न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

पत्रकार महासङ्घको निर्वाचनका लागि लोकतान्त्रिक समूहको उम्मेदवारी घोषणा
काठमाडौँ, १९ चैत (रासस) । नेपाल पत्रकार महासङ्घको आसन्न निर्वाचनका लागि लोकतान्त्रिक, प्रगतिशील, समावेशी समूहले आफ्नो उम्मेदवारी घोषणा गरेको छ । नेपाल प्रेस युनियन, प्रेस सेन्टर, प्रेस चौतारी नेपाललगायत ११ सङ्गठनले बुधबार राजधानीमा आयोजना गरेको कार्यक्रममा विपुल पोखरेलको नेतृत्वमा रहेको समूह घोषणा गरिएको हो । कार्यक्रममा अध्यक्ष पदका उम्मेदवार पोखरेलले प्रेस स्वतन्त्रता, लोकतन्त्र, अभिव्यक्ति स्वतन्त्रताका...
कांग्रेसका पुराना नेता बरालको निधन
पोखरा, १८ चैत । पोखरा ७ मासवार निवासी काँग्रेसका पुराना नेता प्रेमनारायण बरालको ८८ वर्षको उमेरमा निधन भएको छ । उनको पोखराको सेती नदी स्थित शान्ति घाट किनारमा अत्यष्टि गरिएको छ । उनको पार्थिव शरीरमा नेपाली काँग्रेसका नेता शुक्रराज शर्मा, कास्की काँग्रेस सभापति कृष्ण केसी, पूर्व मन्त्री यज्ञ बहादुर थापा , काँग्रेस नेता शोभियत बहादुर...
आदिवासी जनजाति संघ कास्कीको कार्यक्रम चैत्र १९ गते
पोखरा, १८ चैत । नेपाल आदिवासी जनजाति संघ कास्कीले १९ गते बिहीबार पोखरामा शुभकामना आदानप्रदान, नयाँ वर्ष २०७८ को क्यालेण्डर विमोचन र सम्मान कार्यक्रम गर्ने भएको छ । यसअघि चैत १४ गतेका लागि तय भएको कार्यक्रम नेपाली काँग्रेसका केन्द्रीय सदस्य नविन्द्रराज जोशीको निधनप्रति दुःख व्यक्त गर्दै स्थगित गरिएको थियो । सो कार्यक्रमका लागि नेपाली काँग्रेसका...
मुस्ताङ जोड्ने सडक थप दुई दिन बन्द
म्याग्दी, १७ चैत (रासस) । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकमा सिधा यातायात सेवा बन्द हुने समय दुई दिन थपिएको छ । विस्फोटक पदार्थको प्रयोग गरेर स्तरोन्नति र विस्तारको काम गर्न जिल्ला प्रशासन कार्यालय मुस्ताङमा सोमबार बसेको बैठकले चैत १९ गतेसम्म यातायात बन्द गर्ने निर्णय गरेको हो । यसअघि चैत १४ देखि १७ गतेसम्मलाई बेनी–जोमसोम...
तुवाँलोले हवाई सेवा प्रभावित
सिमकोट, १७ फागुन (रासस) ।  हुम्लाको मुख्य यातायातको साधनका रूपमा रहेको हवाई सेवा दुई दिनदेखि प्रभावित भएको छ । जिल्लामा लागेको बाक्लो तुवाँलोका कारण सिमकोट विमानस्थलको हवाई सेवा दुई दिनदेखि प्रभावित भएको हो । आइतबार बिहानदेखि देखिएको धुवाँजस्तो देखिने तुवाँलोका कारण दुई दिनदेखि नेपालगञ्ज तथा सुर्खेतबाट हुने सम्पूर्ण हवाई सेवा बन्द भएको छ । तुवाँलोको...
मौसममा तत्काल सुधार नहुने
काठमाडौँ, १७ चैत (रासस) ।  जल तथा मौसम विभागले आगामी तीन दिनसम्म नै वायुमण्डल स्थिर अवस्थामा रहिरहने भएकाले तुवाँलोको यस विषम मौसमी अवस्थामा तत्काल सुधार हुने नदेखिएको जनाएको छ । मनसुनपूर्वको सोमबारसम्म पनि ज्यादै न्यून वर्षा भई वायुमण्डल सुक्खा भइरहेको अवस्थामा देशका विभिन्न ठाउँमा तुवाँलो लाग्नु सामान्य भए पनि यही चैत १३ गतेदेखि देशका धेरै...
धादिङमा टेलिमेडिसिन सेवा सञ्चालन गर्न जुटे बेलायतका नेपाली
लन्डन, १६ चैत (रासस) । बेलायतका नेपाली अहिले धादिङमा टेलिमेडिसिन सेवा सञ्चालन गर्न जुटेका छन् । टेलिफोन र इन्टरनेटमार्फत स्वास्थ्य परामर्श दिइने उक्त सेवा उपलब्ध गराउन बेलायतस्थित स्वीनफेन च्यारिटेबल ट्रष्टको पूर्ण साथ छ । ट्रष्टका निर्देशक लर्ड रोजल स्वीनफेन र सहनिर्देशक श्रीमती लेडी प्याट स्वीनफेन हुनुहन्छ । उक्त ट्रष्टले संसारका ७८ देशमा करिब ८०० स्वास्थ्यकर्मी...
दुई बम सेनाद्वारा निष्क्रिय
सिमकोट, १६ चैत (रासस) । हुम्लाको सिमकोट गाउँपालिका–२ स्थित ठेहेगाउँको दुई घरको बीचमा भेटिएको सुतली बम नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ । ठेहेको विजगाउँका दुईवटा घरको साँधमा बेवारिसे अवस्थामा बम भेटिएलगत्तै घरमालिक लोग भण्डारीले ठेहे प्रहरी चौकीलाई खबर गरेपछि सदरमुकाम सिमकोटबाट गएको नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेकोे जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी...
दुई हजार बढी चालक कारवाहीमा
काठमाडौँ, १५ चैत (रासस) । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज सवारी जाँचका क्रममा नियम उल्लङ्घन गर्ने दुई हजार बढी चालकलाई कारवाही गरेको छ । होलीको अवसरमा उपत्यकाको विभिन ९० भन्दा बढी स्थानमा गरेको सवारी चाँचका क्रममा उनीहरूलाई यसरी कारवाही गरेको महाशाखाले जनाएको छ । सो क्रममा महाशाखाबाट ९०० बढी ट्राफिक प्रहरी खटाएको जनाइएको छ ।...
भद्रकालीमा पदमार्ग निर्माण गरिने
पोखरा १४ चैत्र । पोखरा १२, १३ स्थित भद्रकाली मन्दिरको फेदमा पदमार्ग निर्माण गरिने भएको छ । करिब एक किलोमिटर लामो पदमार्ग निर्माण कार्य शुरु गरिएको हो । मन्दिर दर्शनका लागि माथि उक्लन नसक्ने भक्तजनका लागि सहज रुपमा दर्शनको व्यवस्था गर्न र गुठी जग्गाको संरक्षणका लागि सिमानामा पदमार्ग निर्माण गरिने श्री गणेश तथा भद्रकाली मन्दिर...
लेखनाथ पत्रकार मञ्चको अध्यक्षमा खनाल
पोखरा, १५ चैत । लेखनाथ पत्रकार मञ्चको दोस्रो अधिवेशनले कविराज खनालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा सुमन जिसी, सचिवमा विष्णुहरि पौडेल, कोषाध्यक्षमा राजन परियार, सहसचिवमा सचिन रानाभाट छन् । सदस्यहरुमा महेन्द्र ढुङ्गाना, रामशरण नेपाली, ज्योती हमाल, कृष्णप्रसाद लामिछाने, विशाल विक, सुजित परियार, सञ्जय आचार्य र ऋषिराम रानाभाट छन् ।साथै परशुराम आचार्यको...
एन प्याव्सन कास्कीको साधारण सभा
पोखरा, १४ चैत । नेशनल प्याव्सन कास्कीको साधारण सभा शनिवार सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन गर्दै नेशनल प्याव्सनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्र मोहन भट्टराईले पछिल्लो समयमा विद्यालय सञ्चालन गर्न प्रतिकुल अवस्था रहेकोले यसलाई अनुकुल बनाउँदै लैजानुपर्ने बताए । नेशनल प्याव्सनका केन्द्रीय उपाध्यक्ष तथा गण्डकी प्रदेशका प्रमुख याम खड्काले विद्यालयको गुणस्तर वृद्धि गर्न नसके...