न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

सिडेन गण्डकीद्वारा फुटसल प्रतियोगिता
पोखरा, १४ चैत । सेण्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) गण्डकीको आयोजनामा पोखरामा शनिवार फुटसल प्रतियोगिता भएको छ । गण्डकी प्रदेशका ११ समूहको सहभागिता रहेको प्रतियोगितामा सिडेन कास्की ‘डि’ बिजेता र सिडेन कास्की ‘बी’ उपबिजेता बनेको छ । बिजेता र उपबिजेता समूहलाई क्रमशः नगद २० हजार र सात हजारसहित ट्रफि प्रदान गरिएको छ । प्रतियोगितामा...
रेडक्रस पोखरा – १२ को शिविरमा एक सय ७६ जनाको परिक्षण
पोखरा, १४ चैत । नेपाल रेडक्रस सोसाईटी पोखरा – १२ उपशाखाले मृगौला तथा पित्त थैलीको निःशुल्क परिक्षण शिविर गरेको छ । शिविरमा एक सय ७६ जनाको परिक्षण गरिएको सचिव कुश्मराज आचार्यले जानकारी दिए । परिक्षण गरिएका मध्य एक सय १६ जना महिला र पुरुष ६० जना छन् । शिविरमा भिडियो एक्सरेबाट परिक्षण, रगतबाट मृगौला परिक्षण...
कास्की काँग्रेस नेता जोशीको निधनमा स्तब्ध
पोखरा, १४ चैत । नेपाली काँग्रेस कास्कीले पार्टीका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीको निधनले पार्टीलाई स्तब्ध बनाएको जनाएको छ । कास्की काँग्रेसका सभापति कृष्ण केसीले शनिवार जारी गरेको शोक विज्ञप्तिमा नेता जोशीको निधनले पार्टीमा अपुरणीय क्षति पुगेको उल्लेख छ । पूर्व मन्त्री, नेपाल विद्यार्थी संघका पूर्व महामन्त्री, शालिन व्यत्तित्व, कुशल संगठक, इमान्दार, त्यागी, कार्यकर्ता र जनताका...
नेता जोशीको निधनप्रति दुःख व्यक्त गर्दै कार्यक्रम स्थगित
पोखरा, १४ चैत । नेपाल आदिवासी जनजाति संघ कास्कीले आज शनिवार पोखरामा गर्न लागेको शुभकामना आदानप्रदान, नयाँ वर्ष २०७८ को क्यालेण्डर विमोचन र सम्मान कार्यक्रम स्थगित भएको छ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य नविन्द्रराज जोशीको निधनप्रति दुःख व्यक्त गर्दै कार्यक्रम स्थगित गरिएको संघका अध्यक्ष आश बहादुर गुरुङले जानकारी दिए । सो कार्यक्रमका लागि नेपाली काँग्रेसका...
मौसममा सुधार आउन अझै केही दिन लाग्ने
काठमाडौँ, १४ चैत (रासस) । पछिल्लो समय नेपालका अधिकांश जिल्लामा डढेलो लागेकाले प्रदूषणका कणहरु वायुमण्डलमा नै जम्मा भएकाले काठमाडौँ उपत्यकामा बाक्लो तुवालो लागेको छ । जल तथा मौसम विज्ञान विभागले एक बुलेटिन निकालेर नेपालका धेरैजसो स्थानको वायुमण्डल स्थिर अवस्थामा रहेको र यस्तो अवस्थामा प्रदूषणका कण छरिन नपाई वायुमण्डलमा नै तैरिरहने भएकाले प्रदूषण बढ्न गई पारदर्शितासमेत...
सार्वजनिक यातायातमा मास्क अनिवार्य
काठमाडौँ, १३ चैत (रासस) । कोभिड–१९ को सङ्क्रमणलाई ध्यानमा राख्दै सार्वजनिक यातायातमा कडाइ गरिने भएको छ । पछिल्लो समय नेपालमा कोरोना सङ्क्रमणको दरमा बृद्धि भएको भन्दै रोकथाम तथा नियन्त्रणका लागि काठमाडौँमा सार्वजनिक यातायातमा मास्कको प्रयोगलाई अनिवार्य बनाउन लागिएको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी, यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, यातायात व्यवसायी र...
आगलागी हुँदा दुई घर नष्ट
ताप्लेजुङ, १३ चैत (रासस) । फुङलिङ नगरपालिका–३ मा आज साँझ भएको आगलागीबाट दुई घर जलेर नष्ट भएका छन् । साँझ भएको आगलागीबाट भीमप्रसाद घिमिरे र चन्द्रमाया रम्तेलको घर जलेर नष्ट भएको स्थानीयवासीले जानकारी दिएका छन् । सबिन तोलाङ बस्दै आएका घिमिरेको घरबाट अचानक शुरु भएको आगो फैलिँदा चन्द्रमायासमेतको घर जलेको सञ्चारकर्मी जीवन कालिकोटेले जानकारी दिए।...
बीमावापतको रकम भुक्तानी नहुँदा औषधि खरिदमा समस्या
दमौली, १३ चैत (रासस) । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रलाई बीमावापतको रु एक करोड भुक्तानी नहुँदा औषधि खरिदमा समस्या भएको छ । बीमा गरेका सर्वसाधारणले उपचार केन्द्रबाट निःशुल्क औषधि पाए पनि उक्त बापतको रकम अस्पताललाई प्राप्त नहुँदा अस्पतालले औषधि खरिद गर्न नसकेको हो । अस्पतालको आम्दानीको स्रोत नभएको र बीमावापतको...
नक्कली नोट र नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई पक्राउ
काठमाडौँ, १३ चैत (रासस) ।  प्रहरीले नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरीवृत्त कालिमाटीबाट खटिएको प्रहरी टोलीले नक्कली नोटसहित रौतहटका ३५ वर्षीय गनबहादुर लोप्चान र मकवानपुरकी ३९ वर्षीया माया तामाङलाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक रमेशबहादुर बस्नेतले नक्कली नोट बोकेका व्यक्ति...
काँग्रेसको बैठक चैत २० मा
पोखरा, १३ चैत । नेपाली काँग्रेसले चैत २० गते केन्द्रीय समितिको बैठक बोलाएको छ । केन्द्रीय कार्यालय सानेपामा दिउँसो बोलाइएको बैंठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था र पार्टीको १४ औ महाधिवेशनका विषयमा छलफल हुने छ ।
कोरोनाका कारण लाहाचोकको फुटबल प्रतियोगिता स्थगित
पोखरा, १३ चैत । माछापुच्छ«े गाउँपालिका वडा नं ४ स्थित जोगिचौर युवा क्लवले लाहाचोकमा आयोजना गर्न लागेको फुटबल प्रतियोगिता स्थगित भएको छ। क्लवले आजदेखि सेभेन ए साइड फुटबल प्रतियोगिता संचालन गर्ने तयारी गरेको थियो । पछिल्लो समय देशब्यापी फैलिएको कोरोना संक्रमण र लाहाचोकमा एकै दिन १३ जनालाई कोरोना देखिएपछि प्रतियोगिता स्थगित गरिएको क्लवका अध्यक्ष किरण...
भारतबाट फर्किनेमा दिनहुँ कोरोना सङ्क्रमण, क्वारेन्टिन नबस्नेलाई कारवाही
शेरबहादुर सिंह÷ विमल विष्ट महेन्द्रनगर, १२ चैत (रासस) । कञ्चनपुरको भीमदत्त नगरपालिका–१० का एक युवतीमा आज बिहान यहाँको गड्डाचौकी नाकामा कोरोना परीक्षण गर्दा पोजेटिभ देखियो । परिवारका सदस्यसित भारतको पञ्जावबाट घर फर्किरहेकी युवतीमा सीमामा स्वास्थ्य परीक्षण गर्दा कोरोना देखिएपछि उनलाई महाकाली अस्पातल पठाइएको इलाका प्रहरी कार्यालय गड्डाचौकीले जनाएको छ । उता कञ्चनपुरको पुर्वी गौरीफन्टा नाकामा...