिम्मेवारी पाएका अधिकारी विगत १० वर्षदेखि पत्रकारितामा क्रियाशील छन् । २०७० देखि एफएमकै समाचार विभागमा कार्यरत...
प्राविधिक शिक्षाको ज्ञान र परामर्श दिन मेला हुने
पोखरा, ८ असार । पोखरा असार १५ र १६ गते प्राविधिक शिक्षासँग सम्वन्धित ज्ञान र परामर्श दिनका लागि मेला गरिने भएको छ । टिभिईटी करिअर फेयर – २०१८ नाम दिइएको सो मेला पोखरा सभागृहमा हुनेछ। प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद्, सूचना तथा अनुसन्धान महाशाखा, सक्षमता परियोजना तथा पोखरा प्राविधिक शिक्षालयको संयुक्त आयोजनामा सो मेला...
पोखरामा योग दिवस मनाइयो
पोखरा, ७ असार । बिहीवार २१ जुन, चौथो अन्तर्राष्ट्रिय योग दिवस । यस दिवसको अवसरमा पोखरामा विशेष कार्यक्रम आयोजना गरियो । पतञ्जली योग समिति, प्रदेश ४ समितिले त्रिदिवसीय कार्यक्रम अन्तगर्त दिवसका अवसरमा योगका प्रक्रियाहरु सम्बन्धमा वृहत प्रशिक्षण कार्यक्रम ग¥यो । सिर्जनाचोक स्थित ह्वाइटहाउस पार्टी प्यालेसमा बिहान ५ बजेदेखि साढे ६ बजेसम्म योग कार्यक्रम भएको थियो...
अखिल(क्रान्तिकारी) र अनेम संघ(क्रान्तिकारी)द्वारा प्रदर्शन
पोखरा, ७ असार । अखिल (क्रान्तिकारी) कास्की र अखिल नेपाल महिला संघ (क्रान्तिकारी) कास्कीले पोखरामा बुधबार संयुक्त रुपमा प्रदर्शन गरेका छन् । मूल्य बृद्वि, कालोबजारी, भ्रष्टाचार र महिला हिंसाको बिरोध गर्दै प्रदर्शन गरिएको हो । पोखरा पृथ्वीचोकबाट सुरु भएको र्याली चिप्लेढुङ्गा मानवअधिकार चोक पुगेर बिरोध सभामा परिणत भएको थियो । सभामा बोल्दै नेकपा गण्डक ब्युरो...
सरकारको मनोमानी विरुद्व तरुण दलको प्रदर्शन
पोखरा, ६ असार । नेपाल तरुण दलले सरकारले मूल्य बृद्विसँगै मनोमानी गरिरहेकोभन्दै सरकारको विरोधमा पोखरामा बुधबार प्रदर्शन गरेको छ । नेपाल तरुण दल पोखरा लेखनाथ महानगरसमितिले सरकार विरुद्व नाराबाजी गर्दै प्रदर्शन गरेको हो । पोखरा चिप्लेढुङ्गा स्थित नेपाली काँग्रेस कास्कीको प्राङ्गणबाट शुरु भएको प्रदर्शन महेन्द्रपुल भिमसेनचोक परिक्रमापछि वीपी चोकमा पुगेर कोण सभामा परिणत भएको थियो...
योग दिवसमा विभिन्न कार्यक्रम गरिने
पोखरा, ५ असार । जुन २१, अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा पोखरामा पनि विभिन्न कार्यक्रम गरिने भएको छ । संयुक्त राष्ट्र संघले सन् २०१४ पछि मनाउन थालेको यो दिवसमा विश्वमा विभिन्न कार्यक्रम आयोजना गरिन्छन् । चौथौं अन्तर्राष्ट्रिय योग दिवसमा प्रभातफेरि, योग प्रशिक्षण लगायतका कार्यक्रम गरिने पतञ्जली योग समिति, प्रदेश ४ समितिले जानकारी दिएको छ । मंगलबार...
ठुलाखेतको सिद्धबराह मन्दिरलाई गण्डकी फाउन्डेसनले सहयोग गर्ने
पोखरा, ५ असार । गण्डकी फाउन्डेसन प्रालिले पोखरा २३ ठुलाखेतमा रहेको सिद्ध बराह तपोवन सन्यास आश्रम माझथुमलाई सहयोग गर्ने भएको छ । मन्दिर परिषरमा भएको कार्यक्रममा प्रालिले मन्दिर मर्मतका लागि आवश्यक पर्ने रकम र संरक्षणमा सहयोग गर्ने प्रतिबद्धता गरेको हो । कार्यक्रममा प्रालिका सल्लाहकार राजेश गुरुङले मन्दिरको संरक्षणमा पूर्ण सहयोग गर्ने बताए । गुरुङले यस...
गृह मन्त्रालयको सूचनाप्रति नागरिक संगठनको ध्यानाकर्षण
पोखरा, ३ असार । नागरिक संस्थाहरुको मौलिक स्वतन्त्रतालाई संकुचन गर्ने प्रकृतिको सूचना जारी भएको भन्दै नागरिक संगठनहरुले शुक्रबार प्रमुख जिल्ला अधिकारीमार्फत गृहमन्त्री रामबहादुर थापालाई ज्ञापनपत्र पठाएका छन् । देशभरका सबै जिल्ला प्रशासन कार्यालयमार्फत गृहमन्त्रालयमा ज्ञापनपत्र पठाउने कार्यक्रम अन्र्तगत कास्कीबाट पनि ज्ञापनपत्र पठाइएको हो । गैर सरकारी संस्था महासंघका केन्द्रीय सचिव रामप्रसाद सुवेदी र कास्कीका अध्यक्ष...
असार ३ गते शैक्षिक हड्ताल
पोखरा, २ असार । अनेरास्ववियू (क्रान्तिकारी) ले असार ३ गते आइतबार देशव्यापी शैक्षिक हड्ताल घोषणा गरेको छ । नेता तथा कार्यकर्तालाई पक्राउ गरी झुट्टा मुद्वा लगाएकोभन्दै त्यसको विरुद्व शैक्षिक हड्ताल घोषणा गरेको अनेरास्ववियू(क्रान्तिकारी)ले जनाएको छ । मूल्य बृद्वि, भ्रष्टाचार, अरुण तेस्रो सम्झौता विरुद्व संघर्ष गरिरहेको अवस्थामा संगठनका केन्द्रीय कोषाध्यक्ष नरेन्द्र विक लगायतका नेता तथा कार्यकर्तालाई...
पोखरा – १४ मा ज्येष्ठ नागरिकका लागि शिविर
पोखरा, ३० जेठ । पोखरा लेखनाथ महानगरपालिका स्वास्थ्य महाशाखाले ज्येष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य शिविर गरेको छ । पोखरा लेखनाथ महानगरपालिका वडा नं १४ मा आयोजित शिविरमा दुई सय ९० जना ज्येष्ठ नागरिक लाभान्वित भएका छन् । शिविरमा स्वास्थ्यकर्मी सरिता थापा र रक्षा पोख्रेल सहितको नौ जनाको स्वास्थकर्मीको टोलीले उपचार सेवा प्रदान गरेको थियो ।...
कास्की काँग्रेसद्वारा विद्यार्थी दमनको निन्दा
पोखरा, ३० जेठ । नेपाली काँग्रेस कास्कीले नेवि संघका विद्यार्थीमाथि भएको प्रहरी दमनप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । कास्की काँग्रेसका सचिव सुदिपमोहन भट्टराईद्वारा हस्ताक्षरित विज्ञप्तिमा विद्यार्थीको शान्तिपूर्ण प्रदर्शनमा भएको प्रहरी दमनको निन्दा गरिएकोे छ । विज्ञप्तिमा शान्तिपूर्ण रुपमा प्रदर्शन गर्न पाउँने संवैधानिक अधिकारको समेत बेवास्ता गरी सरकारको निर्देशनमा भएको घटनाले सरकार सर्वसत्तावादतर्फ उन्मुख भएको...
लायन्स आदर्श चौतारीद्वारा विद्यार्थीलाई सहयोग
पोखरा, २९ जेठ । लायन्स क्लब अफ पोखरा आदर्श चौतारीले विद्यालय सपोर्ट कार्यक्रम अन्तर्गत विद्यार्थीलाई सहयोग गरेको छ । क्लबले स्याङ्जाको वालिङ नगरपालिका वडा नं ५ आरुपाटास्थित कन्या आधारभूत विद्यालयका विद्यार्थीलाई सहयोग गरेको हो । विद्यालयमा आयोजित कार्यक्रमबीच ३३ जना विद्यार्थीलाई पोशाक, झोला, जुत्ता, स्टेशनरी, खेलकुद सामग्री वितरण गरिएको थियो । करिब ७० हजार मूल्य...