न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

विश्लेषक सिग्देललाई मातृशोक
पोखरा, २३ फागुन । पोखरा १३, सिग्देल मार्ग निवासी समाजसेवी एवं राजनीतिक विश्लेषक विश्व सिग्देललाई मातृशोक परेको छ । उनकी आमा गौरा सिग्देलको ९७ वर्षको उमेरमा आइतबार निधन भएको हो । उनका २ छोरी र १ छोरा छन् । विश्व माइला छोरा हुन् । उनको पार्थिव शरीर आइतबार नै पोखरा रामघाटस्थित सेती नदी किनारमा अत्येष्टि...
‘जानेर गल्ति गर्दीन’
पोखरा, २३ फागुन । कास्कीमा केही दिन अघि मात्रै सरुवा भइ आएका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानेर आफूले कुनै पनि गल्ति नगर्ने बताएका छन् । ‘कामको सिलसिलामा जानेर कुनै गल्ति गर्दीन उनले भने, कुनै गल्ति गरे भने औल्याइदिनु होला।’ कास्कीमा पदभार सम्हालेको पाँचौ दिन आइतबार कास्कीका पत्रकारसँग सुझाव लिने क्रममा उनले आमनागरिकलाई केन्द्रमा राखेर...
पश्चिमी वायुको प्रभावः वर्षा र हिमपातको सम्भावना
काठमाडौँ, २३ फागुन (रासस) । पश्चिमी वायुको प्रभावले देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही वर्षा र हिमपात हुने भएको छ । पश्चिमी वायुको आंशिक प्रभावले सोमबार बेलुकासम्म देशभर आंशिकदेखि सामान्य बदली रही देशका पहाडी भूभागमा मेघगर्जनसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ । ठूलो पानी पर्ने सम्भावना भने...
प्रतिनिधिसभाको सातौँ अधिवेशन शुरु, उत्साह कम, कौतुहलता बढी
–नारायण न्यौपाने/विक्रम गिरी काठमाडौँ, २३ फागुन (रासस) ।पाँच वर्षे कार्यकाल भएर पनि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवादका कारण तीन वर्षमै विघटन भएको प्रतिनिधिसभाको बैठक सर्वाेच्च अदालतको आदेशपछि आजदेखि शुरु भएको छ । सरकारको नेतृत्व गरिरहेको नेकपाभित्र आधिकारिकताको विवाद उत्कर्षमा पुगिरहेको बेला शुरु भएको प्रतिनिधिसभाको सातौँ अधिवेशनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगत्बाट कौतुहलताका साथ हेरिएको छ...
नारायणगढ–मुग्लिन सडक आजदेखि दिउँसो बन्द हुने
भरतपुर, २३ फागुन (रासस) । पहिरो रोकथामको बाँकी काम सम्पन्न गर्नका लागि नारायणगढ–मुग्लिन सडकखण्ड एक हप्ता दिउँसो बन्द गरिने भएको छ । आजदेखि २९ गतेसम्म एक हप्ता दिउँसो सडक बन्द गर्न लागिएको हो । नारायणगढ–मुग्लिन सडक आयोजनाले सूचना जारी गर्दै सडकखण्डअन्तर्गत चारकिलोमा पहिरो रोकथामका आवश्यक बाँकी काम सम्पन्न गर्नका लागि सडक बन्द गर्न लागिएको जनाएको...
पोखरा म्याराथन अन्तर्गत ह्विल चियर र दृष्टिविहिन दौड
पोखरा,२३ फागुन । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था भूतपूर्व खेलाडी मञ्चको आयोजनामा शनिवार ह्विल चियर र दृष्टिविहिन महिला तथा पुरुष दौड सम्पन्न भएको छ । “१५ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन” अन्तर्गत सम्पन्न प्रतियोगितामा ह्विल चियर पुरुषतर्फ शुरेस गौली प्रथम भएका छन भने भरत अधिकारी दोस्रो र भरत विक्रम बानियाले तेश्रो स्थान हात पारेका छन्...
नक्कली परीक्षार्थी बनी प्रहरी जवानको लिखित परीक्षा दिने २२ जना पक्राउ
कञ्चनपुर, २३ फागुन(रासस) । लोकसेवा आयोग दिपायल केन्द्रबाट महेन्द्रनगर क्षेत्रका विभिन्न परीक्षा केन्द्रमा सञ्चालन भएको प्रहरी जवान (खुल्ला तथा समावेशी) जनपदको लिखित परीक्षामा नक्कली परीक्षार्थी बनी परीक्षा दिने २२ जनालाई प्रहरीले शनिबार पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार नागरिकताको प्रमाणपत्र र प्रवेश पत्रमा फोटो परिवर्तन तथा...
प्रधानमन्त्री बन्न हतार छैन ःसभापति देउवा
काठमाडौँ, २२ फागुन (रासस) । नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले आफू प्रधानमन्त्री बन्ने प्रतिस्पर्धामा नरहेको प्रस्ट पारेका छन् । विपी स्मृति सामुदायिक अस्पतालको १३औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै उनले भने, “प्रमुख प्रतिपक्ष दल बलियो प्रतिपक्ष भएकाले स्वाभाविकरुपमा प्रधानमन्त्री हुने सम्भावना हुन्छ । सरकारको नेतृत्व गर्न हतार छैन । कोसिस पनि छैन ।”...
अन्तरविद्यालय हाजिरजवाफ प्रतियोगितामा चिल्ड्रेन्स एकेडेमी प्रथम
पोखरा, २२ फागुन । नेशनल प्याव्सन कास्कीले आयोजना गरेको अन्तरविद्यालय स्तरीय हाजिर जवाफ प्रतियोगितामा चिल्ड्रेन्स एकेडेमी प्रथम भएको छ । प्रतियोगितामा चिल्ड्रेन्स एकेडेमीका ममता खत्री, आयुषा गुरुङ, राज अधिकारी, निरज कुमालको समूह प्रथम भएका हुन् । मर्निड्ड ग्लोरी एकेडेमी स्कूलका सुषान तिवारी, स्मृति अधिकारी, रचित सापकोट र आयुषा गिरीको समूह द्धितीय भए । कास्की मोडनाइज्ड...
पुरानै लयमा फर्कियो तातोपानी, स्नान गर्नेको घुइँचो
– सन्तोष गौतम म्याग्दी, २२ फागुन (रासस) :प्राकृतिक उपचार स्थलका रुपमा परिचित बेनी नगरपालिका–४ तातोपानीको पर्यटन व्यवसाय पुरानै लयमा फर्किएको छ । कोरोना भाइरसको जोखिम र रोकथामका लागि गरिएको बन्दाबन्दीका कारण सुनसान बनेको तातोपानीमा स्नान गर्नेको घुइँचो लागेको छ । विसं २०७६ चैत पहिलो हप्तादेखि बन्द भएको तातोपानी गत माघ १ गतेदेखि खुला गरिएको थियो...
कास्कीमा विद्युत आपुर्ति अवरुद्व हुने
पोखरा, २२ फागुन । कास्की जिल्लामा आज विद्युत आपुर्ति अवरुद्व हुने भएको छ । शनिवार बिहान १० देखि दिउँसो १ बजेसम्म विद्युत आपुर्ति बन्द हुने नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले जनाएको छ । लेखनाथ शब स्टेशनमा १३२ के.भी लाईन बे एक्सटेन्सन कार्यका लागि कास्कीमा विद्युत आपुर्ति अवरुद्व हुने भएको हो ।
आगलागीबाट ४५ लाख बराबरको क्षति
भरतपुर, २२ फागुन (रासस) । चितवनको रामपुरस्थित एक फर्निचर उद्योगमा शुक्रबार राति आगलागी भएको छ । भरतपुर महानगरपालिका–१९ रामपुरस्थित मधु सापकोटाको अनुपम फर्निचर उद्योगमा आगलागी भएको हो । आगलागीबाट करीब ४५ लाख बराबरको फर्निचर र काठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए । विद्युत् चुहावट भएर आगलागी भएको उनले...