न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

काँग्रेसद्वारा मादीको शिक्षा शाखा कार्यालयमा तालाबन्दी
पोखरा, २८ जेठ । नेपाली काँग्रेस मादी गाउँपालिका इकाईले गाउँपालिकाको शिक्षा शाखा कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेको छ । नेपाल सरकारको शिक्षा ऐन विपरीत गाउँपालिकाले मादी ३ स्थित सिताराम माविमा आफू अनुकुल कार्यविधि बनाइ गैरअभिभावकलाई लिएर विद्यालय व्यवस्थापन समिति गठन गरेको, शिक्षा क्षेत्रमा योगदान नै नभएका व्यक्तिहरुलाई समितिमा नियुक्त गरेको भन्दै तालाबन्दी गरेको नेपाली काँग्रेस मादी...
तीन तहका सरकार असफल भएको कास्कीका पाँच दलको ठहर
पोखरा, २८ जेठ । कास्कीका पाँच राजनीतिक दलले तीन तहका सरकार कोरोना नियन्त्रण, रोकथाम र आवश्यक व्यवस्थापनमा असफल भएको ठहर गरेका छन् । पोखरामा बुधबार सम्पन्न नेपाली काँग्रेस, जनता समाजवादी पार्टी, राप्रपा, नेकपा मसाल, राष्ट्रिय जनमोर्चा पार्टीको सर्वदलिय बैठकले त्यस्तो ठहर गरेको हो । पोखरा सृजनाचोकस्थित जनता समाजवादी पार्टी कास्कीको कार्यालयमा अध्यक्ष गिरिप्रसाद गुरुङको अध्यक्षतामा...
कोरोनाबाट मृत्यु भएकाको अन्त्येष्टिका लागि उचित व्यवस्था मिलाउन कास्की काँग्रेसको माग
पोखरा, २६ जेठ । नेपाली काँग्रेस कास्कीले आमनागरिकलाई असर नपर्ने र त्रास सृजना नहुने गरी कोरोनाका कारण मृत्यु भएका व्यक्तिको अत्येष्टि गर्ने व्यवस्था मिलाउन माग गरेको छ । आमनागरिकलाई असर नपर्ने गरी र त्रास सृजना नहुने गरी अन्त्येष्टिका लागि सुरक्षित स्थानको व्यवस्था मिलाउन माग गर्दछौ विज्ञप्तिमा भनिएको छ । विज्ञप्तिमा पोखरामा कोरोनाबाट मृत्यु भएकाको अन्त्येष्टिका...
नेलम्बोद्वारा माछापुच्छ«े गाउँपालिकालाई सहयोग
पोखरा, २७ जेठ । नेलम्बो नेपालले कास्कीको माछापुच्छ«े गाउँपालिकालाई स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणमा सावधानी अपनाउन पीपीई सेट, थर्मल गन, सेनिटाइजर, मास्क, ग्लब्स, हात धुने साबुन सहयोग गरेको हो । गाउँपालिकाका अध्यक्ष कर्णबहादुर गुरुङ, उपाध्यक्ष कृष्णकुमारी पौडेल दवाडी, वडा नं ६ का वडाध्यक्ष हरिश्चन्द्र ढुगांना, नेलम्बो नेपालका अध्यक्ष...
यस्तो बेला कर तिर भन्नु सरकारको गैरजिम्मेवारी – कास्की काँग्रेस
पोखरा, २५ जेठ । नेपाली काँग्रेस कास्कीले लकडाउनका बेला व्यवसायीलाई कर तिर्न गरेको आग्रहप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । ‘व्यापार, व्यवसाय ठप्प रहेको अवस्थामा व्यवसायीले कर तिर्ने अवस्था छैन, विज्ञप्तिमा भनिएको छ, यस्तो अवस्थामा व्यवसायीलाई कर तिर्न बाध्य पार्न खोज्नु सरकारको गैरजिम्मेवारी हो ।’ लकडाउनको अवधीमा सरकारले कर तिर्न गरेको आग्रहले व्यवसायीलाई हातोत्तसाहि बनाएको...
समाजसेवी अधिकारीद्वारा सहयोग
पोखरा, २४ जेठ । पोखरा १२, माटेपानी निवासी समाजसेवी विद्या अधिकारीले पोखरा ५ मालेपाटनस्थित क्वारेन्टिनमा बस्नेहरुका लागि सहयोग गरेकी छन् । उनले एक थान ३२ इन्चको लाटन टिभी, एक थान इमर्जेन्सी लाइट, ४ सय पिस ग्लब्स, ४ सय पिस मास्क, १० थान सेनीटाइजर, बेड १ सेट, ५ केस पानीका साथै हेण्डवास, मार्टीन स्प्रे गरी करीब...
जीपी कोइराला फाउण्डेशनद्वारा प्रेस युनियनलाई सहयोग
पोखरा, २५ जेठ । जीपी कोइराला फाउण्डेशन कास्कीले नेपाल प्रेस युनियन कास्कीलाई शनिवार स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेको छ । बढ्दो कोरोना संक्रमणकाबीचमा नागरिकलाई सूसुचित गराउन सक्रिय संचारकर्मीको स्वास्थ्य सुरक्षाका लागि ति सामग्री प्रदान गरिएको हो । फाउण्डेशनले गरेको कार्यक्रममा प्रतिष्ठानकी गण्डकी प्रदेश संयोजक शारदा पौडेलले प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देललाई मास्क, ग्लब्स र...
नेलम्बो नेपालद्वारा प्रेस युनियन कास्कीलाई स्वास्थ्य सुरक्षा सामग्री सहयोग
पोखरा, २१ जेठ । नेलम्बो नेपालले नेपाल प्रेस युनियन कास्कीलाई स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको छ। विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोभिड—१९ को बढ्दो संक्रमण र उच्चजोखिमको परिस्थितिलाई मध्यनजर अग्र भागमा खटिने पत्रकारलाई सुरक्षित रहेर आफ्नो कार्यमा खटिन सहज होस् भन्ने हेतुले सहयोग गरेको हो । नेलम्बो नेपालका अध्यक्ष एकदेव देवकोटा र कार्यक्रम संयोजक किसन कोइरालाले...
स्वास्थ्य सुरक्षा सामग्री सहयोग गर्दै नेलम्बो नेपाल
पोखरा, २० जेठ । नेलम्बो नेपालले स्वास्थ्य सुरक्षा सामग्री, औषधी तथा खाद्यान्न सामग्री सहयोग गरेको छ। विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोभिड—१९ को बढ्दो संक्रमण र उच्चजोखिमको परिस्थितिलाई मध्यनजर गर्दै यसको रोकथाम र नियन्त्रणमा पूर्व सावधानी अपनाउ पोखरा ४ स्थित नेलम्बो नेपालले आफ्नो कार्य क्षेत्रमा सहयोग गरेको हो । नेलम्बो नेपालका अध्यक्ष एकदेव देवकोटा, कार्यक्रम संयोजक...
जिएट समूहद्धारा स्वास्थ्य सुरक्षा सामग्री सहयोग
पोखरा, २० जेठ । जिएट समूहले एम्बुलेन्स चालक तथा स्वयम्सेवकलाई स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको छ । कोभिड—१९ को बढ्दो संक्रमण र उच्चजोखिमको परिस्थितिलाई मध्यनजर गर्दै यसको रोकथाम र नियन्त्रणमा पूर्व सावधानी अपनाउनका लागि समूहले सहयोग गरेको हो। ज्वरो नाप्ने थर्मल गन, पिपिई, केएन नाइन फाइप माक्स, पञ्जा सहयोग गरेको जिएट समूहका संयोजक राजु कायस्थले...
सरकारलाई स्कूल अफ डेमोक्रेसीको सुझाव ः स्वास्थ्य पूर्ण निशुल्क, बेरोजगारी प्राथमिकता
काठमाडौं – १५ जेठ ! बजेट घोषणाको पूर्वसन्ध्यामा स्कुल अफ डेमोक्रेसीले आम नागरिकको स्वास्थ्य रक्षामा गम्भीरताका साथ लाग्न सरकारलाई सुझाव दिएको छ । कोरोनाको महामारी नियन्त्रणमा सरकारले प्रभावकारी काम गर्न नसकेकै कारण परीक्षण न्युन, संक्रमित संख्यामा बृद्धि र आधारभूत चेकजाँच समेत हुन नसकेको औल्याउँदै बजेटलाई महामारी केन्द्रित बनाउन आग्रह गरेको छ । देशविदेशमा रहेका बिभिन्न...
राहत व्यवस्थापन र कोरोना परीक्षणको दायरा बढाउन माग
पोखरा, १४ जेठ । नेपाली काँग्रेस कास्कीले काँग्रेसबाट पोखरा महानगरपालिकाका वडाहरुमा निर्वाचित वडाध्यक्षहरुसँग बैठक गरेको छ । कास्की काँग्रेसका सभापति कृष्ण केसीको अध्यक्षतामा भएको बैठकमा कास्की काँग्रेसका पदाधिकारी, क्षेत्रीय सभापति र १० वटा वडाका वडाध्यक्षहरु सहभागी थिए । बैठकले लकडाउन लम्बिरहेका बेला गरीब तथा विपन्न परिवारका लागि राहत अत्याश्यक भएकाले राहतको व्यवस्थापन गर्न र कास्कीमा...