न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

पोखराबाट महिलाहरुले भने – ‘सरकार सक्छस् न्याय दे, नसके राजीनामा दे’
पोखरा, २५ मङ्सिर । १६ दिने महिला हिंसा बिरुद्वको अभियान अन्तर्गत पोखरामा प्रदर्शन गरिएको छ । नेपाल महिला संघ क्षेत्र नं २ कास्की र नेपाल महिला संघ कास्कीले संयुक्त रुपमा प्रदर्शन गरेको हो । पोखरा चिप्लेढुङ्गास्थित नेपाली काँग्रेसको कार्यालयबाट शुरु भएको प्रदर्शन महेन्द्रपुल हुदै वीपी चोक पुगेको नेपाल महिला संघ कास्कीकी सभापति कोपिला रानाभाटले जानकारी...
लायन्स क्लब अफ पोखरा माउण्टेन भ्यू-सिटीद्वारा विद्यार्थीलाई सहयोग
पोखरा, २३ मंङ्सिर । लायन्स क्लब अफ पोखरा माउण्टेन भ्यू-सिटीले विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामाग्री वितरण गरेको छ । क्लबले पोखरा महानगरपालिका वडा नं १६ हरिपाउस्थित हरिसिद्वि आधारभूत विद्यालयका ४५ जना विद्यार्थीलाई न्यायो कपडा र शैक्षिक सामाग्री वितरण गरेको हो । विद्यार्थीलाई स्वीटरलगायत टोपी, ट्राउजर, हाइनेक, मोजा, चप्पल, कापी, पेन्सिल, इरेजर, साबुन, मन्जन, ब्रस...
फिष्टेल एकेडेमीमा रक्तदान
पोखरा, २२ मंसिर।  पोखरा १७ पार्दीस्थित फिष्टेल एकेडेमीको रजत जयन्तीको अवसरमा शनिवार रक्तदान कार्यक्रम गरिएको छ। रक्तदानसँगै विद्यालयले रजत जयन्तीका कार्यक्रम शुभारम्भ गरेको छ। रजत जयन्तीमा आयोजना गरिने अन्य कार्यक्रम क्रमशः तय गरिने विद्यालयले जनाएको छ।  विद्यालयका संस्थापक प्राचार्य चिनु रानाभाटले रजत जयन्तीसँगै विद्यालयले आफ्नो भूमिका थप फराकिलो बनाउने उल्लेख गरे। ‘अब विद्यालय परिपक्व बनेको...
सरकारलाई खबरदारी गर्दै देशभरबाट तरुण दलले पठायो ज्ञापन पत्र
पोखरा, १८ मंसिर । नेपाल तरुण दलले सोमबार देशभरबाट जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ । सरकारको पछिल्लो गतिविधिप्रति तरुण दलको ध्यानाकर्षण भएको जनाउँदै प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाइएको हो । नेपाल तरुण दल कास्कीले पनि सोमबार प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ । तरुण दल कास्कीका अध्यक्ष मनोज गुरुङले कास्कीका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढालाई ज्ञापनपत्र...
नेल्टाको दुई हप्ते तालिम
पोखरा, १४ मंसिर । नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ (नेल्टा) ले पोखरामा आयोजना गरेको दुई हप्ते पशु प्रजनन तथा कृत्रिम गर्भाधान तालिम बिहीबार सकिएको छ । पशु सेवा तालिम केन्द्र पोखराको संयोजनमा आयोजित तालिममा चितवन, सुर्खेत, बाग्लुङ, बारा, जाजरकोट, रौटहट, काभ्रे लगायतका जिल्लाका १५ जना सहभागि थिए। तालिमका सहभागिलाई प्रमाणपत्र वितरण गर्दै पूर्व कानुन...
काँग्रेसद्वारा उपचारार्थ पाण्डेलाई आर्थिक सहयोग
पोखरा, १४ मंसिर । नेपाली काँग्रेसले उपचारार्थ नेपाल विद्यार्थी संघ तनहुँ क्षेत्र नं १ का सभापति बद्रि पाण्डेलाई आर्थिक सहयोग गरेको छ । तनहुँको व्यास नगरपालिका वडा नं १२ कमलबारीका पाण्डेलाई नेपाली काँग्रेस नेपाली जनसम्पर्क समिति मकाउ, साईप्रस र क्यानडाले सहयोग गरेको हो । नेपाली काँग्रेस कास्कीको परिषरमा आयोजित कार्यक्रमबीच मकाउको तर्फबाट ४१ हजार चार...
स्वास्थ्यकर्मी संघको प्रदेश अधिवेशन तयारी
पोखरा, ११ मंसिर । नेपाल स्वास्थ्यकर्मी संघ गण्डकी प्रदेशको प्रथम अधिवेशन मंशिर १४ गते शुक्रबार पोखरामा हुने भएको छ । ‘नागरिकको स्वास्थ्यमा सहज पहुँच, मर्यादीत पेशामा सुरक्षित स्वास्थ्यकर्मी’ भन्ने मूल नाराका साथ हुन लागेको अधिवेशन पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको सभाहलमा हुने छ । अधिवेशनले २१ सदस्यीय प्रदेश कार्यसमिति गठन गर्ने छ । अधिवेशनमा ११ जिल्लाका...
भरतपोखरीमा ल्याण्डलाइन टेलिफोन माग
पोखरा, १२ मंसिर । पोखरा महानगरपालिका वडा नं ३३ भरतपोखरीमा ल्याण्डलाइन टेलिफोन सेवा माग गरिएको छ । नेपाल टेलिकम पोखरामा गएर माग बारे जानकारी गराउँदा समेत वेवास्ता गरिएको भन्दै मङ्गलबार प्रतिनिधि टोली नै गएर कार्यालयको ध्यानाकर्षण गराएको छ । राष्ट्रियसभा सदस्य बृन्दादेवी राना मगरको नेतृत्वमा भोजराज आचार्य, कृष्णप्रसाद पौडेल, माधवप्रसाद चापागाई लगायतको १२ सदस्यीय टोली...
लोकतान्त्रिक वैचारिक प्रतिष्ठान गण्डकी प्रदेशको संयोजकमा मोति
पोखरा, ९ मंसिर । लोकतान्त्रिक वैचारिक प्रतिष्ठान नेपाल गण्डकी प्रदेशको संयोजकमा मोतिराज तिमिल्सिना चयन भएका छन् । लोकतान्त्रिक वैचारिक प्रतिष्ठान नेपालको पोखरामा भएको प्रदेश स्तरीय भेलाले तिमिल्सिनालाई संयोजकमा चयन गरेको हो । गण्डकी प्रदेशमा रहेका सवै जिल्लालाई समेटेर छिट्टै नै प्रतिष्ठानलाई पूर्णता दिने गण्डकी प्रदेश संयोजक तिमिल्सिनाले बताए । यसअघि कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाली...
दोस्रो विष्णु तिमिल्सिना स्मृति सेभेन ए साइड फुटबल प्रतियोगिता हुने
पोखरा, ९ मंसीर । विष्णुपादुका क्लब हेमजाको आयोजनामा दोस्रो विष्णु तिमिल्सिना स्मृति सेभेन ए साइड फुटबल प्रतियोगिता हुने भएको छ । विष्णु पादुका फुटबल एकेडेमीको सहयोगार्थमा हुने उक्त प्रतियोगिता पुस ७ देखि १४ गते सम्म सञ्चालन हुने छ । प्रतियोगिता सफल बनाउनका लागि हेमजामा भएको एक भेलाले विष्णुपादुका क्लबका सल्लाहकार जगतबहादुर थापाको संयोजकत्वमा मुल आयोजक...
बुद्व विशाल बजारको उपहार योजना नतिजा सार्वजनीक
पोखरा, ८ मंसिर । पोखराको बुद्व विशाल बजार व्यापारिक एशोसियशनले चाडपर्वलाई लक्षित गरी उपभोत्ताका लागि संचालन गरेको उपहार योजना नतिजा शनिवार सार्वजनीक गरेको छ । ‘दशैं तिहार उपहार, नगदै नगद बहार’ भन्ने मूल नाराका साथ अघि सारिएको यो उपहार योजना भदौ १६ गते आईतबारदेखि लागु भएको थियो । यो योजनाबाट २० जना उपभोत्ता लाभान्वित भएका छन्...
कास्की काँग्रेसमा जिल्ला सदस्य र आमन्त्रित जिल्ला सदस्य मनोनयन
पोखरा, ५ मंसिर । नेपाली काँगेस कास्कीमा बुधबार ६ जना जिल्ला सदस्य र पाँच जना आमन्त्रित जिल्ला सदस्य मनोनित गरिएको छ । कास्की काँग्रेसका सभापति कृष्ण केसीले पार्टीको विद्यानमा रही गरेको मनोनयन बुधबारको जिल्ला कार्य समिति बैठकले अनुमोदन गरेको जिल्ला सदस्य नवीन सिग्देलले जानकारी दिए । जिल्ला सदस्य मनोनित हुनेहरुमा युवराज कुँवर, राजेन्द्रमणि लामिछाने, मुकुन्द...