न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

पोखरामा प्रदेशस्तरीय बेटी सम्मेलन
पोखरा, २ माघ । मूलधार महिला सेवा केन्द्र(मासवेस) उदयपुरको आयोजनामा पोखरामा मङ्गलबार प्रदेशस्तरीय बेटी सम्मेलन भएको छ । ‘सहन नपरोस् हिंसा र दुव्र्यवहार, स्वास्थ्य र शिक्षालाई बनाऔं चेलीबेटी शशक्तिकरणको हतियार’ भन्ने मूल नाराका साथ सम्मेलन गरिएको हो । नेपाल परिवार नियोजन संघ कास्कीको सहयोगमा आयोजित सम्मेलनमा ५५ जनाको सहभागिता रहेको थियो । सम्मेलन उद्घाटन गर्दै...
युनियन संघले सम्मान तथा प्रशिक्षण गर्ने
पोखरा, १ माघ । नेपाल निजामति कर्मचारी युनियन संघ गण्डकीले पोखरामा माघ ५ गते सम्मान तथा प्रशिक्षण कार्यक्रम गर्ने भएको छ । नेपाल स्वास्थ्यकर्मी संघ गण्डकी, नेपाल निजामति कर्मचारी युनियन संघ कास्की र नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ (नेल्टा) को व्यवस्थापनमा कार्यक्रम हुन लागेको हो । कार्यक्रम पोखरा लेकसाइडस्थित कोमागाने पार्कमा हुने छ ।...
पोखरामा नेवि संघको भ्रष्टाचार विरोधी अभियान
पोखरा, २३ पुस । नेपाल विद्यार्थी संघका विद्यार्थीले पोखरामा सोमबार भ्रष्टाचार विरोधी अभियान संचालन गरेका छन् । पोखराको पृथ्वीनारायण क्याम्पसबाट शुरु भएको अभियान सोमबार वीपी चोक, शहिदचोक, एयरपोर्ट, तालचोक र पोखरा विश्वविद्यालयमा संचालन गरियो । ती स्थानहरुमा सरकारको विरोध गर्दै भ्रष्टाचारीलाई प्रवेश निषेध लेखिएको कालो व्यानर टाँसिएको छ । नेपाली काँग्रेस महासमिति सदस्य गुरु बरालले...
प्रेस युनियन राष्ट्रिय पत्रकारिता पुरस्कार कविर र समिरलाई
पोखरा २० पुस । नेपाल प्रेस युनियन कास्कीले स्थापना गरेको प्रेस युनियन राष्ट्रिय पत्रकारिता पुरस्कार यस वर्ष अग्रज पत्रकार कविर राणा र समिर जंग शाहलाई प्रदान गरिने भएको छ । पुरस्कार योग्य प्रतिभा छनोट समितिको बैठकको निर्णयलाई युनियनको कास्की शाखाको शुक्रबारको बैठकले सर्वसम्मत रुपमा अनुमोदन गरेको हो । पुरस्कारको राशि ३५ हजार पाँच सय ५५...
लक्ष्मी स्मृति पुरस्कारबाट उपकुलपति गुरुङ पुरस्कृत
पोखरा, २० पुस । यसपटकको लक्ष्मी सिग्देल स्मृति पुरस्कारबाट नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङलाई पुरस्कृत गरिएको छ । पोखरामा शुक्रबार आयोजित कार्यक्रमबीच गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवर, पृथ्वीधर सिग्देल समाजका अध्यक्ष कृष्णप्रसाद सिग्देल र पुरस्कार संस्थापक शरदकान्त सिग्देलले उनलाई सो पुरस्कारबाट सम्मान गरेका हुन् । पुरस्कारको राशि नगद ३० हजार पाँच सय ५५...
उपकुलपति गुरुङलाई लक्ष्मी स्मृति पुरस्कार
पोखरा, १६ पुस । यसपटकको लक्ष्मी स्मृति पुरस्कारबाट नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङलाई सम्मान गरिने भएको छ । प्रा. तारा बरालको संयोजकत्वमा गठित प्रतिभा छनोट समितिले उनलाई सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । समितिको सदस्यमा सहप्राध्यापक रामगोपाल ढेवाजु र बरिष्ठ पत्रकार रवीन्द्र बास्तोला सदस्य थिए । पुरस्कारको राशी नगद ३० हजार...
मेलमिलाप दिवसमा प्रवचन
पोखरा, १५ पुस । ४३ औं राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा पोखरामा पुस १६ गते कार्यक्रम गरिने भएको छ । कास्की काँग्रेसले पार्टी कार्यालय चिप्लेढुङ्गामा प्रवचन कार्यक्रम गर्न लागेको जिल्ला सदस्य नवीन सिग्देलले जानकारी दिए । कार्यक्रमको तयारी पूरा भएको छ । कास्की काँग्रेसका सभापति कृष्ण केसीका अनुसार, पार्टीका उपसभापति विजयकुमार गच्छादारको प्रमुख आतिथ्यतामा कार्यक्रम हुन...
चिसापानी क्लबको पहलमा मृगौला रोगीलाई आर्थिक सहयोग
पोखरा, ९ पुस । पोखरा महानगरपालिका वडा नं १३ चिसापानी टोल निवासी मृगौला रोगी २५ वर्षिय भक्तबहादुर गुरुङलाई आर्थिक सहयोग गरिएको छ । चिसापानी युवा क्लबको पहलमा उनलाई तीन लाख ३६ हजार ६ सय पाँच रुपैया आर्थिक सहयोग गरिएको हो । क्लबले देश÷विदेशमा रहेका ४५ जनाबाट सो रकम संकलन गरेको हो । भक्तबहादुर विगत तीन...
सुरजलाई आर्थिक सहयोग
पोखरा, १ पुस । आर्थिक अभावमा रहेका प्यारालाईसिस बिरामी गोरखा धार्चे गाउँपालिका वडा नं ५ का ११ वर्षिय सुरज गुरुङको उपचारार्थ आर्थिक सहयोग गरिएको छ । गोरखा जिल्ला गुरुङ समाज युकेले उनलाई एक लाख ७१ हजार नौ सय ३० रुपैया आर्थिक सहयोग गरेको हो । समाजसेवी टेकबहादुर गुरुङको पहलमा समाजले उनलाई सहयोग उपलब्ध गराएको बताइएको...
तरुण दल कास्कीको उपसभापतिमा गुरुङ
पोखरा, १ पुस । नेपाल तरुण दल कास्कीको उपसभापतिमा दिपक गुरुङ (माइला)लाई मनोनयन गरिएको छ । तरुण दल कास्कीको आइतबार सम्पन्न बैठकले गुरुङलाई उपसभापतिमा मनोनयन गरेको हो । बैठकमा तरुण दल कास्कीका अध्यक्ष मनोज गुरुङले उपसभापतिमा दिपक गुरुङलाई गरेको प्रस्ताव सर्वसम्मत पारित गरेको थियो । पोखरा महानगरपालिका वडा नं १३ निवासी गुरुङ साविकको नेपाल तरुण...
पश्चिमाञ्चल गौरव पुरस्कार महावीर पुनलाई, राष्ट्रिय आविष्कार केन्द्रलाई एक लाख
पोखरा, मंसिर २९ । गैह्रापाटनस्थित पश्चिमाञ्चल माविले राष्ट्रिय आविष्कार केन्द्रलाई एकलाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । त्यस्तै विद्यालयले हरेक दुई–दुईवर्षमा प्रदान गर्ने पश्चिमाञ्चल गौरव पुरस्कार केन्द्रका अभियन्ता महावीर पुनलाई प्रदान गरेको छ । आविष्कार केन्द्र स्थापनामा थोरै भएपनि योगदान दिनका लागि सहयोग गरेको विद्यालयले बताएको छ । विज्ञान र प्रविधिमा विशेष योगदान दिएको भन्दै...
जिआईएस तालिम सकियो
पोखरा, २९ मंसिर। पशुपक्षी तथा मत्स्य विकास निर्देशनालय, गण्डकी प्रदेशले आयोजना गरेको जिआईएससम्बन्धी तालिम शनिवार सकिएको छ। तालिममा निर्देशनालयका तालिम केन्द्र, भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कास्की तनहुँ, गोरखा लमजुङ, स्याङ्जा, वागलुङ र म्याग्दी मत्स्य विकास केन्द्र मिर्मी लगायतबाट १८ जना सहभागी थिए। एक सातासम्म चलेको तालिममा पशुपक्षीको तथ्यांक संकलन गर्ने र डिजिटाइड...