न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

आगलागीका घटनामा वृद्धि
कञ्चनपुर, २७ चैत (रासस) । कञ्चनपुरका वन क्षेत्रमा आगलागीका घटनामा वृद्धि भएको छ । गत वर्षको तुलनामा वन क्षेत्रमा अधिक आगलागी भएको पाइएको छ । सुक्खा मौसम र गर्मीका कारण वन क्षेत्र अगालगीको चपेटामा परेको हो । वन क्षेत्रमा आगलागी हँुदा लाखौँ मूल्यको काठ जलेर नष्ट भएको छ । आगलागीका कारण बासस्थान नासिँदा वन्यजन्तु मानवबस्तीतर्फ...
कर्णाली कोरिडोरको निर्माण तीव्र
हुम्ला, २४ चैत (रासस) ।राष्ट्रिय गौरवको आयोजनाअन्तर्गतको कर्णाली कोरिडोर निर्माण तीव्ररूपमा भइरहेको छ । केही महिनादेखि ब्लाष्टिङ सामग्रीको अभाव भएका कारण सडक निर्माणको ट्र्याक खोल्ने कार्य प्रभावित भएको थियो । चैतको पहिलो हप्ता नेपाली सेनाको सहयोगमा ब्लाष्टिङ सामग्री सिमिकोट ल्याइसकेपछि धेरै महिनादेखि रोकिएको निर्माण कार्य शुरु भएको सिमिकोट–हिल्सा सडक योजनाका प्रमुख विसुन दास लामाले बताए...
प्रहरी र तस्कर समूहबीच गोली हानाहान
सुदूरपश्चिम, २४ चैत (रासस) । कैलालीको भजनी नगरपालिका मोरियाघाटस्थित नेपाल–भारत सीमा नाकामा सोमबार साँझ लागुऔषधका भारतीय तस्कर र नेपाल प्रहरीबीच गोली हानाहान भएको छ । सो क्षेत्रमा ठूलो मात्रामा लागुऔषध भित्रिन लागेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक प्रेम शाहीको नेतृत्वमा खटिएको प्रहरी टोली र भारतीय तस्करबीच गोली हानाहान भएको हो...
सभापति देउवाद्वारा प्रधानाङ्ग र राईको निधनप्रति दुःख व्यक्त
काठमाडौँ, २४ चैत (रासस) । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको जिल्ला कार्यसमिति भक्तपुरका संस्थापक सभापति एवं पूर्व वाणिज्य तथा आपूर्ति राज्यमन्त्री ऐश्वर्यलाल प्रधानाङ्गको निधनप्रति दुःख व्यक्त गरेका छन् । प्रधानाङ्गको यही चैत २० गते ९६ वर्षको उमेरमा ललितपुरको एकान्तकुनास्थित आफ्नै निवासमा निधन भएको थियो । सभापति देउवाले सोमबार एक शोक विज्ञप्तिमार्फत उनको निधनबाट कांग्रेसले...
आगलागी हुँदा पन्ध्र लाखको क्षति
उदयपुर, २३ चैत (रासस) । ताप्ली गाउँपालिका–४ थान पोखरीस्थित हीरा तामाङको घरमा आगलागी हुँदा घरगोठ जलेर क्षति भई रु १५ लाखभन्दा बढीको नोक्सानी भएको छ । जिल्ला प्रहरी कार्यलयका अनुसार आइतबार साँझ तामाङको गोठबाट सल्केको र आगो घरमा समेत लाग्दा घरगोठ दुवै जलेर नष्ट भएको छ । घरगोठ दुवै नष्ट हुँदा घरमा रहेका लत्ताकपडा अन्नपात,...
गुराँस टिप्नेलाई पाँच हजार जरिवाना
म्याग्दी, २३ चैत (रासस) ।अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीका बासिन्दाले गुराँसको फूल टिप्नेलाई जरिवाना तिराउने नियम बनाएका छन् । घोडेपानी टोल सुधार समितिले आइतबार एक सार्वजनिक सूचना जारी गरेर गुराँसलगायत अन्य फूल अनुमति बिना टिप्न रोक लगाएको जनाएको छ । समितिका अध्यक्ष वीरेन गर्बुजा पुनले अनुरोधलाई अटेर गरेर गुराँस टिप्नेलाई रु पाँच हजार जरिवाना तिराउने निर्णय भएको...
पोखरा २१ मा विवेकशील साझा पार्टी
पोखरा, २२ चैत । विवेकशील साझा पार्टीले पोखरा २१ मा छबे कामीको संयोजकत्वमा १९ सदस्यीय वडा समिति गठन गरेको छ । समितिको सहसंयोजकमा मनबहादुर सुनार, सचिवमा अर्जुन सुनार, सहसचिवमा युवराज पौडेल र कोषाध्यक्षमा महेन्द्र सुनार छन् । भेलामा बोल्दै विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य रजनी केसीले विवेकशील साझा पार्टी गाउँ÷गाउँमा पुग्ने बताइन् । कार्यक्रममा विवेकशील...
दक्षिण कोरियामा राहदानीको अवधि नभए प्रवेशाज्ञा नथपिने
– जीवन खत्री सउल, २२ चैत (रासस) । दक्षिण कोरियामा बसोबास गर्ने नेपालीलगायत विदेशी नागरिकको राहदानीको अवधि सकिएमा प्रवेशाज्ञा (भिसा) थप नहुने भएको छ । यहाँको न्याय मन्त्रालयले नयाँ नियम बनाई सूचना जारी गर्नुका साथै यहाँस्थित नेपाली राजदूतावासमा समेत पत्र काटेर उक्त नियमका बारेमा जानकारी गराएको हो । सूचनामा प्रवेशाज्ञा थप गर्न अनिवार्यरूपमा राहदानीको अवधि...
रेडियो अन्नपूर्णको रक्तदानमा २४३ युनिट रगत संकलन
पोखरा, २२ चैत । रेडियो अन्नपूर्णको १९ औं वृहत रक्तदान कार्यक्रममा २४३ युनिट रगत संकलन भएको छ । कार्यक्रममा १ सय ९९ जना पुरुष र ४४ जना महिलाले रक्तदान गरे । नेत्रहीन संघ कास्कीका १५ जना दृष्टिविहिनले समेत रक्तदान गरेका छन् ।  कार्यक्रमको उद्घाटन गर्दै जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले रेडियोले...
जन्मदिनका अवसरमा मृगौला पीडितलाई सहयोग
पोखरा, २१ चैत । नेपाल विद्यार्थी संघ तनहुँका सभापति एवम् नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि चुडामणि खनालले आफ्नो जन्मदिनको अवसरमा मृगौला पीडितलाई सहयोग गरेका छन् । खनालले भिमाद नगरपालिका वडा नं २ रघु निवासी मृगौला पीडित जयराम थापालाई २० हजार रुपैयाँ सहयोग गरेका हुन् । एक कार्यक्रमकाबीच सहयोग सङ्कलन समितिका संयोजक बिरामीका नातेदार मोहनसिंह थापालाई रकम...
हात्तीको आक्रमणबाट मृत्युु
टीकापुर, २१ चैत (रासस) ।  कैलालीको जानकी गाउँपालिका–६ मा हात्तीको आक्रमणबाट एकको ज्यान गएको छ । शुक्रबार जगतपुर सामुदायिक वनको रानी टप्पामा निउरो टिप्न गएका ६० वर्षीय मन्सराम डगौराको हात्तीको आक्रमणबाट मृत्यु भएको इलाका प्रहरी कायालय टीकापुरले जानकारी दिएको छ । प्रहरी निरीक्षक अरुण बमले तरकारीका लागि निउरोको साग टिप्न गएका चौधरीको हात्तीको आक्रमणबाट मृत्यु...
सौतेनी आमा बलात्कार गर्नेलाई जन्मकैदको फैसला
इलाम, १९ चैत (रासस) । त्रिसट्ठी वर्षीया सौतेनी आमालाई बलात्कार गर्ने इलामका २३ वर्षीय एक पुरुषलाई जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश हरिशचन्द्र इङ्गनामको इजलासले चैत १२ गते ती व्यक्तिलाई जन्मकैदसहित रु ६० हजार क्षतिपूर्ति भराउने फैसला सुनाएको अदालतका स्रेस्तेदार फणिन्द्र भट्टराईले बताए । विसं २०७७ भदौ ७ गते राति भान्साघरमा सुतिरहेकी...