न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

प्रधानमन्त्री ओली पोखरा आउँदै
पोखरा, १७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली आज पोखरा आउँदै छन् । उनले पोखरामा नेकपा प्रदेश कमिटीले आयोजना गर्ने अगुवा कार्यकर्ता प्रशिक्षणलाई सम्वोधन गर्ने छन् । त्यस्तैै उनले निर्माणाधिन पोखरा रंगशालाको निरीक्षण गर्ने कार्यक्रम पनि तय भएको छ । त्यस्तै प्रधानमन्त्रीले आज नै गण्डकी प्रदेश सरकारले पोखरामा निर्माण गर्न लागेको प्रदेश प्रशिक्षण प्रतिष्ठानको समेत...
घट्यो फेवातालको क्षेत्रफल, गहिराई बढाउन १५ हजार घन मिटर माटो निकालिदै
पोखरा, १७ फागुन । पर्यटकीय नगरी पोखराको मुख्य गहनाका रुपमा रहेको फेवातालको गहिराई बढाइने भएको छ । फेवातालको पानीको सतह घटाएको बेला फेवातालको गहिराई पनि बढाउन लागिएको हो ।  गहिराई बढाउनका लागि सोमबारदेखि काम शुरु हुँदैछ। यसअघि बाँध मर्मतसम्भारको लागि फेवातालको पानीको सतह घटाएपछि नागरिक स्तरबाट फेवाको गहिराई बढाउनुपर्ने आवाज उठेको थियो । नागरिक स्तरबाट...
बाघको छालासहित पक्राउ
काठमाडौँ, १६ फागुन (रासस) । प्रहरीले बाघको छालासहित एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त मालिगाउँको टोलीले काठमाडौँ महानगरपालिका–५ हाँडीगाउँबाट बाघको छाला बिक्री गर्न ग्राहकको खोजी गरिरहेको अवस्थामा ३५ वर्षीय मोहन कार्कीलाई आज पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले बाघको छाला बिक्री वितरणका लागि घरको...
कैदीबन्दीबीच झडप हुँदा पाँच घाइते
तनहुँ, १६ फागुन (रासस)। दमौली कारागारमा रहेका कैदीबन्दीबीच आज साँझ झडप हुँदा पाँच घाइते भएका छन् । झडपमा परी तीन नाइके र दुई कैदीबन्दी घाइते भएको दमौली कारागार प्रशासनले जनाएको छ । घाइते हुनेमा नाइकेतर्फ धनबहादुर शाही, अनुप थापा र ज्ञानबहादुर विक रहेका छन् । त्यसैगरी कैदीबन्दीतर्फ माधव कँडेल र कुलबहादुर तामाङ घाइते भएको प्रहरीले...
प्रधानमन्त्री ओली गृह जिल्ला झापामा
झापा, १६ फागुन (रासस)प्रधानमन्त्री केपी शर्मा ओली झापामा चीन–नेपाल मैत्री औद्योगिक पार्कको शिलान्यासलगायत विभिन्न कार्यक्रममा सहभागी हुन आज गृहजिल्ला झापा पुगेका छन् । उनलाई यती एयरलायन्सको पहिलो उडानबाट भद्रपुर अवतरण गरेपछि प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासी, प्रदेश नं ३ का प्रदेश प्रमुख विष्णु प्रसाईं, भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङ,...
घार्मीमा स्वास्थ्य चौकी भवन निर्माण
पोखरा, १६ फागुन । पोखरा महानगरपालिका वडा नं १९ घार्मीमा स्वास्थ्य चौकी भवन निर्माण भएको छ । संघीय सरकार स्वास्थ्य मन्त्रालयको आर्थिक सहयोगमा राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणबाट करिब १ करोड ५० लाखको लागतमा १२ कोठे भवन निर्माण भएको हो । भवन निर्माण भएसँगै सहज रुपमा स्वास्थ्य सेवा प्रदान गरिएको छ । चौकीवाट हाल बाल स्वास्थ्य, मातृ...
गलेश्वर मन्दिर पित्तलले छाइने
म्याग्दी, १६ फागुन (रासस)।बेनी नगरपालिका–९ स्थित गलेश्वरको शिवालय मन्दिरको छाना फेरिने भएको छ । गलेश्वर शिवालय क्षेत्र विकास कोषको शनिबार सम्पन्न १५औँ कार्यकारी सभाले मन्दिरको छानालाई पित्तलले छाउने निर्णय गरेको हो । मन्दिरको छाना छाउन कोषका आजीवन सदस्य रमेश शर्माले साधारणसभामा रु पाँच लाख ५५ हजार ५५५ आर्थिक सहयोग गर्ने घोषणा गर्नुभयो । मन्दिरको छाना...
नेपाल पाँच वर्षपछि विकासशील राष्ट्रमा स्तरोन्नति हुने
काठमाडौँ, १६ फागुन (रासस) । पचास वर्षदेखि अल्पविकसित राष्ट्रको समूहमा रहेको नेपाल अबका पाँच वर्षपछि विकासशील राष्ट्रमा रुपान्तरण हुने भएको छ । संयुक्त राष्ट्रसङ्घीय विकास नीति समितिको हालैको बैठकले नेपाललाई अल्पविकसित मुलुकको दर्जाबाट स्तरोन्नति हुन सिफारिस गरेसँगै गरिब देशको समूहबाट स्तरोन्नत हुन लागेको हो । न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगका अनुसार राष्ट्रिय आयबाहेक...
एलिनालाई नेपाल स्टार बनाउन सहयोग गर्ने सबैप्रति धन्यवाद
पोखरा, १६ फागुन । पोखरेली चेली एलिना गुरुङलाई नेपाल स्टार बनाउन सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गरिएको छ । एलिना गुरुङ जिताऔं सहयोग समिति र गुरुङका परिवारले नेपाल स्टारको उपाधि जिताउन अहोरात्र खट्ने, आर्थिक सहयोग र प्रचारप्रसारमा सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गरेको हो। पोखरामा आयोजित कार्यक्रम बीच उनलाई जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्नेलाई परिवारका...
नेपाल शिक्षक संघ कास्कीद्वारा १० लाखको कल्याणकारी कोष स्थापना
पोखरा, १५ फागुन । नेपाल शिक्षक संघ कास्कीले शिक्षक तथा कर्मचारीका लागि १० लाख रुपैयाँको कल्याणकारी कोष स्थापना गरेको छ । शिक्षक संघ कास्कीको पोखरामा शनिवार सम्पन्न २१ औ–२२ औं जिल्ला प्रतिनिधिसभाको अवसरमा कोष स्थापना गरिएको घोषणा गरिएको हो । दुर्घटना, बिरामी हुँदा आर्थिक समस्यामा पर्ने शिक्षक तथा कर्मचारीलाई ५० हजार रुपैयाँसम्म आर्थिक सहयोग गर्ने...
नेल्टाद्वारा पोखरा महानगरपालिका स्तरीय समिति घोषणा
पोखरा, १५ फागुन । नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ(नेल्टा) कास्कीले पोखरामा शनिवार पोखरा महानरपालिका स्तरीय समिति घोषणा गरेको छ । समितिको अध्यक्ष अर्जुन बराल, उपाध्यक्ष सन्दिप बास्तोला, सचिव सुदिप लामिछाने, कोषाध्यक्ष सजनी पौडेल, सहसचिव इश्वर पराजुली छन् । सदस्यमा दीपक पराजुली, अशोक गुरुङ, असिम ढुङ्गाना, शुक्रराज तिवारी, निशान सुनार, गणेश भण्डारी, उत्तम बराल, सरोज...
सिस्नेको डढेलो नियन्त्रण बाहिर, नागरिक त्रसित
रुकुमपूर्व, १५ फागुन (रासस) । रुकुमपूर्वको सिस्ने गाउँपालिका– २ मा दुई दिनदेखि लागेको डढेलो नियन्त्रण बाहिर गएको छ । बिहीबारदेखि शुरुआत भएको डढेलो नियन्त्रण बाहिर गएपछि त्यहाँका दर्जन बढीबस्ती जोखिममा परेका छन् । सिस्ने– २ को प्वाङस्थित कुरिपानीबाट शुरु भएको डढेलो आज बिहानसम्म धेरै ठाउँमा फैलिसकेको छ । कुरिपानी सामुदायिक वनबाट सल्किएको आगो कसरी सल्कियो...