न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

काँग्रेसद्वारा डा. पौडेल सम्मानित
पोखरा, ३ कात्तिक । नेपाली काँग्रेस कालावाङ घडेरी टोल इकाइ समिति पोखरा २२ ले पिएचडी गर्न सफल डा. कृष्णप्रसाद पौडेललाई सम्मान गरेको छ । पोखरा २२ पुम्दीभुम्दीका जन्मेका पौडेलले नलेज मेनेजमेण्टमा पिएचडी गरी पुम्दीभुम्दीको गौरव बढाएको भन्दै उनलाई सम्मान गरिएको हो । पौडेल नेपाली काँग्रेस शिक्षा विभागका सचिव समेत हुन् । नेपाली काँग्रेसका अग्रज नेता...
तराई सेवा समाज पोखराको वार्षिकोत्सवमा रक्तदान
पोखरा, २ कात्तिक । तराई सेवा समाज पोखराले आफ्नो दोस्रो वार्षिकोत्सवको अवसरमा पोखरामा शनिवार खुल्ला रक्तदान कार्यक्रम गरेको छ । पोखरा महेन्द्रपुलमा आयोजित रक्तदानमा २१ जनाले रक्तदान गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि मणिपाल शिक्षण अस्पतालका डिन डा. डिसि अग्रवालले रक्तदान समाज सेवाको उत्कृष्ट कार्य भएको बताए । तराई सेवा समाज पोखराका प्रमुख सल्लाहकार...
कास्की काँग्रेसद्वारा शुभकामना,  सरकारले चाडपर्वमा महंगी नियन्त्रण गर्न नसकेकोमा चिन्ता व्यक्त
पोखरा, १ कात्तिक । नेपाली काँग्रेस कास्कीले विजया दशमी, दिपावली, छठ, नेपाल सम्वत् र इदको अवसरमा शुभकामना व्यक्त गरेको छ । कास्की काँग्रेसका सभापति कृष्ण केसीले विज्ञप्ति प्रकाशित गरी सम्पूर्ण नेपालीमा सुख, शान्ति र सम्वृद्विको शुभकामना व्यक्त गरेका हुन् । कोरोनाका कारण यसपटक विगतमा जस्तो चाडपर्व मनाउन सहज अवस्था नरहेपनि आवश्यक सावधानी र सतर्कता अपनाउदै...
शान्ति पत्रकारिता पुरस्कार लौडारीलाई
पोखरा, २३ असोज । नेपाल प्रेस युनियन कास्कीले शान्ति पत्रकारिता पुरस्कार – २०७७ पोखराका युवा पत्रकार हिमनिधि लौडारीलाई प्रदान गर्ने भएको छ । पोखरा ११ निवासी समाजसेवी, व्यवसायी भोला बरालले आफ्ना पिता÷माता पूर्णप्रसाद÷मायादेवी बरालको स्मृतिमा स्थापना गरेको पुरस्कारको राशी नगद २५ हजारसहित दोसल्ला र सम्मानपत्र रहेको अध्यक्ष नवीन सिग्देलले जानकारी दिए । नेपाल प्रेस युनियन...
स्थानीय तह कर्मचारी युनियन नेपाल पोखरा महानगरपालिकाद्वारा सुझाव सहित सात बुँदे माग पेश
पोखरा, २१ असोज । स्थानीय तह कर्मचारी युनियन नेपाल, पोखरा महानगरपालिका इकाइ समितिले विभिन्न सुझाव सहित सात बुँदे माग पेश गरेको छ । इकाइ समितिका अध्यक्ष इ.अमिर भण्डारीले पोखरा महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत महेश बराललाई सुझाव सहितको माग पेश गरेका थिए । युनियनले महानगरबासीको हित तथा महानगरपालिकाका सम्पूर्ण कर्मचारीको वृत्ति विकास र पोखरा महानगरको नीति...
उपचारका लागि विशाललाई आर्थिक सहयोग
पोखरा, २० असोज । सर्पको टोकाइबाट घाइते भइ उपचारका क्रममा रहेका मादी गाउँपालिका वडा नं ६ का १३ वर्षीय विशाल पौडेललाई आर्थिक सहयोग गरिएको छ । मादी गाउँपालिका वडा नं ६ निवासी युवा नेता खिमबहादुर जिसीको पहलमा संकलित ३ लाख ८७ हजार चार सय ३८ रुपैया आर्थिक सहयोग गरिएको हो । स्वदेश तथा विदेशमा रहेका...
फेरी सभापतिमा उठ्दिन – केसी
पोखरा, १८ असोज । नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसीले पार्टीको १४ औ महाधिवेशनमा फेरी सभापति बन्नका लागि उम्मेद्वारी नदिने बताएका छन् । सभापतिमा दोहो¥याउन खोजिरहेको भन्ने चर्चा चलिरहेका बेला आउँदो महाधिवेशनमा सभापतिमा आफ्नो उम्मेदवारी नहुने उनले स्पष्ट पारेका छन् । १३ औं महाधिवेशनमा नै उनले एकपटक मात्र नेतृत्व गर्ने प्रष्ट पारेपनि १४ औं महाधिवेशन...
प्रजातन्त्र सेनानी गुरुङको निधन
पोखरा, १८ असोज । कास्की जिल्ला मादी गाउँपालिका वडा नं २ ताङतिङ निवासी प्रजातन्त्र सेनानी धुली गुरुङको निधन भएको छ । ८१ वर्ष को उमेरमा शनिवार पोखरा १३ वीपी मार्गस्थित निवासमा निधन भएको हो । उनको आइतबार पोखरा तुल्सीघाटमा अन्त्येष्टि गरिएको छ । उनको पार्थिव शरीरमा नेपाली काँग्रेसका पूर्वमहामन्त्री तारानाथ रानाभाट, पूर्वमन्त्री यज्ञबहादुर थापालगायतले पार्टीको...
मियापाटनका ५० बढी काँग्रेस प्रवेश
पोखरा, १८ असोज । पोखरा १३ मियापाटनका ५० जना भन्दा बढी नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । नेपाल तरुण दल पोखरा १३ इकाइ समितिले गरेको कार्यक्रममा नेपाली काँग्रेस कास्कीका पूर्वसभापति एवं पूर्वमन्त्री यज्ञबहादुर थापा र कास्की काँग्रेसका सभापति कृष्ण केसीले पार्टी सदस्यता प्रदान गरेको नेपाल तरुण दल कास्कीका उपसभापति दीपक गुरुङ‘माइला’ले जानकारी दिए । नेपाली...
प्रेस युनियन कास्की ३ वटा पुरस्कार वितरण गर्दै, प्रतिभा छनोट समिति गठन
पोखरा, १७ असोज । नेपाल प्रेस युनियन कास्कीद्वारा संचालित विभिन्न पुरस्कारमध्ये तीन पुरस्कार वितरणका लागि प्रतिभा छनोट समिति गठन गरिएको छ । युनियन कास्की अध्यक्ष नवीन सिग्देलको अध्यक्षतामा बसेको बैठकले ‘सूप्रेम शारदा पत्रकारिता पुरस्कार’ , ‘नेपाल प्रेस युनियन राष्ट्रिय पत्रकारिता पुरस्कार’ र ‘शान्ति पत्रकारिता पुरस्कार’ का लागि समिति गठन गरेको हो । ‘सूप्रेम शारदा पत्रकारिता...
देवीलाल सापकोटा स्मृति समाजसेवा सम्मान तिमिल्सिनालाई
पोखरा, १५ असोज । देवीलाल सापकोटा स्मृति समाजसेवा सम्मानबाट पोखरा २५ का शिक्षासेवी तथा समाजसेवी चुडामणि तिमिल्सिनालाई सम्मान गरिएको छ । लायन्स क्लब अफ पोखरा लालीगुँरासले प्रदान गर्ने सो सम्मान देवीलाल सापकोटाका परिवारले स्थापना गरेका हुन् । ं कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लब अफ ३२५ बी वानका डिष्टिक गर्भनर मनबहादुर रोकाहा, संस्थापक परिवारका सदस्य हरिकला...
पोखरा महानगरलाई खबरदारी गर्दै काँग्रेस नगर समिति
पोखरा, १४ असोज । पोखरा महानगरपालिकामा भएको आर्थिक प्रशासन, कर्मचारी व्यवस्थापन र सुशासनप्रति चिन्ता व्यक्त गर्दै नेपाली काँग्रेस पोखरा महानगर नगर समितिले मेयरलाई ज्ञापनपत्र बुझाएको छ । नगर समितितर्फबाट सभापति बजिरमान श्रेष्ठले मेयर मानबहादुर जिसीलाई ६ बुँदे ज्ञापनपत्र बुझाएका हुन् । यसअघि पनि प्रतिपक्ष दलका सुझाव र काँगे्रेसबाट निर्वाचित वडाध्यक्षहरुले गरेको ध्यानाकर्षणप्रति महानगर मौन बसेको...