न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

आज काँग्रेस सभापति देउवा र वरिष्ठ नेता पौडेल पोखरा आउँदै
पोखरा, ६ फागुन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल आज पोखरा आउने भएका छन् । नेपाल राष्ट्रिय मगर संघ, गण्डकी प्रदेशको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न उनीहरु पोखरा आउन लागेका हुन् । संसद विघटन भएपछि उनीहरु पहिलो पटक पोखरा आउँदै छन् । प्रशिक्षण पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा हुनेछ । प्रशिक्षण पूर्व...
होटल संघद्वारा कर्जामा ब्याज स्थगनको माग
पोखरा, ५ फागुन । पश्चिमाञ्चल होटल संघ पोखराले होटल तथा समग्र पर्यटन क्षेत्रलाई बैंक तथा वित्तीय संस्थाहरुबाट प्रदान गरिएको कर्जाको ब्याज आगामि दुई वर्ष सम्मका लागि स्थगन गरिदिन माग गरेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई बुधबार ६ बुँदे ध्यानाकर्षण पत्र पठाउँदै संघले त्यस्तो माग गरेको हो । कोभिड १९ को संक्रमणसँगै नेपाल...
चिकित्सकको शुल्क बढ्यो
पोखरा, ५ फागुन । चिकित्सकले बिरामीको स्वास्थ्य परीक्षण र परामर्श गर्दा लिने शुल्क आजदेखि बढेको छ । चिकित्सकले आफ्नो योग्यता र अनुभवको आधारमा तीन सय ७० देखि आठ सय २५ रुपैयाँसम्म  पाउने भएका छन् । पाँच वर्षसम्म अनुभवी एमबिबिएस चिकित्सकका लागि तीन सय ७०, पाँच वर्ष बढी अनुभवी डाक्टरको शुल्क ४ सय ५० र एमडी...
हिमपातका कारण पानीका मुहान जमे
पोखरा, ५ फागुन । ताप्लेजुङमा हिमपातका कारण पानीको मुहान जमेपछि खानेपानीको समस्या हुन थालेको छ । गए रातिदेखिको हिमपातका कारण त्यहाँको जनजीवन प्रभावित बनेको छ । हिउँले जिल्ला सेताम्य भएको छ ।न्यूनतम तापक्रम ३.५ डिग्री सेल्सियस छ । चिसोका कारण मानिस घरभित्रै आगो तापेर बसिरहेको स्थानीयले जानकारी दिएका छन् ।
करीब ३० हजार बराबरको स्वास्थ्य सामग्री सहयोग
पोखरा, ५ फागुन । शुक्ला गण्डकी नगरपालिका वडा नं १ सेराबेँसीमा यही पुसदेखि सञ्चालनमा आएको विशेष स्वास्थ्य सेवा केन्द्रमा करीब ३० हजार रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग प्राप्त भएको छ । समाजसेवी लेखनाथ पन्थी तथा अनिल पन्थीले स्वास्थ्य सामग्री महिला स्वास्थ्य स्वयं सेविका मधुमाया पन्थीले हस्तान्तरण गरे । कार्यक्रममा शुक्ला गण्डकी नगरपालिका वडा नं १...
सम्पादकीय
नेपाल र अमेरिकाबाट एकसाथ सञ्चालन गरेको जानकारी गराउन पाउँदा हामी गौरवान्वित छौं
अनुश्री मिडिया (प्रा.) लि. को अनलाइन न्युज पोर्टल न्यूजपाली डट कम नेपालकाे सुन्दर शहर पोखरा र अमेरिकाकाे न्यूयाेर्कबाट एकसाथ सञ्चालन गरेको जानकारी गराउन पाउँदा हामी गौरवान्वित छौं । नेपालकाे प्रेस काउन्सिलमा सूचीकरण र सूचना विभागमा दर्ता गरी यस न्यूज पोर्टललाई अफिसियल रुपमा सञ्चालन गरेका हौं । अमेरिकामा पनि सम्बन्धित निकायमा दर्ताका लागि प्रक्रिया अघि बढाइएकाे...
सफल म्याराथनलाई वडावासीको साथ
पोखरा २६, माघ । पोखरामा हुने १५ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिता २०७७ लाई सफल पार्न पोखरा महानगरपालिका वडा नम्बर १ का वडावासीले साथ दिने भएका छन् । प्रतियोगिता फागुन १ गते हुने छ ।पोखरा महानगरपालिका वडा नम्बर १ मा वडा अध्यक्ष शारदा पराजुलीको अध्यक्षतामा सोमबार बसेको विभिन्न संघ संस्थाहरुको बैठकमा सहभागीहरुले प्रतियोगिता...
सामुदायिक सेवा केन्द्र वगरको सदस्य पुनर्मिलन कार्यक्रम
पोखरा, २५ माघ । सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा–१ वगरले सदस्य पुनर्मिलन कार्यक्रम गरेको छ । नयाँ सदस्य र पुराना सदस्य बीचको सम्वन्ध प्रगाढ पार्ने उद्देश्यले सदस्य पुनर्मिलन तथा मैत्रिपूर्ण वनभोज कार्यक्रम आयोजना गरेको कार्यक्रम संयोजक केन्द्रका कोषाध्यक्ष रामप्रसाद अधिकारीले जानकारी दिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं.१६ का...
राष्ट्र न्यूज डट कमको सम्पादकमा सापकोटा
पोखरा, २५ माघ । सांदीपन मिडिया प्रा.लिले सञ्चालनमा ल्याएको राष्ट्र न्यूज डट कमको सम्पादकमा प्रकाशचन्द्र सापकोटा नियुक्त भएका छन् । प्रा.लिका सञ्चालक सपना पोख्रेलको अध्यक्षतामा बसेको बैठकले सापकोटालाई सम्पादकमा नियुक्त गरेको हो । पोखरा २५ हेमजा निवासी सापकोटा विगत २ दशकदेखि पत्रकारितामा संलग्न छन् । सापकोटा करीब डेढ दशक पोखराको आदर्श समाज दैनिकमा कार्यरत थिए...
सहयोग लिएर महिला नेतृ आचार्य दलीत बस्तीमा
पोखरा, २५ माघ। नेपाली काँग्रेसकी महिला नेतृ रङ्गिला आचार्यले सहयोग अभियानलाई जारी राखेकी छन् । पछिल्लो पटक सहयोग गर्न उनी पोखरा १६ अर्मलाकोटको दलीत बस्ती पुगेकी छन् । अर्मलाकोटका एक सय घर परिवारलाई कम्मल र न्यायो कपडा वितरण गरेकी हुन् । यस अघि उनले पोखरा २० का कृषकलाई कोदालो सहयोग गरेकी थिइन्। उनले कोरोना महामारीको...
भज्याङ्मा ७७ जनाले गरे रक्तदान
पोखरा, २४ माघ । पोखरा १३ स्थित जलेश्वर बहुउद्देश्यीय सर्वहित युवा उपसमिति र नवदुर्गा युवा क्लबले शनिवार संयुक्त रुपमा रक्तदान कार्यक्रम गरेका छन् । ‘रक्तदान जीवनदान, जीवनदान महादान’ भन्ने मूल नाराका साथ भज्याङ्मा आयोजित कार्यक्रममा ७७ जनाले रक्तदान गरेको क्लबका सल्लाहकार सन्तोष क्षेत्रीले जानकारी दिए । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. अर्जुन आचार्यले पहिलो...
काँग्रेसका शुभेच्छुक संघसंस्थाद्वारा पोखरामा प्रदर्शन
पोखरा, २४ माघ । संसद विघटनको विरोधमा शनिवार देशभर प्रदर्शन गरिएको छ । नेपाली काँग्रेसका शुभेच्छुक संघसंस्थाले संयुक्त रुपमा प्रदर्शन गरेका हुन् । पोखरा पनि पृथ्वीचोकदेखि सृजनाचोकसम्म प्रदर्शन गरिएको नेपाल प्रेस युनियन कास्कीका सभापति नवीन सिग्देलले जानकारी दिए । प्रदर्शनपछि सृजनाचोकमा आयोजित विरोध सभामा बोल्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले प्रधानमन्त्रीको अलोकतान्त्रिक र असंवैधानिक...