न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

बगर व्यवसायी कल्याणकारी समितिको अध्यक्षमा बास्तोला
पोखरा, १२ साउन । पोखरा १ स्थित बगर व्यवसायी कल्याणकारी समितिको प्रथम अधिवेशनले आगामी २ वर्षका लागि प्रकाश बास्तोलाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा बलराम भण्डारी, महासचिवमा मेघनाथ काफ्ले, कोषाध्यक्षमा भोजराज पौडेल, सहसचिवमा कमलप्रसाद सुवेदी छन् । सदस्यमा कुशलकुमारी गौतम, पुष्पराज पौडेल, यादवप्रसाद अधिकारी, सूर्यप्रसाद भण्डारी, जमुना भण्डारी अधिकारी, ओमप्रकाश अधिकारी,...
साँघुमुख महेन्द्रपुलका व्यवसायीलाई प्रशिक्षण
पोखरा, १२ साउन । साँघुमुख महेन्द्रपुल बजार समितिले आफ्ना सदस्यहरुका लागि कर तथा वित्तिय शिक्षा प्रशिक्षण कार्यक्रम गरेको छ । एनआईसी एशिया बंैक लिमिटेड गण्डकी प्रदेशको व्यवस्थापनमा आयोजित कार्यक्रममा समितिका १ सय भन्दा बढी व्यवसायी सहभागी थिए । प्रशिक्षणमा राज्यको कर नीति र बैकिङ्ग तथा वित्तिय व्यवस्थापन कसरी गर्ने भन्ने बारेमा जानकारी दिइएको थियो ।...
पोखरा भाँडा व्यवसायी संघद्वारा सहयोग
पोखरा, ११ साउन । १२ औं वार्षिकोत्सवको अवसरमा पोखरा भाँडा व्यवसायी संघ कास्कीले पोखरा २४, कास्कीकोटस्थित सिद्व बराह आधारभूत विद्यालयलाई सहयोग गरेको छ । संघले शैक्षिक तथा खेलकुद सामग्री सहित चम्चा, गिलास, जग गरी करीब ४० हजार मूल्य बराबरको सहयोग गरेको हो । संघले सामाजिक उत्तरदायित्व अन्तर्गत वर्षेनी सहयोग गर्दै आइरहेको छ । कार्यक्रममा संघका...
संचारकर्मी रेनुको जन्मदिनमा बालबालिकालाई शैक्षिक सामग्री वितरण
पोखरा, ११ साउन । संचारकर्मी रेनु थापाले आफ्नो जन्मदिनको अवसरमा पोखरा ६ स्थित शिशु विकास तथा स्याहार केन्द्रमा शैक्षिक सामग्री वितरण गरेकी छन् । पोखरा ६ बैदाममा रहेको शिशु विकास तथा स्याहार केन्द्रका गरिब तथा विपन्न वर्गका करिब ३० जना बालबालिकालाई उनले सामग्री वितरण गरेकी हुन् । कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष...
काँग्रेसभित्र निष्ठावान काँग्रेसको खोजी
पोखरा, ८ साउन । नेपाली काँग्रेसका अगुवा नेताहरुले ‘नेकांभित्रै निकांको खोजी’ अभियान शुरु गरेका छन् । नेपाल प्राध्यापक संघका पूर्व अध्यक्ष प्रा.डा भुपति ढकाल ‘कमल’को नेतृत्वमा अभियान शुरु गरिएको हो । उनै ढकालको संयोजकत्वमा सात सदस्यीय तदर्थ कार्यसमिति बनाएर अभियान अघि बढाइएको छ । अभियानका संयोजक ढकालले बीपीको ३८ औं स्मृति दिवसको सन्दर्भ पारी पोखरामा...
पार्टी नियमावली परिमार्जन आवश्यक – कोइराला
पोखरा, ५ साउन । नेपाली काँग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पार्टीले तयार पारेको नियमावली परिमार्जन गर्न आवश्यक रहेको बताएका छन् । नियमावली परिमार्जन नगरे पार्टी केन्द्रदेखि तल्लो तहसम्म कम्यूनिष्ट संस्कृतिमा पुग्ने उनको भनाइ छ । ‘यदि नियमावली जस्ताको तस्तै पास भए बोल्न समेत पाइदैन’ उनले भने, ‘परिमार्जन नभए म बैठकमा नोट अफ डिसेन्ट लेख्छु।’...
कालिका बहुमुखी क्याम्पस प्रमुखमा रवीन्द्रनाथ बाँस्तोला
पोखरा, ५ श्रावण । पोखराको काजीपोखरीमा रहेको कालिका बहुमुखी क्याम्पसको प्रमुखमा रवीन्द्रनाथ बाँस्तोला नियुक्त भएका छन् । क्याम्पस सञ्चालक समितिका अध्यक्ष तथा सांसद सूर्यबहादुर केसीको अध्यक्षतामा शुक्रबार बसेको बैठकले बाँस्तोलालाई आगामी कार्यकालको लागि क्याम्पस प्रमुख बनाउने सर्वसम्मत निर्णय गरेको हो । क्याम्पसका नियमावली अनुसार उनको कार्यकाल ४ बर्षको हुनेछ । पोखरा ११ फूलबारी निवासी बाँस्तोलाले...
नेल्टाको तालिम सकियो
पोखरा, ३ साउन । नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ (नेल्टा) केन्द्रीय कार्य समितिको आयोजना तथा पशु सेवा तालिम केन्द्र पोखराको संयोजनमा आयोजित पशु प्रजनन् तथा कृत्रिम गर्भाधान तालिम सम्पन्न भएको छ । दुई हप्तासम्म चलेको तालिममा विभिन्न जिल्लाका १५ जना सहभागी थिए । तालिम समापनमा प्रमाणपत्र वितरण गर्दै पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयका निर्देशक...
ट्रेड युनियन काँग्रेस कास्कीको परिषद्  साउन ४ मा
पोखरा, ३ साउन । नेपाल ट्रेड युनियन काँग्रेस कास्कीको छैटौं अधिवेशनपछिको प्रथम जिल्ला परिषद् साउन ४ गते हुने भएको छ । परिषद्को सम्पूर्ण तयारी पूरा भएको ट्रेड युनियन काँग्रेस कास्कीका अध्यक्ष विजयराज भण्डारीले जानकारी दिए । परिषद्मा ट्रेड युनियन काँग्रेस कास्कीसँग आवद्व संघ÷संस्थाबाट ४÷४ जना र प्रतिष्ठानका अध्यक्ष सहभागी हुने छन् । परिषद्मा साङ्ठनीक गतिविधि...
कास्की काँग्रेसद्वारा गिरफ्तार विद्यार्थी रिहा गर्न माग
नेपाली काँग्रेस कास्कीले मङ्गलवार विज्ञप्ति प्रकाशित गरी प्रहरीले गिरफ्तार गरेका नेपाल विद्यार्थी संघका विद्यार्थी नेतालाई तत्काल रिहा गर्न माग गरेको छ । कास्की काँग्रेसका सभापति कृष्ष्ण केसीद्वारा हस्ताक्षरीत विज्ञप्तिमा शान्तिपूर्ण प्रदर्शन गरेका विद्यार्थीलाई कुटपिट र गिरफ्तार गर्नु निन्दनिय भएको उल्लेख छ । विज्ञप्तिमा गिरफ्तार विद्यार्थी नेताहरु टेनिस श्रेष्ठ, फिरोज सुबेदी, निश्चल पाण्डे, नन्दलाल सापकोटा, विकास...
नेवि संघ जनप्रियको रक्तदान
पोखरा, ३१ असार । नेवि संघ जनप्रिय बहुमुखि क्याम्पस इकाइ समितिले सोमवार गरेको रक्तदानबाट ७८ युनिट रगत संकलन भएको छ । कार्यक्रम उद्घाटन गर्दै क्याम्पस संचालक समितिका अध्यक्ष इन्द्र कुँवरले नेवि संघका यस्ता क्रियाकलापले समाजमा सकारात्मक सन्देश जाने बताए । नेवि संघ कास्की नेता पशुपति भट्टराईले नेवि संघका विद्यार्थी बाढीपहिरो प्रभावित क्षेत्र तराईका नागरिकलाई राहत...
हज यात्रीलाई आर्थिक सहयोग
पोखरा, ३१ असार । हज यात्री पोखरा–१३ मियाँपाटनका सकुरद्दिन मियाँलाई आर्थिक सहयोग गरिएको छ । हाल लण्डन निवासी टिना थापाले धर्म भाइ नेपाल मुस्लिम युवा क्लबका अध्यक्ष अफजल अलि मियाँलाई हज यात्राका लागि पठाएको रकम अफजलले सकुरद्दिनलाई सहयोग गरेका हुन् । उनलाई तीन लाख आर्थिक सहयोग गरिएको हो ।सकुरद्दिनभारी बोकेर जीवन निर्वाह गर्दै आइरहेका थिए...