न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

सरकारका कृयाकलाप नियन्त्रण र निषेधतर्फ – महत
पोखरा, २ भदौ । नेपाली काँग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले वर्तमान सरकार अधिनायकवादतर्फ उन्मुख रहेको औंल्याएका छन्। सरकारको नारा समृद्धि ल्याउने भएपनि कृयाकलापहरु भने नियन्त्रण र निषेधमा आधारित रहेको डा महतको ठहर थियो। ‘संपूर्ण सरकारी संरचना, सुरक्षा निकाय, कर्मचारी र स्वतन्त्र संवैधानिक न्यायलयलाई सरकारले नियन्त्रणमा लिएको छ,’ पोखरामा शुक्रबार पत्रकारहरुसंगको भेटघाटमा डा महतले सरकारलाई आरोप...
अपाङ्गता सरोकार समितिद्वारा बिउँ पूँजी वितरण
पोखरा, २६ साउन । वडास्तरीय अपाङ्गता सरोकार समिति पोखरा महानगरपालिका वडा नं ८ ले वडाभित्रका अपाङ्गता भएका पाँच जनालाई बिउँ पूँजी वितरण गरेको छ । श्रीराम आधारभुत विद्यालयमा आयोजित कार्यक्रममा समितिले कृष्ण कुँवर, कृष्ण थापा, सरिता सुवेदीलाई जनही १०÷१० हजार र मङ्गलसिंह गुरुङ र जीवन गिरीलाई पाँच हजार पाँच सय सहित जोख्ने मेशिन हस्तान्तरण गरेको...
फुटसल उपाधि आयोजक फेन्सी तथा रेडिमेड व्यवसायी संघलाई
पोखरा, २७ साउन । आयोजक फेन्सी तथा रेडिमेड व्यवसायी संघ कास्कीले दोस्रो सिक्स ‘ए’ साइड फुटसल प्रतियोगिताको उपाधि जितेको छ । रानीपौवा स्पार्टस् सेन्टरमा शनिबार भएको फाइनलमा पोखरा इलेक्ट्रोनिक्स एशोसिएसनलाई ४–१ गोलअन्तरले पराजित गर्दै आयोजकले उपाधिसहित नगद ५१ हजार, ट्रफी मेडल र प्रमाणपत्र जितेको होे । उपविजेताले ३१ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र पायो...
नगरसभापति बराललाई पितृशोक
पोखरा, २६ साउन। नेपाल महिला संघ पोखरा महानगरपालिका सभापति माया बराललाई पितृशोक परेको छ। उनका पिता टेकबहादुर कार्कीको ८५ वर्षको उमेरमा शुक्रवार बिहान ४ बजे आफ्नै निवास पोखरा २०, भलाममा निधन भएको हो। उनी लामो समयदेखि दम रोगबाट पीडित थिए। नेपाली काँ’ग्रेस क्रियाशील सदस्य तथा प्रजातन्त्र सेनानी स्व. कार्कीको शनिवार सेतीघाटमा अन्त्येष्टि गरियो। नेपाल प्रहरीले...
महिला अधिकार मञ्चमा नयाँ समिति
पोखरा, २६ साउन। राष्ट्रिय महिला अधिकार मञ्च कास्कीको पोखरामा शनिवार सम्पन्न नवौं परिषद् तथा चौथो अधिवेशनले ३ वर्षका लागि पुनः कल्पना ढकालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। समितिका उपाध्यक्षमा दुर्गा बस्नेत, सचिवमा विष्णुमाया पौडेल, कोषाध्यक्षमा शोभा आचार्य, सहसचिवमा विष्णुमाया पौडेल छन्। सदस्यमा नीरु रानाभाट, लतादेवी पौडेल, धन पौडेल, सावित्री थापा, गीता भण्डारी, सीता पौडेल,...
महिला संघको स्थापना दिवस
पोखरा, २५ साउन । नेपाल महिला संघको ७१ औं स्थापना दिवसको अवसरमा पोखरामा बिहीबार प्रशिक्षण कार्यक्रम गरिएको छ । नेपाल महिला संघ कास्कीले सामसामयिक राजनीतिक घटना क्रममा कम्युनिष्ट सरकार र महिला संघको इतिहासका विषयमा प्रशिक्षण कार्यक्रम गरेको हो । कार्यक्रममा पाँच सय जना महिला सहभागि थिए । कार्यक्रममा युवा नेता देवराज चालिसे र नेपाल महिला...
मनोज केसी प्रथम मिष्टर पोखरा
पोखरा, १९ साउन। एनएफबिफ प्रथम मिष्टर पोखरा शारीरिक सुगठन प्रतियोगिताको उपाधि पोखराका मनोज केसीले जितेका छन्। पोखरा सभागृहमा शनिबार भएको फाइनल प्रतिस्पर्धामा अन्य ३५ जना प्रतिस्पर्धीलाई उछिन्दै उनले उपाधि सहित नगद ५० हजार साथमा मेडल र ट्रफि प्राप्त गरेका छन्। कास्की बोडी बिल्डिङ एण्ड फिटनेश एशोसिएसनले स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मूलनाराका साथ...
भाडा व्यवसायी संघद्वारा शैक्षिक सामाग्री र वासएबल प्याड वितरण
पोखरा, १८ साउन । पोखरा भाडा व्यवसायी संघले पोखरामा  शैक्षिक सामाग्री र वासएबल सेनेटरी प्याड वितरण गरेको छ । संघले पोखरा – २१ कृस्ति स्थित भविष्य निर्माण माविका विद्यार्थीहरुलाई शैक्षिक सामग्री र वासएबल सेनेटरी प्याड वितरण गरेको हो । त्यस्तै, संघले विद्यालयलाई एक÷एक थान भलिबल र बास्केटबल सहित नेट सहयोग गरेको छ । संघले करिब...
आर्थिक अभाव भएपछि उपचारमा समस्या, सहयोगको आग्रह
पोखरा, १६ साउन । माछापूच्छ«ृे गाउँपालिका वडा नं २ निवासी १९ वर्षिया अस्मिता बिकले उपचारका लागि सहयोगको याचना गरेकी छन् । आर्थिक अभावका कारण उपचारमा समस्या भएपछि उनले सहयोगको याचना गरेकी हुन् । एप्लाष्टिक एनिमियाबाट प्रभाबित उनको काठमाण्डौं स्थित निजामति अस्पतालमा उपचार भैरहेको छ । उनको हड्डी भित्रको मासि प्रत्यारोपण गर्नु पर्ने अवस्था छ ।...
कास्की काँग्रेसद्वारा सरकारलाई खबरदारी गर्दै प्रदर्शन
पोखरा, १५ साउन । नेपाली काँग्रेस कास्कीले पोखरामा मङ्गलबार प्रदर्शन गरेको छ । सरकारले मनोमानी रुपमा गरिरहेको कामको खवरदारी गर्दै पोखरामा प्रदर्शन गरिएको हो । पोखराको पृथ्वीचोकबाट शुरु भएको जुलुस न्यूरोड हुदै चिप्लेढुङ्गामा पुगेर सभामा परिणत भएको जिल्ला सदस्य नवीन सिग्देलले जानकारी दिए । सभामा बोल्ने नेताहरुले सरकारको मनोमानी बन्द गरी देश र जनताको आवश्यकतामा...
रिजन ९ अन्तर्गतका क्लबको संयुक्त पदस्थापना
पोखरा, १४ साउन । लायन्स क्लब डिष्टिक ३२५ वि १ नेपाल अन्तर्गत लायन्स वर्ष २०१८÷१९ को रिजन ९ जोन १८ र १९ अन्तर्गतका क्लबहरुको संयुक्त पदस्थापना भएको छ । रिजन अन्तर्गत लायन्स क्लब अफ हेमजा, लायन्स क्लब अफ पोखरा फेवा फिस्टेल सिटी, लायन्स क्लब अफ पोखरा ग्रिन सिटी, लायन्स क्लब अफ पोखरा पिस हिमालयन सिटी,...
लायन्स र कारितासद्वारा सचेतना कार्यक्रम
पोखरा, १४ साउन । पोखरामा आइतबार रसायनिक विषादीले मानव स्वास्थ्य र पर्यावरणमा पार्ने असर बारे सचेतनामूलक कार्यक्रम गरिएको छ । लायन्स क्लब अफ पोखरा पिस टाउन र कारितास नेपाल पोखराले संयुक्त रुपमा पोखरा महानगरपालिका वडा नं ७ स्थित श्रीकृष्ण माविमा कार्यक्रम गरेकोे हो । कार्यक्रममा नाटकको माध्यमबाट विषादीले मानवस्वास्थ्य र पर्यावरणमा पार्ने असर तथा त्यसबाट...