न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

देशभरका शिव मन्दिरमा भक्तजनको भीड
पोखरा, २७ फागुन । महाशिवरात्रिका अवसरमा आज बिहानैदेखि देशभरका शिव मन्दिरमा भक्तजनको भीड लागेको छ । पशुपतिनाथ मन्दिरसहित देशभरका शिव मन्दिरमा भक्तजनको भीड बढिरहेको छ । भक्तजनको सुविधाका लागि मन्दिरहरुमा सहजसँग पूजा अर्चना गर्ने वातावरण बनाइको छ । पशुपतिमा लाखौँ भक्तजनको भीड लागेको छ । महाशिवरात्रिका लागि पशुपतिनाथ मूल मन्दिरका चारै ढोका बिहान ४ बजेदेखि...
आज महाशिवरात्रि पर्व
काठमाडौँ, २७ फागुन (रासस) ।प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजा–आराधना गरी आज देशभर मनाइँदैछ ।  बिहीबार दिउँसो २ः५२ बजेसम्म त्रयोदशी तिथि छ । त्यसपछि चतुर्दशी प्रारम्भ हुन्छ । चतुर्दशी तिथि शुक्रबार दिउँसो २ः५१ बजेसम्म छ । मध्यरातमा चतुर्दशी तिथि बिहीबार परेकाले यसै दिन महाशिवरात्रि पर्व...
पोखरा महानगरको पाँचौ स्थापना दिवस
पोखरा, २६ फागुन । पोखरा महानगरपालिकाले बुधबार पोखरा महानगरपालिकाले पाँचौ स्थापना दिवस मनाएको छ । स्थापना दिवसमा बुधबार प्रभातफेरी, सम्मान लगायतका कार्यक्रम गरिएको छ । सोमबार जनप्रतिनिधि र कर्मचारीबीच फुटबल प्रतियोगिता र मंगलबार महिला जनप्रतिनिधि र कर्मचारीवीच भलिबल र ब्याडमिन्टन प्रतियोगिता गरिएको थियो । स्थापना दिवसमा महानगरपालिकाले मातहतका कार्यालयहरुमा बुधबार सार्वजनिक बिदा समेत दिएको थियो...
बर्ड फ्लु देखियो
काठमाडौँ, २६ फागुन (रासस) ।जाजरकोट जिल्लाको भेरी नगरपालिका–३ सियाँलाका किसानले पालेको लेयर्स कुखुरामा बर्ड फ्लु देखिएको छ । पशु सेवा विभागका वरिष्ठ पशु विकास अधिकृत चन्द्र ढकालले ती कुखुराको नमूना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालाका पिसिआर परीक्षण गर्दा बर्ड फ्लु देखिएको जानकारी दिए । योसँगै माघयता नेपालमा पाँचपटक बर्ड फ्लु देखिएको हो । यसअघि काठमाडौँको...
मध्यावधि निर्वाचनको विकल्प छैन ः डा कोइराला
झापा, २६ फागुन (रासस)।नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले देशलाई राजनीतिक निकास दिन निर्वाचनमा जानाको विकल्प अब नभएको बताएका छन् । बिर्तामोडमा नेपाल प्रेस युनियनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले प्रतिनिधिसभा पुनःस्थापना भए पनि अब संसद् चल्न नसक्ने बताउँदै निर्वाचनको विकल्प नरहेको बताए । “नेपाल कम्युनिष्ट पार्टी पुरानै अवस्था (एमाले र माओवादी)मा फर्किए, सहज...
महाशिवरात्रिको तयारीस्वरुप पशुपतिनाथ क्षेत्रमा सफाइ
काठमाडौँ, २६ फागुन (रासस) । महाशिवरात्रिको तयारीस्वरुप आज बिहान पशुपतिनाथ मूल मन्दिर क्षेत्र सफाइ गरिएको छ । महाशिवरात्रि पर्वलाई स्वच्छ र सफा वातवरणमा सम्पन्न गराउन पशुपति क्षेत्र विकास कोषले गठन गरेको वातावरण सरसफाइ तथा जुत्ता चप्पल व्यवस्था उपसमितिको आयोजनामा आज बिहान सफाइ गरिएको हो । सफाइबाट चार गाडी फोहर व्यवस्थापन गरिएको उपसमिति संयोजक एवं वाग्मती...
मुस्ताङमा ट्रेड युनियन काँग्रेस
पोखरा,२६ फागुन । नेपाल ट्रेड युनियन काँग्रेसले मुस्ताङ जिल्लामा तदर्थ समिति गठन गरेको छ । प्रमिस गौचनको अध्यक्षतामा गठित समितिको उपाध्यक्ष खेम बहादुर गुरुङ, सचिव अमित पुर्जा मगर,कोषाध्यक्ष सोफिया शेरचन छन् । सदस्यमा एकराज बस्नेत ,सिताराम कार्की, शुशील शेरचन छन् । नेपाल ट्रेड युनियन काँग्रेस गण्डकी प्रदेश अध्यक्ष मुरारी शर्मा र नेपाल शिक्षक संघ गण्डकी...
नारी परोपकार केन्द्रको २० औं स्थापना दिवस
पोखरा, २६ फागुन । नारी परोपकार केन्द्रले २० औं स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसरमा पोखरा ८ सिमलचौरमा रहेको विशेश्वर शिव पञ्चाङ्ग मन्दिर परिसरमा १०८ वटा पालामा दिप प्रज्ज्वलन गरिएको थियो । त्यस अवअसरमा केन्द्रकी सदस्य राधा सिग्देल,संस्थापक उपाध्यक्ष शारदा सिग्देल, पूर्व कोषाध्यक्ष चन्द्री भट्टराई, जनप्रिय टोल विकास संस्था सचिव निरु सिग्देल, समाजसेवी...
तेस्रो डायमण्ड रनिङ शिल शुरु
पोखरा, २६ फागुन । कास्कीको पोखरा महानगरपालिका वडा नं २७ तालचोकमा रहेको डायमण्ड माध्यमिक विद्यालयमा तेस्रो डायमण्ड रनिङ शिल खेलकुद प्रतियोगिता शुरु भएको छ । कोरोना महामारी कम भएर विद्यालय सञ्चालन भएपछि विद्यार्थीहरुलाई पढाइको साथसाथै खेलकुदका माध्यमले पनि अगाडि वढाउने उद्देश्यले खेलकुद प्रतियोगिता संचालन गरिएको विद्यालयका निर्देशक माधव शरण उपाध्यायले बताएका छन् । पोखरा महानगरपालिका...
महाशिवरात्रिका लागि भित्रियो उखु
पोखरा, २६ फागुन । पोखरामा महाशिवरात्रीका लागि उखु भित्रिएको छ । पोखरा ९ मा रहेको कृषि बजारबाट मङ्गबारदेखि नै उखु विक्री हुन शुरु भएको छ । पोखरामा धादिङ, गोरखा र सुनसरीको उखु आएको छ । अन्यको तुलनामा बढी उखु गोरखाबाट आएको छ । विगतका वर्षमा भन्दा यसवर्ष कम उखु भित्रिएको व्यापारीको भनाइ छ । पोखरामा...
एकै परिवारका पाँचबाट सामूहिक आत्महत्या
दैलेख, २५ फागुन (रासस) । दैलेखको आठविस नगरपालिका–३ निमाइलका एउटै घरका पाँचले कर्णाली नदीमा हाम फालेर आत्महत्या गरेका छन् । यही फागुन २३ गते राति घरबाट बेपत्ता भएकी सुखी बडुवाल, उनका तीन छोरी र एक छोराले सामूहिकरुपमा कर्णाली नदीमा हाम फालेर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ । बेपत्ता भएकामध्ये दुई छोरी...
एमाले र माओवादी केन्द्र फरक दल
काठमाडौं, २५ फागुन (रासस) । निर्वाचन आयोगले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) अबदेखि अलगअलग राजनीतिक दलका रूपमा रहेको भनी सङ्घीय संसद् सचिवालय, प्रदेशसभा सचिवालय र सबै जिल्ला निर्वाचन कार्यालयलाई जानकारी गराउने निर्णय गरेको छ । आयोगको आजको बैठकले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)सर्वोच्च अदालतको फैसलाबाट बदर भएको जनाउँदै नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिनवादी)...