न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

हेमजाका तिमिल्सिना सर्वोत्कृष्ट कृषक
पोखरा, ३२ असार। पोखरा महानगरपालिका वडा २५, हेमजाका घनश्याम तिमिल्सिना गण्डकी प्रदेशको सर्वोत्कृष्ट कृषक बन्न सफल भएका छन्। हेमजा गाई फार्म संचालन गर्दै आएका तिमिल्सिनालाई पोखरामा सोमबार ‘सर्वोत्कृष्ट कृषि उद्यमी’ बाट सम्मान गरिएको हो। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, गण्डकी प्रदेशले उनलाई नगद ५० हजार, सम्मानपत्र र दोसल्लाले सम्मान गरेको हो। गण्डकी प्रदेशका प्रमुख...
३५ विद्यामा फेशन अवार्ड वितरण
पोखरा, ३१ असार । पोखरामा आयोजना गरिएको फेशन अवार्ड नेपालमा विभिन्न ३५ विद्यामा अवार्ड वितरण गरिएको छ । फेशन स्टाइल, डिजाइनर र बुटिकका विभिन्न विद्यामा अवार्ड वितरण गरिएको हो । स्टाइल आइकन नेपाल पुरुषतर्फ प्रशान्त ताम्राकार, महिलातर्फ करिष्मा मानन्धर, मोष्ट स्टाइलिस सिङ्गर सविन राई, बेष्ट डेष्ड सिङ्गर आशिष राना ‘लाहुरे’, आउटस्टेन्डिङ कन्ट्रिब्युशन इन फेशन डिजाइनिङ...
वैदेशिक रोजगार कास्कीद्वारा आश्रमलाई सहयोग
पोखरा, ३१ असार । वैदेशिक रोजगार शाखा तथा प्रतिनिधि संरक्षण संघ कास्कीले पोखरा महानगरपालिका वडा नं १७ स्थित मानव सेवा आश्रमलाई खाद्यान्न सहयोग गरेको छ । संघले संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गरेको हो । संघले दाल, चामल, तेल, नुन, चाउचाउ र जुस गरी करिव ३७ हजार मूल्य बराबरको खाद्यान्न सामाग्रंी सहयोग गरेको हो ।...
कर्म–कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कारबाट राजबहादुर गुरुङ सम्मानित
पोखरा, २९ असार । कर्म–कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कार – २०७५ बाट पत्रकार राजबहादुर गुरुङ सम्मानित भएका छन् । पुरस्कारकी संस्थापक तमु धिं नेपालकी अध्यक्ष कर्मा गुरुङको ३९ औ वैवाहिक वर्षगांठको अवसरमा शुक्रबार सो पुरस्कार प्रदान गरिएको हो । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, तमु धिं नेपालकी अध्यक्ष कर्मा गुरुङ, आदिवासी जनजाति पत्रकार महासंघ फोनिज कास्कीका...
पोखरामा फेशनको महाकुम्भ शुरु
पोखरा, २८ असार । पोखरामा बिहीबारदेखि पोखरा फेशन विक शुरु भएको छ । पोखरा नयाँबजारस्थित प्रदर्शनी केन्द्रभित्रको डोममा शुरु भएको फेशन विक शुक्रबारसम्म चल्ने छ । ट्रेनर नेपालको आयोजना तथा इभेण्ट्स फर यु डिजाइनर्स क्लबको सहकार्यमा कार्यक्रम भएको हो । देशभरबाट फेशन डिजाइनर र मोडलहरु पोखरा आएका छन् कार्यक्रम संयोजक रवीन गुरुङले भने – ‘यो...
पोखरा फेशन विक र फेशन अवार्ड नेपालको तयारी पूरा
पोखरा, २६ असार । पोखरामा हुन लागेको पोखरा फेशन विक र फेशन अवार्ड नेपालको तयारी पूरा भएको छ । असार २८, २९ र ३० गते हुने कार्यक्रम पोखरा नयाँबजारस्थित प्रदर्शनी केन्द्रभित्रको डोममा हुनेछ । ट्रेनर नेपालको आयोजना तथा इभेण्ट्स फर यु डिजाइनर्स क्लबको सहकार्यमा कार्यक्रम हुन लागेको हो । २८ गतेदेखि फेशन विक शुरु हुने...
उपकुलपति डा. थापाको पहलमा करिब नौ लाखको निर्मल अक्षय कोष
पोखरा, २५ असार । तनहुँको शुक्लागण्डकी–३, वनकेवामा अवस्थित निर्मल आधारभूत प्राविको सहयोग र आफ्ना गुरुको सम्मानमा निर्मल अक्षय कोष निर्माण गरिएको छ । विद्यालयका पूर्व विद्यार्थी समेत रहेका पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. बुद्धि बहादुर थापाको सक्रियतामा करिव ९ लाख रुपैयाको अक्षय कोष बनाइएको हो । अक्षय कोषका लागि विद्यालयका पूर्व विद्यार्थी, समाजसेवी, शुभचिन्तक...
सृजनशीलद्वारा विद्यार्थीलाई सम्मान
पोखरा, २४ असार । पोखरा महानगरपालिका वडा नं ४ गणेशटोल स्थित सृजनशील महिला समूहले एसईई उतिर्ण विद्यार्थीलाई सम्मान गरेको छ । समूहले कृष्मा पोखरेल, आत्मनन्द पौडेल, सुप्रिया कोइराला, विजय पौडेल र प्रसन्न अधिकारीलाई सम्मान गरेको कार्यक्रम संयोजक कल्पना पौड्यालले जानकारी दिईन् । विद्यार्थीलाई सम्मान गर्दै बुढानिलकण्ठ मन्दिर संरक्षण समितिका अध्यक्ष श्याम बहादुर कोइरालाले यस्तो सम्मानले...
सच्चाई काँहुखोला शाखाद्वारा विद्यार्थीलाई सम्मान
पोखरा, २३ असार । ईश्वरीय मार्ग भजन मण्डल सच्चाई केन्द्र नेपाल शाखा काँहुखोला सच्चाई परिवार पोखरा – १३ ले शनिवार एसईई उतिर्ण विद्यार्थीहरुलाई सम्मान गरेको छ । कार्यक्रममा एसईई उतिर्ण गर्ने सच्चाई परिवारका सदस्यका २२ जना छोराछोरीलाई सम्मान गरिएको थियो । पोखरा महानगरपालिका वडा नं १३ का वडाध्यक्ष दर्शन लामा, अध्यक्ष रामजी केसी र सहउपाध्यक्ष...
बुद्व विशाल बजारको आन्तरिक फुटसल
पोखरा, २३ असार । बुद्व विशाल बजार व्यापारिक एशोसियशनले पोखरामा शनिवार चौथो आन्तरिक फुटसल प्रतियोगिता गरेको छ । खेलकुदको माध्यमबाट व्यवसायीबीच सद्भाव विकास गर्ने उदेश्यले रानीपौवा स्पोर्टस सेन्टरमा आयोजित प्रतियोगितामा आठ समूहले सहभागीता जनाएका थिए । प्रतियोगितामा सन्तोष गुरुङको समूह विजेता र शुशिल श्रेष्ठको समूह उपबिजेता बनेका छन् । ती समूहलाई ट्रफि, मेडल र प्रमाणपत्र...
कास्कीलाई अपाङ्गता मैत्री जिल्ला बनाऔं – गुरुङ
पोखरा, २१ साउन । अपाङ्गता मैत्री समाज कास्कीको प्रथम अधिवेशन तथा साधारणसभा पोखरामा बिहीबार सम्पन्न भयो । साधारणसभाले सचिव दण्डपाणि ढकालले प्रस्तुत गरेको वार्षिक र कोषाध्यक्ष चिज गिरीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरेको छ । यसअघि अधिवेशन उद्घाटन गर्दै प्रमुख अतिथि महिला नेतृ सरस्वती गुरुङले अपाङ्गता भएकालाई दया र माया नभएर नीतिगत रुपमा नै...
वीपी स्मृति दिवसमा रक्तदान गरिने
पोखरा, २० असार । नेपाली काँग्रेस कास्कीको बुधबार बैठक बसेको छ । बैठकले पार्टीका संस्थापक वीपी कोइरालाको ३६ औ स्मृति दिवसमा साउन ६ गते रक्तदान कार्यक्रम गर्ने निर्णय गरेको जिल्ला सदस्य नवीन सिग्देलले जानकारी दिए । कार्यक्रम पोखराको चिप्लेढुङ्गास्थित वीपी चोकमा हुने छ । बैठकमा यसै महिना हेटौडामा सम्पन्न जिल्ला सभापतिहरुको सम्मेलनले पारित गरेका निर्णयका...