न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

पोखरा म्याराथनलाई पोखरेली मञ्च यूकेको ५ लाख ३० हजार सहयोग
पोखरा, २० फागुन । भूतपूर्व खेलाडी मञ्चको आयोजनामा पोखरामा सञ्चालन हुने पोखरा म्याराथनका लागि मञ्चको अन्तर्राष्ट्रिय पार्टनर संस्था पोखरेली मञ्च यूकेले ५ लाख ३० हजार सहयोग गरेको छ । पोखरामा बिहिबार आयोजित पत्रकार सम्मेलनमा पोखरेली मञ्च यूकेका कोषाध्यक्ष कमल गुरुङले ५ लाख ३० हजारको चेक भूतपूर्व खेलाडी मञ्च नेपालका अध्यक्ष तेज गुरुङलाई हस्तान्तरण गरेका हुन्...
घाँस काट्ने क्रममा गैंडाको आक्रमण, विकको मृत्यु
पोखरा, २० फागनु । गैंडाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । गैडाको आक्रमणबाट नवलपरासी (पूर्व) मध्यविन्दु नगरपालिका–१२ नयाँबेलाहानीकी ४४ वर्षीया फविसरा विकको मृत्यु भएको छ । विहिबार बिहान खेतमा घाँस काट्ने क्रममा अचानक पछाडिबाट गैँडाले आक्रमण गरेको थियो । उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाका बिषयमा थप अनुसन्धान भइरहेको छ...
हल्का वर्षाको सम्भावना
काठमाडौँ, २० फागुन (रासस) । पश्चिमी वायुको प्रभावले आज देशको पहाडी भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा हुने भएको छ । पश्चिमी वायुको आंशिक प्रभावले देशको पहाडी भागमा आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद् राजु प्रधानाङले बताए। उनका अनुसार उक्त प्रणालीको प्रभाव शनिबारसम्म रहने छ...
बढ्दै सम्बन्धविच्छेद
गलकोट, २० फागुन (रासस) । बागलुङ जिल्लामा बर्सेनि सम्बन्धविच्छेदका घटना बढ्दै गएको छ । जिल्ला अदालत बागलुङमा परेका मुद्दा र फैसलाको तथ्याङ्कअनुसार सम्बन्धविच्छेद पछिल्लो समय बढ्दो क्रममा देखिएको छ । विसं २०७४ मा नयाँ मुलुकी संहिता लागू भएपछि सम्बन्धविच्छेदका जटिलतामा धेरै सहजता आएको छ । पछिल्लो समय महिला या पुरुषमध्ये कुनै एक पक्षले चाहे अदालतमा...
जिम्मेवारीपूर्वक काम नगर्ने चिकित्सकसँग दोस्रो पटक स्पष्टिकरण माग
वाग्मती, २० फागुन (रासस)। वाग्मती प्रदेश राजधानी मकवानपुरको हेटौँडामा अवस्थित हेटौँडा अस्पतालमा कार्यरत दुई चिकित्सकलाई दोस्रो पटक स्पष्टीकरण सोधिएको छ । दुवै चिकित्सकले आफ्नो कार्यालय समयमा जिम्मेवारीपूर्वक भूमिका निर्वाह नगरेको पाइएकाले डा बुद्धीराज पाण्डे र डा साजित अन्सारीलाई अस्पतालका निमित्त प्रमुख सुपरिटेन्डेन्ट डा प्रवीण श्रेष्ठले २४ घण्टे स्पष्टीकरण सोधेका हुन् । अन्सारी ड्युटीको समयमा पनि...
प्रधानमन्त्री पाउँ पनि भनेको छैन ,आयो भने भाग्नेवाला पनि छैन – देउवा
चितवन, १९ फागुन (रासस)।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जिम्मेवारीबाट कांग्रेस नभाग्ने बताएका छन् । नेपाली कांग्रेसका नेता एकनाथ रानाभाटको १० औँ दिनको पूण्यतिथिमा यहाँ आज आयोजित शोकसभामा उनले प्रधानमन्त्री बन्नुपर्ने अवस्था आए कांग्रेस नभाग्ने बताएका हुन् । सभापति देउवा बोल्नुअघि वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसले प्रतिपक्षको भूमिका जिम्मेवारीपूर्वक निर्वाह गर्नुपर्ने बताएपछि पौडेलको जवाफमा सभापति देउवाले...
करेन्ट लगाएर माछा मार्ने क्रममा तामाङको मृत्यु
पोखरा, १९ फागुन । करेन्ट लागेर तनहुँको बन्दिपुर गाँउपालिका–४ डुम्रे खोलाका १५ वर्षीय स्वारुप तामाङको मृत्यु भएको छ । मुख्य लाईनको (केन्द्रीय लाईन) तारबाट करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर बेहोस भएका उनको लक्ष्मी अस्पताल डुम्रेमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाका बारेमा अनुसन्धान भैरहेको छ ।
पशुपतिनाथमा एक वर्षअघि देखि रोकिएको विशेष पूजा फागुन २५ देखि
काठमाडौँ, १९ फागुन (रासस) ।पशुपतिनाथ मन्दिरमा कोरोना महामारीका कारण एक वर्षअघि देखि रोकिएको विशेष पूजा फागुन २५ गतेदेखि शुरु हुने भएको छ । कोरोना जोखिम कायमै रहे पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर फागुन कृष्ण एकादशीदेखि विशेष पूजा शुरु गर्न लागिएको पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाले राससलाई जानकारी दिए । हाललाई रु...
काँग्रेसले बोलायो संसदीय दलको बैंठक
काठमाडौँ, १९ फागुन (रासस) । नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयमा छलफल गर्न पार्टीको संसदीय दलको बैठक शुक्रबार बोलाएको छ । बैठक यही फागुन २१ गते अपराह्न १ बजे सङ्घीय संसद् भवन, बानेश्वरस्थित ल्होत्से हलमा बस्ने कांग्रेस संसदीय दलको कार्यालयले जनाएको छ । बैठकमा प्रतिनिधिसभाको आगामी बैठकमा कसरी प्रस्तुत हुने सम्बन्धमा छलफल हुने पार्टी सचेतक पुष्पा...
भोकै छन् राउटे
कर्णाली, १९ फागुन (रासस)। कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई राउटे अगुवा दिलबहादुर शाहीले भेटेका छन् । आफ्ना जनताका लागि खानाको समस्या भएको भन्दै मङ्गलबार मुख्यमन्त्री शाहीको कार्यकक्षमा पुगेका दिलबहादुरले गुराँस गाउँपालिकाले चार महिनासम्म भत्ता नदिएको गुनासो पोखे । गाउँपालिकाले दिने प्रतिव्यक्ति मासिक रु तीन हजार नपाउँदा खानलाई चामल किन्न नसकेकाले भोको पेटमा सरकारसमक्ष बिन्ती...
रोकिएन कालीगण्डकी दोहन, बहुमुल्य शालिग्राम लोप हुने अवस्थामा, बस्ती जोखिममा
– खेमराज गौतम गलकोट, १९ फागुन (रासस) ।वर्षौँदेखि कालीगण्डकी नदीको अवैधरूपमा दोहन हुँदै आएको छ । देश सङ्घीयतामा गइसकेपछि गण्डकी प्रदेश सरकारले नदीजन्य पदार्थको उत्खनन तथा निकासी मापदण्ड तयार गरे पनि क्रसर व्यवसायीको मनोमानी कायमै छ । ठेक्का नलाग्ने समयमा समेत रातारात दोहन हुँदै आएको कालीगण्डकीमा अहिले टेण्डरपश्चात् सम्झौता विपरित दिउँसै ठूला उपकरणकै प्रयोग गरेर...
गुरुङ भाषाको चलचित्र ‘शिरसुबा’ को विशेष प्रदर्शन हुने
फागुन १८, पोखरा । ब्रेज मेश्रो फिल्म प्रोडक्शन घान्द्रुकको ब्यानरमा निर्मित गुरुङ भाषा तथा संस्कृतिमा आधारित दोस्रो चलचित्र शिरसुबाको फागुन २२ गते शनिबार पोखरामा विशेष प्रदर्शन हुने भएको छ । पोखरामा पत्रकार सम्मेलन आयोजना गर्दै फिल्मका निर्देशक माओत्से गुरुङले पोखराको भमरकोट पार्टी प्यालेस रामबजारमा विशेष प्रदर्शन हुन लागेको जानकारी दिए । यस अगाडि यो फिल्मको...