न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

कठिन अवस्थामा सङ्घर्ष गरेर पढिरहेका छोरीहरू
– दुर्गा देवकोटा टीकापुर, १२ फागुन (रासस) ः कैलालीको धनगढीकी अस्मिता चौधरीले बालिका हुँदा कम्लहरी देखेकी थिइन तर उनलाई आफू पनि कम्लहरी बस्नुपर्ला भन्ने लागेको थिएन । अस्मिता आठ वर्षकी थिइन् । स्थानीय नवदुर्गा विद्यालयमा कक्षा ५ मा अध्ययनरत अस्मिताको घरमा आमाबुवा रहँदा जसोतसो जीवन चलिरहेको थियो । अस्मिताका बुवाको मृत्युपछि अस्मिताले पढ्ने, खेल्ने उमेरमा...
दाहाल–नेपाल पक्षले विजय जुलुस निकाल्दै
पोखरा, १२ फागुन । सर्वाेच्चले प्रतिनिधिसभा विघटनको निर्णयलाई बदर गरेपछि नेकपा पुष्पकमल दाहाल –माधव नेपाल पक्षले बुधबार देशभर विजय जुलुस निकाल्ने भएको छ। सो पक्षका नेता तथा कार्यकर्ताले फैसला आए लगत्तै दिपावली समेत गरेका थिए । जिल्ला सदरमुकाममा बिहान ८ बजे र १२ बजे काठमाण्डौंको शान्ति बाटिकामा विजय जुलुस निकाल्ने तयारी छ । प्रतिनिधिसभा विघटनको...
आयो निशान म्यागनाइट
पोखरा, १२ फागुन । इलाइट मोटर्स प्रा.लि. उत्तमचोक पोखराले नयाँ निशान म्यागनाइट सार्वजनिक गरेको छ । बहुप्रतिक्षित नयाँ निशान म्यागनाइटको पोखरामा मंगलबारदेखि विक्री शुभारम्भ गरिएको हो । नेपाली बजारमा बिग, बोल्ड, ब्युटिफुल र अति आकर्षक गाडी निशान म्यागनाइटको शुरुवाती मूल्य २९ लाख ४९ हजार रुपैयाँ रहेको छ । ‘मेक इन इण्डिया, मेड फर द वर्ड’...
काँग्रेस सभापति देउवाद्वारा सर्वोच्चले प्रतिनिधिसभा पुनःस्थापना गरेकोमा स्वागत
काठमाण्डौं,११ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटनको विषयबारे सर्वोच्च अदालतमा परेको मुद्दामा आज अदालतबाट भएको फैसलाको स्वागत गरेका छन् । उनले विज्ञप्तिमार्फत कांग्रेस विघटित प्रतिनिधिसभा पुनःस्थापना हुने गरी सर्वोच्च अदालतले गरेको फैसलाको सम्मान गर्दै स्वागत गरेका हुन् । कांग्रेसले अदालतमा विचाराधीन मुद्दामा आफ्नो पक्षमा फैसला गराउन कसैले पनि दबाब दिन नहुने र...
प्रतिनिधिसभा पुनःस्थापना गर्ने फैसला
काठमाण्डौ, ११ फागुन । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा पुनःस्थापना गर्ने फैसला गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल प्रधान र तेजबहादुर केसीको संवैधानिक इजलासले आज प्रतिनिधिसभा पुनःस्थापना गर्ने फैसला सुनाएको हो । फैसला पढेर सुनाउँदै प्रधानन्यायाधीश जबराले १३ दिनभित्र संसद् अधिवेशन बोलाउन परमादेश जारी गरेको जानकारी दिए...
शितलादेवीमा अन्नपूर्ण आयुर्वेद क्लिनिक संचालनमा
पोखरा, ११ फागुन । पोखरा १२ शिलतादेवीमा अन्नपूर्ण आयुर्वेद क्लिनिक संचालनमा ल्याइएको छ । ‘आयुर्वेद एक फाईदा अनेक, अन्नपूर्ण आयुर्वेद’ भन्ने नाराका साथ संचालनमा ल्याइएको क्लिनिकको पोखरा १२ का वडा अध्यक्ष रामबहादुर कार्कीले उद्घाटन गरे । क्लिनिकमा दैनिक ओपीडी सेवा, क्षार सुत्रद्वारा पायल्स, फिष्टुला, फिसरको उपचार, हाडजोर्नी तथा नशा, बाथ रोग, प्यारालाईसिस, महिला सम्वन्धी रोग,...
१० लाख अवैध भारतीय रुपैयाँसहित खान पक्राउ
नेपालगन्ज,१० फागुन । १० लाख अवैध भारतीय रुपैयाँसहित दिल्ली जफ्फारावादका ५४ वर्षीय मुनवर खानलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१६ को भन्सार चेक प्वाइन्टबाट उनलाई नियन्त्रणमा लिइएको हो । उनको साथमा रहेका २ वटा झोलाभित्र २ हजारका ३ वटा र ५ पाँच सयका १ हजार ९ सय ८८ वटा भारतीय रुपैयाँ...
विरौटामा कृषि ज्ञान केन्द्र
पोखरा, १० फागुन । पोखराको विरौटामा कास्की जिल्लाको कृषि गतिविधिलाई प्रवद्र्वन गर्न कृषि ज्ञान केन्द्र कास्की स्थापना गरिएको छ । सो कार्यालयले कास्की जिल्लाको कृषि सम्बन्धी तथ्याङ्क अभिलेखिकरण, रसायनीक मल निरीक्षण, विउँ विजनको गुणस्तर नियन्त्रण, कृषि प्रविधि प्रशार तथा प्रदर्शनी, पालिकाका कृषि कर्मचारीको क्षमता अभिवृद्वि, प्राङ्गारिक कृषि प्रवद्र्वन र कृषि जैविक विविधता प्रवद्र्वन जस्ता काम...
गण्डकी प्रदेशको खाद्य अवस्था र उत्पादन बारे छलफल
पोखरा, १० फागुन । गण्डकी प्रदेशको खाद्य अवस्था र उत्पादनका बारेमा पोखरामा छलफल भएको छ । प्रदेशको खाद्य अवस्था, उत्पादनमा देखिएको समस्या र चुनौतीका बारेमा छलफल भएको थियो । कार्यक्रममा खाद्यान्न, दलहन, तेलहन र फलफुलमा आत्मनिर्भर बनाउनका लागि किसान , कृषिफर्मसँग सरोकार राख्ने सरोकारवाला र विभिन्न मिडियासँग सम्बन्धित पत्रकार, कृषि प्राविधिक सहभागी थिए । कार्यक्रममा...
कोरोना उपचारमा खटिने रित्तै, अन्यले लिए भत्ता
काठमाडौँ — कोरोना संक्रमितको उपचारमा संलग्न देशभरका स्वास्थ्यकर्मी सरकारले तोकेको जोखिम भत्तासमेत नपाएको भन्दै आन्दोलनमा छन् । स्वास्थ्य मन्त्रालयका पदाधिकारी र कर्मचारीले भने कोरोना अवधिमा काम गरेको भन्दै मनग्ये भत्ता लिएका छन् । मन्त्रालयका कर्मचारीले २०७६ चैतदेखि २०७७ कात्तिकसम्मको जोखिम भत्ता लिइसकेका छन् । प्रायः कर्मचारीले प्रत्येक दिनको भत्ता लिएका छन् । त्यसरी जोखिम भत्ता लिनेले त्यही दिनको बैठक...
नेतृत्व लिएर सबैलाइ मिलाउँछौं ः सिग्देल
पोखरा, १० फागुन । नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले नेपाल पत्रकार महासंघको आगामी निर्वाचनमा सबै संगठनलाई मिलाएर लिएर जाने बताएका छन् । नेपाल प्रेस युनियन कास्कीले नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनका सन्दर्भमा पोखरामा गरेको छलफल तथा भेलामा उनले महासंघलाई सबै पत्रकारको साझा संस्था बनाउने गरी नेतृत्व युनियनले लिने उद्घोषण गरे । नेकपा निकट पत्रकारका...
पूर्व प्रधानमन्त्री भट्टराई उपचारका लागि भारत जाँदै
पोखरा, ९ फागुन । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई उपचारका लागि आज भारत जादै छन् । उनी नेपाल वायुसेवा निगमको जहाजबाट भारतको दिल्ली जाने छन् । केही दिनयता पेटमा समस्या देखिएपछि उपचारका लागि काठमाडौंको निदान अस्पतालमा भर्ना भएका थिए । उनलाई न्युरो इन्डोक्राइनको ट्युमर भएको आशंका गरिएको छ...