न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

नेल्टा समिति विस्तार अभियानमा, अन्नपूर्णमा पनि समिति
पोखरा, ४ माघ । नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ(नेल्टा) कास्कीले अन्नपूर्ण गाउँपालिका स्तरीय समिति गठन गरेको छ । समितिको अध्यक्षमा कविराज पौडेल, उपाध्यक्षमा गोविन्द कुँवर, सचिवमा लिलाधर अधिकारी, सह सचिवमा वुद्धिमाया लुईटेल र कोषाध्यक्षमा मधुकर सुवेदी छन् । समितिको सदस्यमा होमनाथ भण्डारी, होमनाथ अधिकारी, राजेन्द्र पौडेल, हरिलाल डागी, मिलन पौडेल, वलराम सुवेदी, ढाकामोहन अधिकारी,...
न्यायालयलाई दबाब दिन हुन्न – देउवा
पर्वत, १ माघ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले न्यायालयलाई दबाब दिन नहुने बताएका छन् । ‘न्यायालयलाई यसो गर, उसो नगर भनेर दबाब दिन हँुदैन, उनले भने, अदालतले विवेक प्रयोग गर्नेे नै छ, अदालतमा विचाराधीन मुद्दामा धम्क्याउने र तर्साउने काम गर्न हुदैन।’ न्यायालयमा विचाराधीन रहेको संसद् विघटनको मुद्वामा काँग्रेसले पनि कुनै दबाब नदिने स्पष्ट पारे...
एन प्याव्सन कास्कीको २३ औं स्थापना दिवस, ६ वटा सदस्य विद्यालयलाई सम्मान
पोखरा, २८ पुस । नेशनल प्याव्सन कास्कीले विविध कार्यक्रमको आयोजना गरी २३ औं स्थापना दिवस मनाएको छ । ‘सहजतामा हैन सङ्कटमा पनि साथ, निजी विद्यालय सदैव बालबालिका माझ’ भन्ने मुल नाराका साथ संस्थाले आफ्नो स्थापना दिवस मनाएको हो । कार्यक्रममा २०५५ सालमा स्थापना भएका ६ वटा सदस्य विद्यालयलाई सम्मान गरेको छ । यसरी सम्मानित हुने...
माघ ३ को प्रदर्शन तयारीमा काँग्रेस
पोखरा, २८ पुस । सरकारले संसद विघटन गरेको विरुद्व नेपाली काँग्रेसले शुरु गरेको चरणवद्व आन्दोलन अन्तर्गत माघ ३ गते पालिकाहरुमा प्रदर्शन हुने भएको छ । काँग्रेसले एकै साथ देशैभरका सात सय ५३ पालिकामा प्रदर्शन गर्न लागेको हो । काँग्रेसले जिल्लादेखि वडासम्म प्रदर्शनको तालिका सार्वजनीक गरिसकेको छ । कास्कीमा माघ ३ गते पोखरा महानगरपालिका, मादी गाउँपालिका,...
काँग्रेस सभापति देउवा पर्वत जादंै, शहिद हरिदत्त स्मृति भवन उद्घाटन गर्ने
पोखरा, २८ पुस । शहिद हरिदत्त तिवारीको १८ औं स्मृति दिवसमा उनको स्मृतिमा निर्माण गरिएको भवन उद्घाटन गरिने भएको छ । उनको स्मृतिमा शहिद हरिदत्त स्मृति प्रतिष्ठानले पर्वतको फलेवास नगरपालिका ३ शंकरपोखरीमा दुई तले भवन निर्माण गरेको हो । भवन माघ १ गते उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । भवन उद्घाटन नेपाली काँग्रेसका सभापति...
कास्कीका ६ वटा प्रदेश सभा क्षेत्रमा काँग्रेसको प्रदर्शन
पोखरा, २५ पुस । सरकारले संसद विघटन गरेको विरोधमा नेपाली काँग्रेसले पुस २५ गते शनिवार कास्कीमा पनि प्रदर्शन गरेको छ । कास्कीका ६ वटा प्रदेश सभा क्षेत्रमा प्रदर्शन गरिएको कास्की काँग्रेसका प्रवक्ता नवीन सिग्देलले जानकारी दिए । प्रवक्ता सिग्देलका अनुसार, प्रदेश सभा १ ‘क’ क्षेत्रको तालचोक, १ ‘ख’ क्षेत्रको औधोगिक क्षेत्र, प्रदेश सभा २ ‘क’...
माछापुच्छ«ेमा नेल्टाको समिति
पोखरा, २५ पुस । नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ(नेल्टा) कास्कीले माछापुच्छ«े गाउँपालिका स्तरीय समिति गठन गरेको छ । समितिको अध्यक्ष बलराम अधिकारी, उपाध्यक्ष सागर पौडेल, सचिव सुदिप सापकोटा, सहसचिव केशव दवाडी‘क’, कोषाध्यक्ष विजय अधिकारी छन्। सदस्यमा केशव दवाडी ‘ख’, बलराम अधिकारी, केशव दवाडी ‘ख’, पदम नेपाली, ईन्द्रप्रसाद अधिकारी, नारायण भण्डारी, बासुदेव अधिकारी, पदमराज अधिकारी,...
शनिवार काँग्रेसको प्रदर्शन, कास्कीमा तयारी पूरा
पोखरा, २४ पुस । सरकारले संसद विघटन गरेको विरोधमा नेपाली काँग्रेसले पुस २५ गते शनिवार कास्कीमा गर्ने प्रदर्शनको तयारी पूरा भएको छ । काँग्रेसले शनिवार तीन सय ३० प्रदेश सभा क्षेत्रमा प्रदर्शन गर्न लागेको हो । कास्कीका प्रदेश समितिहरुले आ आफ्नो क्षेत्रमा गर्ने प्रदर्शनको तयारी पूरा गरेका छन् । कास्की काँग्रेसका सभापति कृष्ण केसीले प्रदेश...
राजनैतिक, धार्मिक एवं शैक्षिक व्यक्तित्व बरालको निधन, काँग्रेसद्वारा दुःख व्यक्त
पोखरा, १८ पुस । पोखरा १३, आर्वा निवासी राजनैतिक, धार्मिक एवं शैक्षिक व्यक्तित्व किर्तिराज बरालको ८४ वर्षको उमेरमा निधन भएको छ । नेपाली काँग्रेस साविक आर्वा विजय गाविसका पूर्व सभापति बरालको शुक्रबार निधन भएको हो ।  उनको शनिवार पोखरा रामघाट स्थित सेती नदी किनारमा अत्येष्टि गरिएको छ । उनको पार्थिव शरीरमा नेपाली काँग्रेसका पूर्व महामन्त्री...
पुस १३ गते कास्कीका तीन वटै निर्वाचन क्षेत्रमा काँग्रेसको प्रदर्शन
पोखरा, १० पुस । सरकारले संसद विघटन गरेको विरोधमा नेपाली काँग्रेसले पुस १३ गते कास्कीका तीन वटै निर्वाचन क्षेत्रमा प्रदर्शन गर्ने भएको छ । कास्की काँग्रेसको समन्वयमा क्षेत्रीय समितिको आयोजनामा निर्वाचन क्षेत्रमा प्रदर्शन गर्न लागिएको हो । कास्की काँग्रेसका सभापति कृष्ण केसीको अध्यक्षतामा शुक्रबार पार्टीका जिल्ला पदाधिकारी, क्षेत्र र प्रदेश सभापतिसहितको बैठकले प्रदर्शनलाई प्रभावकारी र...
कास्की काँग्रेसले प्रदर्शन गर्दै
पोखरा, ५ पुस । असंवैधानिक, अलोकतान्त्रिक संसद विघटन विरुद्व कास्की काँग्रेसले पोखरामा सोमबार प्रदर्शन गर्ने भएको छ । अधिनायक आकांक्षाको अन्तिम प्रयत्नलाई असफल तुल्याऔं, सर्वसत्तावाद विरुद्व एकजुट होऔं भन्ने मूल नाराका साथ प्रदर्शन गर्न लागिएको हो । कास्की काँग्रेसका सभापति कृष्ण केसीले प्रदर्शनमा सहभागी हुन सबैलाई अपिल गरेका छन् । सोमबार दिउँसो १ बजे पोखरा...
लायन्स माउण्टेन भ्यू सिटिको रक्तदानमा ५१ यूनिट रगत संकलन
पोखरा, ४ पुष । लायन्स क्लव अफ पोखरा माउण्टेन भ्यू सिटिले पोखरामा शनिबार खुल्ला रक्तदान गरेको छ । रक्त संचार केन्द्र पोखराको प्राविधिक सहयोगमा पोखराको महेन्द्रपुलमा गरिएको कार्यक्रममा ५१ यूनिट रगत संकलन भएको कार्यक्रम संयोजक दीपक कुँवरले जानकारी दिए । लायन्स क्लवका पिएमसीसी दीपक श्रेष्ठले पहिलो रक्तदाता कविन्द्र पोखरेलाई ब्लड व्याग हस्तान्तरण गरी कार्यक्रम शुभारम्भ...