न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

समाजसेवी गुरुङद्वारा जन्मदिनमा खाद्यान्न सहयोग
पोखरा, १४ जेठ । पोखरा १३ वीपी मार्ग निवासी समाजसेवी नारायण गुरुङले आफ्नो जन्मदिनको अवसरमा खाद्यान्न सहयोग गरेका छन् । राप्रपाका केन्द्रीय सदस्य समेत रहेका गुरुङले पोखरा १४ काजीपोखरीस्थित जलेश्वर टोलका गरीब तथा विपन्न ५५ घर परिवारलाई खाद्यान्न सहयोग गरेका हुन् । गुरुङले चामल, तेल, नुन गरी ७० हजार बराबरको खाद्यान्न सहयोग गरेका थिए ।...
प्रेस युनियनको स्थापना दिवसमा सदस्य श्रेष्ठलाई अवार्ड
पोखरा, ,१४ जेठ । नेपाल प्रेस युनियन कास्कीले पोखरामा मङ्गलबार २९ औं स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसरमा प्रेस युनियन अफ दी इयर अवार्ड सदस्य अनिषा श्रेष्ठलाई प्रदान गरिएको छ । कार्यसमिति सदस्यलाई प्रोत्साहन गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको सो अवार्ड यसवर्ष पहिलो पटक कार्यसमिति सदस्य श्रेष्ठलाई प्रदान गरिएको अध्यक्ष नवीन सिग्देलले बताए ।...
राष्ट्रियताका लागि एक भए कसैले पेल्न सक्दैनन् – केसी
पोखरा, १४ जेठ । नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीले राष्ट्रियताको विषयमा सबै एक जुट भएमा कसैले पेल्न नसक्ने बताएका छन् । नेपाल प्रेस युनियनको २९औं स्थापना दिवसमा कास्की शाखाले आयोजना गरेको अवार्ड वितरण कार्यक्रममा उनले प्रेस जगतले लिपुलेकको कुरा उठाएपछि मात्र सीमा विवाद राष्ट्रिय तथा अन्र्तराष्ट्रिय मुद्धा बनेको बताए ।...
संचारकर्मीकाबीच नेपाल प्रेस युनियन कास्की
पोखरा, १० जेठ । नेपाल प्रेस युनियन कास्कीले संचारकर्मीलाई सहयोग गरेको छ । लकडाउनका बेला रिपोर्टीङ गरिरहेका संचारकर्मीका लागि स्वास्थ्य सुरक्षा सामग्री वितरण गर्नुको साथै समस्यामा परेकालाई सहयोग गरिएको हो । युनियन कास्कीका अध्यक्ष नवीन सिग्देलको पहलमा दोस्रो चरणसम्म ३० जनाभन्दा बढी संचारकर्मीलाई मास्क, सेनिटाइजर र ग्लब्स तथा समस्यामा परेका संचारकर्मीलाई सहयोग गरिएको उपाध्यक्ष प्रकाशचन्द्र...
दोषीलाई कारवाही हुनुपर्छ – वडाध्यक्ष गुरुङ
पोखरा, ६ जेठ । कास्कीको मादी गाउँपालिका वडा नं ८ का वडाध्यक्ष यम बहादुर गुरुङले ११ वर्षिया बालिका बलात्कारको प्रयास सम्बन्धी घटना ढाकछोप गर्न आफू लगायत जनप्रतिनिधिहरुको नाम जोडिएकोप्रति आपत्ती जनाएका छन् ‘वडाध्यक्षको हैसियतले वडाभित्रका रहेक घटना र समस्यामा मैले ध्यान र चासो दिनैपर्छ, वडाध्यक्ष गुरुङले भने, घटनापछि दोषीलाई कारवाही गर्नुपर्नेमा पक्ष आफू रहेकोमा सामाजिक...
काँग्रेसबाट निर्वाचित पोखरा ९ का वडाध्यक्ष लामिछानेद्वारा राहत विवरण सार्वजनीक
पोखरा, ६ जेठ । पोखरा महानगरपालिका वडा नं ९ कार्यालयले राहतको विवरण सार्वजनीक गरेको छ । वडा कार्यालयले चैत र वैशाख महिनामा प्राप्त राहत र वितरण गरिएको विवरण सार्वजनीक गरेको हो । पोखराका ३३ वडामध्ये प्राप्त राहत र वितरण गरिएको राहत विवरण सार्वजनीक गर्ने यो पहिलो वडा हो । वडाध्यक्ष रामराज लामिछानेले राहतलाई पारदर्शी बनाउनका...
कास्की काँग्रेसद्वारा रोग र भोकका कारण अकालमा ज्यान गुमाउनुपर्ने अवस्था अन्त्य गर्न माग
पोखरा, ५ जेठ । नेपाली काँग्रेस कास्कीले कोरोना संक्रमणसँगै रोग र भोकका कारण अकालमा ज्यान गुमाउनुपर्ने अवस्था सृजना हुन नदिन सरकारसँग माग गरेको छ । कास्की काँग्रेसका सभापति कृष्ण केसीको अध्यक्षतामा सोमबारको जुम बैठकले सरकारका गतिविधिका कारण नै रोग र भोकका कारण नागरिकले ज्यान गुमाउनुपर्ने अवस्था आइसकेकोप्रति चिन्ता व्यक्त गर्दै सरकारको ध्यानाकर्षण गराएको हो ।...
काँग्रेस अगुवा नेता त्रिपाठीको निधन
पोखरा, ३१ वैशाख । नेपाली काँग्रेस कास्कीका अगुवा नेता पोखरा २८ झाझरमाडे निवासी राजेन्द्रप्रसाद त्रिपाठीको ८४ वर्षको उमेरमा निधन भएको छ । उनले २०१७ सालमा भूमिगत पार्टी सदस्यको रुपमा काम गरेका थिए । २०२८ सालमा तत्कालिन कालिका गाविसको प्रधानपञ्च भएका थिए । साविक कालिका गाविसमा पार्टीको संस्थापक सभापति रहेका त्रिपाठीले लामो समय पार्टीको विकास र...
प्रेस युनियनद्वारा सदस्य आचार्यलाई परेको पितृशोकप्रति दुःख व्यक्त
पोखरा, २७ वैशाख । नेपाल प्रेस युनियन कास्कीका साधारण सदस्य दामोदर आचार्यलाई पितृशोक परेको छ । उनका बुबा घनश्याम आचाार्यको पोखरा ११ काँहुस्थित निवासमा ८५ वर्षको उमेरमा शुक्रबार निधन भएको छ । स्व. आचार्य साविक काँहु गाविसको नेपाली काँग्रेसका संस्थापक सभापति हुन् । उनले काँहु देउराली बहुउद्देश्यीय सहकारी संस्थाको भवन निर्माणका लागि जग्गा दिएका थिए...
जातीय सद्भावमा आँच आउने काम नगरौं – कास्की काँग्रेस
पोखरा, २७ वैशाख । नेपाली काँग्रेस कास्कीले जातीय सद्भाव देशको गौरव भएकाले त्यसतर्फ सचेत बन्न सबैलाई आग्रह गरेको छ । पछिल्लो समय पोखरा १६ लामाचौरमा भएको घटनाप्रति दुःख व्यक्त गर्दै जातीय सद्भावमा आँच आउने गरी कुनै पनि गतिविधि नगर्न अनुरोध गरिएको छ । विश्व कोरोनाको महामारीमा रहेका बेला समाजका नागरिकबीच असमझ्दारी बढ्नु दुःखद् विषय भएको...
प्रेस युनियनद्वारा पत्रकार नेपालीमाथि गरिएको दुव्र्यवहारको निन्दा
पोखरा, २४ वैशाख । नेपाल प्रेस युनियन कास्कीले पोखराका युवा पत्रकार प्रेम नेपालीमाथि प्रहरीले गरेको दुव्र्यवहारको निन्दा गरेको छ । समाचार सम्प्रेषणका क्रममा जिल्ला प्रहरी कार्यालय कास्कीको परिषरमा पत्रकार नेपालीमाथि दुव्र्यवहार गरिनु प्रेसमाथिको ठाडो हस्तक्षेप भएको भन्दै त्यस्ता गतिविधि नगर्न चेतावनी दिइएको छ । नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देलले विज्ञप्ति प्रकाशित गरी पत्रकारलाई...
प्रेस युनियन कास्कीका पुरस्कार संस्थापक बरालको निधन
पोखरा, २१ वैशाख । नेपाल प्रेस युनियन कास्कीले सञ्चालन गरेको शान्ति पत्रकारिता पुरस्कारका संस्थापक पोखरा ११ तुलसी मार्ग निवासी पूर्णप्रसाद बरालको ९२ वर्षको उमेरमा आइतबार निधन भएको छ । केही समयदेखि मुटुको समस्याबाट प्रभावित बरालको मणिपाल शिक्षण अस्पतालमा निधन भएको हो । उनका तीन छोरा र सात छोरी छन् । हरिप्रसाद बराल, परशुराम बराल र...